उम्मेदवार चयन गर्दै एमाले जिल्ला कमिटी बैठकमा जब महेश बस्नेतको नाममा गडगडाहट ताली बज्यो

गठबन्धनलाई पछार्नका लागि एमालेमा महेश बस्नेतको बिकल्प छैन भन्दै महेश बस्नेतलाई सर्वसम्मत सिफारिस गरेर जानु पर्ने धारणा राखे अन्ततः बैठकमै गडगडाहत ताली बजाएर सबैले बस्नेतको नाममा सर्वसम्मत नाम चयन गर्दै एमालेले  शसक्त उम्मेदवार अगाडि सार्यो

==========================================================

भक्तपुर, २० भदौ । आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नामावली चयन गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटी बैठक सोमबार बसेको थियो । संघीय र प्रदेशको उम्मेदवारको नामावली छनौट गर्ने सवालमा छलफल भइरहेको थियो । अधिकांशको ध्यान प्रतिनिधि सभाको क्षेत्र न. २ को उम्मेदवारको नामावली छनौट र सर्वसम्मत गर्ने सवालमा ध्यान केन्द्रीत बनेको थियो ।

भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि पार्टीमा पोलिटव्यूरो सदस्य महेश बस्नेत र केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले नाम दर्ता गराउनु भएको थियो । पार्टीमा उम्मेदवारीको नाम दर्ता गराए पछि नेता महेश बस्नेतलाई अनेकौ लान्छना लगाएर केही अनलाइनमा समाचार प्रकाशित गराएर भट्टराई आफैले सामाजिक सञ्जालमा शेयर गरिरहेका थिए । त्यहाँ पनि कार्यकर्तामाझबाट भट्टराईको निकै आलोचना भइरहेको थियो । त्यसैको परिणाम जिल्ला कमिटी बैठकमा पनि देखियो । बैठकमा सहभागि एक नेताले भने ।

बैठकमा नाम सर्वसम्मत सिफारिस गर्नेबारेमा पार्टी नेतृत्वले छलफल सुरु गरेपछि भट्टराईको पक्षमा कसैले बोलेन । बोल्ने जति सबैले अब पनि गठबन्धनलाई पछार्नका लागि एमालेमा महेश बस्नेतको बिकल्प छैन भन्दै महेश बस्नेतलाई सर्वसम्मत सिफारिस गरेर जानु पर्ने धारणा राखे अन्ततः बैठकमै गडगडाहत ताली बजाएर सबैले बस्नेतको नाममा सर्वसम्मत नाम चयन गर्दै एमालेले  शसक्त उम्मेदवार अगाडि सार्यो जिल्ला कमिटीका एक नेताले भने ।

संघीय तथा प्रदेश निर्वाचनको लागि नेता बस्नेत एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारका लागि पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद एमाले नेता महेश बस्नेत सर्वसम्मत सिफारिस हुनुभएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस  यस वर्षको एसईई परीक्षाको नतिजा असार ३२ गते सार्वजनिक हुदै

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गराएर विजयी हुनु भएको थियो । बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा ढुंगानाले १८ हजार ६८७ मात्रै पाएका थिए ।

अहिलेको चुनौती गठबन्धन हो, गठबन्धनलाई पराजित गराउन सक्ने एमालेको उम्मेदवार नेता बस्नेत मात्रै हो भन्ने निष्कर्षमा एमालेका नेताहरु पुगेका छन् । देशको राष्ट्रिय राजनीतिमा छलाङ पार्दै नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएका नेता बस्नेतले भक्तपुरको बिकासमा मुहार फेरे पछि जनजनको मनमनमा सांसद बस्नेत बस्न सफल हुनु भएको छ ।

निर्वाचन हारेको बेलामा पनि मन्त्री हुन सफल भएका बस्नेतले भक्तपुरमा २०७२ सालमा भूकम्पबाट मृत्यु भएका, घाइते भएकाहरुलाई गरेको सहयोग, बस्ने बास नहुनेहरुका लागि १५ सय वटा टहरा बनाइदिनेदेखि जस्ता, खाद्यान्न, लत्ताकपडा, पाल वितरण गर्दै बिरोधीको मनमा समेत बस्न सफल हुनु भएकाले यस अघिको निर्वाचनमा दोब्बर मत पाउन सफल भएको एमालेका नेता कार्यकर्ताको भनाइ छ ।
त्यसपछि पनि सांसद रहेकै अबस्थामा भक्तपुरमा अरबौको बजेट ल्याएर बिकासमा तिब्रता दिन सफल उहाँले भक्तपुरको बिकासमा फड्को मार्न सफल भए पछि एमालेको आवश्यकता थप चुलिएको हो ।

बिकासमा भक्तपुाई नमूना बनाउन, बिकास आवश्यकता पहिचानदेखि अनुमगनसम्म आफै गर्ने हरेक दिन गाउँ टोल र जनताको दैलो दैलोमा जाने, कसैलाई परेको समस्या फुकाइदिने र मर्दा पर्दाको साथीको रुपमा नेता बस्नेतले भक्तपुरमा छबि बनाउन सफल भएकाले यस पटकको निर्वाचनमा पनि फराकिलो मतान्तरणले गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै विजयी गराउने जिल्ला कमिटी बैठकमै नेताहरुले अठोट लिएका छन् ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  बालकरामले हजारौको अगाडि जिब्रो छेडेर गरे पुशपतिको यात्रा