जुद्ध बारुण यन्त्र भक्तपुरले गर्यो पूर्व कर्मचारीहरुलाई सम्मान

भक्तपुर । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले आफ्नो ७९ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हरेक क्षेत्रमा अग्रजहरुको कदर हुनु पर्ने बताउदै जुद्ध बारुण यन्त्र भक्तपुरले अग्रजहरुलाई सम्मान गरेर त्यसको कदर गरेको बताउनु भयो ।

जुनसुकै निकायमा पनि आफूभन्दा अगाडिका अग्रजहरुको योगदानलाई बिर्सन नहुने भन्दै उहाँले अग्रजहरुको अनुभवलाई आत्मासात गर्न सकेन अझै उपलब्धीहरु हासिल गर्न सकिने बताउनु भयो । आफ्नो ज्यानको बाजी राखेर बारुण यन्त्रका कर्मचारीले जुनसुकै समयमा पनि आउन सक्ने विपत्तीको लागि तयारी रहदै अवस्थामा रहेर अरुको जिउँधनको सुरक्षा र उद्धारमा खट्दाको चुनौतीलाई पार गर्दै आफ्नो गरिमालाई कायम राख्न निर्देशन दिनु भयो ।

कर्मचारीले जागिरे मानसिकता राख्न हुदैन भन्दै उहाँले आगलागीको जोखिममा काम गर्नुपर्ने भएकाले दमकलका कर्मचारीले निकै चुनौती खेप्नु पर्ने बताउनु भयो । देश र समाजले विश्वास एवं गौरव गर्नसक्ने गरी कार्य गर्न प्रेरणा दिदै उहाँले समिति श्रोत र साधनकाबीच कर्मचारीको क्षमता तथा बृत्ति बिकास आवश्यक रहेको औल्याउनु भयो ।

कार्यक्रममा सम्मानित हुने पूर्वकर्मचारी हरिबहादुर श्रेष्ठले विगतमा आफूले संस्थाप्रति गरेको योगदानको कदर भएको स्मरण गर्दै उहाँले जागिर छाडेको दुई दशकपछि पनि कार्यालयले सम्झेर सम्मान गर्दा निकै खुसी लागेको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरेले दमकलको निरन्तरताको लागि स्थानीय सरकारको सहयोग महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यालयका सभापति एवं कार्यालयका प्रमुख विजयप्रसाद धौभडेलले आगलागीजस्तो विपतमा अरु घर बाहिर निस्कने र दमकलका कर्मचारी आगोको राप छेल्दै घर भित्र छिरेर जनधनको सुरक्षामा खटिनु पर्ने बताउदै कर्मचारीले मानवीय सेवासमेत गरिरहेको चर्चा गर्नु भयो । कार्यालयले प्रगती विवरण सार्वजनिक गर्दै उहाँले आगामी वर्षका योजनाहरुको बारेमा बताउनु भयो ।

कार्यालयले आफ्नो स्थापना दिवसको अवसरमा कर्मचारी निराजन खत्री र सानुराम दाहाललाई नगदसहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सिद्धिस्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल र नुगल बैद्य, सेवा प्रदायक परशुराम शाह र ध्रुव श्रेष्ठ लगायतलाई जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई सहयोग गरेवापत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  एस.एल.आर. इन्सास राईफल, चार राउण्ड गोलीसहित सेढाई पक्राउ

यो पनि पढ्नुहोस  एसईई परीक्षा बिहिबारबाट सुरु हुदै, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि