सिबर्डमा बधाई तथा शुभकामना कार्यक्रम
मध्यपुरथिमि, (भक्तपुर ) । ‘नेतृत्व र विकासका लागि शिक्षा’ नाराका साथ २०६१ सालदेखि भक्तपुरको शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सिबर्ड इन्टरनेशनल कलेज मध्यपुरथिमिले यहि भदौ १९ गते कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
कलेजका अध्यक्ष श्यामकृष्ण मानन्धरको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य एकेडेमिक डाइरेक्टर विजयचरण श्रेष्ठ, निमित्त प्राचार्य प्रेमकेशरी बज्रचार्य तथा कलेजका संयोजक प्रेमप्रसाद निरौलाले शुभकामना तथा बधाई मन्तब्य दिनुभएको थियो ।

कक्षा १२ उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित उक्त कार्यक्रममा एकेडेमिक डाइरेक्टर बिजयचरण श्रेष्ठले स्थापनाकालदेखि नै कलेजले शैक्षिक इतिहासमा आफ्नो छुट्टै पहिचान कायम गर्दै आएको र हरेक पटकका परीक्षामा उत्कृष्ट अंकका साथ १०० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउँदै आएको बताउनु भयो । उहाँले कलेजको उत्कृष्ठ पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु गराउनु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्यामकृष्ण मानन्धरले भक्तपुरलाई शैक्षिक गन्तव्यको आकर्षक बनाउन मध्यपुर थिमिमै सक्षम नागरिक तयार गर्न कलेज प्रशासन, व्यवस्थापन र टिम हरपल लागिपरेको बताउनु भयो । उहाँले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
त्यस अवसरमा उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले अबका दिन अझै चुनौतीपूर्ण रहेकाले सोचविचार गरेर अझ अगाडि बढ्नु पर्ने औल्याउनु भयो ।
राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान संकायमा ३.८२ जिपिएका साथ १०० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । सिबर्ड कलेजमा व्यवस्थापन कानुन र शिक्षा विषयमा समेत उत्कृष्ट नतिजाका साथ विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

Disqus comments are not configured yet.