नेकपा (एस)द्धारा भक्तपुरमा एक नगर प्रमुख, दुई उपप्रमुख र ३३ प्रतिशत वडाध्यक्षको माग, एमाले र नेमकिपालाई शून्य बनाउने दाबी

भक्तपुर, ७ बैशाख । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन दलसँग भक्तपुरका चार नगरपालिकामध्ये एक नगरपालिकामा प्रमुख र दुई उपप्रमुख पद माग गरेको छ । एकीकृत समाजवादी भक्तपुर जिल्ला कमिटीले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको निर्वाचनका लागि गरेको तयारीकाबारेमा जानकारी दिन आज भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भक्तपुर जिल्लाको चार वटै नगरपालिकामा एमालेको ४० प्रतिशतभन्दा बढी भोट काट्ने दाबी गर्दै यस्तो माग गर्नु भयो ।

त्यस्तै भक्तपुरका ३८ वटामध्ये ३३ प्रतिशतमा वडाध्यक्ष नेकपा (एस) ले पाउनु पर्ने माग गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “भक्तपुरमा रहेका पार्टीहरुमध्ये हाम्रो पार्टी अहिले जिल्लामा तेस्रो स्थानमा छ, पहिलो शक्तिका रुपमा काँग्रेस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस नै हो, अबको चुनाब पछि हाम्रो पार्टी भक्तपुरमा दोश्रो हुन्छ ।”

गठबन्धनबाट बाहिर रहेर एक्लै चुनाब लड्नु परे पनि आफ्नो पार्टीले सबै उम्मेदवारलाई तयारी अबस्थामा राखेको बताउदै उहाँले भक्तपुरमा रहेको चार दलीय गठबन्धनमा यसकाबारेमा चार पटक छलफल भएको बताउनु भयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, “‘हामीलाई भक्तपुरका चार नगरपालिका मध्ये एक नगरका प्रमुख चाहिन्छ, चारवटा उपप्रमुखमध्ये दुईवटा उपप्रमु्ख चाहिन्छ, ३३ प्रतिशत वडाध्यक्ष चाहिन्छ, हामीले गठबन्धनमा यो प्रस्ताव राखिसकेका छौँ, एउटा पार्टीको करिब टुङ्निे अबस्थामा पुगेको छ, यदी हामीलाई मागको सुनुवाई भएन भने पनि हामी सबै नगरपालिका र वडाहरुमा सबै पदमा उम्मेदवारी दिन उम्मेदवारहरु तयारी अबस्थामा राखेका छौँ ।”

देशको ७७ जिल्ला मध्ये भक्तपुरमात्रै एउटा यस्तो जिल्ला हो जुन जिल्लामा नेकपा एसको ३८ वटै वडामा वडा कमिटी गठन गरिसकेको र सबै तहमा आफ्नो उम्मेदवारी दिन पार्टी तयार रहेको बताउदै गठनबन्धनसँग पार्टीका लागि सिट बाँडफाँडबारे सहमति बन्ने विश्वास व्यक्त गर्नु भयो ।

यो पनि पढ्नुहोस  समानुपातिकतर्फको मतगणना सम्पन्न, भक्तपुरमा रास्वपाको ८५ हजार ७७२ मत सहित पहिलो 

नेकपा (एस)बाट को को छन् उम्मेदवारका आकांक्षी :

पार्टी अध्यक्ष बस्नेतले चार वटा नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली संकलन गरेको छ । जसमा भक्तपुर नगरपालिकामा नगर प्रमुखमा ओमचरण अमात्य र रीता अवाल तथा उपप्रमुखमा डा. राजेन्द्र कोजू र प्रविण वाटी, मध्यपुरथिमि नगरपालिकामा प्रेमानन्दलाल श्रेष्ठ, दुर्गामोहन श्रेष्ठ, भवानी खड्का र पूण्य रत्न, तथा उपप्रमुखमा नविनप्रकाश श्रेष्ठ, शुसिला श्रेष्ठ र ऋतु चित्रकारको नाम जिल्ला कमिटीमा आएको बताउनु भयो ।

त्यसैगरि चाँगुनारायण नगरपालिकामा नगर प्रमुखमा सर्वसम्मत रुपमा रामप्रसाद न्यौपाने तथा उपप्रमुखमा शान्ति पौडेल खड्का, अञ्जना पोखरेल, सूर्यविनायक नगरपालिकामा प्रमुखमा पार्टी अध्यक्ष श्यामसुन्दर बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा र उपप्रमुखमा दिलिप केसी, शोभा श्रेष्ठको नाम सिफारिस भइ आएकोले उम्मेदवार छनौटका लागि पार्टीको प्रदेश कमिटीमा नाम पठाइने उहाँले बताउनु भयो ।

वडाध्यक्ष तथा सदस्यहरुको नाम भने जिल्ला कमिटीले नै छान्ने गरि तय भएको बताउदै उहाँले ३८ वटा वडामा तय भएका वडाध्यक्ष र सदस्यहरुको नाम भने अहिले सार्वजनिक नगर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “वडा तहको नाम अहिले सार्वजनिक गर्दैनौ, केही नाम सार्वजनिक हुँदा एमालेले तीन व्यक्तिलाई फकाएर लैजान खोजेको चाल पायौ, त्यसैले हामी १२ गते मात्रै जानकारी दिन्छौँ, सबैको नाम तयारीमा राखेका छौँ ।”

एउटै उदेश्य एमाले परास्त गर्ने :

आफ्नो पार्टीको एउटै उदेश्य भनेको एमालेलाई शून्यमा पुर्याउनु रहेको भन्दै अध्यक्ष बस्नेतले एमालेलाई निर्वाचनमा परास्त गर्न सिट बाँडफाँडमा नमिले पनि गठबन्धन भने कायम राख्ने बताउनु भयो ।

उहाँले एमालेलाई वडा सदस्य समेत जित्न नदिने रणनीति आफ्नो पार्टीको रहेको बताउदै भन्नुभयो, “एउटा वडा सदस्यसम्म पनि जित्न नदिने गरि मसिनो ढंगले गठबन्धनमा तयारी गरेका छौँ, हाम्रो पार्टीले र अन्य पार्टीले सबै मतदाताको तथ्यांक संकलन गरेका छौँ, अघिल्लो चुनाबमा एमालेले कति मतले जित्यो, हामीले उसको कति भोट घटायौँ, अब कति मतले हराउने भनेर तयारी गरेका छौँ, अब प्रत्येक घर दैलोमा पुगेर २०७४ को भोट धोका भो, माफी दिनुस भन्दै एमाले हराऊ अभियानमा हामी लाग्ने छौँ ।”

यो पनि पढ्नुहोस  खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु, नागरिकता किर्ते गरेको अभियोगमा पाठकको उम्मेदवारी बिरुद्ध उजुरी

माओवादी केन्द्र भन्दा नेकपा एस ठूलो पार्टी भएको दाबी :

पत्रकार सम्मेलनमा नेकपा (एस) का अध्यक्ष बस्नेतले भक्तपुरमा आफ्नो दल तेश्रो स्थानमा रहेको दाबी गर्नु भयो । माओवादी केन्द्रभन्दा आफ्नो पार्टी ठूलो र अगाडि रहेको दाबी प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “भक्तपुरमा रहेका पार्टीहरुमध्ये हाम्रो पार्टी अहिले जिल्लामा तेस्रो स्थानमा छ, पहिलो शक्तिका रुपमा काँग्रेस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस नै हो, अबको चुनाब पछि हाम्रो पार्टी भक्तपुरमा दोश्रो हुन्छ ।”

उहाँले एमालेले विगतमा प्राप्त गरेको मतका आधारमा अहिले ३८ देखि ५५ प्रतिशत मतदाता आफ्नो पार्टीमा ल्याउन सफल भएको दाबी गर्दै भन्नुभयो, “२०७४ को चुनाबमा एमालेले ल्याएको मत र मतादाा मध्ये भक्तपुर नपामा ५५ प्रतिशत, मध्यपुरथिमि नपामा ३८ प्रतिशत, सूर्यविनायक नपाका ४० प्रतिशत र चाँगुनारायणमा २८ प्रतिशत मतदाता हाम्रो पार्टीमा छन्् हाम्रो पाटीमा खुलेर आउन नसकेकाहरुले भोट हाम्रैलाई दिन्छन् ।”

भक्तपुर नगरपालिकामा नेमकिपा शून्य बनाउने दाबी :

पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले नेमकिपाको एकछत्र राज गरेको भक्तपुर नगरपालिकासमेत अब गठबन्धनले कब्जा गर्ने दाबी गर्नु भयो । उहाँले ३० गतेको निर्वाचनमा भक्तपुर नगरभित्रका पाँच वटा वडा गठबन्धनले जित्ने योजना बनाए पनि तीन वटा जित्ने निश्चित भएको दाबी प्रस्तुत गर्नु भयो । उहाँले भन्नुभयो, “यसपालीको चुनाबमा भक्तपुर नगरमा गठबन्धनले तीन वटा वडा जित्ने निश्चित छ, अर्को पाँच वर्षमा त भक्तपुरबाट नेमकिपालाई शून्य बनाउँछौँ, भक्तपुर नगर पनि हामी कब्जा गर्छौ ।”

External comments notice: You may need to sign in to the external service to view or post comments.

भक्तपुर, ७ बैशाख । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन दलसँग भक्तपुरका चार नगरपालिकामध्ये एक नगरपालिकामा प्रमुख र दुई उपप्रमुख पद माग गरेको छ । एकीकृत समाजवादी भक्तपुर जिल्ला कमिटीले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको निर्वाचनका लागि गरेको तयारीकाबारेमा जानकारी दिन आज भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भक्तपुर जिल्लाको चार वटै नगरपालिकामा एमालेको ४० प्रतिशतभन्दा बढी भोट काट्ने दाबी गर्दै यस्तो माग गर्नु भयो ।

त्यस्तै भक्तपुरका ३८ वटामध्ये ३३ प्रतिशतमा वडाध्यक्ष नेकपा (एस) ले पाउनु पर्ने माग गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “भक्तपुरमा रहेका पार्टीहरुमध्ये हाम्रो पार्टी अहिले जिल्लामा तेस्रो स्थानमा छ, पहिलो शक्तिका रुपमा काँग्रेस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस नै हो, अबको चुनाब पछि हाम्रो पार्टी भक्तपुरमा दोश्रो हुन्छ ।”

गठबन्धनबाट बाहिर रहेर एक्लै चुनाब लड्नु परे पनि आफ्नो पार्टीले सबै उम्मेदवारलाई तयारी अबस्थामा राखेको बताउदै उहाँले भक्तपुरमा रहेको चार दलीय गठबन्धनमा यसकाबारेमा चार पटक छलफल भएको बताउनु भयो ।

अध्यक्ष बस्नेतले भन्नुभयो, “‘हामीलाई भक्तपुरका चार नगरपालिका मध्ये एक नगरका प्रमुख चाहिन्छ, चारवटा उपप्रमुखमध्ये दुईवटा उपप्रमु्ख चाहिन्छ, ३३ प्रतिशत वडाध्यक्ष चाहिन्छ, हामीले गठबन्धनमा यो प्रस्ताव राखिसकेका छौँ, एउटा पार्टीको करिब टुङ्निे अबस्थामा पुगेको छ, यदी हामीलाई मागको सुनुवाई भएन भने पनि हामी सबै नगरपालिका र वडाहरुमा सबै पदमा उम्मेदवारी दिन उम्मेदवारहरु तयारी अबस्थामा राखेका छौँ ।”

देशको ७७ जिल्ला मध्ये भक्तपुरमात्रै एउटा यस्तो जिल्ला हो जुन जिल्लामा नेकपा एसको ३८ वटै वडामा वडा कमिटी गठन गरिसकेको र सबै तहमा आफ्नो उम्मेदवारी दिन पार्टी तयार रहेको बताउदै गठनबन्धनसँग पार्टीका लागि सिट बाँडफाँडबारे सहमति बन्ने विश्वास व्यक्त गर्नु भयो ।

यो पनि पढ्नुहोस  कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काद्धारा नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आह्वान

नेकपा (एस)बाट को को छन् उम्मेदवारका आकांक्षी :

पार्टी अध्यक्ष बस्नेतले चार वटा नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली संकलन गरेको छ । जसमा भक्तपुर नगरपालिकामा नगर प्रमुखमा ओमचरण अमात्य र रीता अवाल तथा उपप्रमुखमा डा. राजेन्द्र कोजू र प्रविण वाटी, मध्यपुरथिमि नगरपालिकामा प्रेमानन्दलाल श्रेष्ठ, दुर्गामोहन श्रेष्ठ, भवानी खड्का र पूण्य रत्न, तथा उपप्रमुखमा नविनप्रकाश श्रेष्ठ, शुसिला श्रेष्ठ र ऋतु चित्रकारको नाम जिल्ला कमिटीमा आएको बताउनु भयो ।

त्यसैगरि चाँगुनारायण नगरपालिकामा नगर प्रमुखमा सर्वसम्मत रुपमा रामप्रसाद न्यौपाने तथा उपप्रमुखमा शान्ति पौडेल खड्का, अञ्जना पोखरेल, सूर्यविनायक नगरपालिकामा प्रमुखमा पार्टी अध्यक्ष श्यामसुन्दर बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा र उपप्रमुखमा दिलिप केसी, शोभा श्रेष्ठको नाम सिफारिस भइ आएकोले उम्मेदवार छनौटका लागि पार्टीको प्रदेश कमिटीमा नाम पठाइने उहाँले बताउनु भयो ।

वडाध्यक्ष तथा सदस्यहरुको नाम भने जिल्ला कमिटीले नै छान्ने गरि तय भएको बताउदै उहाँले ३८ वटा वडामा तय भएका वडाध्यक्ष र सदस्यहरुको नाम भने अहिले सार्वजनिक नगर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “वडा तहको नाम अहिले सार्वजनिक गर्दैनौ, केही नाम सार्वजनिक हुँदा एमालेले तीन व्यक्तिलाई फकाएर लैजान खोजेको चाल पायौ, त्यसैले हामी १२ गते मात्रै जानकारी दिन्छौँ, सबैको नाम तयारीमा राखेका छौँ ।”

एउटै उदेश्य एमाले परास्त गर्ने :

आफ्नो पार्टीको एउटै उदेश्य भनेको एमालेलाई शून्यमा पुर्याउनु रहेको भन्दै अध्यक्ष बस्नेतले एमालेलाई निर्वाचनमा परास्त गर्न सिट बाँडफाँडमा नमिले पनि गठबन्धन भने कायम राख्ने बताउनु भयो ।

उहाँले एमालेलाई वडा सदस्य समेत जित्न नदिने रणनीति आफ्नो पार्टीको रहेको बताउदै भन्नुभयो, “एउटा वडा सदस्यसम्म पनि जित्न नदिने गरि मसिनो ढंगले गठबन्धनमा तयारी गरेका छौँ, हाम्रो पार्टीले र अन्य पार्टीले सबै मतदाताको तथ्यांक संकलन गरेका छौँ, अघिल्लो चुनाबमा एमालेले कति मतले जित्यो, हामीले उसको कति भोट घटायौँ, अब कति मतले हराउने भनेर तयारी गरेका छौँ, अब प्रत्येक घर दैलोमा पुगेर २०७४ को भोट धोका भो, माफी दिनुस भन्दै एमाले हराऊ अभियानमा हामी लाग्ने छौँ ।”

यो पनि पढ्नुहोस  सर्बदलिय बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत बितरण तिब्र बनाउने निर्णय : मुख्यमन्त्री किरण थापा