तलेजु, नवदुर्गास्हितको पायः द्यो (खड्ग जात्रा) सहित तलेजुको जात्रा रातभर मनाएर बिहान सम्पन्न, रोकियो घोडा जात्रा 
भक्तपुर, ५ कात्तिक : वडादशैँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रा सहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ ।
पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाउने परम्परा रहेको सस्कृतविद् प्रकाश कायस्थले जानकारी दिनुभयो ।
बडादशैँको मध्य राति तलेजु आगम घर (मन्दिर)को खँ कुथि कोठाबाट तान्त्रिक विधि पूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायः द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पूर्व मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योःलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ ।
विजयादशमीको दिनभर ब्रम्हायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रम्हयणीबाट राति भक्तपुरको बिभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरि मन्त्रसिद्धि गरिने परम्परा अनुसार जात्रा सम्पन्न भएको हो ।
संस्कृतिविद् कायस्थका अनुसार राती तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) ल्याएपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्धारा मन्त्रसिद्धि प्रदान गर्ने र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिप छि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन रहेको छ ।
चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा लैजाने परम्परा अनुसार यसवर्ष तल्लो क्षेत्र राती खौमा, इताछे, टेखापुखु, बंशगोपाल, तौमढी पुगेर तलेजुलाई नवदुर्गा दर्शन गरेपछि नवदुर्गा सिद्धि हुने परम्परा अनुसार जात्रा मनाईएको छ ।
त्यसपछि राती नै नवदुर्गा देवगृह तर्फ जाने र तलेजु दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमा गरि ढोग गरि तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
वडादशैँको मध्यरातमा ऐतिहासिक एवं धार्मिक साँंस्कृतिक महत्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरिएको उहाँले जानकारी दिनुभयो । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा हुने सुरु हुने परम्परा छ ।
जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाए पछि तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइ भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने गरिएको छ । जात्राको क्रममा ब्रम्हायणी र तलेजुलाई नगरको बिभिन्न क्षेत्रका परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछि पछि परिक्रमा गराएर जात्रा मनाईउने परम्परा रहे पनि घोडा विरामी भए पछि विगत दुई वर्षदेखि घोडेजात्रा रोकिएको छ । ऐतिहासिक तथा साँंस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रोकिएको हो ।
यो पनि पढ्नुहोस  भक्तपुरमा एकै दिन छुट्टछुटै स्थानमा खसेर तीन जनाको मृत्यु, एक घट्नामा २७ जना पक्राउ