हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली सम्पन्न

भक्तपुर, ५ कात्तिक । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ने.सं. ११०० देखि सुरु भएको नेपालभाषा साहित्य तःमुंज्याको ४६ औं तःमुंज्याको पूर्व सन्ध्यामा आयोजना गरेको सुकुन्दा र्याली सम्पन्न भएको छ ।

कार्तिक ६ र ७ गते सभ्य र भव्यता रुपमा सम्पन्न गर्ने उदेश्यले प्रचार प्रसार स्वरुप आज तःमुंज्या आयोजनास्थल गोमारी याताबाट सुरु भएको सुकुन्दा ¥याली नगरका विभिन्न क्षेत्रको परिक्रमा गरि सम्पन्न भएको प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक बलराम गोसाईले जानकारी दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र आयोजक समितिका अध्यक्ष उकेश कवांबाट संयुक्त रुपमा सुकुन्दामा दीप प्रज्वलन गरी सुकुन्दा ¥याली सुरु भएको थियो ।

सुकुन्दा ¥यालीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले तःमुंज्या सभ्य र भव्य रुपमा सफल पार्नको लागि सुकुन्दा ¥याली प्रत्येक वर्ष आयोजना गरिन्दै आएको र यो सबैको लागि एउटा चाँडपर्व जस्तै भक्तपुरको संस्कृतिमा थप आयामको रुपमा सबैले हर्षोलासका साथ मनाउन आग्रह गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या सम्पूर्ण जनताको साझा दबु भएकोले यसमा हरेकको जनपक्षीय साहित्य र सांस्कृतिक विधाहरुलाई कुनै भेदभावविना समावेश गराइँदै आएको बताउनुभयो ।

यो साहित्यिक अभियान मात्र नभइ वर्गीय र राजनीतिक विचारबाट समेत प्रेरित भइ सञ्चालनमा रहेको दबु हो भन्नु हुँदै यसको सफलताको निम्ति व्यापक प्रचार प्रसार गर्ने र सम्पूर्ण नेपालीहरुप्रति शुभकामना व्यक्त गर्न आजको सुकुन्दा ¥यालीको आयोजना गरेको उहाँले बताउनुभयो ।

आजको सुकुन्दा सहितको भिन्तुना ¥यालीको लागि सम्पूर्णलाई सहभागिताको आह्वान गर्नुका साथै उहाँले कार्तिक ६ र ७ गते विहान ११ बजेदेखि सुरु हुने ४६ औं तःमुंज्यालाई भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण महानुभावहरुले आ–आफ्नो तर्फबाट आर्थिक भौतिक, नैतिक सहयोग गरी सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न अनुरोध गर्नुभयो ।  सुकुन्दा ¥यालीमा महिला तथा पुरुषदेखि युवा युवतीका साथै बालबालिकादेखि जेष्ठ नागरिकहरुको व्यापक सहभागिताले तःमुंज्याको भव्यताको शुभ संकेतको रुपमा लिइएको छ ।

यो पनि पढ्नुहोस  वातावरण मैत्री विद्यालय र विद्यार्थी कार्यक्रम लागु गर्न अनुरोध पत्र हस्तान्तरण

सुकुन्दा ¥यालीमा अग्रभागमा धिमाय बाजाका साथ ठूलो आकारको सुकुन्दा खर्पनमा बोकी गोल्मढीबाट सुरुभइ गाइजात्रा पर्वको प्रदक्षिणा मार्ग हुँदै नगर परिक्रमा गरी पुनः गोल्मढी यातामा पुगि समापन भएको थियो ।  सुकुन्दा ¥यालीमा ख्वप लाखे आजु, सिद्धि गणेश बासुरी बाजा, महेश्वरी बासुरी बाजा खल, डम्बरेश्वर दाफा भजन मण्डलका बाजा गाजा तथा महानुभावहरुको सक्रिय सहभागिता रहेको छ ।

आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजुले समापनमा सुकुन्दा भनेको स्वागत सत्कारको एक महत्वपूर्ण प्रतिक भएको र आजको सुुकुन्दा ¥यालीको भव्यताले कार्तिक ६ र ७ गते दुई दिनको तःमुंज्या भव्य हुने महत्वपूर्ण संकेत भएको बताउनुभयो ।