बागमती प्रदेश सरकारले नवदुर्गा जात्रा सञ्चालनार्थ सहयोग स्वरुप एक लाख रुपैयाँ उपलब्ध, मुख्यमन्त्री किरण थापाद्धारा रकमसहित सम्मान प्रदान

भक्तपुर, ८ कात्तिक । बागमती प्रदेश सरकारले भक्तपुरको नवदुर्गा जात्रा सञ्चालनार्थ सहयोग स्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ। आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजा व्यवस्थापन सस्थालाई वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले संस्थाका पदाधिकारीहरु चेक हस्तान्तरण गर्नु भयो ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज नवदुर्गा मन्दिर परिषरमा प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले मन्दिर व्यवस्थापनका संस्थाका अध्यक्षका अध्यक्ष बालगोपाल बनमालालाई सो रकम हस्तान्तरण गर्नु भयो ।

मन्दिर परिषरमा राष्ट्रपति रामचन्द्र पौडेल समेत सहभागी रहेको अबस्थामा मुख्य मन्त्री थापा, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति प्रतिनिधि सभा सदस्य रुकेश रन्जित र डा गङ्गालक्ष्मी अवाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्कालगायतको उपस्थितमा एक लाखको चेक र सम्मान पत्र हस्तान्तरण गरिएको हो ।

नवदुर्गाको पूजा व्यवस्थापनमा सहयोग स्वरुप रकम उपलब्ध गराएको मुख्यमन्त्री थापामगरले बताउनु भयो । प्रदेश सरकारले सो सहयोग हरेक वर्ष प्रदान गर्ने गरी निर्णय गरिएको बताउदै उहाँले अन्य आवश्यक सहयोग गर्ने बताउनुभयो ।

 

यो पनि पढ्नुहोस  दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/०८३ उद्घाटन