आजको राशिफल | २०८३ कार्तिक २५ बुधबार | सम्पूर्ण १२ राशि | Daily Rashifal
मेष राशि
आज मन उत्साहित हुनेछ र आगामी कामका लागि आफूलाई तयार पार्न सक्नुहुन्छ। सहकर्मीसँगको छलफलबाट नयाँ उपाय निस्कनेछ। विद्यार्थीहरूले अभ्यासमा निरन्तरता दिँदा राम्रो उपलब्धि हासिल गर्नेछन्। परिवारको कुनै सदस्यसँग समय बिताउँदा मन हलुका हुनेछ। समग्रमा दिन राम्रै रहनेछ तर नयाँ ठूला निर्णय वा लगानीमा अलि सावधानी अपनाउनुहोला। स्वास्थ्यमा चिसोबाट जोगिनुहोस्। शुभ रंग खैरो र शुभ अंक ७ रहेको छ।
वृष राशि
कुनै कार्यक्रममा सहभागी हुने मौका मिल्न सक्छ। समयको अवस्था विचारेर आफूलाई प्रस्तुत गर्नुपर्नेछ। जसरी पनि आफ्नो काम सक्न लागिपरिनेछ। बचत गर्ने बानीले भविष्यको योजना बलियो बनाउनेछ। कृषि वा उत्पादनसँग जोडिएका काममा व्यस्तता बढ्नेछ। पुरानो मित्रसँग भेटघाटको अवसर मिल्न सक्छ। चिसोबाट जोगिनुका साथै पर्याप्त आराम गर्नुहोला। शुभ रंग निलो र शुभ अंक ८ रहेको छ।
मिथुन राशि
समसामयिक कुरामा जोड दिनुपर्नेछ। कुनै कुरालाई लिएर छलफल हुन सक्छ। जसरी पनि समयानुकूल रहने प्रयत्न गर्नुपर्नेछ। आफ्नो ज्ञान र अनुभव बाँड्ने मौका मिल्नेछ। सञ्चार तथा लेखनसम्बन्धी काममा राम्रो प्रगति हुनेछ। परिवारको साथले केही आर्थिक समस्या हल्का हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ तर थकान महसुस हुन सक्छ।
कर्कट राशि
काम गर्ने जाँगर बढ्नेछ। सबै कुरा यथायोग्य रूपमा मिल्दै जानेछन्। पारिवारिक वातावरण सुमधुर रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गबाट सहयोग पाइने सम्भावना छ। साझेदारी व्यापारमा लाभ रहनेछ। पहिला गरेको कामको रकम हात लाग्न सक्छ। स्वास्थ्य सबल रहनेछ। परिवारसँग बढी समय बिताउँदा मन शान्त हुनेछ।
सिंह राशि
घरायसी काममा व्यस्त भइनेछ। अत्यावश्यक काममा जोड दिनुपर्नेछ। कुनै इष्टमित्रसित भेटघाट हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। नोकरी वा पेशामा शंकालु मनले कुनै निर्णय नलिनुहोला। स्वास्थ्यमा नियमित दिनचर्या राख्नुहोस्।
कन्या राशि
विभिन्न कामकुराले अलिक व्यस्त भइनेछ। सकेसम्म बेलैमा काम सक्ने प्रयास हुनेछ। मिलेसम्म आफू निम्ति पनि केही समय छुट्याइनेछ। सानो प्रयासले राम्रो नतिजा आउन सक्छ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। गुरुजनहरूको साथले अप्ठ्यारा चुनौतीहरू पनि सजिलै सम्पादन गर्न सकिनेछ। आजको दिन नयाँ अवसर लिएर आउनेछ।
तुला राशि
सानातिना काम पनि आफैं गर्नुपर्दा भ्याइनभ्याई हुन सक्छ। समय र कामको तालमेल मिलाउन सके आफैंलाई सजिलो हुनेछ। कसैको भर नपरी काम गर्नु नै राम्रो हुनेछ। कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्न गाह्रो हुन सक्छ। नयाँ निर्णय लिनुभन्दा अघि सोचविचार गर्नुहोस्। खर्चमा ध्यान दिनुहोस् र कुराकानीमा संयम अपनाउनुहोस्।
वृश्चिक राशि
आफूले आफैंलाई समय दिन पाइनेछ। अत्यावश्यक कामका लागि आफूलाई तम्तयार गरिनेछ। जसरी पनि आफूखुसी रहने प्रयत्न गरिनेछ। प्रियजनहरूको आगमनले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। सांगीतिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्न सक्छ। व्यापार व्यवसायमा लाभ रहनेछ।
धनु राशि
मन खुसी बन्दा सबै काम सहज लाग्नेछन्। जसले जे भने गरे पनि खासै वास्ता गरिने छैन। आफ्नै कामकाजमा आफूलाई व्यस्त गराइनेछ। विद्यार्थीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। नयाँ अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गर्न सफलता मिल्नेछ। खर्च र दौडधूप बढ्न सक्ने भएकाले आराम पर्याप्त लिनुहोस्।
मकर राशि
कुनै कामको जिम्मेवारीले व्यस्त बनाउनेछ। सकेसम्म आफू निम्ति पनि केही समय छुट्याउनुपर्नेछ। पारिवारिक स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ। विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउन सक्छ। महत्वाकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तान वा परिवारको सहयोग प्राप्त हुन सक्छ।
कुम्भ राशि
सकारात्मक सोचमा रही काम गर्नुपर्ने बेला छ। कसैको कुरा चित्त नबुझ्न सक्छ। मनमा रिस उठिहाले पनि त्यसलाई नियन्त्रण गर्नु उचित हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। अप्रिय लागे पनि अरूको कुरालाई महत्व दिनुहोस्। मौसमी बिमारीबाट आफूलाई जोगाउनुहोस्।
मीन राशि
तनले थकित महसुस गर्न सक्छ। कतिपय कामले तपाईंलाई नै पर्खिबसेका हुनेछन्। काम हेरी क्रमशः अत्यावश्यक काममा जोड दिनुपर्नेछ। व्यापार व्यवसायमा धन लाभ हुनेछ। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि साथीभाइहरूले राम्रो सहयोग दिनेछन्। अनलाइन लेनदेन होसियारसाथ गर्नुहोला।
यो थियो आजको विस्तृत राशिफल। कुन राशि कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस्। भिडियो



