प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री बीच आठ विषयमा समझदारी
काठमाडौं, ७ मंसिर। प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो।
आठ बुझे समझदारीमा फरेन्सिक विज्ञानमा सहकार्य गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच समझदारी गर्ने, भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिने, दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूमा सहकार्य गर्ने, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने, दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने, भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा मिलेर काम गर्ने, दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्ने सहमति भएको छ ।



