देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक       

भक्तपुर,  १३ असोज।   देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा रमेश गिरी राष्ट्रिय समाचार समिति (रासस) भक्तपुर, १३ असोज : मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चा टोलवासी एवम दुवाफल्चा भजन मण्डलको आयोजनामा आज उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा तथा विशेष पूजा गरिएको छ  ।     

नेवारी परम्परागत पोसाकमा सजिनएका सयौ महिलाहरुको सहभागितामा बिभिन्न नेवारी बाजासहित मध्यपुरथिमिको दुवाफल्चाबाट आज बिहान सुरु भएको धार्मिक यात्रा चपाचो र सिद्धिकाली हुँदै उपत्यकाका चार गणेश मन्दिरसम्म यात्रा गरेका छन  । भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायक, काठमाडौंको मरूटोलस्थित अशोकविनायक र चावहिलको चन्द्रविनायक मन्दिर पुगेर नेवारी परम्पराअनुसार वोः छायगु अर्थात् भोज चढाई विशेष पूजा गरिएको सावित्री प्रजापतिले जानकारी दिनुभयो  ।

                                    धिमे तथा बाँसुरी बाजा बजाई परम्परागत नेवारी पोशाक हाकुपटासीमा सजिएका सयौ महिलाहरू लामबद्द भएर आ-आफ्नो गच्छेअनुसार विभिन्न प्रकारका भोजन, फलफूल तथा प्रसाद मन्दिरमा प्रमुख चार गणेशको पूजा गर्दै धार्मिक यात्रा गरेको उहाँले बताउनु भयो ।

Disqus comments are not configured yet.

मुख्यमन्त्री किरण थापा मगर बाढीपीडितलाई साथ दिन जब नदी किनारामा पुगे

चितवन, १३ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह आग्रह गर्नु भएको छ ।
चितवनमा नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको आज बिहानै अवलोकन गर्दै बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै प्रदेश सरकार पीडितको साथमा रहेको बताउनु भएको हो ।

मुख्यमन्त्री थापा मगरले तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उहाँले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “प्रदेश सरकार बाढीपीडित जनताको साथमा छ, हामी उद्धार, राहत वितरण र पुर्नस्थापनामा लाग्छौ । नारायणी नदीबाट हुने दीर्घकालीन क्षतिको समाधानका लागि पनि संघीय सरकारसँग आवश्यक समन्वय गरी काम अघि बढाउने छौं, त्यसका लागि आवश्यक योजना तथा संरचनागत पहल गर्नेछौं ।”

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारीसमेत गरिरहेको बताउदै मुख्यमन्त्री थापा मगरले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण र त्यसपछि पुनर्निर्माणसम्मका कार्यमा प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाद्धारा जिब्रो छेड्ने श्रेष्ठलाई रु. दुईलाख सहित सम्मान प्रदान
भक्तपुर, ११ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मध्यपुरथिमिमा आयोजना गरिएको जिब्रो छेड्ने जात्रामा पाँचौ पटक जिब्रो छेड्ने नगद रु. दुई लाख सहित सम्मान गर्नु भएको छ ।
जात्राको अवसरमा थिमिमा आयोजित कार्यक्रममा उहाँले वीरेन्द्र कसजु श्रेष्ठलाई ऐतिहासिक जिब्रो छेड्ने जात्राको संरक्षणका लागि एवं जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारले प्रदान गरेको रु. २ लाख रकम सहित उहाँले सम्मान गर्नु भएको हो ।
श्रेष्ठलाई मुख्यमन्त्री थापाले नगदसहित सम्मान पत्र प्रदान गर्नु भयो भने प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले ऐतिहासिक, कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, जात्रा, पर्वको संरक्षणका लागि प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताउनु भयो ।
उहाँले ऐतिहासिक सम्पदा, पर्व, जात्राले पर्यटकलाई आकर्षित गर्न सक्नु पर्ने भन्दै प्रदेश सरकारले भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हव बनाउन बजेटको व्यबस्था गरेको बताउनुभयो ।
मुख्यमन्त्री थापा र पर्यटनमन्त्री प्रजापतिद्धारा शंखधर साख्वाः संग्रहालयको अवलोकन
भक्तपुर, ११ असोज : मुख्यमन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले आज राष्ट्रिय विभूति शंखधर साख्वाः संग्रहालयको अवलोकन गर्नु भएको छ ।
मध्यपुरथिमि शंखधर चोकस्थित राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले सञ्चालन गरेको संग्रहालयको उहाँले अवलोकन गर्दै साख्वाःको योगदानकाबारेमा जानकारी लिनु भएको थियो । मुख्यमन्त्री थापाले शंखधर साख्वाःको योगदानलाई देशभर फैलाउँदै नेपाल संम्वत समग्र नेपालीहरुको सम्वत भएको प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो ।
मन्त्री प्रजापतिले नेपाल सम्बत र शंखधर साख्वाःको योगदानको संचालित गतिविधि चासो दिनु भएको थियो । अवालेकनमा प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठ र प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीलगायतलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम प्रजापतिले शंखधर साख्वाःको योगदानकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले तीन तहकै सरकारले साख्वाःको संग्रहालयको बिस्तार गर्न र देशभर साख्वाःको योगदानलाई पुर्याउन सहयोग गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री थापाद्धारा घट्टे खोलाको बाढीले स्थलगत अबलोकन, क्षति रोक्न तत्काल रु. दुई करोड दिने प्रतिबद्धता
भक्तपुर, ११ असोज : आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विगत तीन दिनदेखि अविरल परेको वर्षाका कारण जोखिममा परेको बस्तीको स्थलगत निरीक्षण गर्नु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.४ र ५ को सिमानाबाट बग्ने घट्टे खोलामा आएको बाढीले जमिन कटान गरि बस्ती जोखिममा परेपछि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उहाँले विपद रोक्न तत्काल प्रदेश सरकारले दुई करोडको बजेट व्यबस्थान गर्ने बताउनु भएको छ ।
स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले बाढीबाट प्रभावित तथा कटान भएका क्षेत्रको अवस्थाबारे जानकारी लिदै विपद्का कारण उत्पन्न जोखिमलाई तत्काल सम्बोधन गर्न आवश्यक संरक्षण तथा व्यवस्थापनका काम अघि बढाइने बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रभावित क्षेत्रको तत्काल संरक्षण तथा आवश्यक व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको विपद् कोषबाट रु. २ करोड बजेट व्यवस्थापन गर्नेछौं । विपद्को समयमा नागरिकको सुरक्षा, जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वाधारको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले क्षति रोक्न तत्काल आवश्यक कदम चाल्नेछौं ।”
बाढी तथा कटानको अबस्थाबारे सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीले जानकारी गराउँनु भएको थियो ।

मध्यपुरथिमिमा पाँचौ पटक जिबौृ छेड्दै

भक्तपुरलाई शिक्षा, स्वासथ्य र पर्यटनको हव बनाउँछौं, समृद्ध भक्तपुरको परिकल्पना साकार पार्छौ ः मुख्यमन्त्री किरण थापा

भक्तपुरलाई शिक्षा, स्वासथ्य र पर्यटनको हव बनाउँछौं, समृद्ध भक्तपुरको परिकल्पना साकार पार्छौ ः मुख्यमन्त्री किरण थापा

१५ परिवारको ९२ जनाको उद्धार, भत्तःपुर काठमाडौं जोड्नु मनोहरा पुल भासिएसंगै यातायात बन्द,  ताथली सडक पहिरो पन्छाएपछि सूचारु
भक्तपुर, ९ असोज : दुईदिनदेखि अबिरल परेको वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेको खोला किनारामा टहरामा बस्ने १५ परिवारलाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ ।
बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू १५ परिवारको ९२ जनालाई उद्धार गरि कौशल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल पनि हो ।
भक्तपुर काठमाडौं जोड्न पुल भासियो, यातायात बन्द :
त्यसैगरि भक्तपुरको बोडे र काठमाडौँको मुलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिए पछि यातायाको साधनलाई आवतजावतमा रोक लगाएको छ ।
निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिनुभयो ।
बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हुनमन्ते खोला, मनोहरा खोलालगायतको बहाब बढेपछि अनुगमन गरेको थियो । मनोहरा पुलको समेत अनुगमन गर्दा पुलको क्षेत्र भासिए पछि यातायातमा रोक लगाएको हो ।
अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ ।
भक्तपुर काभ्रे जोड्ने सडक खूल्यो :
त्यसैगरि अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुदै काँभ्रेको नाला बनेपा जोड्ने सडकको यातायात आवागमन सुचारु भएको छ । वर्षाका कारण आएको पहिरोले सडक अबरुद्ध भएपछि बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा यातायातको साधन आवागमन रोकिएको थियो ।
आज प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख खड्कालगायतको टोलीले उक्त सडकको अनुगमन गरि डोजरले पहिरो पन्छाउन लगाएर सडकमा यातायात सुचारु गरेको हो ।
वागमती प्रदेश सरकार : तत्कालि पुर्ननिर्माण अगाडि बढाउने, राहत कोषमा रकम जम्मा गर्ने परिषद् बैठकको निर्णय
भक्तपुर, ९ असोज : बागमती प्रदेश सरकारले बागमती प्रदेशको कार्यक्षेत्रभित्र पर्ने सडक, पुल, झोलुङ्गे पुल, सरकारी भवन, खानेपानी, सिँचाइ र विद्यालयलगायतका संरचनाको पुनर्निर्माण शीघ्र अघि बढाउने निर्णय गरेको छ ।
आज मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को कार्यालयमा बसेको बैठकले विपद् जोखिम न्यूनीकरण, उद्धार तथा पुनर्निर्माणका लागि थप स्रोत व्यवस्थापन गर्दै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषसँग तत्काल एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ ।
बैठकले बर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढेको भन्दै प्रदेश मातहतका सबै संयन्त्रलाई पूर्ण सतर्क अवस्थामा राख्ने निर्णय गरेको मुख्य मन्त्री थापाले बैठक पछि राससलाई जानकारी दिनुभयो । जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडरलगायतका हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्न तथा विपद् भए तत्काल खोज, उद्धार र प्रतिकार्य सञ्चालन गर्न प्रदेशका सबै सरोकारवाला निकायलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।
जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्न निर्देशन दिदै मुख्यमन्त्री थापाले कुनै पनि विपद् आइपर्दा तत्काल खोज, उद्धार तथा प्रतिकार्य सञ्चालन गर्नसमेत सम्बन्धित संयन्त्रलाई निर्देशन दिइएको बताउनु भयो ।
परिषद्ले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीपछिको प्रतिकार्यको समीक्षा गर्दै विस्थापित परिवारको पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।

विपद्मा गरिएको खर्च प्रदेश विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने :

बैठकले विपद्का क्रममा गरिएको विभिन्न खर्च प्रदेश विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । रसुवामा विद्युत् तथा सञ्चार सेवा सञ्चालन र अवरुद्ध सडक खुलाउन प्रयोग गरिएको इन्धनबापत रु. ४ लाख ११ हजार ६० भुक्तानी गर्ने तथा उद्धार गरिएका र बाटोमा अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पु¥याउन प्रयोग भएका सवारीसाधनको भाडाबापत रु. ४ लाख ८९ हजार ५ सय भुक्तानी गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
मृतकका परिवारलाई राहत र पालिकालाई अनुदान वितरण :
त्यसैगरि विपदमा मृत्यु भएका नागरिकका परिवारलाई राहत दिन रसुवा, नुवाकोट र धादिङका विभिन्न १२ स्थानीय तहलाई उपलब्ध गराइएको रु. २ करोड ५० लाख अनुदानलाई परिषद्ले समर्थन गर्ने निर्णय गरेको छ । नौकुण्ड गाउँपालिकालाई रु. ४० लाख र गोसाइँकुण्ड गाउँपालिकालाई रु. २५ लाख तत्काल अनुदान उपलब्ध गराउने निर्णय पनि भएको उहाँले बताउनुभयो ।
मृतकका परिवारलाई राहत उपलब्ध गराउने प्रयोजनका लागि स्थानीय तहले आवश्यक अभिलेखसहित माग गरेमा पहिलो किस्तास्वरूप प्रति मृतक रु. २५ हजारका दरले सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा रकम हस्तान्तरण गर्न कोष सञ्चालक समितिलाई अख्तियारी दिइएको उहाँले जानकारी दिनुभयो ।
विपद् कोषमा मन्त्रीदेखि कर्मचारीसम्मका पारिश्रमिकबाट योगदान :
त्यसैगरि प्रदेश सरकारका मन्त्रिपरिषद्का सबै सदस्यको १५ दिनको पारिश्रमिक तथा मन्त्रिपरिषद् वा विभागीय मन्त्रीस्तरीय निर्णयबाट नियुक्त पदाधिकारीको १५ दिनको पारिश्रमिक विपद् कोषमा जम्मा गरिने पनि परिषद्ले निर्णय गरेको छ ।
प्रदेश निजामती सेवा तथा अन्य सेवामा कार्यरत कर्मचारीमध्ये अधिकृतस्तरका कर्मचारीबाट १० दिन, सहायकस्तरका कर्मचारीबाट ७ दिन र तहविहीन कर्मचारीबाट ५ दिनको पारिश्रमिक योगदान गरिने र यो रकम २०८३ असोज महिनाको आधारभूत तलबस्केलबाट कट्टा गरिने निर्णय गरेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।
प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आव्हान :
यस्तै परिषद्ले बागमती प्रदेशअन्तर्गतका स्थानीय तह तथा अन्य प्रदेश सरकारलाई प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
विपद् संकटग्रस्त घोषणा भएका स्थानीय तहलाई भने यस आग्रहबाट अलग राखिएको छ । बाढीबाट विस्थापित परिवारको पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न संघसंस्थालाई समेत आर्थिक सहयोग गर्न अपिल गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचीव महेश भट्टराईले जानकारी दिनुभयो ।
संशोधन वा रकमान्तर गर्न सकिने क्षेत्र पहिचान गर्न पाँच सदस्यीय कार्यदल गठन :
पुनर्निर्माणका लागि चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमबाट कार्यक्रम संशोधन वा रकमान्तर गर्न सकिने क्षेत्र पहिचान गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा गठित कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्री, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, प्रमुख सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य रहने निर्णय गरिएको छ ।
विपद् पूर्वतयारी योजना स्वीकृत :
परिषद्ले ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ र ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ स्वीकृत गरेको छ । तत्काल उद्धार तथा राहत वितरणका लागि प्रदेशस्थित विपद् गोदामघरमा आवश्यक खोज, उद्धार तथा राहत सामग्री खरिद गरी मौज्दात राख्ने निर्णय पनि भएको छ ।
त्यस्तै, जोखिमयुक्त स्थान पहिचान गरी पूर्वसूचना प्रणाली स्थापना गर्न विज्ञ सदस्यको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधिसहित अध्ययन टोली गठन गर्ने निर्णय भएको छ । अध्ययनपछि आवश्यक उपकरणसहित पूर्वसूचना प्रणाली स्थापना गर्न बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
कोरोना कोषको रकम विपद् व्यवस्थापन कोषमा :
स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत लामो समयदेखि निस्क्रिय रहेको कोरोना कोषको रु. एक करोड २५ लाख ८९ हजार चार सय ३५ प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
त्यस्तै विपद्पश्चात स्वास्थ्य क्षेत्र प्रतिकार्य योजना कार्यान्वयनका लागि स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको विपद् व्यवस्थापनसम्बन्धी विविध खातामा प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ ले तोकेका कार्यमा मात्र खर्च गर्ने गरी रु. एक करोड उपलब्ध गराउने निर्णय गरिएको छ ।
बैठकमा बागमती प्रदेशका, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर के.सी., खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री राजु विष्ट, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापती, मन्त्री ज्ञानबहादुर तामाङ, प्रदेश सभा सदस्य रमेश कुमार महत, बिपदविद डा. दीपक विक्रम थापा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामबाबु पुरी, उपसचिव पेशल पोख्रेल, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव अनिता तामाङ र उमेश कुमार दाहाललगायतको उपस्थिति रहेको थियो ।
स्थापनाको १२१ वर्षपछि भक्तपुर अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु, अस्पताललाई नमूना बनाउने सचिवको प्रतिबद्धता
भक्तपुर,  ९ असोज : बीर अस्पताल पछिको दोश्रो अर्थात १२१ वर्ष पुरानो भक्तपुर अस्पतालमा पहिलोपटक न्युरोसर्जरी सेवा सुरु भएको छ । अस्पतालले मस्तिष्कमा रक्तस्राव भएका ८० वर्षीय बिरामीको भक्तपुर अस्पतालमा पहिलो पटक शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।
अस्पतालमा ब्रेन ह्यामरेज भएर बिहिबार भर्ना भएका ८० वर्षीय बिरामीको अस्पतालले पहिलो पटक सफलतापूर्वक न्युरोसर्जरी सम्पन्न गरिएको आज सञ्चारकर्मीलाई उहाँले जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक डा. त्रिभुवनचन्द्र झाले अस्पतालमा पहिलो पटक न्युरोसर्जन डा. माणिककुमार लामाको नेतृत्वको चिकित्सक टोलीले बिरामीको मस्तिष्कको दायाँपट्टि जमेको रगत निकाल्नुका साथै देब्रेतर्फ कमजोर बनेको भागको सफलतापूर्वक शल्यक्रिया गरेकोे जानकारी दिनुभयो ।
निर्देशक डा. झाले भन्नुभयो, “मस्तिष्कसम्बन्धी जटिल समस्या लिएर भक्तपुर अस्पताल आउँने विरामीको उपचार सेवा सुरु भएको छ । पहिलो पटक अस्पतालले न्यूरोको सर्जरी स्म्पन्न गरेको छ । यो ठूलो सफलता हो । विरामीले न्यूरो उपचारका लागि अब काठमाडौंका अस्पताल धाउनु पर्दैन । आगामी दिनमा थप विशिष्टीकृत सेवा विस्तार गर्दै जानेछौँ ।”
अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्ने बताउदै हाल ३०० शय्यामा सञ्चालित भक्तपुर अस्पतालले १५ शय्याको आईसीयू, १० शय्याको पीआईसीयू, १० शय्याको एनआईसीयू र एचडीयू तथा पाँच शय्याको एसएनसीयू छन् सञ्चालनमा रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले अस्पतालमा हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई सेवा दिइरहेको जानकारी दिनुभयो ।
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. समित्रा गौतमले रिफर सेन्टरको रुपमा रहेको भक्तपुर अस्पताललाई सुबिधा सम्पन्न गुणस्तरीयस्वास्थ्य सेवा सञ्चालन गरिरहेको बताउदै वागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्ने बताउनुभयो ।
मन्त्रालयले भक्तपुर अस्पतालमा अत्याधुनिक प्रबिधि एवं उपकरण थप गर्ने, आवश्यक जनशक्ति थप गर्ने, आधुनिक पूर्वाधारयुक्त भवन निर्माण गर्ने र बिशेषत्र अस्पतालको रुपमा विकास गर्ने गरि अगाडि बढेको सचिव डा. गौतमले जानकारी दिनुभयो ।