सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न
भक्तपुर, २४ असोज : नगद रु ७५ हजार पुरस्कार सहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमे बाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।

आज सूर्यविनायक गणेश मन्दिर परिषरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमे बाजा प्रतियोगितामा नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोश्रो हुदै रु. ५० हजार नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागि प्रतिस्पर्धी सबै टोलीले धिमे बाजा टोलीलाई नगरपालिकाले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागि १० वटा टोलीलाई थप ५/५ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।
वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भएको थियो । मुख्यमन्त्री थापाले धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभयो । उहाँले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट गरिने प्रयासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
विजयी टोलीलाई नगर प्रमुख थापाले पुरस्कार वितरण गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बतउनुभयो । उहाँले प्रतियोगितालाई जित–हारको विषयभन्दा पनि मौलिक संस्कृति संरक्षण गर्ने अभियानका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले धिमे बाजा लगायत बिभिन्न परम्परागत कला र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले यस प्रकारको कार्यक्रमलाई अझै प्रोत्साहन दिने बताउनुभयो । उहाँले यस्तो प्रतियोगिताले परम्परागत संस्कृतिके संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रमका सभापति, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले प्रतियोगितामा नगर भित्रका १३ वटा धिमे बाजा टोलीले प्रतिस्पर्धा गरेको बताउनुभयो । यो प्रतियोगिताले परम्परागत नेवारी कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको र स्थानीय कला, संस्कृति र मूर्त तथा अमूर्त कलाको संरक्षण हुने बताउनुभयो ।कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ र वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले यस प्रकारको प्रतियोगिताले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण, परम्परागत बाजाको प्रवद्र्धन तथा नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति रुचि बढाउन योगदान पु¥याउने अपेक्षा गरिएको बताउनभयो । पर्यटन शाखा प्रमुख पुष्पा कुमारी पाण्डेले धिमे बाजाको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा प्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1

Disqus comments are not configured yet.