माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा प्रादेशिक अस्पताल, आर्युेवेदिक अस्पताल एवं जनस्वास्थ्य कार्याल्यको अनुगमन, काम नगर्नलाई कारबाही गर्न निर्देशन
ताथली–नाला सडकमा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सिडिओको नेतृत्वमा सडकको अनुगमन





विपददेखि दुर्घटनासम्मका घट्नामा घट्नास्थलमा उद्धारदेखि अस्पतालको उपचारसम्मको अभ्यासमा दुर्घटनाको झल्को……………….





दुवाकोटवासीलाई केएमसीद्धारा उपचारमा २५ प्रतिशत छुट, वडा अध्यक्ष सिजन कार्कीद्धारा हस्ताक्षर
के के सेवामा पाईन्छ, छुट, यस्तो छ सम्झौता हेर्नुहोस :


सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू

नगर प्रमुख थापाले भन्नुभयो, “नगरवासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौ, यस नगरलाई बालमैत्री र जेष्ठ नागरिक मैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौं, यस नगरपालिकाको नौ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौं, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौं ।”
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संया्जक रबिन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तिब्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउदै स्वयंसेवकहरुले यसलाई चिर्नु पर्ने बताउनुभयो ।
एमाले अध्यक्ष केपी ओलीका पिताको अस्पतादेखि आर्यघाटसम्म पुगे नेता तथा कार्यकर्ता

बागीश्वरी माध्यमिक विद्यालयको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव
भक्तपुर, २८ फागुन : बागीश्वरी माध्यमिक विद्यालयको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी आज सम्पन्न भयो । वार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी स्मारिका, साहित्यक संगालो र विद्यालय गीत बिमोचन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले उत्कृष्ट शिक्षक कर्मचारी र विद्यार्थीहरूलाई पुरस्कार, सम्मान तथा छात्रवृत्ति हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले विश्वविद्यालयहरु मुलुकको उच्च शिक्षाको आधार तय गर्ने महत्वपूर्ण निकाय भएको बताउँदै देशभक्त र इमानदार व्यक्तिहरु राजनीतिमा आउनुपर्ने बताउनुभयो । सत्तासीन दलले स्वच्छ राजनीति नगरेरै देशको राजनीतिमा उतारचढाव भइरहेको हो भन्दै उहाँले युवाहरु राजनीतिबाट टाढा बस्ने होइन, राजनीतिलाई सुधार्ने जिम्मेवारीकासाथ अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन र समाजलाई शिक्षित बनाउने उद्देश्यले विभिन्न कलेजहरु सञ्चालनमा ल्याएको स्मरण गर्दै उहाँले जनतालाई राजनैतिक रुपमा सेचत र संगठित बनाउन सकेमात्र सभ्य समाजको परिकल्पना पूरा हुने बताउनुभयो । निर्वाचनले जनताको चेतनास्तर स्पष्ट रुपमा प्रस्तुत गर्ने बताउँदै उहाँले निर्वाचनको समयमा हुने विदेशी र आर्थिक चलखेलबारे पनि जनताहरुले सजग हुनुपर्ने बताउनुभयो ।
नेपालमा विदेशीहरुको चलखेल व्यापक भइरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरुलाई विदेश पलायनबाट रोक्न सरकारले अब पनि ढिला गरे देशले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो । कार्यक्रमका सभापति, बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०६४ सालमा स्थापना भएको बागीश्वरी कलेज क्यु.ए.ए.प्राप्त भक्तपुर जिल्लाकै पहिलो कलेज भएको बताउनुभयो ।
देश बनाउने वा बिगार्नेमा बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै शिक्षित जनता राजनैतिक रुपमा सचेत र संगठित भए मात्र देश सही दिशामा जाने बताउनुभयो ।
कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गर्नेमा जोड दिँदै जाने बताउँदै उहाँले शैक्षिक संस्थाहरुले सचेत र देशभक्त नागरिक उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरुमाझ किताबी ज्ञानसँगसँगै आलोचनात्मक दृष्टिकोणको विषयमा पनि छलफल आवश्यक भएको बताउँदै राजनैतिक नैतिकतामा संकट आउनुमा विद्यालय शिक्षाको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्नुभयो ।
सांसद गोसाईले देशलाई राम्रो गर्ने या नगर्ने भन्ने कुरा सत्तासीन दलका नेताहरूको हातमा हुन्छ या राजनीतिक नेतृत्वमा भरपर्छ । राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकोले राजनीतिमा इमानदारी र नैतिकता महत्वपूर्ण हुने बताउँदै उहाँले नेपालमा पपुलिजमको लहरले नेपालको राजनीति नै संकटमा परेकोछ भन्दै नेपाल पनि पपुलिजमको सिकार हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
अमेरिकी साम्राज्यवादले संसारमा साम्राज्यवादको नाइकेको रुपमा आक्रमक ढंगले प्रस्तुत भइरहेको बताउँदै उहाँले अमेरिकी साम्राज्यवादको विरोधमा भियतनामी जनताले लडिरहेको वीरतापूर्ण इतिहासबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले शैक्षिक, सामाजिक, राजनीतिक रुपमा महिलाहरुको अग्ररता नेपाली समाजमा पनि उल्लेखनीय रहँदै आएको बताउनुभयो ।
बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजायको बन्दोबस्त हुनुपर्छ भन्दै ढिलो न्याय दिनु पनि अन्याय हो, उहाँले भन्नुभयो । उहाँले समाजका बेथितिहरुविरुद्ध लड्ने शिक्षा आजको आवश्यकता हो भन्दै उहाँले अर्थतन्त्रसँग जोडिएको शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य र विद्यार्थी प्रतिनिधि एम.बी.एस. पहिलो सेमेस्टरका तुल्सीराम दुवाल, बागीश्वरी मावि विद्यार्थी हित समितिका निशा थापाले शुभकामना मन्तव्य राख्नुभयो भने शिक्षक मंगलेश्वर ध्वजूले पनि बोल्नुभयो ।
