स्वास्थ्य सेवा बिस्तारसंगै विश्व विद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान







स्थानीय स्वास्थ्य समस्यामाथि अध्ययन, प्रमाणमा आधारित उपचार पद्धतिको विकास, चिकित्सा क्षेत्रमा नवीनता र प्रविधिको प्रयोगमा लागिरहेको यस प्रतिष्ठानले सामुदायिक स्वास्थ्य सेवा, स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, स्थानीय तहसँग सहकार्य, प्रदेशका जिल्ला अस्पतालहरुसंगको सहकार्य र विशेष रोगहरूको उपचार सेवा विस्तार समेत गर्दै आएको छ ।







प्रतिष्ठानको आफ्नै परीक्षा बोर्ड छ । प्रतिष्ठानलाई यतिमा मात्रै सिमित नराखी विश्व विद्यालयको रुपमा विकास गरि १३ वटै जिल्लामा शैक्षिक कार्यक्रमको स्वीकृति दिई स्वास्थ्यको जनशक्ति उत्पादनमा लैजानु पर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।




सूर्यविनायक नगरपालिकाको बक्तृत्वकला, अरनिको मावि प्रथम







रास्पवा भक्तपुरमा बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

वडा अध्यक्ष राजकुमार जोशीले वडाको पूर्वाधार विकासतर्फ ८० प्रतिशत काम सम्पन्न
भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेवासीले विगत नौ वर्षको अबधीमा पर्याप्त विकासले यहाँको मुहार फेरिएको भएपनि खानेपानीको समस्या भने अझै समाधान हुन नसकेको बताएका छन् ।
सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियाशिल पत्रकार मञ्च भक्तपुरले शुक्रबार सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे सामुदायिक भवनमा आयोजना गरेको वडास्तरीय “सार्वजनिक सुनुवाई” कार्यक्रममा सहभागि स्थानीय नागरिकले यहाँको विकासका लागि यहाँको वडाध्यक्षले अहोरात्र खटिएको बताएका हन् ।
कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष राजकुमार जोशीले वडाको पूर्वाधार विकासतर्फ ८० प्रतिशत काम सम्पन्न दिगो विकासको लक्ष्य हासिल गरेको बताउदै १० वर्ष अगाडिको यहाँको अबस्था र अहिलेको अबस्था आफैले मूल्यांकन गर्न नागरिकलाई आग्रह गर्नुभयो ।
उहाँले वडामा अधिकांश ठाउँमा सडक पुर्याएको, अधिकांश सडक ढलसहितको कालोपत्र र ढलान गरि सिमा पर्खाल समेत लगाएको र अब बाँकी ११ महिनाको कार्यकालमा बाँकी रहेको कामलाई सम्पन्न गर्ने बताउनुभयो ।

उहाँले यसवर्षको बजेटमा संघीय सरकारले यहाँका सबै बजेट काटेर शून्यमा पुर्याएको भन्दै असार १ गते प्रदेशमा आउने बजेटमा यहाँका ६ वटा ठूला योजनालाई बजेट हाल्ने मन्त्री किरण थापा मगरले प्रतिबद्धता जनाएका बताउनुभयो ।
नेपाल सरकारका सचिव दिने घिमिरेलाई आग्रह गरेपछि उहाँले समावेश गरिदिएको चार करोड बजेटमा अहिले तीन धारा सडक स्तरान्नती लगायतका कामहरु भइरहेको भन्दै उहाँले स्थानीयसंगको ६०÷४० को साझेदारीमा हुने कामका लागि ५० लाख बजेट विनियोजन गरेकोमा पाँच लाख मात्रै खर्च भएको बताउनुभयो ।

नगरपालिकाबाट आउँने वार्षिक करिब तीन करोड ५० लाख बजेट मात्रै पर्याप्त नहुने भएकाले संघ र प्रदेश सरकारबाट पनि बजेट ल्याउने प्रयास भइरहेको भन्दै उहाँे संघले बजेट काटे पनि ल्याउन लागिपरेको बताउनभयो ।
अब थोरै काम मात्रै सम्पन्न गर्न बाँकी रहेको दाबी गर्दै यसअघि पनि पर्वसांसद महेश बस्नेत, दूर्लभ थापा, शशीजंग थापा, किरण थापा मगरसंगको सहयोगमा बजेट ल्याएर काम गरेको वडा अध्यक्ष जोशीले स्मरण गर्नुभयो । खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी बढी भन्दा बढी ल्याउने प्रयास जारी भएको, स्थानीय पानीको श्रोतको खोजी भइरहेको बताउदै यहाँका १० हजार घरधुरी मध्ये सात हजारलाई पानी वरतण गरिरहेको र तीन हजाका लागि प्रयास भइरहेको बताउनुभयो ।

नगरपालिकाले असार ९ र १० गते ल्याउने बजेटमा आयाजना समावेश गर्न टोलटोलबाट योजना माग गरेकोमा ६ वटा भन्द बढी निवेदन नपरेको बताउनुभयो ।
उहाँले सबै मिलेर बिकासमा हातेमालो गर्न तर अिनावश्क बिरोध गर्ने र विकास रोक्न खोज्ने प्रयास कसैले गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रहरी प्रभाव कटुञ्जेका प्रहरी नायब निरिक्षक नेत्रबहदुर कार्कीले चोरी न्यूनिकरणका लागि प्रहरीले गस्ति लगायतका कर्यहरु गरिरहेको बताउदै गडेधारा टोलमा गाजा खाने किशोरहरुलाई करिब ५० जनालाई नियन्त्रणमा एिर परिवारको जिम्मा लगाएको बताउनुभयो ।

कार्यक्रममा स्थानीयवासीहरु रत्न श्रेष्ठ, मिलन कार्की, हरेराम चौगुठी, विरेन्द्र थापा, चिरञ्जिवी पोखरेल, युवराज घिमिरे, शुसिल श्रेष्ठ, प्रदीप श्रेष्ठ, सविना श्रेष्ठ, कविता पोखरेल, अर्चना खरेल, देवीबहदुर बस्नेत, सिमन तामाङ्गलगायतले विकासका पूर्वाधार निर्माण पर्यप्त भएको चर्चा गर्दै शुद्ध खानेपानीको व्यबस्थापन र सुरक्षाका लागि सिसि क्यामरा तथा सडक बत्तिको आवश्यकता स्थानीइ सरकारले सम्बोधन गरिदिन सुझाब दिनु भएको थियो ।

वडा अध्यक्ष केसीलाई सूर्यविनायक–३ बालकोटवासी भन्छन् : विकास राम्रो भो अब हामीलाई पानी दिनुस्
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ३ मा विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विषयमा केन्द्रित सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी) को आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा वडा कार्यालयमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा वडाले गरेका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक गतिविधि तथा आगामी प्राथमिकताबारे समीक्षा गरिएको थियो । कार्यक्रममा स्थानीयवासीले आफ्ना गुनासा, सुझाव र जिज्ञासा खुलस्त रूपमा राखेका थिए ।
कार्यक्रममा वडासचिव शेषराज दाहालले चालु आर्थिक वर्षमा वडामा ३० वटा योजना सञ्चालन भएको जानकारी दिँदै अधिकांश योजना सम्पन्न भइसकेको बताए । उनका अनुसार ३२६ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने विभिन्न शीर्षकबाट ८१ लाख ९८ हजार ७४३ रुपैयाँ राजस्व संकलन भएको छ । बढ्दो महँगीका कारण केही योजनामा चुनौती देखिएको उनले उल्लेख गरे ।
सुनुवाईमा सहभागी स्थानीयवासीहरूले तुवाचो गणेश मन्दिरको पुनर्निर्माण, खानेपानी वितरणको असमानता हटाउने व्यवस्था, सडकबत्ती जडान, स्वास्थ्य शिविर सञ्चालन, किरियापुत्री भवन निर्माण, गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार, ढल व्यवस्थापन, सार्वजनिक कार्यक्रममा जनसहभागिता वृद्धि, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलामैत्री कार्यक्रम, सीसी क्यामेरा जडान तथा जीवन विज्ञान ९योग० प्रयोगशालाका लागि भवन व्यवस्थापनलगायत विषय उठाएका थिए ।
प्रश्नहरूको जवाफ दिँदै बालकोट प्रहरी प्रभागका प्रमुख पदमबहादुर बलायरले अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनका लागि सार्वजनिक स्थानमा थप सीसी क्यामेरा जडान आवश्यक रहेको बताए । साथै, विग्रिएका क्यामेराको मर्मतसम्भारमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य चौकी बालकोटका प्रमुख सुशील घिमिरेले सीमित स्रोत–साधनका बाबजुद जेष्ठ नागरिक तथा दीर्घरोगी नागरिकलाई सेवा दिइरहेको जानकारी दिए । उनले सुगर र प्रेसरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको, नियमित स्वास्थ्य शिविर सञ्चालन भइरहेको तथा गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्डसहितको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताए । जेष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि थप बजेट र औषधिको आवश्यकता रहेको उनले औंल्याए ।
बालकोट खानेपानी उपभोक्ता समितिका सचिव हरिचन्द्र अधिकारीले केयूकेएल र नगरपालिकाबीचको सहकार्यपछि केही राहत मिलेको भए पनि मागअनुसार पानी वितरण गर्न अझै चुनौती रहेको बताए । पाइपलाइन विस्तारमा समस्या रहेको उल्लेख गर्दै उनले उपलब्ध पानीलाई समान रूपमा वितरण गरिरहेको स्पष्ट पारे ।
कार्यपालिका सदस्य हेमा दाहालले महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताइन् । उनले सीपमूलक तालिममार्फत स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गरिएको उल्लेख गर्दै आवश्यक परे व्यवसाय सञ्चालनका लागि समेत वडाले सहयोग गर्ने बताइन् ।
कार्यक्रमका क्रममा वडाध्यक्ष दीपेन्द्र केसीले विकासका लागि योजना मात्र नभई पर्याप्त बजेट आवश्यक रहेको धारणा राख्नु भयो । उनले तुवाचो गणेश मन्दिर पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पूर्वाधार निर्माणको योजना रहेको जानकारी दिए ।
एक वर्षमा करिब २ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त हुने उल्लेख गर्दै उनले उपभोक्ता समितिमा देखिने विवाद न्यूनीकरण गर्न अधिकांश योजनालाई टेण्डर प्रक्रियामार्फत अघि बढाउने नीति लिइएको बताए ।
वडाध्यक्ष केसीले वडा नं। ३ र ४ को सिमानामा सार्वजनिक भवन निर्माणका लागि पहल भइरहेको, खानेपानी समस्या समाधानका लागि केयूकेएलसँग सहकार्य भइरहेको तथा आवश्यकता र समानुपातिक वितरणको आधारमा टोल–टोलमा बजेट विनियोजन गरिएको स्पष्ट पारे ।
‘हामीले प्रचार होइन, काम गरेर देखाएका छौं,’ उनले भने–‘वडाका सबै क्षेत्रलाई समेटेर विकासलाई सन्तुलित ढंगले अघि बढाएका छौं ।’
ढल व्यवस्थापनमा स्थानीय साझेदारीको मोडेल अपनाउन आग्रह गर्दै उनले सडकमा थप सीसी क्यामेरा जडान गर्ने तथा जीवन विज्ञान प्रयोगशालाका लागि उपयुक्त जग्गा उपलब्ध भए भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, सीपमूलक तालिमका लागि बजेट अभाव नरहेको र माग आएअनुसार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा उठाइएका प्रश्न, सुझाव र अपेक्षाहरूले वडा कार्यालयलाई आगामी योजना तथा सेवा प्रवाह थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमका अधिकांश सहभागीले वडा अध्यक्षको काम गर्ने तरिका र आत्मविश्वासको खुलेर प्रशंसा गरेका थिए ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए भने सल्लाहकार दिवस गुरागाईंले कार्यक्रमको विषय प्रवेश गराएका थिए ।
गुण्डुमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयवासीले खोजे चुनाबमा मात्रै मुख देखिएको संघीय सांसद खोई…………….
भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित वडा कार्यालयको सभा हल । बिहिबार सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियासिल पत्रकार मञ्च भक्तपुरले वडा कार्यालयको हलमा आयोजना गरेको “सार्वजनिक सुनुवाई कार्यक्रम” मा भेला भएका स्थानीयले खोजी गर्दै सोधे ‘हाम्रो क्षेत्रको संघीय सांसद खोई’……..।

आज वडा कार्यालयको हलमा ‘जनप्रतिनिधिसँग वडावासीको आवाज’ भन्ने नाराका साथ आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासी रामकृष्ण श्रेष्ठले वडाको विकास र समृद्धिमा तीनवटै तहको सरकारको समन्यव आवश्यकता रहे पनि संघीय सांसदले निर्वाचित भए पश्चात अनुहार नै नदेखाएको गुनासो गर्नुभयो ।

‘२०७४ अघिका जनप्रतिनिधि र पछिका विकास जनताले हेरेका छन् तर जनताको विकासप्रतिको तिव्र चाहना पुरा हुन सकेन,’ उहाँले भन्नुभयो, ‘भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजिव खत्री कता हुनुहुन्छ ? सार्वजनिक कार्यक्रममा ल्याएर जनताको माझमा उभ्याउनु पर्यो, जसले गर्दा हाम्रो आवाज संघीय सरकारमा पुगोस्, जनताको मतलाई तिरस्कार गर्ने छुट उहाँलाई छैन ।’

कार्यक्रममा स्थानीय राधाकृष्ण नगरकोटीले नयाँ वर्ष मनाईने जात्रा र गणेश चतुर्थीमा मनाईने सिन्दुर जात्राका लागि बजेट व्यबस्थापन गर्नुपर्ने, गणेश पार्टी निर्माण गर्नुपर्ने, व्यायाम शाला र पार्क निर्माण गर्नुपर्ने माग राख्नु भयो ।

स्थानिय दिपेश कार्कीले मन्थलीबाट वडा कार्यालय आउने सडक सञ्जाल जोडनु पर्ने, जिप लाइन मुनीको जग्गा प्लानिङ्ग राक्नु पर्ने, जेष्ठ नागरिक भ्रमण रोकेर बजेट विकासमा लगाउनु पर्ने, प्राणी उद्यान क्षेत्रमा चलचित्र छायांकन रोक्नु पर्ने बताउनुभयो ।

तिथली गणेश भैरब समितिका अध्यक्ष सानुकाजी नगरकोटीले सडक निर्माणले ऐतिहासिक इनार पुरियो, चन्द्रसूर्य आधारभूत विद्यालय बेवास्ता गरेको गुनासो गर्नुभयो ।
स्थानीय मनोज केसीले सार्वजनिक जग्गा संरक्षणमा के गरिरहेको छ भन्दै निर्माण सुरु गरेको दुईवटै पौडी पोखी अलपत्र परेको, भिम प्राबि वरिपरि सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो गर्नुभयो ।

भूक्षय नियन्त्रणका लागि वडाले के गर्दैछ भन्दै कृष्णमुरारी वाग्लेले योगमय बनाउन वडा कार्यालयले व्यबस्थापन गर्नुपर्ने बताउनुभयो । स्थानीय शिव नगरकोटीले दधिकोट वडा नं. ४ र गुण्डु वडा नं. ७ जोड्ने बुढी गण्डकी खोलाको पुल निर्माण सम्पन्न गरेकोमा धन्यवाद भन्दै खोलामा किरियापुत्री भवन वा पार्टी निर्माण गर्न माग गर्नुभयो ।
स्थानीय रमेश नगरकोटीले सडकम घर बनाउने निर्माण सामग्री थपार्नेलाई कारबाही गर्नु पर्न माग गर्नुभयो भने रविन्द्र नगरकोटीले नयाँ बस्तीले सडकको मापदण्ड मिचेर संरचना बनाएकाले तत्काल रोक्न माग गर्नुभयो । स्थानीय रामकृष्ण श्रेष्ठले गुण्डुको गौ संरक्षण केन्द्र र २ करोड १३ लाख बजेट आइसकेको पाथीभरा माताको मन्दिरको जिम्मा स्थानीय सरकारले लिनुपर्ने धारणा राख्नु भयो ।

स्थानीय रिषभ खत्रीले सामुदायिक भवनमा स्थापना गरेको गुण्डु खानपानी कार्यालयले कोठा भाडामा लाउने कार्य रोक्नु पर्ने औल्याउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाले जेनजी आन्दोलनपछि वडाको प्रशासनिक तथा अन्य सेवा प्रभावहरुमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्नुभयो ।
समस्या भएपनि छिटो र छरितो सेवा प्रभावहरुमा वडाले विशेष रणनीति बनाई १५ देखी ३० मिनेट भित्रमा सहज रुपमा सेवा प्रदान गरिरहेको बताउनुभयो ।
मूल्यवृद्धिका कारण भौतिक पूर्वाधारको कार्यहरुमा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनताको अपेक्षा धेरै छन् तर हामीसँग स्रोत सिमित छ । त्यस्तैले अब नयाँ योजना शुरु गर्नेभन्दा पनि पुराना बाँकी रहेका योजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने तयारीका साथ लागिरहेका छौं । जसको लागि संघीय सरकारको बजेटले यसवर्ष वडालाई छोएको छैन । अब प्रदेशको बजेट कस्तो आउँछ ? त्यहि अनुसार योजना बैंक तयार गरेर नगरबाट बजेट व्यवस्थापन गरी कार्य सम्पादन गर्नेछौं ।’

केन्द्रीय सरकारले तीन करोड भन्दा तलका बहुवर्षीय आयोजनाका बजेट काट्दा गुण्डुका ६ वटा ठूला आयोजनाहरु अलपत्र परेको भन्दै उहाँले सिंहदरबारसंगको पहुँच टाढिदै गएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा लक्षित कार्य गर्ने उल्लेख गर्दै उहाँले बालमैत्री वडा घोषणा गर्न ८० प्रतिशत कार्यहरु सम्पन्न भइसकेको जानकारी गराउनुभयो । आवेग नभई विवेक प्रयोग गरी सहज र सुलभ सेवा प्रभावहरु नै अहिले प्राथमिकता रहेको बताउनुभयो ।
धार्मिक, कला, संस्कृति तथा व्यायम केन्द्रहरु आवश्यकता अनुसार थप गर्दै लैजाने प्रतिवद्धता जनाउँदै उहाँले इतिहास मेटेर विकास नगरिने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उहाँले वडामा एक वटा पनि प्लानिङका स्वीकृति प्रदान नगरिएको भन्दै स्थानीयले जग्गा बिक्री गर्ने अनि किन्नेहरुले घर बनाउन खोज्दा बिरोध गर्ने कार्य गर्न नहुने बताउनुभयो । स्मार्ट सिटीका कारण आठ आनाभन्दा कम कित्ता काट नहुने भएपछि चार जनाले एक रोपनी जग्गा किन्ने र अदालतको आदेशबाट त्युलाई टुक्रा पारेर घर बनाउने कार्यलाई वडाले चाहेर पनि रोक्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडाको सार्वजनिक जग्गा संरक्षण हुन्छ, भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाकै सवैभन्दा उत्कृष्ट वडा नं. ७ हो । जीपलाईन मुनिको प्लानिङ गरेको होइन । जग्गा नापेर मात्र प्रकृया अगाडी बढाउन भनेर काम रोकेका छौं । स्वीमिङ पुल संघीय सरकारको पर्यटन मन्त्रालय अन्तरगतको बजेटबाट बनेको हो । जहाँ पार्क सहित बन्ने भनेर बहुआयामिक तरिकाले पर्यटन प्रवद्र्धन गर्ने योजना थियो । संघले बजेट नपठाउँदा अलपत्र पर्यो, वडाले सिमाङ्कन मात्र गरेको हो । अहिले संघीय सरकारको प्राथमिकतामा नपरेर अवमूल्यन भएको हो । बजेट आउँदा समन्वय, पहल र पहुँचका आधारमा हुने भएकाले राजनीतिक अस्थिरतका कारण विकासमा प्रत्यक्ष रुपमा असर परेको छ ।’
प्राणी उद्यानभित्र चलचित्र सुटिङ गर्न दिने वा नदिने भन्ने वडाको क्षेत्राधिकार नभई संघीय सरकारको भएको उल्लेख गर्दै उहाँले योग प्रवद्र्धनको लागि नगरपालिकाले नीतिगत व्यवस्था गर्ने बताउनुभयो ।
सडकमा गिटी तथा बालुवा लगायतका सामाग्रीहरु राख्न नपाउने स्पष्ट पार्दै उहाँले सो कार्य गरे कारवाही गर्नु चेतावनी दिनुभयो । घर निर्माण गर्दा सडकलाई असर पुर्याउनु नहुनेमा सचेत हुन आग्रह गर्दै उहाँले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्न योजनावद्ध लाग्नुपर्नेमा जोड दिँदै उहाँले सामुदायीक भवनमा खानेपानीमा काम गर्ने मजदुरलाई निर्माणको क्रममा एक महिना बस्न दिएको बताउनुभयो । घ्याम्पेडाँडाको विद्यालय विद्यार्थी नभएका कारण मर्ज गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा चालु आर्थिक वर्षभित्रमा गरेका पूर्वाधारको विकास, प्रशासनीक सेवा प्रवाह, सामाजिक कार्यलगायतका विषयहरुलाई समेटेर जनताका गुनासा, प्रश्न र सुझावहरुलाई संकलन गरिएको छ ।
कार्यक्रममा वडाका सचिव सूर्यवहादुर माकजुले वडाले आर्थिक वर्षमा गरिएका प्रशासनीक तथा सेवा प्रवाहरुको बारेमा विस्तृतमा उल्लेख गर्नुभयो ।
वडामा चालु आवमा नगरसभाबाट ५४ वटा योजनाहरु स्वीकृत भएको जानकारी गराउँदै उहाँले हालसम्म ५० वटा योजना सम्झौता भइ निर्माण कार्य भइरहेको, १४ वटा सम्पन्न, ३४ वटा चालु रहेको र दुई वटा सम्झौता भई कार्यशुभारम्भ नभएको जानकारी गराउनुभयो । त्यस्तै चार वटा योजना कोटेशनको माध्यमबाट सञ्चालन भइरहेको बताउनुभयो ।

वडामा विभिन्न प्रकारका लक्षित कार्यक्रमहरु आयोजना गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘वडाले जेष्ठ नागरिक, अपाङ्गता, महिला, दलित, बालवालिका लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ ।
त्यस्तै बालबालिकाको लागि पञ्चवर्षिय लगानी योजना तयार गरेको छ । सडकमुक्त बालबालिका, बालबालिकालाई मदिरा तथा सूर्तिजन्य सामग्री विक्रि वितरणमा रोक, बालमैत्री वडा घोषणाका लागि सचेतनामूलक कार्य, वडा बाल सञ्जाललाई ट्र्याकसुट वितरण, तेस्रो वडा स्तरीय बाल हाजिरी जवाफ प्रतियोगिता, ४४ जना कृषकलाई इलेक्ट्रिक स्प्रेयर पम्प, एसइइ उर्तीण विद्यार्थीलाई सम्मान लगायतका कार्यहरु गरेका छौं ।’

उहाँका अनुसार वडामा नगरसभाबाट कार्यक्रम तथा योजनाको लागि रु दुई करोड, ६० लाख तथा विभिन्न मितिमा नगर कार्यपालिकाबाट स्वीकृत रु चार करोड ७३ लाख रकम विनियोजन भएको छ । त्यस्तै वडामा कृषकसँगको लागत साझेदारीमा फुलको विरुवा वितरण, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण लगायतका सामाजिक कार्यहरु भएका छन् ।

कार्यक्रममा गुण्डू प्रहरी प्रभागका प्रमुख इन्द्र प्रसाद बोयजुले सडक दुर्घटना रोक्न मापसे चेकिङ गर्नु प्रहरीको जिम्मेवारी रहेको बताउदै अपराधन नियन्त्रण र जनताको सेवामा समर्पित रहेको भनाई राख्नु भयो । ट्राफिक चेकिङ आवश्यकता अनुसार हुने उल्लेख गर्दै उहाँले लिखानारायण क्षेत्रमा विदाको समयमा हुने पिकनिकमा लुटपाट हुने भएकाले विशेष फोकस गरी शान्ति सुरक्षाका कार्यहरुमा ध्यान दिइएको बताउनुभयो ।
मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पुस्करराज बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य उमेश कार्की, समुन परियार, वडासदस्य गिता बस्नेत, सन्तोसी नेपाली, विभिन्न दलका प्रतिनिधि, विभिन्न विद्यालय तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सिपाडोलमा भव्य निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५८ जनाले लिए सेवा
भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोल स्वास्थ्य चौकीमा आज बुधबार सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २५८ जनाले सेवा लिएका छन् ।
“दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर“ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सूर्यविनायक नगरपालिका ८ नं. वडा कार्यालयको आयोजना र सिपाडोल स्वास्थ्य चौकीको व्यवस्थापनमा उक्त शिविर सञ्चालन गरिएको हो ।

काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरका विशेषज्ञ डाक्टरहरुको प्रत्यक्ष उपस्थितिमा बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन भएको शिविरमा विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
वडाध्यक्ष पुष्पराज बस्नेतको विशेष पहलमा आयोजित स्वास्थ्य शिविरले नागरिकहरुलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैगरी, सिपाडोल स्वास्थ्य चौकीका इन्चार्ज पुष्पराज ठाकुरको सक्रियतामा शिविरको व्यवस्थापन र बिरामीहरुलाई सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाइएको थियो ।

शिविरमा विभिन्न रोगका विशेषज्ञ सेवाहरु र परीक्षणहरु निःशुल्क रुपमा उपलब्ध गराइएको थियो शिविरमा जनरल मेडिसिन सेवा १०२ जनाले, हाडजोर्नी तथा नशा रोग सेवा ९० जनाले स्त्री रोगबारे ७५ जनाले, नाक, कान, घाँटी सेवा ६० जनाले, आँखा रोग सेवा ४१ जनाले, शल्यक्रिया (सर्जरी) ३५ जनाले दन्त रोग ३० जनाले, बाल रोग सम्बन्धी सेवा २० जनाले लिएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

यसका साथै, बिरामीहरुको रोग पहिचानका लागि शिविरमै निःशुल्क ल्याब परीक्षण, भिडियो एक्स–रे तथा ई.सि.जि. सेवा पनि उपलब्ध गराइएको थियो । जसअन्तर्गत १०० जनाले भिडियो एक्स–रे, ८७ जनाले ल्याब सेवा तथा ६३ जनाले ई.सि.जि. सेवा लिएका छन् । शिविरमा आएका बिरामीहरुलाई आवश्यक पर्ने औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
वडा कार्यालय र स्वास्थ्य चौकीको यस सराहनीय कार्यबाट स्थानीय बासिन्दाहरु अत्यन्तै हर्षित र लाभान्वित भएका छन् ।

