सुनको मूल्य बढ्यो
काठमाडौँ, १३ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सय ५० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार चार सय ८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
नेवार समुदायले गुँपुन्ही मनाउँदै
भक्तपुर, १३ भदौ : नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।
गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ ।
नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ ।
नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ ।
रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
“खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भनुभयो ।
भ्यागुताको पूजा
श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् ।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ ।
“मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उहाँले भन्नुभयो ।
भक्तपुरका कुण्डमा मेला
जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः ९कालदह०मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव ९फसी देगः०को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ ।
कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो ।
फरार मध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन, छानबिन समितिको काम सुरु
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा ८० हजार भक्तजनले गरे दर्शन
बौद्ध समुदायले मनाइने गुँला पर्व आजबाट सुरु
कक्षा १२ को नतिजामा विगतका वर्षहरुमा भन्दा सुधार
भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विगतका वर्षहरुमा भन्दा सुधार आए पनि अझै करिब ४९.०९ प्रतिशत विद्यार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसवर्ष गतवर्ष भन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे जानकारी दिनुभयो ।
बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२÷०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड प्राप्त अर्थात उतीर्ण भएका छन् ।
५१ जनाको विद्यार्थीको परीक्षा रद्ध गरिएको छभने थप पाँच जनाको परीक्षा रद्ध गर्दै आगामी एकवर्षको कुनै पनि परीक्षामा सहभागि हुन नपाउने गरि बोर्डले कारबाही गरेको छ । ननग्रेडेड अर्थात अनुतीर्ण भएका ४९.०९ प्रतिशत विद्यार्थीले तत्काल उच्च शिक्षा अध्ययन गर्नभने बञ्चित हुने भएका छन् । उनीहरुले पुनः परीक्षा दिनु पर्ने भएको अध्यक्ष डा. शर्माले बताउनुभयो ।
यसवर्षको परीक्षामा ६ हजार ९७६ अर्थात १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । २०७९ को परीक्षामा भने ४ हजार १७९ अर्थात १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए । २०७९ मा भन्दा यसवर्ष २ हजार ७९७ अर्थात ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएका हुन् । यसवर्ष परीक्षा दिएका नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।
त्यस्तै ३८ हजार ९९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए,े ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार ४३८ विद्यार्थीले २.१ देखि २.४० जीपीए र ४७ जना विद्यार्थीले १.६१ देखि २ जीपए ल्याएका छन् । नन ग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको संख्यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो ।
गत वर्ष १ लाख ८८ हजार ४१० जना अर्थात ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुतीर्ण) ल्याएका थिए भने यसवर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गतर्ष भन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात अनुतीर्ण हुनेको संख्या घटेको उहाँले जानकारी दिनुभयो ।
अंग्रेजीमा विद्यार्थी कमजोर :
बार्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अग्रेजी विषयमा विद्यार्थहरु सबैभन्दा कमजोर रहेको देखिएको छ । सार्वजनिक भएको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो । सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार ५२७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ ।
असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा:
बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बार्डका अध्यक्ष डा. शर्माका अनुसार कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते शनिवार र आइतबार सञ्चालन गर्ने निर्णय भएको हो ।
सार्वजनिक कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा हुने भएको हो । विगतका वर्षहरुमा दुईवटासम्म विषयमा एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो भने यस वर्षदेखि बोर्डले उक्त व्यबस्था परिमार्जन गरि जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यस वर्षको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको उहाँले बताउनु भयो ।
जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार ५८४ विद्यार्थी संख्या रहेको जानकारी दिनुभयो । लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छभने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उचच शिक्षा अर्थात माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।
नतिजा चित्त नबुझे पुर्नर्योग एवं उत्तरपुस्तिका पुनः परीक्षणको व्यबस्था :
बार्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि ब्यवस्था गरिएको उहाँले बताउनुभयो । विद्यार्थीले उत्तरपुस्तिका पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ तीन जना परीक्षकबाट जाँच गराउने व्यबस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ तर १० प्रतिशत भन्दा कम वा बढी भएमा नयाँ अंक कायम हुने व्यबस्था गरेको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, ५०.०९ प्रतिशत विद्यार्थी उतीर्ण
भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपरान्ह बसेको बोर्ड बैठकले साँझ ६ बजे नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले करिब ५०.०९ प्रतिशत विद्यार्थीले ग्रेडेड अर्थात उतीर्ण भएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन गरि बोर्डले गतवैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार ४५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उहाँले यसवर्ष गतवर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बताउनु भयो ।
नतिजामा ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गतवर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात अनुतीर्ण भएका छन् ।
प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका थिए ।
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
धार्मिक पर्यटकीय गन्तव्य भक्तपुर बिकासको आधार : एमाले अध्यक्ष ओली
