मध्यपुरथिमीमा एमालेको इतिहास ब्रेक

भक्तपुर, ३१ बैशाख : नेपाली कांग्रेसले एमालेलाई क्लीन स्वीप गर्दै आएको मध्यपुरथिमी नगरपालिकामा वडा नं. १ मा एमालेले पहिलो पटक इतिहास ब्रेक गरेको छ । स्थानीय तहको मतगणनाको परिणाम आइरहदाँ यस वडामा पहिलो पटक एमालेका सदस्यले जीत हासिल गर्दै वडामा इन्ट्रि गर्ने मौका पाएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा उम्मेदवारी दिएका श्यामकृष्ण प्रजापति विजयी भए पछि पहिलो पटक यो वडामा एमालेले एमालेले इतिहास ब्रेक गर्दै इन्ट्रि गरेको हो ।

उक्त वडामा वडाध्यक्ष सहित अरु सदस्यमा विजयी हात पारेको कांग्रेसले यस वडामा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सदस्य भने पराजित भएका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिनु भएका मदन सुन्दर श्रेष्ठले यो वडामा एमालेको एउटा सदस्यले मात्रै जीत हासि गरे पनि यसलाई इतिहास ब्रेकको रुपमा लिएको र एमालेको वडामा पहिलो इन्ट्रिलाई पनि एमालेले सफलताको रुपमा लिएको बताए ।

मध्यपुरथिमि–१ मा कांग्रेस विजयी

भक्तपुर, ३१ बैशाख । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस विजयी सुरुवात गरेको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसमा बाबुकाजी डंगोल १ हजार ७०६ मतले विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्णगोपाल प्याथले १ हजार २९० मत प्राप्त गर्नु भएको छ ।

त्यसै वडा सदस्यहरुमा कांग्रेसका कान्छाराम द्वारे, महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्य रिमा परियार विजयी हुनु भएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा श्यामकृष्ण प्रजापति विजयी हुनु भएको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंको मत गणना सुस्त

काठमाडौँ, ३१ वैशाख : मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ । कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ । निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्य तालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा आज बिहान १० बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ ।

आज मध्याह्न १२ बजेसम्म काठमाडौँमा जम्मा १०० मत गनिएको थियो । पछिल्लो परिणामअनुसार नौ घण्टामा करिब एक हजार १८० मत गनिएको छ । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । आजको हिसाबले मत गणना गर्ने हो भने ६ महिनामा मात्रै गणना सकिने छ । अन्य महानगरको हालत पनि उस्तै छ । ललितपुर महानगरमा त काठमाडौँको भन्दा अझै सुस्त भएको पाइएको छ । मध्याह्न १२ बजेदेखि गणना सुरु भएको ललितपुरमा यो समाचार तयार पार्दासम्म जम्मा ४०० मत गनिएको छ ।

अहिलेसम्म प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ । यद्यपि धेरै पालिकामा मतगणना जारी छ । जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुविरुद्ध केही क्षेत्रमा बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका र केही क्षेत्रमा नितान्त स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका पाइएको छ । काठमाडौँ उपत्यकामा भने स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले सुरुआतदेखि नै अग्रता लिनुभएको छ । साँझ ७ बजेसम्मको मतगणनामा उहाँले ४०२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिनुभएका नेकपा (एमाले) बाट प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३१९ मत ल्याउनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेस नेत्री सिर्जना सिंहले २०२ मत प्राप्त गर्नुभएको छ ।

चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । उक्त महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । पछिल्लो चरणमा झिनो मतले दाहालले अग्रता लिनुभएको छ । भरतपुरमा बिहान ११ः५३ मा मतगणना सुरु गरिएको थियो । राति यो समाचार तयार पार्दासम्म झन्डै ७०० मत गणना भएको छ । यो गणना अत्यन्तै सुस्त हो ।

अहिले भने भरतपुरमा गणना टोली बढाइएको बताइएको छ । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ को गणनामा महर्जनले २०५ मत ल्याउँदा नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत प्राप्त गर्नुभएको छ । बिहान गणना थालेको विराटनगर महानगरपालिकाले पनि साँझसम्म एक हजार हाराहारीमा मात्रै मतगणना गरेको छ ।

पोखरा महानगरपालिकामा अपराह्न ४ः३० बजेदेखि गणना थालिएकामा गणनाको गति त्यहाँ पनि सुस्त नै छ । गणनाको गति बढाउने प्रयास थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन् ।

यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७९ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित

डडेलधुरा, ३१ वैशाख : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले तीन हजार ३८४ मत पाप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी हुनुभएको छ । उहाँले तीन हजार १३ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गर्नुभएको थियो । अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोल प्रतिलिटर रु १७० पुग्यो

काठमाडौँ, ३१ वैशाख  : नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० ले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः रु १७० र १५३÷१५३ कायम गरिएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ ।

हवाई इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब रु पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायणमा कांग्रेसको अग्रता, भक्तपुरमा नेमकिपा अगाडि, मतगणना जारी

भक्तपुर, ३१ बैशाख : भक्तपुरका चार नगरपालिका मध्ये तीन वटा नपामा नेपाली कांग्रेस र एकमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरपालिकामा नेमकिपाले अग्रता लिएको छ ।

राती १ बजेदेखि मतगणना भएको सूर्यविनायक नगरपालिकाको वडा नं. १ सिरुटारको मतगणनामा सूर्यविनायकको नगर प्रमुखमा काँग्रेसका निशान ढुंगेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार बासुदेव थापाको ४२८ मत आएको छ । उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नु भएको छभने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् । वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि चाँगुनारायणमा धेरै बिवादकाबीच बिहान ११ः३० बजेबाट वडा नं. १ र २ बाट सुरु भएको मत गणना अनुसार नेपाली काँग्रेसले सुरुदेखिनै अग्रता लिएको छ । चाँगुनारायण नगरपालिको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ ल्याउदा एमालेका बिणा बास्तोलाको १२० ल्याउनु भएको छ ।

उपप्रमुखमा एमालेको रमेश बुढाथोकीको १२९ मत आउँदा कांग्रेसका सुभद्रा काफ्लको ११४ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्षमा तर्फ दुबै वडामा एमालेले अग्रता लिएको छ । निर्वाचन अधिकृतको व्यबस्थापनको कमजोरीका कारण हिजोनै मत गणना सुरु गर्ने भनिए पनि आज ढिलो गरि मतगणना सुरु भएको हो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्उादा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा एमालेको उत्तरा नेपालले ९५७ ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गर्नु भएको छ ।

वडाध्यक्षमा तर्फ वडा नं. १ का नेपाली कांग्रेसको १ हजार ७५ र नेकपा एमालेको ८२६ मत प्राप्त गर्नु भएको छ । यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छभने मत गणना जारी रहेको छ ।

त्यस्तै नेमकिपाको पक्कड रहेको भक्तपुर नगरपालिकामा भने एकै पटक तीन वटा वडाबाट मत गणना सुरु भएको छ । जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति २ हजार १५, एमालेका रबीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले २ हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गर्नु भएको छ । चार वटै पालिकामा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनु भयो ।

ओलीले भने निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ, अस्ती ९ गतेसम्म देउवाले चुनाब सार्न पठाएको प्रस्ताव मैले मानिन

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दाबी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताए ।

वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उनले बताए । त्यस्तै ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको र आफुले अस्वीकार गरेको जिकिर गरे । उनले निर्वाचन हार्ने गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको आरोप लगाए ।

अध्यक्ष शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गरेका छन् ।क्रबार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको दाबी गरे। उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको जिकीर गरे। अध्यक्ष ओलीले देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको बताए।

दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ कांग्रेसहितका दलहरु रहेको बताए। नेपाली कांग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा नरहेको उनको टिप्पणी थियो।

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो।  निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो। देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ। कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन। वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताए। उनले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरीत गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको बताए। अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैं बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए।

अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए।

एमाले अध्यक्ष केपी ओली, नेमकिपाका अध्यक्ष बिजुक्छेसम्म गरे मतदान (फोटो फिचर)

भक्तपुर, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित बालकोट २ मा रहेको महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नु भएको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

त्यसैगरि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि मतदान गर्नु भएको छ । उहाँले मध्यपुरथिमि–१ लोकन्थली उप स्वास्थ्य चौकी, निस्ट स्कुलको मतदानस्थलबाट मतदान गर्नु भएको हो ।

आजै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतलेसाविक गुण्डु गाविस भवन हालको वडा कार्यालय भवन मतदान स्थलबाट मतदान गर्नु भएको हो ।

देउवाले डडेल्धुराबाट र ओलीले बालकोटबाट गरे वादप्रतिवाद

काठमाडाै, ३० वैशाख । कम बोल्ने प्रधानमन्त्री शेरबहादुर देउवा र बेलाबखत बोलिराख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीबीच धेरै वादप्रतिवाद भएको सुनिँदैन । तर, आज चुनावका दिन उनीहरूको रोचक वादप्रतिवाद भयो ।

संयुक्त सत्ता गठबन्धन हाँकिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगेर भोट खसाल्दै सरकारले चुनावसम्बन्धी सबै भ्रम चिरेको दाबी गर्दै थिए । उनको प्रतिस्पर्धी दल एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट देउवाको टिप्पणीको जवाफ एकै छिनपछि दिएका छन् ।

देउवाले निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताएका थिए । उनले त्यसो भनेर एमालेसमेतलाई संकेत गर्न खोजेका थिए ।

उनले व्यंग्य गर्दै भनेका थिए,’चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’

गन्यापधुरास्थित असिग्राममा मतदानका लागि पुगेका प्रधानमन्त्री देउवाले भनेका थिए, ‘अहिले चुनाव भइरहेको छ । निर्वाचनविरोधी शक्तिहरू पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ ।’

अनि देउवाले थपे, ‘अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौँ । आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ ।’ के देउवाले भनेझैं ओलीली चुनाव रोक्न लागि परेका हुन् त रु महेन्द्र शान्ति स्कुलमा भोट हाल्न पुगेका एमाले अध्यक्ष ओलीलाई यही कुरा सोधियो ।

‘तपाइले नचाहे पनि शंकाकै बीचमा चुनाव गर्न सफल भएको भनी देउवाले बोलेको कुरामा तपाईंको टिप्पणी के छु भनी सञ्चारकर्मीले मतदानस्थलमा सोधेको प्रश्नमा ओलीको जवाफ थियो- ‘वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’

ओलीले अरु थपे, ‘मैले अहिलेसम्म यो कुरा भनेको थिइनँ । यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन् । तर अब भन्दा फरक पर्दैन जस्तो लाग्यो ।’

भोट किन्न राती गुण्डु पुगेर भोज खाइरहेका कांग्रेस नेता परे जनताको घेराबन्दीमा

भक्तपुर । सुर्यबिनायक नगरपालिका ७ गुण्डुका जनतालाई पैसा बाड्न र प्रलोभन दिदै हिडेका कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरि खडका, क्षेत्रीय सभापति भेषबहादुर कार्की र जिल्ला सचिब शुशिल बस्नेत सहितको टोलीलाई जनताले राती १० बजे घेराबन्दीमा पारेका छन् ।

कांग्रेसको उक्त टोलीले ३ वटा गाडी र २० वटा मोटरसाइकलमा मतदाताको भोट किन्न राति साँडे १० बजे धोबिखोला स्थित पिपल डाँडामा भोज खाइरहदा स्थानियको घेरामा परेका हुन् । एमालेका प्रभावाली नेता महेश बस्नेतको घर भएको र एमालेको लालकिल्ला मानिएको त्यस क्षेत्रमा कांग्रेसले निर्वाचन आचार संहिता विपरित गरेको उक्त कार्यको स्थानीय जनताले घोर बिरोध गरेका छन् ।

राती १० बजे उनीहरुलाई घ्याम्पेडाँडा, खहरे र अन्तलिङ्गेश्वरबाट स्थानियले घेरा हालेपछि गुण्डु क्षेत्र राति ३ बजे सम्म तनाब ग्रस्त बनेको स्थानीयले बताएका छन् । राति नै कांग्रेस जिल्ला सभापति दुर्लभ थापा निकै अत्तालिदै प्रधान्मन्त्री देउवा र बाल्कृष्ण खाँडसंग सहयोग मागे पछि मध्यराती १ बजे डिएसपीको नेतृत्वको जनपथ, सशस्त्र र सेनाको टोली घटना स्थलमा पुगेर आक्रोसित स्थानीयलाई सम्झाएर राती नै काग्रेस नेता कर्यकर्ताको उद्धार गरेको स्थानीयले जानकारी दिएका छन् ।

अहिलेसम्मका विगतमा निर्वाचनमा शान्तिपुर्ण ढंगले निर्बाचन हुने भक्तपुरमा हिजो पनि बिरामी हेरेर फर्कने क्रममा सूर्यबिनायक–५ कटुन्जेमा एमाले अध्यक्ष उम्मेदवार रहेका राजकुमार जोशी र सद्स्य उम्मेदवार मनोज थापा समेतलाई कांग्रेस नेता कार्यकर्ताले दुव्र्यबहार गरि हात पात गरेका थिए ।

अघिल्ला निर्बाचनमा समेत संबेदनशिल ठानिएका बालकोटको गणेश प्राबि र महेन्द्रशान्ति मतदान केन्द्र एवं कटुन्जेको वार्ड कार्यालय, शुसिला भैरब मतदान केन्द्रमा कांग्रेसले कुने हर्कत गर्यो भने एमालेको बलियो पकड भएको सिरुटार दधिकोट गुण्डु सिपाडोल चित्तपोल नंखेलमा रहेका १२ वटा केन्द्रमा समस्या हुन सक्ने बताइएको छ । प्रशासनले सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन र शान्निपूर्ण निर्वाचन सम्पन्न गराउन एमाले भक्तपुरले आव्हान गरेको छ ।