कांग्रेस अब कांग्रेस जस्तो रहेन भन्दै एमाले नेता बस्नेतले भन्नुभयो, ‘बिकासका लागि एमालेको उम्मेदवारलाई मतदान, कांग्रेसको उम्मेदवारलाई नमस्कारको सम्मान’

गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो ।

=================================================================

भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेस अब कांग्रेस जस्तो नरहेको र अरुको साहारा बिना चल्नै नसक्ने गरि कमजोर भएको टिप्पणी गर्नु भएको छ । मंगलबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणी चोकमा आयोजना गरेको एमालेको चुनावी सभामा बोल्दै उहाँले कांग्रेस प्रचण्ड, माधव नेपाल, उपेन्द्र यावद र चित्रबहादुर केसीको बैशाखी नटेकी चल्न नसक्ने अबस्थामा पुगेको बताउनु भएको हो ।

एमाले सिध्याउन खोजेको प्रचण्डले नसकेपछि अहिले कांग्रेस सिध्याउन लागिपरेको भन्दै उहाँले भन्नुभयो, “प्रचण्डले एमाले सिध्याउन सकेनन्, अहिले कांग्रेस सिध्याउन लागि रहेका छन्, विपीले बनाएको, गणेशमान, किसुनजी, गिरिजाले जोगाएको कांग्रेस अहिलेसम्म चुनाबमा आउँदा शेरबहादुर देउवा आफै रुखमा भोट नहाल, हसियाँ हथौडा, कलममा भोट हाल भन्दै छन्, त्यसैले अब कांग्रेस कांग्रेस जस्तो रहेन, बिचरा देउवाले हेर्दा हेर्दै सिध्याउदै छन् ।” उहाँले कांग्रेस कार्यकर्ताहरु अहिले यो कस्तो कांग्रेस हो, जसले कांग्रेसलाई भोट नहाल भन्छ, भो अब रुख हेरेर होइन, मुख हरेर भोट दिनु पर्ने भयो भन्दै बिरक्तिन थालेको टिप्पणी गर्नु भयो ।

भक्तपुरमा सभा गर्नु पर्यो भने कांग्रसका यहाँका नेताहरुको अनुहार कार्यकर्ताले नरुचाए पछि कि विश्वप्रकाशलाई कि गगनलाई ल्याउने गरेको भन्दै उहाँले एमालेमा नेता खोज्न बाहिर जानै नपर्ने गरि भक्तपुरमै एकसे एक नेताहरु रहेको चर्चा गर्नु भयो । पाँच दल एकातिर एमाले एक्लै एकातिर हुँदा पनि ओलीकै तराजू गहुंगो भएको भन्दै ओलीसँग देउवाको तुलना गर्नै छाडेको बताउनु भयो । बैशाख ३० गतेको चुनाब पछि गठबन्धनबीच नै मारामार हुने दाबी गर्दै उहाँले मंसिरसम्म देउवा आफैले संसद नराख्ने दिन आउने उहाँले दाबी गर्नु भयो ।

हनुमन्तेमा भ्रष्टाचार गर्यो भनेर भ्रम फैलाउने नेताहरुलाई सबै इबिडिङमा ठेक्का गरेको पनि थाहा छैन रैछ भन्दै उहाँले ४० वर्षमा काँग्रेस र नेमकिपाले जितेको क्षे नं. २ मा एउटा बाटो बनाउन नसक्नेहरुले अहिले महेश बस्नेतले, शशीजंग थापाले, बासुदेव थापाले सूर्यविनायकको बिकास गरेको देखेर बिकास रोक्न जानेहरुलाई जनताले कसरी भोट दिन्छन् ? उहाँले प्रश्न गर्नु भयो ।

गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो ।

प्रचण्ड भित्ते राष्ट्रपति बनेको प्रसंग कोट्याउदै उहाँले बैशाख ३० गते पछि यहाँ को को भित्ते मेयर, उपमेयर हुने हो जनताले हेर्ने बताउदै उहाँले एमाले नेतृत्वका ४० महिनामा यहाँ २५ करोड बजेट ल्याउने एमालेको बिरोध गर्नेहरुले गठबन्धन सरकार बनेको १० महिनासम्म १० रुपैयाँ बजेट ल्याउन नसक्नेहरुलाई जनताले पत्याउदैनन् भन्ने विश्वास रहेको बताउनु भयो ।

एमालेले ल्याएको बजेटले बिकास तिब्र गर्दा केही कांग्रेसका नेताले हामीले ल्याएको भन्दै भाषण गर्न थाले पछि एमालेले आफूले ल्याएको बजेटबाट हुने कामको शिलन्यास र उद्घाटन गर्न भ्याई नभ्याई भएको बताउदै जनताले भक्तपुरमा एमालेले के गर्यो भनेर हेरिरहेको उहाँले बताउनु भयो । उहाँले एमालेले अबको १० वर्षसम्मका लागि बहुवर्षीय योजना पारेर यहाँको बिकासमा बजेट व्यबस्थापन गरेकाले अब यहाँका बजेट कसैले काट्न नसक्ने उहाँको भनाइ थियो ।

एमालेले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटनको बिकास, भौतिक संरचनादेखि भवन निर्माणलाई तिब्र गतिमा अगाडि बढाउँदा कहा एमाले, कहाँ, कांग्रेस, कहा माओवादी भनेर नहेरी समान रुपमा बिकास गरेको र अबको पाँच वर्षमा सबै बिकास सम्पन्न गरेर समृद्ध सूर्यविनायक बनाउने संकल्प लिएको उहाँको भनाइ थियो । चुनाबमा बुथ कब्जा गरौला भन्ने सपना अब नदेख्न आग्रह गर्दै उहाँले प्रत्येक बुथमा एमालेका युवा चनाखो भएर बस्ने र धाँधली हुन नदिने बताउनु भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भयो । संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त गरेको बताउनु भयो ।

सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने, म जोगी होइन, मेरो पुस्ताको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आनामा लोभ गर्दैै हिड्नु पर्दैन, मेरो दुई जना परिवारलाई थोरै खानलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मैले पाँच वर्षमा पाएको तलब भत्ता समेत लिएको छैन, २७ लाख ५१ हजार तलब भत्ता सामाजिकक कार्यमा लगाइसकेको छु, ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लाञ्जनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”

उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बछुल्न सक्ने अबस्था नरहेको बताउनु भयो ।

अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नगरको उपमेयरका उम्मेदवार सरिता तिमिल्सिना भट्टराईले नगरपालिकालाई बिकाससँगै रोजगारी, आर्थिक समृद्धि र सीपमूलक आयमा जोड्दै समृद्ध नगरपालिका बनाउने बताउनु भयो ।

कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष्यका उम्मेदवार राजकुमार जोशीले कटुञ्जेको बिकासलाई अझै तिब्र गतिमा लैजान आफूले पुनः उम्मेदवारी दिएको बताउनु भयो ।

पाँच वर्षमा थिमिको धेरै बिकास, बाँकी सबै बिकास र समृद्धिलाई अब पाँच वर्ष : नेता महेश बस्नेत : मदन सुन्दर भन्छन् : पहिलो पाँच बर्ष कला, संस्कृति, सम्पदा संरक्षणमा, अबको पाँच बर्ष अधुरा काम, नयाँ बस्ती र ब्यबस्थित शहरीकरणमा

भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले काँग्रेस माओवादीले अहिले एमाले बिरुद्ध भ्रम छरिरहेको बताउदै काँग्रेसले नजितेको ठाउँमा पैसा पठाउदिन भन्नु, रेणुले नजिते सबै सकिन्छ भन्नु गलत भएको टिप्पणी गर्नु भयो ।
एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “काँग्रेसले नजितेको ठाउँमा बजेट दिन्नौ भन्ने के यो देश आरजू देउवाको बाउको सम्पत्ति होइन, देउवाको ससुरालीको पेवा पनि होइन, अझै राणा शासनको झल्को दिन खोज्दैछन्, राणा शासन त सकिसक्यो, अझै चेत छैन ।”

एमालेबाट मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारदेखि केपी ओलीले नेतृत्व गरेको सरकारसम्म र नेपाली काँग्रेसले पटक पटक गरेको सरकारको नेतृत्वमा भएको बिकासलाई तुलना गरेर हेर्न जनतालाई आग्रह गर्दै उहाँले अहिलेसम्म गाउँको बिकास, देशको बिकास एमालेले मात्रै गरेको बताउनु भयो । गठबन्धनले देश ब्रम्हलुट मच्चाउन खोजेको भन्दै उहाँले आफ्नाले जिते हुने नजिते देश खत्तम हुने भन्नुले त्यसो पुष्टी हुने भन्दै उहाँले प्रचण्ड पुत्री रेणु दाहालले हारे पनि, काँग्रेसले हारे पनि बिकास नरोकिने बताउनु भयो ।

उहाँले भक्तपुरको मध्यपुरथिमि, चाँगुरनारायण र सूर्यविनायकलाई भ्रष्टाचार मुक्त राखेर बिकास गरेको बताउदै यो पाँच वर्षमा मध्यपुरमा एक अर्ब समपुरक शिर्षकमा आएको बजेट अब कसैले काट्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, “एमालेले नेतृत्व गरेको तीन वटै नगरपालिकाको बिकास हेर्नु्स उत्कृष्ठ नगरपालिकामा मध्यपुर देशभरकै तेश्रोमा आएको छ , यो कसले बनायो, एमालेको नेतृत्वले बनायो, मदन सुन्दरले बनायो, मध्यपुरका बासिन्दाले यसलाई देख्नु पर्दैन, महिला बिरोधी गठबन्धनलाई महिलाले भोट हाले पाप लाग्छ ।”

मध्यपुरथिमिमा गठबन्धनले महिलाो अपमान गरेको भन्दै उहाँले गठबन्धनले महिलाको उम्मेदवार नदिएर समग्र महिलाको अधिकार खोसे पनि एमालेले उत्तरा नेपाललाई उपमेयरमा महिला उम्मेदवार बनाएर महिलाको अधिकार सुनिश्चित गरेको बताउनु भयो ।
एमालेले भक्तपुरका तीन नगरपालिका र २ नम्बर क्षेत्रमा विजयी भएपछि भक्तपुरमा बिकासको बाढी आएको, शान्ति सुरक्षा, सुव्यबस्था कायम भएकोले यी तीन नगरमा बसाई सराई बढिरहेको बताउदै उहाँले मध्यपुरथिमिमा अब काँग्रेसले बनाउने र बिसका गर्ने ठाउँ नरहेको बताउनु भयो ।

उहाँले थिमिको हाइवे, पेप्सीकोटा निकोसेरा सडक, नेपाल कोरिया मैत्री सडक, निकोसेरा सिन्टिटार सडक, बोडेमूलपानी सडक, लोकन्थली सडक, सानोठिमी धुन्चेपाखा सडक, हुलाक सडक, बाहाखा बजार बोडे सडक, निलबाराही सडक सबै सडक एमालेकै पालामा बनिसकेको छ, यहाँका ठूला साना सडक कतिै कालो प भए, कतै ढलान भए, अब बाँकी भएका नयाँ बस्ती र अन्य केही सडक एमालेले सम्पन्न गर्छ, एमालेले काँग्रेसलाई गर्ने ठाउँ काही बाँकी राख्दैन, बिकास एमालेले गर्छ, काँग्रेस सुतिरहन्छ, पार्टीको अधिवेशन आउँदा र चुनाब आउँदा मात्रै उठ्छ ।”

मेलम्चीको खानेपानी मध्यपरथिमिमा झार्ने काम एमालेले गरेको बताउदै उहाँले अन्य खानेपानीको श्रोतसमेत समेटेर मध्यपुर थिमिको नयाँ पुरानो सबै बस्तीको घरघरमा खानेपानी पुर्याउने काम अबको कार्यकालमा गरिने नेता बस्नेतले बताउनु भयो ।

मध्यपुरमा अब हिलोमा हिड्न नपर्ने गरि मदन सुन्दरले बिकास गरेको बताउदै उहाँले सम्पदा बस्तीमा ढुङ्गा छापेको, सम्पदाको संरक्षण गरेको भन्दै उहाँले उपत्यकामा सम्पदा संरक्षण गर्ने एकमात्र थिमि रहेको भन्दै कोरोनाको महामारीमा मेयर श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालले नमूनाको काम गरेको कसरी जनताले बिर्सनु उहाँले प्रश्न गर्नु भयो ।

काठमाडौंको रानी पोखरी मात्रै होइन थिमिको दुई पोखरी, काठमाडौंको धरहरा मात्रै होइन थिमिको मन्दिर, यहाँका दरबार, पाटी पौवा, एमालेकै पालामा बेनको भन्दै उहाँल् दोश्रो कार्यकालमा मध्यपुरमा एमालेले खानेपानी, ढल, र बाँकी रहेको काम गर्ने बताउनु भयो ।अहिलेको गठबन्धन काँग्रेस सिध्याउने गठबन्धन भएको बताउदै उहाँले काँग्रेसले ६० प्रतिशत लिएर ४० प्रतिशत गुमाइसकेको, प्रचण्डले र माधव नेपालले हारिसकेको भन्दै गठबन्धनका बिरुद्ध एमाले एक्लै पनि बलियो शक्ति रहेको उहाँको भनाइ थियो ।

यहाँले थिमिका युवालाई अब तीन दिन सचेत भएर रहन र चनाखो भएर रेकी गर्न निर्देशन दिदै भन्नुभयो, “धकारी भरि धान छ भनेर चुप लागेर बस्नु हुदैन, त्यो धानमा घुन, पुतली लाग्न दिनु हुदैन, राती आउँलान, प्रलोभन देलान, लोभलालच दिएर भड्काउलान्, त्यस्ता आए भने लखेट्नसु्, मतदानदेखि मतगणना सम्पन्न नभएसम्म चनाखो रहनुस् ।”

नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले मध्यपुरथिमिको समग्र विकासमा एमालेको बिकल्प नभएको भन्दै अबको पाँच वर्ष बहुमत सहित मध्यपुरमा एमालेलाई जनताले काम गर्न दिने अवसर प्रदान गर्न सूर्यमा मतदान गर्नु पर्ने बताउनु भयो ।

मेयरका प्रत्यासी मदन सुन्दर श्रेष्ठले अल्पमतमा हुँदा त थिमिको बिकासलाई नेपाल भरका नगरपालिका मध्ये उत्कृष्ठ तेश्रोमा पार्न सफल भएको बताउदै अब बहुमत सहित नगर पालिका चलाउँदा जनताको आवश्यकता पुरा गर्ने गरि विकास गर्न सकिने बताउनु भयो ।

एमालेबाट मेयर उम्मेदवार श्रेष्ठले भन्नुभयो, “मेरो पहिलो कार्यकाल सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिए, अबको दोश्रो कार्यकाल सम्पदा बस्ती र सम्पदाको क्षेत्रका नगरदेशमा सिद्धि गणेशमा सुनको छानो हाल्ने, ज्यापू संग्रहालय बनाउने लगायतका बाँकी रहेको २० प्रतिशत कामलाई पूर्णता दिनेछु भने नयाँ बस्ती र शहरीकरुणा लागि ८० प्रतिशत लगानी गरेर नयाँ तथा पुराना बस्तीको बिकास, खानेपानी, ढल, सडक, पूर्वाधारका क्षेत्रमा जनचाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उहाँले विगत पाँच वर्ष सम्पदा संरक्षणमा अबको पाँच वर्ष १ देखि ९ वडासम्मका समग्र बिकास बाहेक अरुमा आफ्नो ध्यान नजाने बताउनु भयो ।

कार्यक्रममा उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिको नयाँ तथा पुराना बस्तीको बिकास र जनताको चाहना पुरा गर्न महिला नेतृत्वको रुपमा आफ्नो उम्मेदवारी रहेको भन्दै आफूले समग्र महिलाको प्रतिनिधित्व पनि गरिरहेको बताउनु भयो ।

मतदाता भन्छन्, ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ ( फोटो फिचर)

नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो ।

===================================================

भक्तपुर, २६ बैशाख । ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ एमालेको घरदैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायकको चित्तपोलमा एक महिलाले गाएको गीत हो यो ।

नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आयोजना गरेको चुनावी घर दैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायक नगर प्रमुखको उम्मेदवार वासुदेव थापा घर अगाडि आए पछि हसिलो अनुहार लगाउदै उनले गीत गाएकी हुन् ।

एमालेले बालबालिका, युवा युवती, महिलादेखि बृद्धबृद्धासम्मका लागि कार्यक्रमहरु ल्याएको भन्दै ती महिलाले भनिन्, ‘बासुदेवको काम देखिसकेका छौँ, झलमल्ल बिकास भएका छन्, पाँच वर्षमा यति धेरै गर्न सक्नेले अब पाँच वर्षमा अझै विकास गर्छन्, अब एक पटक त उहाँलाई नै भोट दिने हो ।’

सूर्यविनायक नपा–९ नंखेल काक्राबारीमा सन्ते तामाङले एमालेकै कारण दुर्गम भएको काक्राबारीले बिकासको मुहान हेर्न पाएको बताउदै एमाले बाहेक अरुलाई नदेख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला पहिलाको चुनाव पछि नेताहरु देख्नै पाइदैनथ्यो, एमालेले जिते पछि त कार्यक्रम भइ राख्छ, हाम्रो बाटो बन्यो, स्कुल बन्यो, एमाले आए पछि हाम्रो गाउँमा बिकास आयो त्यसैले ३० गतेको चुनाबमा सूर्यलाई भोट हाल्ने हो, बासुदेव दाईको टिमलाई जिताउने हो ।’

प्रत्येक वडामा घर दैलोको क्रममा एमालेका युवा नेता महेश बस्नेत, अर्का नेता शशी जंग थापा, जिल्लाका नेताहरु र मेयर उपमेयर, वडा अध्यक्षको उम्मेदवारहरु लर्को लागेर पुग्दा चोक चोकमा स्वागत गर्ने, अबिर, फूल माला, खादा लगाईदिएर विजयीका आर्शिवाद दिने गरेको घर दैलोमा हिड्ने कार्यकर्ता बताउँछन् ।

घरदैलोमा एमाले आयो भने पछि बृद्धबृद्धा पनि बाटोमा आएर आर्शिवाद दिने गरेको, महिलाहरु चोक चोकमा नाच्ने गरेको भन्दै अब पाँच वर्षका लागि फेरी एमाले नै ल्याउने हो भन्ने गरेका छन् ।

नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो ।

आफूले भ्रष्टाचार नगरेको, जनताको काम नरोकेको, सूर्यविनायकको विकासमा अहोरात्र खटिएको बताउदै थापाले एमालेले यस पटक सूर्यविनायकको १० वटै वडा र नगर प्रमुख तथा उपप्मुख जित्ने बताउनु भयो । एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रबिन्द्र सापकोटाले एमाले भित्र अब कुनै विवाद, असन्तुष्टी नरहेको बताउदै अलिअलि कार्यकर्ता माझ भएको असन्तुष्टीहरु सबै मिलेको बताउनु भयो ।

सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखि १० सम्म आयोजना गरेको घर दैलो कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले नेतृत्व गरेको ठाउँमा एमालेको सधै जीत हुने बताउदै एमालेले पाँच वर्षमा गरेको विकासको प्रंशसा गरि मतदाताले फेरी पनि एमालेकै नेतृत्व आउनु पर्ने बताए ।

राष्ट्रिय परिचयपत्र छपाइ सुरु

काठमाडौँ, २६ वैशाख  : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले आज एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि सोमबारदेखि छपाइ प्रक्रिया सुरु गरेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी आठ लाख आउने क्रममा रहेको विभागले जनाएको छ । यो वर्षभरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ । मेसिनले घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचयपत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिट्टै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ ।

अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाइमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ । विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचयपत्रको अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले जानकारी दिनुभयो । अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ ।

राष्ट्रिय परिचयपत्रको एकीकृत सेवामा राहदानी विभागसँग एकीकृत प्रणाली भई राष्ट्रिय परिचयपत्रमार्फत ई–पासपोर्ट लागू भइसकेको छ । ‘सिएमआइएस’ प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको र भिइआरएसपी–एमआइएस प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको, सञ्चयकोष र आन्तरिक राजस्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन : प्रधानमन्त्री देउवा

धनगढी, २६ वैशाख : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताउनुभएको छ । धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताउनुभएको हो ।

चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘संसद् भङ्ग गर्ने एमालेले संसद् पुनःस्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरु गठबन्धनले नै जित्नुपर्छ ।’’ देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताउनुभयो । देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया—दिपायल—बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक, निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्नेसमेत बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुले देशलाई दुर्घटना हुनबाट जोगाएको बताउँदै यही गठबन्धनमार्फत् मुलुकमा स्थायीत्व कामय राख्दै नयाँ युगको सुरुआत गरिने बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन दलका शीर्ष नेताहरुबीच विवाद र असमझदारी सिर्जना गरेर गबन्धनलाई विभाजित गर्ने षडयन्त्र गर्ने तत्व सक्रिय रहेकोले सचेत हुनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको रक्षाका लागि गठबन्धन बनेको बताउँदै आउने चुनावमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले नेकपा एमाले सर्वसत्तावादी चिन्तन बोकेर अगाडि बढ्दा देशमा समस्या आएको आरोप लगाउनुभयो ।

सभामा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य दीर्घ सोडारीलगायतका वक्ताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी नृपबहादुर वडलाई समर्थन गर्नुभएका प्रमुखका स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टलाई कांग्रेस सभापति देउवाले स्वागत गर्नुभएको थियो ।

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौँ, २६ वैशाख (रासस) : सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछ : गृह मन्त्रालय

काठमाडौँ, २६ वैशाख  : गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको भागीदार हुने जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ ।

निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्र्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारवाहीको भागीदार हुने उल्लेख गरेको छ । निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्ति जनाइएको छ ।

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकै चरणमा हँुदैछ । नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरूप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब दुई लाख ६० हजारको सङ्ख्यामा सुरक्षाकर्मी र करीब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ । मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ ।

निर्वाचन असल सामाजिक संस्कार, सद्भाव र लोकतान्त्रिक अभ्यास विकासको अवसरसमेत हो । निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनामा साथ दिनुहुन मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यस कारण फेरी मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठलाई भोट, पाँच वर्षमा अहोरात्र थिमिको बिकासमा खटिएका श्रेष्ठले गरे यस्ता काम (महत्वपूर्ण बिबरण)

मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठले के गर्यो ? केही गर्न सकेन भन्नेहरुका लागि पाँच वर्षको अबधीमा के के काम भए, अल्पमतमा हुँदा त यति धेरै काम गर्न सक्ने नगर प्रमुखले यति धेरै काम सफल भए भने फेरी पनि जनताको मन मनबाट सूर्यलाई मतदान गरि विजयी गराएमा मध्यपुरथिमिको बाँकी विकासलाई पूर्णता दिने घोषणा उहाँले गर्नु भएको छ ।

==================================================

भक्तपुर, २६ बैशाख । मध्यपुरथिमि नगरपालिकामा २०७४ साल जेठदेखि २०७८ बैशाख १२ गतेसम्म स्थानीय सरकारको नेतृत्व गर्नु भएका मध्यपुरथिमिका निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिको बिकासमा दिलोज्यान लगाएर काम गर्नु भएको छ ।

अल्पमतको नेतृत्व सञ्चालन गरेर बहुमत प्रतिनिधिहरुसँगको असहयोगका बीचमा पनि नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई बाह्य तथा आन्तरिक पर्यटकको गन्तव्य मात्रै बनाएनन् विश्वमै मध्यपुरथिमिको पहिचानलाई पुर्याउन सफल भएर नेपालकै पहिलो शियन टाउनस्केप अवार्ड प्राप्त गर्ने नगरपालिका घोषित भए । मूर्त मात्रै नभई अमूर्त कला, संस्कृतिको संरक्षण गरेका श्रेष्ठले आफ्नो कार्यकालमा सम्पन्न गरेका बिभिन्न आयोजनाहरुको बिस्तृत विवरण यस प्रकार रहेको छ ।

मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठले के गर्यो ? केही गर्न सकने भन्नेहरुका लागि पाँच वर्षको अबधीमा भएका कामका विवरण प्रस्तुत गरिएको छ । अल्पमतमा हुँदा त यति धेरै काम गर्न सक्ने नगर प्रमुखले फेरी पनि जनताको मन मनबाट सूर्यलाई मतदान गरि विजयी गराएमा मध्यपुरथिमिको बाँकी विकासलाई पूर्णता दिने घोषणा उहाँले गर्नु भएको छ ।

सुशासन, समृद्धि र समाजवादको आधार, मध्यपुर थिमि नगरपालिकामा एमालेको सरकार भन्ने नाराका साथ नगर प्रमुखमा पुनः उम्मेदवारी दिनु भएका निवर्तमान मेयर तथा हाल मेयर पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले विगत पाँच वर्षमा गरेको विकासका कामहरुको विवरण यस प्रकार रहेको छ । संस्कृति र पर्यटनको बिकासमा हरियाली पार्क निर्माण तर्फमा अतुलनीय काम गर्नु भएका उहाँले मध्यपुरििम क्षेत्रमा निर्माण गर्नु भएको हरियाली पार्कहरु यस प्रकार रहेका छन् ।

१) शंखधर पार्क, २) यमा पार्क, ३) आल्चको पार्क, ४) सिद्धिकाली कुतिगः डाँडा, ५) निलवर्ण चोडे पार्क, ६) तछुताँ पार्क, ७) गयर डोफो, नगदेश, ८) चिहान पार्क, बोडे, ९) लोकन्थली बाल उद्यान पार्क, १०) सानोठिमी पार्क, ११) कुमारी पार्क, बोडेको निर्माण सम्पन्न गरेर मध्यपुर थिमिलाई सुन्दर पार्कको सहरको नमूना दिन सफल हुनु भएको छ ।

त्यस्तै वर्षौदेखि पहिचान मेटिन खोजेको, पुरिएका पोखरीहरुलाई नयाँ जीवन दिएर मध्यपुरथिमि सम्पदामा पोखरीहरुको पनि सहर हो भनेर पहिचान थप्न सफल हुनु भएको छ । नगर प्रमुख हुँदा आफ्नो पाँच वर्षे कार्यकालमा मध्यपुरथिमि भित्रका पुनर्निर्माण सम्पन्न गरिएका पोखरीहरु यस प्रकार रहेका छन् ।

१) दक्षिण बराही पोखरी, दक्षिणबाराही, क्वाछेँ, २) वामुने पोखरी, थिमि, ३) बालकुमारी पोखरी, थिमि, ४) विष्णुकुण्ड पोखरी, थिमि, ५) कयेकू ताँ पोखरी, थिमि, ६) निगूपुखू, थिमि, ७) सिवा पोखरी, थिमि, ८) भुलांखेल पोखरी, थिमि, ९) गुंलापुखू, नगदेश, १०) पलेस्वाँ पुखू, बोडे, ११) खाँसी पोखरी, बोडे, १२) द्योबु पोखरी, बोडे, १३) कुमारी पोखरी, बोडे, १४) लाछि पोखरी, बोडे, १५) नछुटोल पोखरी, बोडे, १६) ख्वपलाँ पोखरी, बोडेको पुर्न निर्माण सम्पन्न भएका छन् अन्य पोखरीहरुको पुर्न निर्माण सम्पन्न गर्ने उहाँको लक्ष्य रहेको छ ।

त्यसैगरि जीर्ण बनेर पहिचान मेटिन खोजेका मध्यपुरथिमि नगरपालिका भित्रका ऐतिहासिक दरबार र बुद्धबिहारहरु पुर्न निर्माण सम्पन्न गर्न सफल भएका छन । श्रेष्ठ आफू नगर प्रमुख हुँदा पुर्ननिर्माण गराएका दरबारहरु मध्ये १) लाय्कू दरबार, बोडे, २) लाय्कू दरबार, थिमि, ३) लाय्कू दरबार, नगदेश रहेका छन् भने बुद्ध विहारहरु तर्फ १) पाटी बिहार, थिमि, २) गुणकीर्ति महाविहार, दिगुटोल, थिमि, ३) जेटवर्ण बिहार (दथु बहाः), चपाचो, ४) बुद्धविहार, नगदेश रहेका छन् । जसले मध्यपुरथिमिको पहिचानलाई उच्च बनाउन सफल भएका छन् ।
त्यसैगरि मध्यपुरथिमि भित्रका बिभिन्न ऐतिहासिक फल्चा अर्थात पाटीृहरुले पनि नयाँ जीवन पाएका छन् । यहाँका २५ वटा पाटी अर्थात फल्चाहरुको पुर्ननिर्माण यस प्रकार रहेका छन् ।

पाँच वर्षमा पुनर्निर्माण भएका फल्चाहरुमा १) तछुटोल पाटी, २) कयेकू ताँ फल्चा, ३) दथुटोल फल्चा– २ वटा, ४) वामुने फल्चा– २ वटा, ५) भुलांखेल फल्चा, ६) सिवा फल्चा– २ वटा, ७) भाः फल्चा, शंखधरचोक, ८) सुंगा फल्चा, ९) कय्कूतां फल्चा– २ वटा, १०) ताःद्यो फल्चा, ११) निगूपुखू फल्चा, १२) लाभाडोल फल्चा, १३) चोडे फल्चा, १४) कुम्हाननी फल्चा, १५) नासःननी फल्चा, १६) लाछि फल्चा, नगदेश, १७) वाः ननी फल्चा, नगदेश, १८) थिमि लाँ फल्चा, बोडे, १९) पाँचो फल्चा– २ वटा, बोडे, २०) कुमारी द्यो फल्चा– २ वटा, बोडे, २१) द्योबु फल्चा, बोडेको पुर्न निर्माणले मध्यपुरथिमि भित्रको ऐतिहासिक पहिचानलाई उच्च बनाएको छभने जेष्ठ नागरिकदेखि धार्मिक भजनखलका लागिसमेत निकै सहज र उपलब्धी बनेको छ ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका भित्र कतिपय पुरिएका, कतिपय लोपोन्मुख अबस्थामा पुगेका र जीर्ण बनेका ढुङेधारा अर्थात हिटीहरुले पनि नयाँ जीवन पाएका छन् । मल्लकालिन शैलीमा पुर्न निर्माण भएका ल्वहंहिटी (ढुंगेधारा)हरु पुनर्निर्माण यस प्रकार रहेका छन् ।
१) क्वलाखू हिटी, २) कय्कूतां हिटी, ३) नाय् हिटी– २ वटा, ४) बप्पा हिटी, ५) स्वधाः हिटी, ६) पुं हिटी, ७) ब्रम्ह हिटी, चोडे, ८) थापा हिटी, लाभाडोल, ९) सिद्धिकाली हिटी, १०) न्हूहिटी, नगदेश, ११) बाघ धारा, धुंचोपाखा, १३) चिहान पार्क हिटी– ३ वटा, बोडे, १३) कुमारी हिटी– ३ वटा, बोडे, १४) विष्णुघाट हिटी, बोडे, १५) लाछिहिटी, बोडे, १६) नछुटोल हिटी, बोडे, १७) ख्वपलाँ हिटी, बोडे, १८) निलबाराही हिटी, १९) इनारहरुको पुनर्निर्माण सम्पन्न भएको छ ।’

मध्यपुर थिमिमा रहेका दर्जनौं इनारहरुलाई परम्परागत शैलीमै पुनर्निर्माण गरिएका छन् भने बाँकी रहेको अरु हिटीहरुको पुर्ननिर्माण गर्ने योजना श्रेष्ठसँग रहेको छ । त्यस्तै मध्यपुरथिमिका पुराना बस्तीहरुलाई परम्परागत बस्तीको रुपमा पहिचान दिदै बिकास गर्ने उदेश्यले विगत पाँच वर्षमा सम्पदा बस्तीहरुमा ढुंगा छपाईका काम पनि भएको छन् । मध्यपुर थिमिको प्रमुख सांस्कृतिक एवं सम्पदा बस्तीहरुका साथै नयाँ बस्ति विकास भएको स्थानमा समेत ढुंगा छपाई गरिएको छ ।

त्यसैगरि पाँच वर्षको अन्तरालमा श्रेष्ठले विभिन्न मन्दिरहरुको पुनर्निर्माण समेत सम्पन्न गर्न भ्याएका छन् । परम्परागत शैलीमा पुर्न निर्माण गरिएका ऐतिहासिक मन्दिरहरु यस प्रकार रहेका छन् ।

१) सिद्धिगणेश मन्दिर, नगदेश २) कुमारी मन्दिर, बोडे, ३) निलबाराही मन्दिर, ४) सिद्धिकाली मन्दिर, ५) बालकुमारी मन्दिर, ६) भवानी शंकर (ताःद्यो) मन्दिर, ७) थासमां गणेश, ८) वामुने गणेश, ९) तछुटोल गणेश, १०) अजिमा द्यो, ११) कृष्ण मन्दिर, १२) महादेव मन्दिर, सिद्धिकाली, १३) सरस्वती मन्दिर, सिद्धिकाली, १४) भिमसेन मन्दिर, बहाखा, १५) महादेव मन्दिर बहाखा, १६) बप्पा महादेव, १७) ताःद्यो मन्दिर, बोडे, १८) सरस्वती मन्दिर, बोडे, १९) गणेश मन्दिर बोडेको पुर्ननिर्माण सम्पन्न भएको छ ।
त्यसैगरि मध्यपुरथिमिका बिभिन्न ऐतिहासिक बस्तीहरुको पहिचान दिन प्रवेशद्धार समेत निर्माण गरिएको छ । परम्परागत शैलीमा निर्माण भएका प्रवेशद्वारहरुमा नगदेश जाने १) नगदेश प्रवेशद्वार, २) निलबाराही प्रवेशद्वार, ३) थिमिलाँ प्रवेशद्वार, ४) ख्वपलाँ प्रवेशद्वार, ५) सिद्धिकाली प्रवेशद्वार रहेका छन् ।

मूर्त कला, संस्कृतिहरुको मात्रै नभई अमूर्त सम्पदाहरुको समेत संरक्षण गरेर यहाँका अमूर्त कलालाई पुर्न जीवन दिन सफल मदन सुन्दर श्रेष्ठले यहाँका लोप भइसकेको र बन्द भइसकेको ऐतिहासिक नाचहरुलाई पुर्न सञ्चालनमा ल्याउन सफल हुनु भएको छ । मध्यपुरथिमिमा पुर्नजीवन पाएका नाचहरु यस प्रकार रहेका छन् । १) लाय्कू भैलः २) महाकाली नाच, ३) निलबाराही नाच ४) नागाचा प्याखं, ५) पुलुकिसी नाच, ६) सलचा प्याचं रहेका छन् भने विभिन्न जात्रा एवं पर्वहरुलाई पनि पुर्नजीवन दिन सफल हुनु भएको छ ।

कला, संस्कृति, मठ मन्दिर, पोखरी पार्क बाहेक मदन सुन्दरले अरु केही बिकास गरेन भन्नेहरुलाई त्यस बाहेक अरु बिकासका काम पनि तिब गतिमा गरेको उदाहरण प्रशस्तै छन् । जसमध्ये खानेपानीतर्फ १) ट्रंक लाइन विस्तार, २) सडकको दुई साइडमा खानेपानी पाइपको विस्तार, ३) टिबी हस्पितल, लोकन्थली, इन्द्रकमलमा पानी ट्याङ्कीको निर्माण गरी थप ३० लाख लिटर क्षमतामा विस्तार, मेलम्ची खानेपानी आयोजनालाई समग्र भक्तपुर जिल्ला मै वितरण गर्न, पाइपलाइन विस्तारको काम सम्पन्न भएका छन् ।

त्यस्तै ढल ब्यवस्थापनतर्फ विगतमा ढलको समस्या भएको स्थानमा नयाँ ढल राखि ब्यवस्थापन गरिएको छभने ढल नपुगेको नयाँ बस्तीहरुमा ढल, खानेपानीसमेतको ब्यवस्था गरी बाटो तथा सडक सुधार गरिएको छ । त्यस्तै नगरपालिका भित्रका सडक बिस्तारको काम पनि सम्पन्न भएका छन् । जसमा १) पेप्सीकोला–निकोसेरा सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, २) बहाखाबजार–मुलपानी सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ३) सुन्दरनगर–सिद्धिकाली सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ४) गठ्ठाघर–सानोठिमी सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र, गर्ने कार्य, ५) निकोसेरा–गाखु सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ६) शंखधरचोक–हनुमन्ते पुल सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ७) शंखधरचोक–बाय्रिलाँ दक्षिणबाराही जाने हनुमन्ते पुल सडक निर्माण र कालोपत्र गर्ने कार्य, ८) नगरपालिका कार्यालय जाने सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य सम्पन्न गरिएको छ । आगामी पाँच वर्ष भित्र बाँकी खानेपानी, ढल र सडकको काम सम्पन्न गर्ने योजना बनाएकोमा कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको सबै सडक कालेपत्र गर्ने गरि सुरु भएको छ ।

नगर पालिकामा स्वास्थ्य सेवाले निकै फड्को मारेको छ । स्वास्थ्य बिमादेखि उपचारसम्ममा नगरपालिकाले ठूलो र प्रभावकारी कदम चाल्न सफल भएको छ । कोरोना महामारीमा आफै निकै खटिएर जनताको स्वास्थ्य सुरक्षाका लागि नेपालमै पहिलो पटक पीसीआर मेशिन सञ्चालन गर्न, अक्सिजन प्लान्ट सञ्चालन गर्न, कोरोनाको उपचार सफल रुपमा सम्पन्न गर्न आईसियू र एनआइसियूलगायतका बिभिन्न सेवाहरु संकटका बाबबजुत पनि सम्पन्न गर्न सफल हुनु भएको छ ।

स्वास्थ्यतर्फ विगतमा कोरिया–नेपाल अस्पताल नामांकरण भै रहेकोलाई नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल नाम परिवर्तन गरी विधिवत रुपमा नगरपालिका अन्तरगत ल्याएर ब्यवस्थित रुपमा नगरवासीलाई स्वास्थ्य सेवा पु¥याउन उहाँ सफल हुनु भएको छ ।

त्यस्तै स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा विस्तार गरी संचालन गरेको, सरकारले स्वास्थ्य बिमाको रकम भुक्तानी नदिंदा केहि समय बिमा स्थगित गरी नगरपालिका आफैले नगरबासीलाई सहुलियतमा सेवा प्रदान गरेको, स्वास्थ्य बिमा सेवा बन्द गरी भुक्तानीको लागि सरकारलाई दबाब दिएपछि ७ करोड भुक्तानी प्राप्ति पछि पुनः स्वास्थ्य बिमालाई निरन्तर संचालन गरेको, गम्भीर प्रकृतिको रोग लागेका नगरबासीहरुलाई घरघरमा अक्सिजन सेवा दिदै आएको, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ३०० बेडको क्षमता विस्तार गर्न कोरिया सरकारबाट करिब १ अर्ब ५ करोड रुपैंया अनुदान सहयोग सुनिश्चित गरेको, पालिकाहरु मध्ये नेपाल–कोरिया नगरपालिका अस्पतालमा कोभिड– १९ महामारीको समयमा पीसिआर ल्याब स्थापना गरी पीसिआर परीक्षण गरेको, आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी एचडियू, आइसियू संचालन गरी विरामीको उपचार गर्न सफल भएको थियो ।

त्यस्तै शिक्षातर्फ सामुदायिक विद्यालयको पुनर्निर्माण, भौतिक, कम्प्यृटर, प्रिन्टर सहयोग, पालिकास्तरिय आधारभूत तहको परीक्षा शुल्क विद्यार्थीहरुलाई निःशुल्क गरी संचालन गर्न सफल भएका छन् । खेलकूदको बिकासमा टेवा पुर्याउदै आउनु भएका नगर प्रमुखले मध्यपुरथिमि क्षेत्रभित्र ३ वटा फुटबल खेल मैदान ब्यवस्थित गरेको, कमेरोटार, भाँगु लगायतका स्थानमा फुटस्टल निर्माण गरेको, कराते एकेडेमीको स्थापना गरेको, भवन निर्माण, जिम्नाष्टिक कभर्ड हल निर्माण, बोडे, कराते, जिम्नाष्टिक, बडिबिल्डिङ्ग, भारातोलन, चेस, ब्याडमिन्टन, लफुडस्टल, फुटबल लगायत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहकार्य गर्दै आएको छ ।

त्यसै गरि मध्यपुरथिमि नगरपालिका भित्रका सार्वजनिक जग्गा संरक्षण गर्ने काम पनि गरिएको छ । भू–माफियाहरुले अतिक्रमण गरेको सार्वजनिक जग्गाहरु संरक्षणमा उल्लेख्य काम सम्पन्न गरेको छ । सामुदायिक भवनहरु निर्माण तर्फ भने नगरपालिकाले शंखधर साख्वाः सामुदायिक भवन निर्माण गरी नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानलाई हस्तान्तरण र सोही भवनमा पर्यटकीय सूचना केन्द्र समेत स्थापना गरेको छ । त्यस्तै मध्यपुर थिमि नगरका विभिन्न वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न गरिएको छ । वडा कार्यालय भवनको निर्माण गर्ने क्रममा वडा नं. १ कार्यालय भवन, वडा नं. ३ कार्यालय भवन, वडा नं. ७ कार्यालय भवन निर्माण गर्न सफल भएको छ ।

नगरपालिकाले आफ्ना नगरवासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको व्यबस्था गरेको छ । जसमध्ये नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा २५० भन्दा बढीलाई थप प्रत्यक्ष रोजगारी प्रदान गरिएको छभने नगर प्रहरीमा २५ जना, तीन जना दृष्टिविहिनलाई ब्यवस्था, फोहर मैला ब्यवस्थापनमा रोजजारीको अवसर प्रदान गर्नुका साथै दर्जनौं सम्पदा पुनर्निर्माणमा सयौं जना स्थानीय डकर्मी, कलाल्मक सिकर्मी, महिलाहरुलाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

त्यस्तै नगरवासीलाई सहज र सुलभ रुपमा सुशासनको प्रत्याभूति दिलाउदै बिभिन्न कामहरु गरेको छ । नगरपालिकाले हरेक वडालाई अधिकार सम्पन्न गर्नुका साथै नगरपालिकाले महाशाखा बनाई कार्य सम्पदान गरी सुशासन कायम गरेको छ । नक्सा पासलाई प्रविधि मैत्री बनाई अनलाइन नक्सा पासको नीति अबलम्बन गरेको, विगतमा ब्यापक भ्रष्टाचारको रुपमा बदनाम भएको नगरपालिकालाई भ्रष्टाचारको जालो तोडेर भ्रष्टाचार नियन्त्रण गरेको निवर्तमान् नगर प्रमुख एवं मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठले जानकारी दिनु भयो ।

फोहरमैलाको ब्यवस्थापनमा पनि उल्लेख्य काम गर्न सफल यस नगरपालिकामा जापानी ऋल्द्यल्ी प्रविधि भित्रयाई घरघरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरी मध्यपुर थिमिको फोहर मध्यपुर थिमिमै ब्यवस्थापन गर्ने कार्य थालनी गरेकोगरेको छ । यसलाई नगरपालिकाको सबै वडाको फोहोर व्यबस्थापन गर्ने गरि बिस्तार गर्ने योजना रहेको छ ।

त्यस्तै नगर विकास प्राधिकरणसँग एक्लै लड्दै आएका श्रेष्ठले दुई वटा आयोजना हस्तान्तरण गरी स्वामित्व ग्रहण गर्न सफल भएको छ । वर्षौदेखि सम्पन्न हुन नसकि रहेको कमेरोटार जग्गा एकीकरण आयोजना र दिब्यवरी जग्गा एकीकरण आयोजनालाई नगर पालिकाले आफ्नो मातहत ल्याएर छिटोभन्दा छिटो सम्पन्न गर्ने योजनाका साथ तिब्र काम गर्न सफल भएको छ ।

त्यस्तै नगरपालिकाले बस्ती विकास ऐनसमेत पारित गरेको छ । नेपालका पालिकाहरु मध्ये मध्यपुर थिमि नगरपालिकाले पहिलो पटक बस्ती विकास तथा जग्गा एकीकरण आयोजना संचालन ऐन २०७७ बनाएको हो ।

नगरपालिकामा चोरी बढेपछि सुरक्षा प्रबन्धसमेत मिलाइएको छ । मध्यपुर थिमिस्थित मठमन्दिर, पाटी पौवा आदिका मूर्ति चोरी हुनेक्रम रोक्न सम्पदानै कुरु हुने गरि राखिएको फलामे बार हटाएर त्यसको ठाउँमा सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरीसमेतको सहयोग र समन्वयमा सिसि क्यामेरा जडान गरी सुरक्षा प्रबन्ध मिलाएको छभने मध्यपुरथिमिको राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सिसि क्यामेरा जडान गरी नेपाल प्रहरीको सहयोगमा अनुगमन तथा सुरक्षा ब्यवस्था मिलाएको छ ।

त्यस्तै नगरको विकास, संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धन, प्रचारप्रसार लगायतको लागि स्थानीय रुपमा क्रियाशिल गैर सरकारी संस्थासंग सहकार्य गरी विभिन्न कार्यहरु सम्पन्न गरेको, मध्यपुर थिमि नगरलाई गन्तब्य मध्यपुरको रुपमा विकास गर्न यससंग सम्बन्धित संस्था, छापा, अनलाइन, टिभी लगायत संचार क्षेत्र तथा संचारकर्मीहरुको सहयोगबाट नगरलाई गौरब गर्न लायक बनाउन श्रेष्ठ सफल हुनु भएको छ । त्यस्तै कृषितर्फ आधुनिक कृषि खेती गर्न कृषकलाई तालिम तथा आधुनिक कृषि सामग्री वितरण गरेको र बढ्दो सहरीकरणलाई ध्यान दिएर कौशी खेतीको तालिम तथा प्रबद्र्धन गरेको छ ।

निवर्तमान नगर प्रमुख एवं स्थानीय तह निर्वाचन २०७९ को मेयर पदमाका प्रत्यासी मदन सुन्दर श्रेष्ठले आउँदो ३० गते हुने निर्वाचनमा सूर्य चिन्हमा छाप लगाई बिजयी गराएमा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक हुने अनुभूति गर्ने गरि काम गर्ने, सामाजिक जागरण र विकासका अभियन्ता भएर काम गर्ने, हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनमा नमूना बनाउने,सदाचारमा दृष्टान्त स्थापित गर्ने, आफूले कुनै भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने, भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारी, ब्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मध्यपुरथिमिका बासिन्दासँग अब पाँच वर्षका लागि आफूलाई मत दिई निर्वाचित गराइदिन हुन आव्हान गर्नु भएको छ ।

मेयरका उम्मेदवार वासुदेव थापाले ३०० विद्यार्थीमाझ गरे प्रतिज्ञा : विकास गर्न छाड्दैनौ, भ्रष्टाचार गर्दैनौ

वासुदेव थापाले भन्नुभयो : विगत पाँच वर्षमा आफू मेयर हुँदा नगरपालिकामा सामुदायिक शिक्षाको बिकास गरेको, स्वास्थ्य संस्था र सेवाको विकास गरेको, सूर्यविनायक अस्पताल सञ्चालन गरेको, कृषिको क्षेत्रमा लगानी तथा विकास गरेको, मठ मन्दिर, धार्मिक संम्पदाहरुको पुर्ननिर्माूण एवं संरक्षण गरेको, घरघरमा खानेपानी पुर्याउन एक घर एक धारा अभियान चलाएको, सबै वडामा जाने सडक कालो पत्र गरेको, सडकको स्तरोन्नती गरेको, पुलहरु निर्माण गरेको, सामुदायिक भवन बनाएको, बालबालिका, किशोर किशोरी, युवा, महिलादेखि जेष्ठ नागरिकसम्मका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको, पर्यटनको बिकास गरेको, सडक बत्ति जडान गरेको छ ।

=============================================

भक्तपुर, २५ बैशाख । आउँदो ३० गने हुने स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाका लागि एमालेबाट मेयरका उम्मेदवार वासुदेव थापाले सूर्यविनायक नगरक्षेत्रका ३०० विद्यार्थी माझ विकास गर्ने र भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्नु भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, सूर्यविनायक नगर कमिटीले वैशाख २४ गते सूर्यविनायक नगरपालिकाको लागि हुन लागेको आसन्न चुनावमा नेकपा (एमाले) का उम्मेदवारसँग ‘विद्यार्थीसँग उम्मेदवार’ कार्यक्रममा उहाँले यस्तो प्रतिज्ञा गर्नु भएको हो ।

सूर्य ध्वजावाहक उम्मेदवारलाई नै किन भोट भन्ने सवालमा विद्यार्थीमाझ बोल्दै उहाँले विगत पाँच वर्षमा आफू मेयर हुँदा नगरपालिकामा सामुदायिक शिक्षाको बिकास गरेको, स्वास्थ्य संस्था र सेवाको विकास गरेको, सूर्यविनायक अस्पताल सञ्चालन गरेको, कृषिको क्षेत्रमा लगानी तथा विकास गरेको, मठ मन्दिर, धार्मिक संम्पदाहरुको पुर्ननिर्माूण एवं संरक्षण गरेको, घरघरमा खानेपानी पुर्याउन एक घर एक धारा अभियान चलाएको, सबै वडामा जाने सडक कालो पत्र गरेको, सडकको स्तरोन्नती गरेको, पुलहरु निर्माण गरेको, सामुदायिक भवन बनाएको, बालबालिका, किशोर किशोरी, युवा, महिलादेखि जेष्ठ नागरिकसम्मका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको, पर्यटनको बिकास गरेको, सडक बत्ति जडान गरेको उहाँले बताउनु भयो ।

मेयरका प्रत्यासी बासुदेव थापाले अब पाँच वर्षका लागि नगर प्रमुखमा विजयी भएर सडक, पुल, खानेपानी, शिव सर्किट, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा बाँकी काम सम्पन्न गरेर सूर्यविनायकलाई विकास र समृद्ध सूर्यविनायक बनाउने र नगरभित्र भ्रष्टाचार लगायतका गतिविधि नियन्त्रण गर्दै शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गर्नु भयो ।

कार्यक्रममा नगरपालिकाका नेकपा (एमाले)का तर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार सरिता तिमिल्सिना भट्टराईले विद्यार्थीहरूबाट आएका प्रश्न, एवं जिज्ञासाको जवाफ दिदै नगरपालिकाको भावी रोडम्याप र आगामी दिनमा गर्नु पर्ने बिभिन्न उपलब्धीमूलक कार्यक्रमहरुको बारेमा जानकारी दिनु भयो ।

अर्थशास्त्रमा दख्खल राख्नुभएकी भट्टराईले हाट बजारलाई व्यवस्थित गर्ने सम्बन्धमा, ’स्थानीय उत्पादन, स्थानीय उपभोग’, बजारसँग किसानलाई जोड्ने, बौद्दिक सर्कल बनाएर कार्य गर्ने र यसका लागि विभिन्न क्षेत्रका बौद्दिकलाई पनि समेटेर नगरपालिका सञ्चालन गर्ने, विद्यालय पाठ्यक्रममा पनि राजनीति, अर्थशास्त्र र कानुनका विषयलाई समेटेर अघि बढ्ने, महिला, बालबालिका, युवा र जेष्ठ नागरिक मैत्री कायृक्रम सञ्चालन गर्ने, युवा रोजगारीको प्रबद्र्धन गर्नेबारेमा आफ्नो योजना प्रस्तुत गर्नु भएको थियो ।

उहाँले आगामी दिनहरूमा पनि अनेरास्ववियुले नगरपालिकाका पदाधिकारीहरूलाई झक्झकाउनु पर्ने र पार्टीको आन्तरिक लोकतन्त्रका निम्ति पनि अनेरास्ववियु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा १० जना विद्यार्थीले उम्मेदवारलाई प्रश्न राख्नुभएको थियो । कानुनका विद्यार्थीको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विविध विषयमा उम्मेदवारकोे योजनाबारे प्रश्न राखेका थिए ।

नेकपा एमाले सूर्यबिनायक नगरकमिटीका अध्यक्ष एवम सूर्यबिनायक नगरपालिका–७ का वडाध्यक्षका उम्मेदवार रबिन्द्र सापकोटाले नगरपालिकाले भौतिक बिकासमा उल्लेख्य कार्य सम्पन्न गरेको चर्चा गर्दै अबको दिशा समृद्ध नगरपालिका सुखी नगरबासी बनाउने रहेको बताउनुभयो । सहभागी बिद्यार्थीहरुबाट उठेको प्रश्न तथा सुझावलाइ सम्बोधन गर्दै सापकोटाले नगरपालिका नेकपा एमाले जित हासिल गर्ने र सामाजिक आर्थिक रुपान्तरणमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी अध्यक्ष हरिशरण बस्नेतले सार्वजनिक शिक्षा र स्वास्थ्यका विषयमा उम्मेदवारले गम्भीरतापूर्वक सोची कार्यक्रम अघि लानुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी सदस्य सुजन अधिकारीले नगर प्रमुख र उपप्रमुखले जनताको मन र विश्वास जित्नु पर्ने औलायनउनु भयो ।

गठबन्धनले उपप्रमुख पदमा अरू कोही नपाएर एमाले पार्टीबाट चोइटिएर गएका पार्टीका मान्छेलाई टिकट दिएकाले र प्रमुख÷उपप्रमुख पदमा दुवै पुरुष उम्मेदवार दिदै महिलाको सहभागितालाई ओझेल पारेकाले उपप्रमुख पदका उम्मेदवाराको सहज जित निस्कने अध्ययनले देखाएको दाबी गर्नु भयो ।

कार्यक्रमको समापन गर्दै अनेरास्ववियु नगर कमिटी अध्यक्ष श्रीकृष्ण थापाले अनेरास्ववियुले यस चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन केही दिन युद्धस्तरमा खटिनुपर्ने कुरालाई प्रकाश पार्दै सूर्यविनायक नगरपालिकाका प्रत्येक वडामा घटीमा पनि १० जना अनेरास्ववियुका कार्यकर्ता खटाउने गरि योजना बनाएको बताउनु भयो ।

नेकपा (एमाले)ले निष्पक्ष र धाँधलीरहित चुनाव गर्नुपर्ने कुरामा सदा अडिग रहेको जनाउँदै अनेरास्ववियु नगर कमिटीका उपाध्यक्ष नविन खत्रीले यसका लागि कमिटीका सबै साथीहरू सतर्क रहेनुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ, २५ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१÷२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ः०० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”