जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

-पदमराज जोशी

काठमाडौँ, ११ असोज : नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् ।

यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हँुदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन ।

तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ । सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन ।

सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन ।

नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् ।

एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ ।

यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ ।

यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छांै । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ ।

कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहँुमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ ।

एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ ।

एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ ।

कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ ।

एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रद्धारा तलेजु र भैरबको पूजा एवं दर्शन (फोटो फिचर)
भक्तपुर, ७ असोज । विश्व सम्पदा सूचीँमा सुचिकृत नेपालको पुरानो ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल भक्तपुर दरबारस्क्वायरमा आइतबार दिउँसो १ बजेदेखिनै निकै भिडभाड थियो । १० वर्षको बालकदेखि ८० वर्षका जेष्ठ नागरिकहरु दरबारस्क्वायरको सत्तलमा हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर बसिरहेका थिए । भीड निकै बढ्दै गयो ।
धिमे बाजा, नौमति बाजाहरु घन्किरहेका थिए । साँस्कृतिक महाकाली नाच नाचिरहेका थिए । लामबद्ध हजारौ नागरिकहरु दरबारस्क्वायको गेटदेखि गोल्डेन गेटसम्म बाक्लो रुपमा लामबद्ध थिए । कोहीको हातमा पुष्प गुच्छा त धेरैको हातमा नेपालका झण्डा हल्लिरहेको थियो ।
दरबारस्क्वायरको सिंगो प्राङ्नमा हजारौ नागरिक र उनीहरुले बोकेका नेपालको झण्डाले राताम्मे देखिन्थ्यो । खाली ठाउँ कतै थिएन, भईदेखि, मन्दिरको सिढीँ, सत्तल, पेटीँ मानिसको भिडले खचाखच भरिएको थियो । त्यो भीडमा जम्मा भएका  सबैको एउटै चाहना थियो, नजिकबाट पूर्व राजालाई हेर्ने ।
करिब सवा तीन बजे पूर्व राजा ज्ञानेन्द्र शाहले दरबारस्क्वायमा प्रवेश गरेसँगै उनका पक्षमा नारावाजी गरेका थिए । राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा सबैका साझा जस्ता नारा लगाएका थिए । भक्तपुरस्थित तलेजु र आकाश भैरबको पूजा एवं दर्शन गर्नु स्थानीयवासीको आग्रहलाई स्वीकार्दै आएका ज्ञानेन्द्रलाई तलेजु मन्दिरसम्म पुग्न निकै सकस भयो, त्यो भन्दा ठूलो सकस त उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भयो ।
स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा रामेश्वर थापा सदस्य सचिव रहेको आयोजक समितिका पदाधिकारीहरु, नेपाली सेनाका पूर्व जर्नेल तथा कर्णेलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री टंक ढकाल, राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, मुकुन्द कार्की, भरत जंगम, रमा सिंह, प्रदेश सांसदलगायतले ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।
भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटबाट पैदल हिँडर भीडमा ठेलिदै गोल्डेन गेटभित्र प्रवेश गरेपछि भीडलाई रोक्न सुरक्षाकर्मीले गेटनै लाउनु पर्यो । करिब १५ मिनेट तलेजुको पूजा एवं दर्शन गरेका ज्ञानेन्द्र पैदलनै जनताको भीडलाई छिचोल्दै पाँचतले मन्दिर अगाडि रहेको आकाश भैरब मन्दिर पुगेका थिए । उनलाई हेर्न पाँचतले मन्दिरको प्रत्येक सिँटी र आसपासका घर एवं होटलका छतहरु भरिएका थिए ।
भैरब मन्दिरमा बेताल देवताको पुजा एवं प्रसाद ग्रहण पछि आकाश भैरबको पूजा एवं दर्शन गरेका थिए । उनलाई कार्यक्रमका संयोजक अनन्तप्रसाद धौभडेलले मन्दिरको महत्व र जात्रा पर्वकाबारेमा जानकारी गराएका थिए । मन्दिर भित्र विजयप्रसाद धौभडेललगायत पुजारीहरुले प्रसाद र भैरबको रथको प्रतिक सानो रथ प्रदान गरेका थिए । त्यसपछि बाहिरिएका ज्ञानेन्द्रलाई सवारी साधनसम्म पुग्न निकै कठिन भयो ।
गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका पूर्व राजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरबको दर्शन एवं पुजा गर्ने आउने क्रममा उर्लिएको जनताको भीड यसअघि सायदै कुनै राजनीतिक दलको कार्यक्रम देखिएको थिएन ।
होटलमा ज्ञानेन्द्रको स्थानीयसँग तीन घण्टा लामो भेट :
तलेजु भवानी र भैरवानाथको दर्शन पछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारी स्थित होटल ग्रीनल्याण्डमा जनतासँग भेट गरेका थिए । करिब तीन घण्टा भन्दा बढी भेटमा बिताएका उनले ५०० भन्दा बढीसँग भेट गर्दै भक्तपुरवासीकोे आवाज सुनेका थिए ।
भेटने अधिकांशले उनलाई देश जेगाइदिन आग्रह गरेका थिए । भेट अबधीभरसँगै बसेका राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले भेटना अधिकांश नागरिकले देश संकटमा पर्दै गएकाले देश जोगाइदिन आग्रह गरेको बताउनु हुन्छ । देशी विदेश गलत शक्तिले देशलाई बिग्रह, बिघठन र धार्मिक एवं साँस्कृतिक द्धन्द्धमा लैजान लागेको भन्दै पूर्वराजा ज्ञानेन्द्रसँग चिन्ता व्यक्त गरेको जानकारी दिए ।
भेटमा पूर्व जिल्ला उपसभापति एवं राप्रपाका केन्द्रीय नेता रामहरि थापाले देश संकटमा पर्दै गएको र राजनीतिक दलका वर्तमान् नेताहरुप्रति भरोसा र विश्वास हराउदै गएकाले देश जोगाइदिन आग्रह गरेको बताए । ज्ञानेन्द्रले भने भेटमा आउनेहरुसँग गुनासो मात्रै सुनेर टाउँको मात्रै हल्लाएर आश्वासन दिएका थिए ।
व्यक्तिगत रुपमा ज्ञानेन्द्रले देशको वर्तमान् अबस्थाबारे केही नबोले पनि जनताको माया लागेको र भक्तपुरका जनताले आफूप्रति गरेको विश्वास देखेर निकै खुसी लागेको बताए ।
राष्ट्रपति पौडेलद्धारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
भक्तपुर, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर लौहपुरुष स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्नु भएको छ ।
गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान बाटिकास्थलमा निर्माण गरेको शालिकको उहाँले अनावरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताउनुभयो ।
उहाँले सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंहनै भएको बताउदै भन्नुभयो, “गणेशमानलाई म सधै सर्वमान्य नेता मान्छु, देशमा एक पटक सारा नेपालीले नेता मानेको व्यक्ति गणेशमान नै हो, को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि उहाँकै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँनै हो ।”
२००७ सालबाटै प्रजातन्त्र उदयको युग सुरु भएको भन्दै उहाँले २०१७ सालसम्म देशलाई आधुनिक युगमा डार्याउने कालखण्डको रुपमा लिए पनि २०१७ सालमा निरंकुश शासन पछि २०४६ सालको जनआन्दोलन र उपलब्धीमा उहाँकै देन रहेको चर्चा गर्नुभयो ।
राष्ट्रपति पौडेलले जहानिया राणा शासनदेखि एकतन्त्रीय पंचायती शासन बिरुद्ध जनाअधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान हो भन्दै उहाँले २०४६ सालको जनान्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिदाँ पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्योग, आदर्श र निष्ठाको राजनीति गरेर उहाँले सबै नदलका नेतालाई प्रेरणा दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो ठाउँमा गणेशमानजीको शालिक बन्यो, वाटिका बन्यो भनेर कसैले चित्त दुखाउनु पर्ने ठाउँ छैन, बरु खुसी हुनुहोस्, यहाँ देशका अमूल्य निधीको ठाउा बन्न पुगेको छ, यस क्षेत्रलाई आन्तरिक मात्रै नभई विदेशबाट आउने पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुहा्ेस् ।” यहाँको बाँकी संरना पुरा गर्न राज्यले टेवा पुर्याउनु पर्ने औल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रपछि पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्व सांसद स्व. रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नु भयो । स्व. ढुङ्गलका छोरा अनुप र नाती अक्षेप ढुङ्ललाई उक्त सम्मान पत्र हस्तान्तरण गर्नुभयो । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि सम्मान गर्नुभयो । उहाँले समितिले प्रकाशन गरेको स्मारिक गणेशमान वाटिकाको बिमोचन गर्नुभयो ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैका लागि प्रेरणाको श्रोत बन्नु भएका गणेशमानले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनिय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागकाबारेमा नयाँ पिढीँलाई जानकारी गराउनुु पर्ने बताउनुभयो ।
नेता सिंह र उहाँजस्ता अरु नेताको योगदानका कारण समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको भन्दै उहाँले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पुरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस क्षेत्रलाई विशिष्ट पार्क, दर्शनीय व्यक्तित्वहरुको स्मरण गर्ने स्थलको रुपमा बिकास गर्न बाँकी रहेका काम पुरा गर्ने बताउनुभयो । उहाँले देश आर्थिक संकटमा गुज्रेका अबस्थामा स्वद्श र विद्ेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउदै जनाधिकार स्थापित गर्ने ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनु भएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताउनुभयो । २०४६ सालको जनआन्दोलनमा बिभिन्न बिचार बोकेका दलहरुलाई समेत उहाँकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गर्नुभयो ।
त्यसअवसरमा प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले गणेशमान बाटिका निर्माण सुरु भएपछि केही तत्व यसलाई पुरा हुन नदिन, वाटिकाको नाममा आइसकेको जग्गा समेत फिर्ता गर्ने षडयन्त्रमा लागेको भन्दै त्यस्ता तत्व प्रजातन्त्रप्रेमी हुन नसक्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, समितिका सचिव कृष्णमुरारी न्यौपानेले लौह पुरुष, सर्वोच्च नेता गणेशमानको योगदानलाई वाटिकाले सधै जिवित राख्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष माथवरसिंह बस्नेतले २०५४ सालमा स्थापना भएको समितिले तत्कालिन कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरेपछि उक्त स्थलमा गणेशमानको शालिक एवं वाटिका निर्माण भएको बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि२०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा  अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपनि अनावरण गर्ने अवसर आज प्राप्त भएको उहाँले बताउनुभयो ।
समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य, स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागकाबारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर राख्ने गरि संग्रहालयय निर्माण, प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, थलोको रुपमा बिकास गर्ने गरि ३४ करोडको गुरुयोजना तयार पारेको छ ।
यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
खट बोकेर सिन्दुर खेल्दै टोल टोल घुमेर हर्षोल्लासका साथ सूर्यविनायकमा मनाईयो गणेश खट जात्रा

भक्तपुर, २ असोज । गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरि टोल टोलमा गणेशको मूर्ती बिराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको गणेश जन्मोत्सव जात्रा साँझ सम्पन्न भएको हो ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनरे गणेद्यो खट जात्रा बिहान गणेश मन्दिरबाट सुरु भइ दिनभर टोलटोलमा परिक्रमा गराई साँझ सम्पन्न हुने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत चार वर्षबाट सुरु भएको यो जात्रा यसवर्ष पनि हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।”

गतवर्ष जात्रा मनाउन नगरपालिकाको वडा नं. ६ र ८ ले तीन तीन लाख गरि ६ लाख रुपैयाको बजेटको व्यबस्थापन गरेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ ।

त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।
गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा छ ।

खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको वडा नं. ७ का वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो । जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको छन् ।

काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । समितिा अनुसार यस गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।

१० जना भारतीय नागरिकहरुलाई जुवाखालबाटै पक्राउ
भक्तपुर, २ असोज । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जुवातास खेलिरहेको अवस्थामा भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने १० जना भारतीय नागरिकहरुलाई जुवाखालबाटै पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–७ इनाचोस्थित हर्करत्न शाक्यको चारतले घरको दोस्रो तल्लामा आज राती जुवातास खेलिरहेको अवस्थामा १२ जना भारतीय नागरिक जुवातास र नगद ७३ हजार ७४५ रुपैयाँ सहित पक्राउ गरेको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमका भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने २८ वर्षीय देव परमणि, ३३ वर्षीय कमल शेख, २५ वर्षीय देव चुत, ३६ वर्षीय पूर्ण व्रतदले, ४९ वर्षीय मनजित माकि, ३५ वर्षीय सुसिल दलै, ४४ वर्षीय दिवस हजारा, ४५ वर्षीय चन्दन कुदेल, ३० वर्षीय सोरोजित मैती र ३५ वर्षीय अनुप दोलही  रहेका छन् ।
पक्राउ परेका सबै भारतीय नागरिकहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रनाउ पाठकले जानकारी दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काद्धारा नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आह्वान

काठमाडौँ, २ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत स्पष्ट पार्नुभयो । उहाँले दर्ता भएको विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि बताउनुभयो । उहाँले नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन समेत आह्वान गर्नुभयो ।

उहाँले महासङ्घलाई संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धन्न सक्ने विषय विधेयकमा मिलाउनका लागि सरकार तत्पर रहेको बताउनुभयो । उहाँले विधेयकमाथि महासङ्घका के कस्ता असन्तुष्टि छन् भन्ने सरकारलाई थाहा नभइए आकस्मिकरुपमा विद्यालय बन्दलगायतका विरोधका कार्यक्रम घोषणा गरेको बताउनुभयो । महासङ्घले यही असोज ३ गतेदेखि विद्यालय बन्दलगायत विरोधका कार्यक्रम घोषणा गरिसकेको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याका विषयमा पनि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशनमा काम भइरहेको अवगत गराउनुभयो । उहाँले सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकारबीच उचित समन्वय र सहकार्य जरुरी रहेको उहाँको भनाइ छ । उहाँले पाठ्यक्रममा सुधार र पठनपाठनमा विविधीकरण गरी शिक्षाको पहुँच र गुणस्तर बढाउनुपर्ने उल्लेख गर्दै सरकारले मानव स्रोत विकास योजना बनाइ प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगार बजार अनुकूल हुने नीति तर्जुमा गर्ने जानकारी गराउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मस्यौदा भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेकाले त्यसलाई थप परिमार्जनका लागि संवाद र वार्ताका माध्यमबाट जानुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलनरत शिक्षक महासङ्घलाई आज दिउँसो ३ बजे वार्तामा बोलाइएकामा महासङ्घले सहभागी नहुने जनाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रसेवक र जिम्मेवार शिक्षक÷कर्मचारीले विद्यार्थीको पढ्न पाउने हकलाई कुण्ठित गर्न नहुने उहाँको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधिराज्य मन्त्री प्रमिला कुमारीले शिक्षा विधेयक पारित भएपछि शिक्षाको मौलिक हक कार्यान्वयनमा सहयोग मिल्ने जनाउनुभयो । कार्यक्रममा उत्कृष्ट विद्यालय, कलेज, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।

राती जगातीमा दुर्घटना एकको मृत्यु, दुई घाइते

भक्तपुर, २२ भदौ । अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८, जगातीको आदर्श बसस्टप नजिकै अहिले राती ८ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छभने दुई जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–२ घिमिरे गाउँकी २५ वर्षीया नबिना काफ्ले घिमिरेको घट्नास्थलमै मृत्यु भएको छ ।
आज राती जगातीबाट सूर्यविनायक तर्फ जादै गरेको बागमती प्रदेश–०२–०२३ प. २८५९ नं को मोटरसाइकल र सूर्यीवनायकबाट जगातीतर्फ जादै गरेकोे प्रदेश नं ३–०२–००२ प. ६९३ नं को मोटरसाइकल एक आपसमा ठोक्किएर प्रदेश नं ३–०२–००२ प. ६९३ न को मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जागाती तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख. २४११ नं को मालबाहक टेलर गाडीमा ठोक्किएर दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

घट्नामा मोटरसाइकल पछाडि सवार घिमिरेको मृत्यु भएको र मृतकको शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा लगिएइको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेप

लाञ्चोक बनेपा न.पा.२ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे र अकौ मोटरसाइकल चालक ओखलढुङ्गा.सुनकोशी गाउँपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका नलिन्चोक बस्ने प्रहरी जवान ३२ वर्षीय हिरा बडालको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको तीनवटै सवारी साधन र मालबाहक टेलर गाडी चालक पर्सा जिल्ला विरगन्ज महानगरपालिका–२ बस्ने २५ वर्षीय हासिब हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी बृत्त जगातीमा राखेर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण

भक्तपुर, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् । कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरबपूर्ण क्षण भएको बताउनु भयो ।

आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, बिचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउदै उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताउनुभयो ।

भक्तपुर इन्चार्ज ढुङ्गेलले भन्नुभयो, “परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ ? आज कस्तो भए र भोली कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ ।”

उहाँले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने भन्दै जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने बताउनुभयो । काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीलाई काम लाग्दैन भन्दै उहाँले अहिले प्राध्यापकदेखि मजदुरसम्मले देशको हितमा लाग्ने पार्टी एमाले मात्रै हो भनेर भन्न सक्ने अबस्थामा पुगेको बताउनुभयो ।

एमाले सत्ताबाट बाहिर रहेकाले निर्णायाक ठाउँमा नभएको भन्दै उहाँले एमालेले बृद्ध भत्तालाई पाँच हजार पुर्याउने लक्ष्य लिएको, देश बिकासका खम्बा रहेको राष्ट्रिय गौरबका आयोजनाहरु अगाडि बढाउने, शुसासनलाई फराकिलो पार्ने लक्ष्य एमालेको रहेको बताउनु भयो ।

इन्चार्ज ढुङ्गेलले भन्नुभयो, “अब मिसन २०८४ सुरु गरेका छौँ, एमालेलाई फेरी पनि सम्बृद्ध बनाउन कम्मर कस्नु पर्छ, एमालेले सिंगो भक्तपुरलाई आफ्नो झण्डा र परिचयभित्र समेट्नु पर्छ, नयाँ सदस्यहरु सहितको बलले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउनु पर्छ, भक्तपुरमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनु पर्छ ।” एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले धृरै पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउदै अहिले एमालेको नीति, सिद्धान्त र बिचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्य पाउने बताउनुभयो ।

उहाँले यो सपथ ग्रहणको क्षण गौरबशाली पार्टीको गौरबमय क्षण भएको चर्चा गर्दै, भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य र देशभर लाखौ सदस्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “तपाईहरुले आज सपथ ग्रहण गर्दा खाएको कसम बर्सिनु हुदैन, सपथ ग्रहणमा खाएको कसम बिर्सिएर घात गर्दा गत निर्वाचनमा एमालेले धेरै ठाउँमा प्रतक्ष्यतर्फको सिठ गुमाउनु पर्यो, समानुपातिकमा राम्रो भोट ल्याएको पार्टीले प्रतक्ष्यतर्फ क्षति ब्यहोर्दा त्यसले सिंगो देशलाई असर पारिरहेको छ, तपाई हामीले यतिखेर भोगि रहेका छौँ, त्यसैले आजैबाट मिसन २०८४ सुरु भयो भन्ने ठान्नुस्, आज खाएको कसम सम्झेर आउँदो निर्वाचनमा एमालेलाई देशकै ठूलो पार्टी बनाएर देश चलाउने अबस्थामा पुर्याउनु पर्छ ।”

विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै उहाँले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्छ, बिचार र जबजले एमालेमा जनाकर्षण रहेको चर्चा गर्नुभयो । आउँदो निर्वाचनमा एमालेको वर्गशत्रुलाई परास्त गरेर ठूलो पार्टी बन्दै सत्ता सञ्चालनमा पुगेर समाजवादको आधारलार्ई पुरा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पानालाई साकार पाुर्न पर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापाले आजको यो भव्य सपथ ग्रहण कार्यक्रमबाटै भक्तपुर एमालेले मिसन २०८४ सुरु गरेको सन्देश दिनुभयो । उहाँले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने बताउदै वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुने गरि मिसन सुरु भएको बताउनु भयो ।

उपाध्यक्ष थापाले भन्नुभयो, “एमाले भक्तपुरले मिसन २०८४ सुरु गरेको छ, यो मिसनलाई सफल पारेर आउादो निर्वाचनमा वडादेखि नगरसम्म, प्रदेशदेखि संघसम्ममा एमालेले विजय हासिल गर्नेछ र एमालेको सम्बृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छाँै, त्यसमा सबैलाई लाग्न आवहान गर्दछौँ ।”

कार्यक्रम सञ्ञ्चालन एवं जल्ला सचिव मोहनबीर श्रेष्ठले नयाँ संगठिन सदस्यको जुझारुपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउदै एमालेको नीति, सिद्धान्त, बिचर र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमति प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्लता श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन मनाउदै
काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।
तागाधारीले यज्ञोपवीत धारण गर्दै
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
क्वाँटीको परम्पररा
जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।
तराई क्षेत्रमा राखी बाँधिदै
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, १३ भदौ । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन लुकाएर ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतले महरालालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो।

नेकपा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज दिउँसो पक्राउ गरेको थियो। उनीविरूद्ध संगठित अपराधमा मुद्दा चल्ने भएको छ।

पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलको सम्बन्ध साढे ६० किलोग्राम सुन तस्करीको गिरोहसँग पनि देखिएको छ। भेप भनिने विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन तस्करीमा सामेल देखिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भदौ १२ मा राहुललाई पक्राउ गरेको हो। भेप प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको औपचारिक जानकारी दिए पनि उनको संलग्नता पछिल्लो सुन तस्करीमा पनि देखिएको प्रमाण सीआईबीले भेटाएको छ।

सीआईबी स्रोतका अनुसार पछिल्लो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी रमेश बस्नेतसँग राहुलको बाक्लो कुराकानी हुने गरेको देखिएको छ। रमेशलाई पनि सीआईबीले भदौ १२ मै पक्राउ गरेको छ। उनले प्रहरी समक्ष आफूलाई चीनबाट फलफूल आयात गर्ने व्यापारीको रुपमा परिचय दिएका छन्। “हामी रमेश फलफूल व्यापारी मात्र हुन् भन्नेमा ढुक्क छैनौं,” अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्।

अर्का, आरोपित किशोर बस्नेत पक्राउ परेपछि रमेश अनुसन्धानमा तानिएका हुन्। रमेश र किशोरको बाक्लो सम्पर्क देखिएको प्रहरीको भनाइ छ। साढे ६० किलो सुनको अवैध कारोबारको नेपालस्थित व्यवस्थापन गर्ने चिनियाँ मूलका तिब्बती नागरिक दावा छिरिङको मूल सहयोगीको भूमिकामा देखिएपछि दोलखाका किशोरलाई पक्राउ गरिएको हो।

किशोरको चीन, कम्बोडियामा समेत आउजाउ भएको देखिएको छ। कम्बोडियामा प्रहरीले अपरेशन गरेपछि चिनियाँ आपराधिक गिरोह २०७५ सालतिर नेपाल छिरेको थियो। नेपाल छिराउने ‘अजेन्ट’ उनै दावा रहेको प्रहरी अभिलेख छ। “रमेशको राहुल र अमला रोकासँग बाक्लो सम्बन्ध रहेको देखिन्छ,” सीआईबी स्रोतले हिमालखबरसँग भन्यो, “हामी प्राविधिक विश्लेषण गरिरहेका छौं।”

अमला दावाकी श्रीमति हुन्। दावा पक्राउ पर्ने वितिक्कै अमला सम्पर्कविहीन भएकी छन्। भारतीय प्रहरीको समन्वयमा पक्राउ परेका किशोरको समेत अमलासँग सम्बन्ध देखिएको प्रहरीको भनाइ छ। प्रारम्भिक सूचनाअनुसार, सुन गाल्ने मेसिन अमलाले व्यवस्था गरिदिएकी हुन्। यसको मौखिक सूचना प्रहरीलाई किशोरले दिए पनि बरामद मेसिन त्यही भए/नभएको यकिन हुन भने बाँकी नै छ।

राजस्व अनुसन्धान विभागले टोखामा छापा मार्दा सुन गाल्ने दुई वटा मेसिन बरामद गरेको थियो। “त्यही मेसिन हो वा होइन भन्नेबारे ‘भेरिफाई’ भइरहेको छ,” सीआईबी स्रोतले भन्यो।

भेप प्रकरणमै तस्कर गिरोहसँग सम्पर्क देखिएका भन्सार अजेन्ट तथा अधिवक्ता खुवाप्रसाद न्यौपानेसँग समेत राहुलको सम्बन्ध देखिएको थियो। न्यौपानेको दावासँग समेत फोन सम्पर्क भएको खुलेको छ। यसले समेत राहुलको यो गिरोहसँग गहिरो साइनो रहेको पुष्टि गर्ने अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

एक महीनामै राहुलले फेरे चार वटा मोबाइल

भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएपछि छुटाउन सक्रिय भएका थिए, राहुल। छोरा मात्र होइन, बाउ कृष्णबहादुर महरा समेत सुन छुटाउन पहल गरेको भेटिएकाले अनुसन्धानको दायरामा छन्।

यसअघि महराको सुन ल्याउने समूहका दाओजिन वाङ र लुईसँग समेत सम्बन्ध देखिएको थियो। तर, त्यतिवेला प्रहरीले अनुसन्धानको दायरामै ल्याएन।

यो विषय सार्वजनिक भए लगत्तै राहुलले मोबाइल फोनको सेट र सिम नै परिवर्तन गर्न थालेको अनुसन्धानबाट खुलेको छ। साढे ६० किलो सुन तस्करी प्रकरण बाहिरिएपछि त सेट र सिम फेर्ने राहुलको आदत जस्तै बनेको देखिएको छ। यही भएर एक सातादेखि राहुलको मोबाइल ट्रयाक गर्दा समेत प्रहरीले भेउ पाउन सकेको थिएन। “हामीले पक्राउ गर्दा ‘ट्रयाक’ गरेको चौथो सेट रहेछ,” सीआईबीका एक अधिकृतले भन्छन्, “फोन फेरिरहेकाले राहुलले प्राविधिक प्रमाण नष्ट गरेको हुनसक्छ।”

फरेन्सिक परीक्षणबाट मात्रै धेरै कुरा खुल्ने प्रहरीको अपेक्षा छ। यो समूहका सदस्यबीच ‘वीच्याट’मा कुराकानी हुने गरेकाले प्राविधिक र भाषागत समस्याले धेरै तथ्य खुल्न बाँकी रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

गत साउन ३ गते त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पासपछि बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले जफत गरेको थियो। १५ दिनभन्दा बढी विभागले नै अनुसन्धान गरेर संगठित प्रकृतिको अपराध देखिएको भन्दै सीआईबीलाई जिम्मा लगाएको थियो।

त्यसयता यो गिरोहमा सामेल भएको आरोपमा २४ जना पक्राउ परेका छन्। दावा पक्राउ परेकामध्ये सबैभन्दा उपल्लो तहका आरोपित हुन्। राहुलले राजनीतिक र प्रशासनिक ‘लाइन’ मिलाइदिने भूमिका पाएको प्रहरीको दाबी छ।

यो समूहले चीन, हङकङ, दुबईबाट सुन नेपाल ल्याएर भारतीय बजारमा आपूर्ति गर्दै आएको प्रहरीको अनुसन्धानमा देखिएको छ। धेरै मुनाफा हुने भएकाले भन्सार छलेर सुन नेपाल हुँदै भारतीय बजार पुर्‍याउने आपराधिक समूह सक्रिय छ। पछिल्लो समय भने विद्युतीय सामग्रीभित्र लुकाएर ल्याएको सुन नेपालमा पगालेर भारत पुर्‍याउने शैली तस्कर समूहले अपनाउँदै आएको थियो।

दावाको समूह चिनियाँ आपराधिक गिरोहलाई नेपाल ल्याउने र नेपाल भित्राएर अवैध सुन व्यवस्थापन गरिदिने भूमिकामा देखिएको खुलेको छ। तर, अझै पनि तस्करीको सुनमा लगानी चिनियाँको मात्रै छ वा भारतीय व्यापारी पनि संलग्न छन् भन्ने खुलिसकेको छैन।

विगतमा भने भारतीय व्यापारीले रकम जम्मा गरेर सुन तस्करीका लागि कोष खडा गर्ने गरेका थिए। त्यसमा केही नेपाली व्यापारी पनि मिसिन्थे। प्रहरीले तस्कर गिरोहको उपल्लो तह छिचोल्न नसकेकाले यो पाटो खुल्न सकेको छैन।

संगठित अपराध र सुन तस्करीको अनुसन्धानको ६० दिने म्याद अन्तिम चरणमा पुगेकाले गिरोहको जालो छिचोल्न प्रहरीलाई दबाब छ। त्यसमाथि सत्तारुढ दलकै पदाधिकारी र पारिवारिक सदस्य समेत मुछिएकाले अनुसन्धान झनै पेचिलो बन्ने देखिन्छ।

माओवादी नेता महरा चिनियाँ व्यापारीसँगको सम्बन्धनले यसअघि पनि विवादमा आएका थिए। उनले चुनाव जित्न चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। त्यतिवेला माओवादी तथा राज्यबाट कुनै छानबिन पनि नहुँदा जोगिएका महरा अहिले भने सुन तस्करीजस्तो जघन्य र संगठित गिरोहका लागि काम गरेको आरोप खेपिरहेका छन्। जसमा छोरा राहुल पक्राउ परेका छन् भने उनी पनि अुनसन्धानको घेरामा छन्।