भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टसहित कर्मचारीले गरे नवनियुक्त अध्यक्ष ज्ञानराम श्रेष्ठलाई स्वागत

भक्तपुर, १६ पुस । भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त हुनुभएका ज्ञानराम श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्षमा नियुक्त गरेसंगै अस्पतालले आज आयोजना गरेको स्वागत कार्यक्रमसंगै पदभार ग्रहण कार्यक्रममा आज पदभार ग्रहण गर्दै उहाँले अस्पतालको सेवा बिस्तार र अस्पतालको बिकासमा निस्वार्थ रुपमा कार्य गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालमा गुनासो नआउने गरि अस्पताल प्रमुख र प्रशासनसंग हातेमालो गर्दै विरामीलाई सेवा प्राप्त गर्न सहज हुने गरि गुणस्तरीय सेवाको निरन्तरता एवं थप सेवा बिस्तारमा आफ्ना ध्यान केन्द्रीत हुने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अस्पताल प्रशासन र कर्मचारीले अस्पतालको विकासको क्षेत्रमा भरपुर सहयोग लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले उहाँलाई अस्पतालमा स्वागत गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । उहाँले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई नेपालको प्रमुख स्वास्थ्य संस्था मध्ये एक भक्तपुर अस्पताल वागमती प्रदेशको मात्रै नभई देशभरकै अस्पतालमध्येमा उत्कृष्टताको पहिचान बनाएको बताउदै सबै मिलेर अस्पतालको उक्त साखलाई घट्न नदिने गरि गुणस्तरीय सेवा प्रवाहमा सबै जु्नु पर्ने बताउनुभयो ।

अस्पतालका निर्देशक डा. भट्टले अस्पतालको स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण, अवसर, चुनौती र अझै गर्नुपर्ने कार्यकाबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अस्पतालका कर्मचारीहरुले फूलमालाले स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसअघि अस्पतालको सञ्चालन र व्यवस्थापन समितिमा नियुक्त हुुनु भएका अध्यक्ष शशिजंग थापाले ठिक एक वर्षको अबधी पुरा गरि गत १५ गते राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा मन्त्रालयले श्रेष्ठलाई नयाँ अध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर अस्पताललाई यथावत् स्थानमा राखिराख्ने जिम्मेवारी र चुनौती पनि उहाँ माथि थपिएको छ । उहाँको नेतृत्वमा भक्तपुर अस्पतालले थप उत्कृष्टता हासिल गर्ने र सेवा विस्तारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

चाँगुनारायणको काखमा एमालेको महाधिवेशन, साँस्कृतिक नाचदेखि जंकुसमेत प्रर्दशन
भक्तपुर, २७ मङ्सिर : ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको प्राचिन सभ्यताको अदभूत नमूनाको रुपमा रहेको काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं सम्पदा चाँगुनारायण मन्दिरको काखैमा बनाइएको चाँगुनारायण मन्दिरको स्वरुपको आँगनमा आज नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
बिभिन्न जिल्लाबाट भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आएका सहभागिहरुले मन्दिरबारे निकै चासो मात्रै राखेनन् आएको बेलामा मन्दिर घुम्न जाने प्रतिबद्धता व्यक्त गरे । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनु भएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउदै भोली बिहान साथीहरुसहितको टोली मन्दिरको अवलाृकनका लागि जाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनौ, महाधिवेशनमा मन्दिरको संरचना देख्दा पग्न मन लाग्यो, नजिकै रहेछ, माइक्रोबस रिजर्भ गरि आएका हामी १३ जना भोली चाँगुनारायण मन्दिर पुग्ने निधो गरेका छौ ।”
महाधिवेशनमा बनाईएको स्टेजले ईतिहास र धार्मिक महत्वको प्रचार मात्रै गरेन, यसको महत्वसंग आन्तरिक पर्यटकलाई समेत बद्धि गराउन मद्धत पुगेको खोटाङ्गबाट महाधिवेशनमा आउनु भएका रबिन्द्र श्रेष्ठल बताउनुभयो । उहाँले स्टेजमा देखेको मन्दिरको आँगनमा प्रतक्ष्य श्रपमा पुग्न महाधिवेशनमा सहभागि हन आएकाहरु धेरै जाने बताउदै यो महाधिवेशनको सकारात्मक पक्ष भएको बताउनुभयो ।
साँस्कृतिक झाकी, न्याउली बाजादेखि जंकुसम्मले थप्यो रौनक :
एमालेको महाधिवेशनमा सहभागि हुन भक्तपुरका चारवटै नगरपालिकाबाट आएका र्यालीमा समावेश गरिएका विभिन्न जातजाती, भेषभुषा एवं कला र संस्कृति झल्कने बाजा, झाकी एवं नृत्यदेखि नेवार समुदायमा जेष्ठ नागरिकले मनाउने जंकुसमेतको प्रर्दशनले महाधिवेशनमा निकै रौनकता थपेको थियो ।
भक्तपुरका चारवटै पालिकाबाट आएको बाजासहितको र्यालीमा धिमे बाजा, बैण्ड बाजा, बासुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलालृ लगाउने पहिरण हाकु पटासीमा नृत्य, मगर, लामालगायत बिभिन्न जातजातीको साँस्कृतिक झल्को नृत्य, झाक्री नृत्यलगायतको प्रदशनले उद्घाटनस्थलमा सहभागिलाई रौनकता दिएको थियो ।
बिभिन्न जिल्लाबाट आएको र्यालीमा समेत स्थानीय बाजा तथा साँस्कृतिक नाचले सहभागिलाई कार्यक्रम सञ्चालन भइरहदा पनि नचाएको थियो । कोही भाषण सुन्नमै मस्त थिए भने कोही चौरमा बिभिन्न जातजातीको पहिचान बोकेको नृत्यमा संगै नाचेर साथ दिदै रमाएका थिए ।
कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीय हजुरआमालाई जंकुको भेषमा सिंगारिएको रथमा राखेर ६ जना छोरा नातीले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यसले जिवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागिहरुले जान्ने मौका पाएका थिए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि बिभिन्न झाकी एवं नाचहरु प्रर्दशन भइरहेका थिए भने स्टेजमा समेत आयोजकले छुट्टै गीत, नृत्य एवं साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
सभ्य रुपमा र्याली प्रर्दशन, रोकिएन सडक :
एमालेको १० औं महाधिवेशनका क्रममा चितवनमा सडक अबरुद्ध भएपछि सोही पाठलाई मध्यनजर गर्दै एमाले भक्तपुर जिल्ला कमिटी र सुरक्षा निकायको संयुक्त बैठकले तय गरेको र्यालीको रुटलाई कार्यान्वयन गर्दा एमालेको आज प्रर्दशन भएको र्यालीले सभ्यताको पहिचान बोक्यो भने काठमाण्डौंबाट भक्तपुरहदै काभ्रे जाने मुख्य सडकको रुपमा रहेको अरनिको राजमार्ग खण्ड दिनभर सञ्चालनमा रहयो ।
धरैले र्याली अब्यबस्थित हुने र सडक अबरुद्ध हुने आँकलन गरिरहेको अबस्थामा बिहान १० बजेदेखि गठ्ठाघर र जगातीबाट आएको र्याली ६ लेन सडकको सर्भिस ट्रयाक मात्रै प्रयोग गर्दा र्याली सभ्य देखियो भने दिनभर नै सडक सूचारु रहयो ।
एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाक मात्रै प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्म परिचालन गरेकाले सडक अबरुद्ध नभएको र सडकमा दिनभर सवारी साधन सूचारु भएको बताउनुभयो ।
जुजुधौदेखि साना व्यापारीमा खुसी :
एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागिलाई सहज मात्रै बनाएन साना व्यापारीहरु निकै खुसी देखिए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही स्टलहरु मध्ये जय शम्भो जुजु धौ सेन्टरले बिभिन्न जिल्लाबाट आएका सहभागिलाई भक्तपुरको उत्कृष्ठ जुजु धौ खुवाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । व्यवसायी कान्छाराम सैजुले व्यापार राम्रो भएर खुसी भएको बताउदै विभिन्न जिल्लाबाट आएकाहरुलाई जुजु धौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो ।
नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउदै पश्चिम तर्फको नवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि बिभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एकसातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो । उहाँले साना व्यापारी एकदिनको यस्ता कार्यक्रमले पनि खुसी हुने बताउनुभयो ।
सुरक्षा व्यास्थामा कडाई :
महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेका जानकारी दिदै सुरक्षा व्यबस्थालाई साँझसम्मनै मजबुद बनाईएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
उहाँले बिहान बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभा स्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका प्रहरी गरि दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसि क्यामराबाटसमेत निगरानी गरको र निकै चनाखो हुदै सुरक्षाको व्यबस्थामा कुनै कमी नरहने गरि व्यबस्थापन गरेकाले उहाँले बताउनुभयो । ट्राफिक व्यबस्थापन पनि योजनाबद्ध रुपमा तयारी गरेकाले दिनभर सडक सूचारु गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।
यस्तो रहयो सहभागिको उपस्थिति :
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागिहरुले १०८ रोपनी क्षेत्रफल भरिएका थियो । उद्घाटनको क्षणमा भरिएको चौरमा कतिपय आउने र फर्कने क्रम जारी रहेको थियो भने कार्यक्रममा करिब दुई लाख भन्दा बढी जनसहभागिता रहेको आकलन गरिएको एमाले भक्तपुर जिल्ला उपाध्यष किरण थापा मगरले जानकारी दिनुभयो ।
उहाँले जनसहभागिता अपेक्षा गरे अनुसारकै आएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन पछि भने कार्यक्रम सकिदा एक घण्टा अगाड नै बिभिन्न जिल्लामा फकनेहरु गएकाले केही पातलिएको जानकारी दिनुभयो ।  टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएकाले चौरुभन्दा बाहिर रहेका हजारौले सहजै सबै नेताको सम्बोधनलाई सुन्न सकेको बताउनुभयो ।
पार्किङ्गमा भएन समस्या :
महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि तोकिएको क्षेत्रमा पार्किङ्ग गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापा मगरले जानकारी दिनुभयो । थानकोट हुदै बिभिन्न जिल्लाबाट आएका सवारी साधानलाई नागरिक उड्यान प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्थित गरिएकाले सहज भएको उहाँले बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनका टेवा : 
महाधिवेशनमा बिभिन्न जिल्लाबाट सहभागि हुन आएका प्रतिनिधि एवं कार्यकर्ताहरु कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिका भित्रका सम्पदाहरुको अवलाकन गर्न पुगेका छन् । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दुबारस्क्वायरमा रहेका ५५ झ्याले दरबार, पाँचतले मन्दिर लगायतका सम्पदा अवलोकनका लागि गएका छन् । महाधिवेशनमा आएर आज नफर्किएकाहरु भोली बिहान भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अललोकनका लागि जाने भएकाले यहाँका आन्तरिक पर्यटनको समेत विकास भएको छ ।  भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापतिले भक्तपुरको सम्पदा अवलाुेकनका लागि आज दिउँसोदेखिनै महाधिवेशनमा आएकाहरु गएका र आन्तरिक पर्यटकको प्रवद्र्धन भएको जानकारी दिनुभयो ।
उद्घाटन स्थलको सरसफाई सुरु :
महाधिवेशन उद्घाटन स्थलको सरसफाई र व्यबस्थापन आज साँझबाटै सुरु भएको छ । चौरमा फालिएका पानीका बोतलदेखि बिभिन्न सामानहरु युवा टोलीले सरफाई गरेको र रातीसम्म सबै सफा गर्न पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाई आज रातीसम्म सक्छौ, अस्थायी शौचालयहरुको व्यबस्थापन गछौं, मञ्चलाई आज नै भत्काएर भोली भृकुटीमण्डपमा राख्ने गरि तयारी गरेका छौँ ।”
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बिहानैदेखि बिभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड
भक्तपुर, २७ मङ्सिर : भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बिहानैदेखि बिभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।
बिभिन्न जिल्लाबाट बस रिर्जभ गरि रात्रीको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताहरुको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्ण रूपमा सम्पन्न भइसकेको नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको जानकारी दिदै उहाँले आज बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै रहेको बताउनुभयो । उद्घाटनस्थलाई व्यबस्थि तगर्न, सुरक्षा चेकजाँचलाई दुरुस्त राख्नका लागि बिहान १० ः३० सम्मका लागि गेट बन्द गरिए पनि ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ ।
आज दिउँसो १२ : ३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाईएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई  रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरि तयारी भएको छ । पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिएकोमा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरि तयारी गरिएको छ ।
औपचारिक रूपमा उद्घाटन गर्नु हुने महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिदै उहाँले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
दुईहजार पाँचसय सुरक्षाकर्मी तैनाथ :
महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली आज बिहान चेक गरेको जानकारी दिदै सुरक्षा व्यबस्थालाई कडा पारिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको जानकारी दिदै सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका प्रहरी गरि दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिनुभयो । सुरक्षाको व्यबस्थामा कुनै कमी नरहने गरि व्यबस्थापन गरेको जानकारी दिदै उहाँले सिसि क्यामराबाट निगरानी गर्ने टोली समेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताउनुभयो ।
सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङ्गस्थल लगायतको क्षेत्रमा समेत नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिनुभयो ।  कार्यक्रमस्थलमा कहिकतै शंकास्पद गतिबिधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरि तयारी गरेको उहाँले जानकारी दिनभयो ।
५० भन्दा बढी सिसि क्यामरा :
उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० वटा भन्दा बढी सिसि क्यामरा जडान गरिएको छ । एमाले भक्तपुर अध्यक्ष बचन देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसके निगरानी एमालेको एक युवा टिम र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिनुभयो ।
गाउँगाउँबाट र्याली सुरु :
महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुर चारवटै पालिकाले गाउँगाउँबाट रेयाली सुरु गरेको छ । सूर्यविनायक नगरपालिका अन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं. ७ ले गुण्डुबाट, वडा नं. ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट र्याली सुरु गरेको छ ।
त्यस्तै चाँगुनारायण नगरपालिका अन्तर्गत वडा नं. १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं. ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं. ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित र्यालीमा मिसिएर र्याली सुरु भएको छ ।
भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रम स्थलमा आउने गरि र्याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शंखधर चोकबाट र्याली सुरु गरेको छ । सबै र्यालीमा बिभिन्न जाती, भेषभुषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्यहरु प्रर्दशन गर्दै र्याली सुरु भएको छ । बिभिन्न जिल्लाबाट आउने सहभागिहरुको र्याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुदैछ ।
यस्तो रहनेछ उपस्थिति :
महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिदै  महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली बिभिन्न जातजातीको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरुले शुभकामना दिने कार्यतालिका तय भएका जानकारी दिदै उहाँले उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं बिभिन्न पार्टीका प्रतिनिधिहरुको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिनुभयो ।
त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसंगठनहरूको प्रतिनिधित्व रहने गरि ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा खटिएको जानकारी दिनुभयो । जनसेवालाई व्यबस्थित र शान्तिपूर्ण बनाउँन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो ।
एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण बिभिन्न मन्दिरहरू एकै ठाउँ देखाउने गरि नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागिहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् ।
टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं बिभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ ।
यस्तो छ पार्किङ्गको व्यबस्था :
महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्यान प्राधिकरणको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्था गरिएको जानकारी दिदै गठ्ठाघर र जगातीबाट भव्य र्याली कार्यक्रमस्थल आउने गरि व्यबस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिएको छ ।
‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न
भक्तपुर, २६ मङ्सिर : यसवर्षको ‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औँ राष्ट्रिय मानव अधिकार महोत्सवका अवसरमा आज चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजना एवं राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा चाँगुनारायण नगरपालिकाको कार्यालयमा सम्मेलनको आयोजना भएको हो ।
सम्मेलनको काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्दै स्वच्छ वाला लिएर बाँच्ने मानिसको नैसर्गिक अधिकार सुनिश्चितता गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विकासका गतिबिधि भइरहने तर त्यसले पार्ने वातावरणीय असरलाई मध्यनजर गर्दै विकासलाई अगाडि बढाउनु पर्ने औल्याउँदै उहाँले वातारवण सुधारका लागि पालिकाहरुले कूल बजेटको २० देखि २५ प्रतिशत बजेट छुट्टै विनियोजन गर्नु पर्ने बताउनुभयो ।
उहाँले प्रत्येक सडकको दायाँवायाँ रुख रोपेर हरियाली प्रबद्र्धन गर्न पर्ने, व्यक्तिले कुनै पनि भवन वा घरको नक्सा पास गर्दा अनिवार्य दुईवटा रुख घर कम्पाउण्डमा रोप्नै पर्ने अनिवार्य गरेको बताउनु भयो । उहाँले वातावरण संरक्षणका लागि ललितपुर महानगरका सम्पूर्ण विद्यालयहरुलाई प्रोजेक्टनै दिएको र राम्रो गर्नेलाई पुस २ गते पुरस्कार दिने नीति लिएको बताउनुभयो ।
फोरर्मका अध्यक्ष महर्जनले वातावरण मास्नेलाई कडा कारबाहीको नीति लिएको बताउदै सडकमा रहेको रुख काट्नेदेखि मास्नेसम्मलाई सीसी क्यामरा हेरेर पहिचान गरि एक लाख ५० हजारसम्म महागरले जरिवाना लगाएको बताउदै यस्ता कडा नीति लिनु पर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाले पेट्रोल र डिजेल सवारी साधन खरिद नगर्ने नीति लिएर सबै विद्युतीय सवारी साधन खरिद गरेको बताउदै स्थानीय नागरिकले समेत विद्युतीय सवारी साधन खरिद गरेको प्रमाण ल्याएमा तिर्नु पर्ने बिभिन्न शिर्षकका राजस्वमा पाँच प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो ।
ललितपुर महानगरले सार्वजनिक, ऐलानी र पर्ती जग्गा कुनै पनि हालतमा कुनै पनि व्यक्तिलाई मिच्न वा भोगचलन गर्न दिदै नदिने नीति लिएर अतिक्रमित त्यस्ता साना जग्गालाई साना पार्क र ठूला जग्गालाई हरियालीसहितको पार्क निर्माण गरेको बताउनुभयो । महानगर प्रमुख महर्जनले भन्नुभयो, ‘नेपाली सेनाले वर्षैदेखि भोगचलन गर्दै आएको लगनखेलस्थित नेपाली सेनाको पेट्रोल पम्प पछाडि रहेको ३० रोपनी जग्गा र त्यही रहेको पागल पोखरीको १५ रोपनी जग्गा महानगरले फिर्ता लिएर अहिले आकर्षक र हरियालीसहितको ठूलो पार्क निर्माण गरेका छौँ ।’
सार्वजनिक एवं पर्ति जग्गाहरु लिजमा दिने सरकारी निर्णय पनि ललितपुर महानगरले कुनै हालतमा कार्यान्वयन गर्न नदएको बताउदै महानगरभित्रका कुनै जग्गा लिनमा नदिने नीतिलाई सफल रुपमा कार्यान्वयन गरेको उहाँले बताउनुभयो । चाँगुनारायण नगरपालिकाले वातावरण सुधारको कार्यबिधि बनाएर देशभरका पालिकाहरु मध्ये पहिलो पटक कार्याबिधि लागू गरेर उदाहरणीय कार्य गरेको भन्दै फोरर्मका अध्यक्ष महर्जनले यही कार्यबिधिको नमूना हरृर ललितपुरले पनि वातावरण संरक्षणको लागि कार्यबिधि बनाएर लागू गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष २०८३ को चौथो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ ललितपुर महानगरपालिकामा आयोजना गर्ने घोषणा समेत गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वातावरणमैत्री विकास निर्माणमा चाँगुनारायण नगरपालिकाले जोड दिएको बताउदै नगरपालिकाले वातावरणीय संरक्षणको क्षेत्रमा सरोकारवाला र आमनागरिकको सहकार्यमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्ये वायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका रहेको बताउदै नगरभित्रका ईटाभट्टा घट्दै गएको, सञ्चालनमा रहेकाहरुले पनि वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनिकरणका थुप्रै कार्यहरू प्रभावकारी रूपमा भइरहेका बताउनुभयो ।
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा नगरपालिकालाई विकास गर्न नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेको बताउदै आउँदो पुस १३ गते नगरपालिकाले बुद्धिकृष्ण लामिछाने सांगीतिक साँझको आयोजना गर्न लागेको बताउनुभयो । उहाँले चाँगुनारायण मन्दिरमा विष्णु महापुराणको आयोजना गर्ने तयारी गरेको बताउदै नगरपालिकाले आवासीय, प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, वातावरणीय क्षेत्रमा नगरपालिकाले उल्लेख्य कार्य गर्दै आएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, ‘मानवीय साझा हितकर काममा नगरपालिका पछि पर्दैनौ, मानवीय जीवनमा जोडिएका आमसरोकारको विषयमा भएका प्रतिबद्धता, जिम्मेवारी पालना गनए अग्रसर भएर लागिरहेका छौँ. । देशलाई अब्बल बनाउन स्थानीय तह जिम्मेवार हुनुपर्छ ।’ चाँगुनारायण नगरपालिका नगरवासीप्रति जवाफदेहिता, संवेदनशिल रुपमा नागरिकको सेवामा समर्पित भएर लागेको बताउदै उहाँले सम्मेलनमा उठेका प्रत्येक सवाल र सुझाबलाई नगरपालिकाले मार्ग दर्शनको रुपमा लिएर सम्बृद्ध चाँगुनारायणको विकासमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सम्मेलनका उद्देश्य र कार्ययोजना प्रस्तुत गर्दै सुरक्षित र स्वच्छ हावाका लागि तीनतहक सरकारको सक्रियता अत्यावश्यक रहेको औल्याउनुभयो ।
सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले देशैभरी स्वच्छ हावाको प्रबद्र्धन गर्ने लक्ष्यका साथ ायोग अगाडि बढेको बताउदै मानव अधिकार र विकास एकआपसमा बिरोधी नभई परिपुरक हो भन्ने उदेश्यले मानवकै लागि वातावरण संरक्षणका लागि लाग्नु पर्ने औल्याउनुभयो । स्थानीय सरकारले आफ्नो क्षेत्रमा औधागिक विकास र वातावरणीय क्षयीकरण गर्न रोक्नु पर्नेमा जोड दिदै उहाँले सरकारले मात्रै नभई निजी क्षेत्रको पनि मानव अधिकारको संरक्षणको सवालमा उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
सम्मेलनमा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदुषण रोक्न तीन तहकै सरकारको जिम्मवारी रहेको औल्याउँदै देशमा स्वच्छ वातावरण कायम राख्न राष्ट्रिय कार्य नीतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रर्दुषण फैलाउने सवारी साधनलाई सुधारेर इन्धनको वचत गर्नुपर्नेमा जोड दिदै विद्युतीय गाडीको प्रयोग र विद्युतीय इन्धनको प्रयोगलाई बढावा दिन देशमा विद्युत उत्पादन पर्याप्त गरि आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
मानव अधिकारकर्मी चरण प्रसाईले मानव अधिकारको सुनिश्चितताका लागि व्यक्तिको शासन नभई कानूनी शासनको आवश्यकता रहेको चर्चा गर्दै देशले निर्माण गरेको नीति, नियम, ऐन र कानूनलाई कार्यान्वयन गर्न चुक्न नहुने बताउनुभयो ।
राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान)का सल्लाहकार भोला भट्टराईले मानव अधिकारको रक्षाका लागि प्राकृतिक श्रोत माथिको जथाभावी दोहन रोक्नु पर्नेमा जाड दिनुभयो ।
श्रमिक अधिकारकर्मी धु्रवचन्द्र गौतम, स्वच्छ हावा संञ्जालकी अध्यक्ष रबिता कार्कीले नगरभित्र सञ्चालत टनेल खेतीमा हुने अत्याधिक रासायनिक मल र विषादी प्रयोग, ईटाभट्टा लगायतका स्रोतबाट हुने प्रदूषणले क्यान्सर जस्ता घातक रोगहरु बढ्दै गउका बताउनुभयो ।
कार्यक्रम सञ्चालन चाँगुनारायण खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले सहजीकरण गर्न भएको कार्यक्रममा  सूचना प्रविधि अधिकृत रोशन शिवाकोटीले चाँगुनारायण नगरपालिकाको परिचय तथा गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गर्नुभयो ।
सम्मेलनको विभिन्न सत्रहरूमा वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण र यसको प्रभावबारे, किरण बरामले वातावरण रक्षक तथा उनीहरूको भूमिकाबारे प्रस्तुति दिनुभयो । सहभागी विज्ञहरूले स्थानीय सरकार र समुदायको भूमिका, वातावरणीय अधिकार संरक्षण, वायु प्रदूषण र जलवायु संकटका चुनौतीबारे आफ्नो विचार राख्नुभयो ।
कार्यक्रमले वातावरणीय अधिकारका सवालमा स्थानीय तहको नेतृत्वलाई अझ संगठित बनाउँदै आगामी चौथो सम्मेलन ललितपुर महानगरमा आयोजना गर्ने निर्णय गर्दै समापन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग सहसचिव नवराज सपकोटा, चाँगुनारायण नगरपालिका वातावरण विभागका प्रतिनिधिलगायतले वातावरण संरक्षणको सवालमा बिभिन्न सुझाबहरु राख्नु भएको थियो ।
नेकपा (एमाले) को मंसिर २७ गतेबाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशन, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले अनुगमन एवं निरक्षण
भक्तपुर, १७ मङ्सिर : नेकपा (एमाले) को मंसिर २७ गतेबाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफल रहेको चौरमा आज एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले अनुगमन एवं निरक्षण गर्नु भएको छ ।
उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, नेता बिनाद श्रेष्ठ, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङ्गलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गर्नु भएको हो ।
उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख जना अट्न सक्ने क्षमता रहेको बताउदै उक्त चौरमा भरिभराउ हुने बताउनुभयो । उहाँले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिदै महाधिवशनका लागि गठन भएका बिभिन्न समितिले तिब्र रुपमा कार्य गरिरहेकोे जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने महाधिवेशनमा करिब दुई हजार ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको र उद्घाटन सत्रमा देशभरबाट एकलाख ५० हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहने भएको बताईएको छ ।  प्रचार विभाग प्रमुख गौतमले आजको अनुगमन एवं निरीक्षणले मञ्च कहाँ बनाउने, कताबाट प्रवेश गर्नेलगायतका बिभिन्न संरचनाहरु कसरी बनाउने भन्नेबारेमा निष्कर्षमा पुगेको बताउनुभयो ।

एमाले जिल्ला पार्टी अध्यक्ष बचन देउजाले महाधिवेशनको उद्घाटन भक्तपुरमा हनु भक्तपुकै लागि गौरबको कुरा भएको बताउदै उद्घाटन सत्रलाई नमूना र भव्य बनाउन भक्तपुरले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले मञ्च निर्माणदेखिनै स्वयंसेवक खटिने बताउदै करिब ६०० स्वयसेवक पोशाकमा खटिने र उद्घाटनका दिन करिब दुई हजार स्वयंसेवक उद्घाटनस्थलमा परिचालन हुने जानकारी दिनुभयो ।
पार्टी जिल्लाका उपाध्यक्ष एवं वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आजबाट नै डोजर लगाएर कार्यक्रमस्थलमा काय सुरु गरेको जानकारी दिदै चौरको पूर्वतर्फ मञ्च व्यबस्थापन गरिने, शौचालयदेखि आवश्यक पूर्वाधारहरु तयार गरिने बताउनुभयो ।
उद्घाटनका दिन पूर्वबाट आउने सवरी साधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारी साधनलाई गठ्ठाघरदेखि कमेरोटार क्षेत्रमा बस्बस्थापन गरि र्यालीसहितन कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यबस्था गर्ने तय भएको जानकारी दिनुभयो ।
वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा

हेटौँडा, १५ मंसिर : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु गरेको बताउनुभएको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले त्यहाँबाट उत्पादित डाक्टरहरू वाग्मती प्रदेश भित्रका स्थानीय तहका अस्पतालका डाक्टरहरू पठाइने बताउनुभयो । अहिले पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँका अस्पतालमा पठाइरहेको उहाँले बताउनुभयो ।

मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकार बिच सहकार्य आवश्यक रहेको सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनु भयो ।

‘तीनवटै तहले स्वास्थ्य क्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएका उहाँले बताउनुभयो । उहाँले केन्द्र, प्रदेश र संघीय सरकारले कुन कुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वाग्मती प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको उहाँले बताउनुभयो । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश तहका अस्पतालमा सेवा विस्तार गर्दै लगिएको उहाँले सुनाउनुभयो ।

स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उहाँको धारणा छ । ‘प्रत्यक्ष भेटिने सरकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उहाँले भन्नुभयो ।

जनताको माग भौतिक पूर्वाकारको क्षेत्रमा बाढी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको बजेटलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । अब स्वास्थ्य सहरको अवधारणा आएकोले यसको लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा थापाले जोड दिनुभयो । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य जनप्रतिनिधि र क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।

राजनीतिमा त्यागले नै अगाडिको बाटो खुल्छ  : उपाध्यक्ष एवं मन्त्री किरण थापा मगर

काठमाडौं, १३ मंसिर । नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले राजनीतिमा त्याग गर्न सके आफ्ना लागि अर्को १० वटा बाटो खेुल्न सक्ने बताउनु भएको छ ।

भक्तपुरमा २४ घण्टादेखि एमालेको महाधिवेशन प्रतिनिधि छनौटलाई सर्वसम्मत बनाउन निरन्तर लाग्नु भएका पार्टी जिल्ला उपाध्यक्षसमेत रहेका थापाले सहिमतिको बाटोलाई पार्टीलाई थप बलियो बनाउने बताउनु भयो ।

आज पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा सर्वसम्मत भएपछि आफ्नो उम्मदवारीसमेत छाडर उहाँले भन्नुभयो, राजनीतिमा सधैँ अगाडि बढ्ने मात्र नभई पछि सर्न पनि सक्नु पर्छ । राजनीतिमा एक कदम पछाडि सर्दा १० कदम अगाडिको बाटो खुल्छ । ”, उहाँको भनाइ छ ।

भक्तपुर क्षेत्र नं..२ बाट पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्नको लागि एक कदम पछि हटेर त्याग र योगदान गर्ने नेताहरू प्रति उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ । उहाँले पनि आफ्नो उम्मेदवारी सहमतिकै लागि त्याग गर्नु भएको थियो । त्यसको लागि पहल गर्नुहुने अग्रज नेता प्रति उहाँले आभार पनि व्यक्त गर्नु भयो ।

सर्वसहमतिका लागि पार्टीका नेताहरु महेश बस्नेत, बचन देउजा, किरण थापा र बासुदेव थापालगायतको नेताहरु निरन्तर रुपमा वार्ता र छलफलमा लाग्नु भएको थियो । थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई बधाई दिनुभएको छ । भक्तपुर २ बाट महाधिवेशन प्रतिनिधिको लागि आकांक्षी धेरै भए पनि सर्वसम्मतिबाट नै प्रतिनिधि चुनिएका छन् ।

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर, ४ मङ्सिरः भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।

प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिनुभयो ।

मन्त्रालयकी सचिव डा गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि रिफरल सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालाई नमुनाका रुपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनु भएको थियो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि पुनःउत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

एक सय अङ्कमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ । त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अङ्क प्राप्त गरी तेस्रो भएको उहाँले जानकारी दिनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अङ्क प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताउनुभयो । कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उहाँले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।

अख्तियारद्धारा छ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर

काठमाडौँ, ४ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

निर्मित संरचना हाल प्रयोगविहीन भई भग्नावशेषमा परिणत भएको र यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग भएको आयोगले आयोगले जनाएको छ । आयोगले प्रतिवादीहरूमाथि जनही रु १५ लाख आठ हजार ५५७ बिगो कायम गरेको छ ।