विपि नेत्र प्रतिष्ठानको १३ औ वार्षिकोत्सव , वार्षिक एक लाख भदा बढीलाई सेवा



एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने महाधिवेशनमा करिब दुई हजार ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको र उद्घाटन सत्रमा देशभरबाट एकलाख ५० हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहने भएको बताईएको छ । प्रचार विभाग प्रमुख गौतमले आजको अनुगमन एवं निरीक्षणले मञ्च कहाँ बनाउने, कताबाट प्रवेश गर्नेलगायतका बिभिन्न संरचनाहरु कसरी बनाउने भन्नेबारेमा निष्कर्षमा पुगेको बताउनुभयो ।
बागमती, १५ मङ्सिरः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ हेटौँडामा आयोजित ‘एक स्वस्थ्य सहर, एक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था’ का लागि प्रदेश स्वास्थ्य सहजकर्तालगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले नागरिक स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वस्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ ।
प्रदेश सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बिमालगायत कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वस्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सर्ने र नसर्ने दुवै प्रकृतिका रोग नियन्त्रणका लागि ठोस योजना बनाएर काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।
हेटौँडा, १५ मंसिर : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु गरेको बताउनुभएको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले त्यहाँबाट उत्पादित डाक्टरहरू वाग्मती प्रदेश भित्रका स्थानीय तहका अस्पतालका डाक्टरहरू पठाइने बताउनुभयो । अहिले पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँका अस्पतालमा पठाइरहेको उहाँले बताउनुभयो ।
मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकार बिच सहकार्य आवश्यक रहेको सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनु भयो ।
‘तीनवटै तहले स्वास्थ्य क्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएका उहाँले बताउनुभयो । उहाँले केन्द्र, प्रदेश र संघीय सरकारले कुन कुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वाग्मती प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको उहाँले बताउनुभयो । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश तहका अस्पतालमा सेवा विस्तार गर्दै लगिएको उहाँले सुनाउनुभयो ।
स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उहाँको धारणा छ । ‘प्रत्यक्ष भेटिने सरकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उहाँले भन्नुभयो ।
जनताको माग भौतिक पूर्वाकारको क्षेत्रमा बाढी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको बजेटलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । अब स्वास्थ्य सहरको अवधारणा आएकोले यसको लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा थापाले जोड दिनुभयो । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य जनप्रतिनिधि र क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।
काठमाडौं, १३ मंसिर । नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले राजनीतिमा त्याग गर्न सके आफ्ना लागि अर्को १० वटा बाटो खेुल्न सक्ने बताउनु भएको छ ।
भक्तपुरमा २४ घण्टादेखि एमालेको महाधिवेशन प्रतिनिधि छनौटलाई सर्वसम्मत बनाउन निरन्तर लाग्नु भएका पार्टी जिल्ला उपाध्यक्षसमेत रहेका थापाले सहिमतिको बाटोलाई पार्टीलाई थप बलियो बनाउने बताउनु भयो ।
आज पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा सर्वसम्मत भएपछि आफ्नो उम्मदवारीसमेत छाडर उहाँले भन्नुभयो, राजनीतिमा सधैँ अगाडि बढ्ने मात्र नभई पछि सर्न पनि सक्नु पर्छ । राजनीतिमा एक कदम पछाडि सर्दा १० कदम अगाडिको बाटो खुल्छ । ”, उहाँको भनाइ छ ।
भक्तपुर क्षेत्र नं..२ बाट पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्नको लागि एक कदम पछि हटेर त्याग र योगदान गर्ने नेताहरू प्रति उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ । उहाँले पनि आफ्नो उम्मेदवारी सहमतिकै लागि त्याग गर्नु भएको थियो । त्यसको लागि पहल गर्नुहुने अग्रज नेता प्रति उहाँले आभार पनि व्यक्त गर्नु भयो ।
सर्वसहमतिका लागि पार्टीका नेताहरु महेश बस्नेत, बचन देउजा, किरण थापा र बासुदेव थापालगायतको नेताहरु निरन्तर रुपमा वार्ता र छलफलमा लाग्नु भएको थियो । थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई बधाई दिनुभएको छ । भक्तपुर २ बाट महाधिवेशन प्रतिनिधिको लागि आकांक्षी धेरै भए पनि सर्वसम्मतिबाट नै प्रतिनिधि चुनिएका छन् ।


















भक्तपुर, ४ मङ्सिरः भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।
प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिनुभयो ।
मन्त्रालयकी सचिव डा गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि रिफरल सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालाई नमुनाका रुपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनु भएको थियो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि पुनःउत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।
एक सय अङ्कमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ । त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अङ्क प्राप्त गरी तेस्रो भएको उहाँले जानकारी दिनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अङ्क प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताउनुभयो । कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उहाँले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।