सूर्यविनायकका मेयर थापालाई शेरबहादुरको सम्मान
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापालाई सम्मान गर्नु भएको छ । आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले नगर ्रमुख थापालाई सम्मान पत्र र बुद्धको मूर्ति प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
प्रतिष्ठान भवन निर्माणको लागि नगरपालिकाले जग्गा प्रदान गर्नुका साथै प्रतिष्ठान भवन निमााको लागि नगरपालिकाले पटक पटक गरि रु. ४० लाख रुपैया सहयोग गरेको स्मरण गर्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा काँग्रेस सभापति देउवाले सूर्यविनायकका मेयरले नगरपालिकाको बिकास समान रुपमा अगाडि बढाएको थाहा पाउँदा खुसी लागेको बताउनुभयो । काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिले सूर्यविनायक नगरपालिकमा सशल शासन सञ्चालन भएको पुष्टी गरेको बताउदै सबलाई समान गरेर बिकासमा अगाडि सूर्यविनायकंग सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले जनताको मतबाट विजयी भएर नगर प्रमुख हुँदा आपूm एउटा पार्टीको मात्रै नभई सिंगो नगरवासीको मेयर भकाले कसैलाई पनि विभेद नगरी बिकास अगाडि बढाएको बताउनु भयो ।
उहाँले नगरपालिकामा एमाले र काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले मिलेर विभेद नगरी समान रुपमा बिकासलाई अगाडि बढाएको र अधिकांश भौतिक बिकास गरेको, सडक, पुल भवन, शिक्षा, स्वास्थ्यमा नगरपालिकाले समान रुपमा बिकास गरेको बताउनुभयो ।  राधेश्याम जोन्छेँ प्रजातन्त्र प्राीतको योद्धा भएकाले उहाँको नाममा भवन निर्माणका लागि स्थानीय सरकारको हैसियतले सहयोग गरेको बतउनुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह गर्नु भएको छ ।
आज सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्ने क्रममा सभापति भेषबहादुर कार्कीले भक्तपुरलाई एउटा मन्त्री दिलाइदिन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति देउवालाई उहाँले भन्नुभयो, “सबै नेताले आफ्नो जिल्लामा मन्त्री लगिसके, हाम्रो जिल्लाले कहिले मन्त्री पाउँला, हामीलाई पनि अप्ठ्यारो भो सभापति ज्यू, हाम्रो जिल्लालाई एउटा मन्त्री दिलाईदिनु पर्यो ।”
उहाँको प्रस्तावमा सहमत जनाउँदै पार्टी सभापति देउवाले मन्त्री दिलाईदिने वचन दिनुभयो । त्यसो त प्रतिनिधिसभाको निर्वाचनको अगाडि मध्यपुरथिमिमा भएको भेलामा भक्तपुरमा सांसदमा विजयी भए मन्त्री दिलाईदिने वचन दिनभएको थियो । निर्वाचनमा एमालेका नेता महेश बस्नेतलाई पराजित गर्दै काँग्रेसबाट दूर्लभ थापा विजयी भएसंगै भक्तपुरका काँग्रेस नेताले दूर्लभ थापालाई मन्त्री बनाइदिन माग गर्दै आएका छन् ।
सभापति देउवाले भन्नुभयो, “काँग्रेसलाई बलियो बनाउँनस्, पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नुस् । काँग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नुस् ।”
कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधि, भक्तपुर काँग्रेस सभापति दुर्लभ थापालगायतले विकासका लागि पनि भक्तपुरलाई मन्त्री
आवश्यक भएको औल्याउनु भएको थियो ।
शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण
भक्तपुर, २५ जेठ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिएका पार्टीका नेताहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नु पर्ने बताउनु भएको छ ।
आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
जोन्छेँले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्दै उहाँले त्यस्ता व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरि देशभर फैलाउँदै प्रेरणा दिनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँले लोकप्रिय नेता हुनुहन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”
कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधीले अहिले संसद चल्न दिने कि नदिने भन्ने निर्णय माओवादीको हातमा रहेको बताउनु भएको छ । संसद अबरुद्ध गर्ने समय अहिले नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले ससद अबरुद्ध गरिरहेको छ । भिजिट भिषाकोबारेमा छानबिन हुदैछ । रबि लामिछानेको जस्तो होइन, भिजिट भिषाको विषय, त्यसैले ससद अबरुद्ध खाल्नु पर्छ ।” पटक पटक जनतालाई धोका दिने राजा फेरी ल्याउँछौ भनेर निरर्थक यात्रामा लाग्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जोन्छेँको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगर प्रमुख वासुदेव थापासहित बिभिन्न व्यक्तिहरुलाई सभापति देउवाले सम्मान गर्नुभयो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रस्य सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापाले जोन्छेँको योगदानलाइ पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं जोन्छेँकी पत्नि रजनी जोन्छेँ, प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा रु. एक कराड १० लाख खर्च भएको, सूर्यविनायक नगरपालिकाले पटक पटक गरि रु. ४० लाख सहयोग गरेको, बिभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरुले समेत सहयोग गरेको बताउनुभयो ।
उत्खनन् भएको २९ वर्षपछि वागेहिटीको तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण

भक्तपुर, २२ बैशाख : रत्नागिरी पर्वत रहेको ऐतिहासिक भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ ।

वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत छलफल एवं शिवलिङ्गको नामारकण कार्यक्रममा सहभागि धार्मिक, आध्यात्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक लगायत विद्वत् वर्गको बृहत छलफल र धार्मिक ग्रन्थको आधारमा उक्त शिवलिङ्गलाई ‘त्रिलोकेश्वर महादेव’ नाकाकरण गरिएको हो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिद्धतवर्गको भेला एवं धार्मिक ग्रन्थ र यहाँ पाईएका अभिलेखका आधारमा आज त्रिलोश्वर महादेवको नामबाट नामाकरण हुँदा यो ठाउँले न्याय पाएको महसुस भएको बताउनुभयो ।

यसको अझै अध्ययन, अनुसन्धान र खोज हुनपर्ने बताउदै उहाँले पाका पुस्ता एवं पुजारीले यहाँको धारोमा राती सेतो बाघ आएर नुहाएर त्यसको माथि रहेको देवीको मन्दिरमा जाने गरेको देखेर नै बाघले नुहाउने धाराबाट यो तीर्थस्थलको नाम बाघेहिटी रहन गएको बताउनुभयो ।

नगरकोटस्थित महादेव पोखरीको जल यहाँ आएर बाल्मिकेश्वर महादेव मन्दिर र भक्तपुर तलेजुसम्म जाने गरेको यथार्थता रहेको भन्दै उहाँले नगरकोट भ्रमण वर्षलाई जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाईवाले तीनतले शिवलिङ्ग आफूले यहाँ मात्रै देखेको बताउदै यस्ता सम्पदाको संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने कार्यको थालनी गर्नु पर्ने बताउनुभयो ।

प्रा.डा. दिनेशराज पन्तले पुरातात्विक सम्पदा क्षेत्रमा बिकृति देखिने गरि आधुनिक निर्माण रोकिनु पर्नेमा जोड दिदै हाललाई यो मन्दिरको नाम त्रिलोकेश्वर राख्नु नै उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले यहाँको शिलालेखले यो लिच्छवीकाल भन्दा पुरानो हुन सक्ने बताउदै यहाँ रहेको धारा शिवपुरीको बाघद्धारमा र यहाँ मात्रै रहेको दाबी गर्नुभयो । उहाँले तीनतले शिवलिङ्ग भेटिएको २९ वर्षपछि नामाकरण गर्ने अवसर जुरेको भन्दै बिभिन्न नामहरु राख्न सकिने भए पनि तत्काललाई तीनलोकको प्रतिनिधित्व गर्ने त्रिलोकेश्वर राख्न सकिने बताउनुभयो ।

त्यसअवसरमा पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले शास्त्रसंम्वत दृष्टिकोणलाई नियाल्दा यहाँको शिवलिङ्ग तीनवटा जलहरि रहेको स्वर्ग, मत्र्य र पाताल तीनैलोकको प्रतिनिधित्व गर्ने भएकाले त्रिलोकेश्वर नामनै उपयुक्त हुने बताउनभयो ।

पशुपति बिकास कोषका पूर्व सदस्य सचिव प्रा. चेतुनाथ गौतमले यहाँ आएर विशिष्ट प्रकारको शिवलिङ्गको दर्शन गर्न पाएको भन्दै मूर्तिको नामाकरण गर्दा नामसंग तादम्यता र पूजा बिधि मिल्नु पर्ने, मूर्तिको लक्षणका आधारमा नामकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ईतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले दक्षिण एशियामै दूर्लभ मानिने यस प्रकारको शिवलिङ्गलाई त्रिलोकेश्वर वा त्रिलिंङ्गेश्वर नाम दिन सकिने बताउनुभयो ।

यसरी भेटिएको थियो तीनतले शिव लिङ्ग :

स्थानीय माधव लामिछानेले २०४५ सालमा सरसफाईको क्रममा जंगलभित्र एउटा सानो धारो र एकखुट्टे भ¥याङ्ग भेटिएको, २०४८ सालमा पानी कूलो सरसफाई गर्नेक्रममा गाँढिएको अबस्थामा नारायणको मूर्ति, ढुङ्गाको सानो मन्दिर र एक शिललिङ्गलाई नारायणले माथिबाट छोपिएको अबस्थामा भेटिएको बताउनुभयो ।

२०५५ सालमा तत्कालिन गाविस अध्यक्ष राधाकृष्ण लामिछानेले वागेहिटी संरक्षणका लागि रु. १५ हजार बजेट विनियोजन गरेपछि सानो मन्दिर सफा गर्दै सातवटा नागले जेलिएको जलहरि र त्यसको तल करिब साढेँ तीन फिट सर्प रहेको अबस्थामा तीन तले अद्भूत शिवलिङ्ग भेटिए पनि वास्तविक नामाकरण भने गर्न नसकेको बताउनुभयो । तत्पश्चात पुरातत्व विभागले रु. तीन लाखमा मन्दिर निर्माण गर्दै संरक्षणको थालनी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय अर्जुनप्रसाद बास्तोला, पूर्वन्यायाधिस सहदेवप्रसाद बास्तोला, मोहन खनाल, राधाकृष्ण लामिछाने, शिवअवतारी लामालगायतले नामाकरणले मन्दिर र बागेहिटी क्षेत्रलाई विश्वका हिन्दूधर्मावलम्बीहरु माझ प्रचार गर्नुपर्ने औल्याउनुभयो ।

नगरकोट भ्रमण वर्ष सचिवालयका प्रमुख डा. धनश्याम खतिवडाले शिवलिङ्गको नामाकरणले धेरै वर्षदेखिको अन्योलता हटेको र अबदेखि त्रिलोकेश्वर महादेव मन्दिरकै नाममा श्रावणी मेला सञ्चालन गर्न सकिने बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाको रु. आठ लाखको सहयोगमा ट्राफिक सचेतना कक्ष निर्माण
भक्तपुर, १८ बैशाख : ट्राफिक प्रहरी परिसर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले निर्माण गरिदिएको महानगरीय ‘ट्राफिक सचेतना कक्ष’को आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नु भएको हो । सूर्यविनायक नगरपालिकाको रु. आठ लाखको लागतमा सूर्यविनायक–६ ट्राफिक प्रहरी परिसरमा निर्माण भएको सचेतना कक्षको नयाँ भवनको आज उहाँले उद्घाटन गर्नु भएको हो ।
ट्राफिक समेतना कक्षाका लिनका लागि भक्तपुरदेखि काभ्रेसम्मका चालकलाई काठमाडौसम्म जानु नपर्ने गरि २०८० साल असार ३ गतेदेखि भक्तपुरमै सुरु भएको ट्राफिक समेतना कक्षा २२ महिनासम्म टेण्डमा सञ्चालन हुदै आएको थियो । वर्षामा पानी चुहिने, गर्मीयाममा गर्मी र जाँडो याममा चिसोले समस्या हुदै आएकोमा नगरपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि अब कक्षा सञ्चालनमा सहज हुने भएको छ ।
कार्यक्रममा नगर प्रमुख थापाले ट्राफिक कार्यालयबाट सचेतना कक्ष निर्माणका लागि बजेट माग भएको दुई महिनामै बजेट व्यबस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक सचेतना कक्षा लिन अब घामपानीको सकस अन्त्य भएको छ । प्रहरी र जनप्रतिनिधि २४ सै घण्टा जनताको सेवामा लाग्नु पर्छ । हामीले ट्राफिक प्रहरीलाई सचेतना कक्ष निर्माण गर्न, नापी कार्यालयलाई नक्सा डिजिटलाइजेन गरि व्यबस्थित गर्न, मालपोल कार्यालयलाई फाइल व्यबस्थापन गर्न, प्रहरी परिसर भक्तपुरलगायत बिभिन्न बिभिन्न सरकारी निकायलाई पनि सहयोग गर्दै आएका छौँ ।”
ट्राफिक सचेतना कक्षाले दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताउदै नगर प्रमुख थापाले ट्राफिक नियम मिच्नेलाई नेतादेखि कर्मचारीसम्मका भनसुनका आधारमा कारबाही र कक्षा नलिई छाड्ने काम गरे दुर्घटना अझै बढ्ने भएकाले भनसुनलाई प्राथमिकता नदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले पानी पर्दा टेण्डभित्र कक्षा लिन निकै समस्या भएको र डरलाग्दो अबस्था देखेरनै नगरपालिकाले भवन निर्माणका लागि रकम दिएको बताउनुभयो । जनप्रतिनिधि जनकर्तव्यबाट विमुख नहुने बताउदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले टेण्डमा कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा लिन पानी पर्दा, घाम चर्किदा र जाडोमा निकै समस्या परेको अबस्थामा नगरपालिकका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा र वडा नं. ५ का वडाध्यक्ष खड्काले यहाँको अबस्था देख्ने बित्तिकै भवन निर्माण प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
उहाँले नगर प्रमुखले बजेट विनियोजन गरेपछि कक्षको नयाँ भवन निर्माण पुरा हूँदा टेण्ड मुक्त भएको र अझै प्रभावकारी रुपमा कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म १०० देखि १५० जनासम्मले कक्षा लिने गरेको बताउदै चालू आ.ब.को साउनदेखि चैतसम्म १६ हजार ३१३ जनाले सचेतना कक्षा लिएको बताउनुभयो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरि सवारी साधन चलाएको, लेन अनुशासन उलंघन गरेको, तीब्र गति र रात्तोबत्ति उलंघन गरि कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टाको सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले ट्राफिक प्रहरीको सडकमा हुने सक्रियताले दुर्घटना न्यूनिकरण हुने बताउदै चालकलाई सचेतना र कारबाहीका चरणहरुकाबारेमा जानकारी गराउनु पर्ने बताउनुभयो ।
शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय

भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।

कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।

त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।

कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ ।

श्रीमदभागवत विराट पितृ मुक्ति महायज्ञमा मन्त्रीदेखि सांसदसम्म
भक्तपुर, १३ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नु पर्ने बताउनु भएको छ ।
जेष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञमा बोल्दै उहाँले बालबालिकार जेष्ठ नागरिकको गाँस, बास र कपासका लागि आयोजना गरेको महायज्ञ निकै सह््रायिन रहेको बताउनु भयो ।
उहाँले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा जसले काम गरे पनि राम्रो रहने बताउदै उहाँले महायज्ञले लिएको संकल्प पुरा गर्न सबै लाग्नु पर्ने बताउनु भयो । मन्त्री आचार्यले मान्छे अमर हुनको लागि सामाजसंग जोडिएर अगाडि बढ्नु पर्ने औल्याउदै सकारात्मक कार्यमा सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरि महायज्ञमा बोल्दै संघीय सुनुवाई समितिका सभापति एवं संघीय सांसद किरणकुमार शाहले जेष्ठ नागरिकको हकहितलेनै धर्म प्राप्ती हुने बताउनु भयो । उहाँले आफ्ना आमाबाबुले धर्म र संस्कृति भन्दा ठूलो अरु केही हुदैन भनेर आफूलाई सिकाएको चर्चा गर्दै उहाँले हिन्दु धर्म एवं संस्कृति माथि कसैले  औला उठाउँछ भने त्यो सह्य नहुने बताउनुभयो ।
सांसद शाहले राजनीति भन्दा माथि उठेर सनातन धर्म र संस्कृतिको बारेमा तीन करोड नेपालीलाई सिकाउनु पर्ने बेला आएको बताउनभयो । सडकमा रहेका बालक तथा जेष्ठ नागरिकलाई निःशुल्क गाँस, बास र कपासको ब्यबस्था गर्नु सनातन धर्म अन्तर्गत पर्ने भन्दै उहाँले महायज्ञको यो अभियानको संकल्प पुरा हुनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान :
विराट पितृ मुक्ति महायज्ञमा ७० बर्ष माथिका ४० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका बिभिन्न जिल्लाबाट आउनु भएका जेष्ठ नागरिकलाई महायज्ञका गुरु एवंसंकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले जेष्ठ नागरिकलाई सम्मान गर्नु भएको हो ।
छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको विराट ज्ञान पितृ मुक्ति महायज्ञको आगामी असोज २७ गतेसम्म सञ्चालन हुने महायज्ञका प्रचार संयोजक टंकमणि भट्टराईले  जानकारी दिनुभयो ।
शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने

भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।

कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।

त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।

कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ ।

मध्यपुरथिमिमा सम्पदा पदयात्रा–२०२३ को उद्घाटन गर्दै प्रदेश पर्यटन मन्त्री महर्जनले भने : सम्पदामा पर्यटक भित्रर्याऔँ

भक्तपुर, १३ असोज : विश्व मुटु दिवसको अवसरमा “मुटुको प्रयोग गर्नुहोस् मुटुकोबारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ मध्यपुरथिमिमा आज तीन घण्टा लामो सम्पदा पदयात्रा (ज्भचष्तबनभ ध्बपि–द्दण्द्दघ) आयोजना गरिएको छ ।

आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जनले थिमि शंखधर चोकमा रहेको शंखधर साख्वाको शालिकमा माल्र्यापण गर्दै उद्घाटन गर्नु भयो । उहाँले नेपालको आथिएक मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले यहाँका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकनका लागि पर्यटकलाई ल्याउन सक्ने वातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले सम्पदास्थलमा पर्यटनको विकास गर्न सके आर्थिक विकास हुने बताउनुभयो ।

लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोण्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वरले संयुक्त रुपमा मानव मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उदेश्यसहित सम्पदा पदयात्रा आयोजना गरेको लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ एच एमडि ३२५ चिफ चार्टर प्रिसिडेण्ट एमजेएफको संयोजक एवं कार्यक्रम संयोजक उद्धव सिलवालले बताउनुभयो ।

सम्पदा पदयात्रा शंखधर चोकबाट सुरु भएको पदयात्रा बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी बिहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, टिगनी, नलिबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको थियो ।

कार्यक्रम आयोजक समितिको प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थराज भट्टले पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागिहरुलाई प्रत्येक सम्पदास्थलमै सम्पदाको महत्वकोबारेमा जानकारी गराएको बताउनु भयो । कार्यक्रममा साँंस्कृतिक झाकी, नृत्य प्रस्तुत गरिएको र मुटु रोगबाट बच्ने एवं बचाउनेबारे जनचेताना प्रवाह गरिएको थियो ।

लाइन्स क्लबका डिस्ट्रिक्ट गर्भनर लायन शम्भु थापाले नेपालमा १५ जिल्लामा ४८ हजार लायन्सका सदस्यहरु रहेको नेपालका लायनहरुकै सहयोगबाट संकलित रकम समाजसृेवामा खर्च भइरहेको बताउनुभयो ।

उहाँले इन्टरनेशनल लायन्स क्लबमार्फत आएको बजेटबाट काठमाडौंका तीनकुनेमा आँखा अस्पताल सञ्चालन गरेको, यसै साताबाट किर्तिपुरमा अत्याधुनिक प्रबिधि जडित ब्लड बैंक सञ्चालनमा ल्याउन लागेको, कयौ अस्पताललाई प्राबिधिक सामाग्री हस्तान्तरण गरेको, अस्पताल विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको बताउदै नेपालको सामाजिक बिकासको क्षेत्रमा टेवा पुर्याउदै आएको चर्चा गर्नुभयो ।

समाजमा मुटु रोगी बढेको र किशोर तथा युवा वर्गमा पनि ह्दयघातका बिरामी अत्याधिक बढेकाले मुटु रोगबारे सचेतना दिन र ओझेलमा रहेको मध्यपुरथिमिको सम्पदालाई विश्वमाझ उजागर गर्न सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालले बताउनुभयो । पदयात्रामा मन्त्री महर्जनसँगै वागमति प्रदेश सभा सदस्यद्धय सकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेश सभाका पूर्व राज्य मन्त्री रजनी जोन्छे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधि, मेरिगोल्ड स्कुल, चाणक्य कलेजका विद्यार्थी, नेपाल स्काउट, लायन्स क्लबका पदाधिकारी एवं लायनहरुको सहभागिता रहेको थियो ।

बालकरामले हजारौको अगाडि जिब्रो छेडेर गरे पुशपतिको यात्रा

-रमेश गिरी
भक्तपुर, १२ असोज : मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरब मन्दिर अगाडि साँझदेखिनै मानिसहरुको भीड बढिरहेको थियो ।

आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रीकालिन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरवार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रतक्ष्य रुपमा हेर्न हजारौ मानिसको भीड राती ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो ।
मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा ३५० वर्ष भन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छड्ने जात्रा लोपोन्मुख अबस्थाबाट जोगाउदै यसवर्ष मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रतक्ष्य हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौ स्थानीयवासीको भीड जम्मा भएकोृ थियो ।

मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरब मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राती ७ ः ४५ बजे हजारौ मानिसको अगाडि जिब्रो छेडाउनु भएको हो । हजारौ जनमानसको अगाडि तीनवटा सियो भएको सुईरोले जिब्रो छेडाएर ४० किलोको महाद्धिप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो ।

जात्रा स्थलमा प्रतक्ष्य रुपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँतीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज आज प्रतक्ष्य देख्ने मौका पाएको बताउनु भयो । उहाँले यो जात्रालाई विश्वव्यापी रुपमा ब्राण्डिङ गर्नसके लाखौ पर्यटक ल्याउन सकिने बताउनु भयो ।

“यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्रयाउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ,” मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापक रुपमा पर्यटक भित्रयाउन सकिन्छ ।”

मन्त्री किराँतीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिर भित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँती, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा, वागमित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रतक्ष्य रुपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो ।

बालकरामले भने जिब्रो छेडेर दिगु भैरब मन्दिर अगाडि जिब्रो छेडेर महाद्धिप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ण गणेश, मन्दिरमा दर्शन गरि सिद्धिकालीमाईको मन्दिर हुदै सिद्धिकाली चोक, सानोठिमी, सिनामंगल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं. गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुदै पशुपतिनाथको मन्दिर प्रवेश गरि परिक्रमा गर्दै त्यही मार्ग हुदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरि सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यबस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यस पटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिए, यसवर्ष पशुपतिसम्मको यात्रा पुरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पुरा गर्नेछु ।”

मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्मको जादा र आउँदा १७ किलो मिटरको यात्रा पुरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महाद्धिप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुदै पशुपति मन्दिर भित्र प्रवेश गरि दर्शन गर्दै पुन मध्यपुरथिमिको बालकुमारी आएर सुईरो निकाल्ने गरि जात्रा सुरु गरेको हो ।

प्रतक्ष्य रुपमा जात्रा हेर्न मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर लगायतका बिभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि जिब्रो छेडिदै आएको यो जात्रालाई निरन्रता दिन र यसवर्षको जात्रा सहज रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनु भयो ।

उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रा स्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रतक्ष्य प्रशारण गर्ने व्यबस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा वि. सं २०२६ सालदेखि लोप भएपनि वि.सं. २०५० सालबाट मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुर्नजीवन दिएको बताउनुभयो ।
त्यसपछि वि.सं २०६३ सालदेखि सञ्चालन हुन नसकेकोमा वि.सं. २०७४ मा मध्यपुरथिमि –४, बालकुमारी निवासी विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनु भएको बताउनु भयो । जात्रामा हजारौको सहभागिता रहेको छ ।