भक्तपुर, १९ भदौ । माउन्ट सिनाइ एकेडेमीले माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुल र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलबाट एस.ई.ई. उतीर्णहरु विद्यार्थीहरुलाई बधाई तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा यी दुई स्कुलका २०७६ देखी २०७८ सम्मका तीन एस.ई.ई ब्याचलाई बधाइ तथा विदाइ गरेको हो । एकेडेमीका डाइरेक्टर डा. ज्ञानकृष्ण कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. देवी गुरुङले आफनो कठिन जीवनका दिनहरुवारे स्मरण सुनाउँदै लक्ष्यमा निरन्तर लागि रहे जीवनमा सफलता हासिल गर्न सक्ने बताउनु भयो ।
माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल विप्लव प्रजापति र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल राजेश्वरी कायस्थले विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्नु भएको कार्यक्रममा विद्यार्थीहरु आयुष थापा, अग्रिम श्रेष्ठ लगायतले पठन शैली र अनुभववारे भनाइ राख्नु भएको थियो ।
गायन, नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरु सहित सम्पन्न गरिएको कार्यक्रममा लिपा दायगिंको भूमिकामा कठिन तान्त्रिक नाच लायकू भैलः २०७९मा सहभागी सो स्कुलका पुर्व विद्यार्थी श्रयन श्रेष्ठलाई कदर पत्र पनि प्रदान गरेको थियो ।