एसईईमा चाँगुनारायणको गोल्डेन सुनगाभा बन्यो पहिलो
भक्तपुर, २३ साउन । चाँगुनारायण नगरपालिका भित्रका संस्थागत विद्यालयहरु मध्ये चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल नगरपालिकामै उत्कृष्ट भएको छ ।
चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) २०७८ को नतिजा अनुसार एसईई उत्तीर्ण विद्यार्थी एवं उनीहरुले प्राप्त गरेको अंकका आधारमा यो विद्यालय पहिलो र उत्कृष्ट भएको हो ।
चाँगुनारायण नगरपालिका भित्र माध्यमिक तहको पढाई हुने १४ वटासंस्थागत विद्यालयहरुको क्रम निर्धारण गर्ने क्रममा गोल्डेन सुनगाभाले ३.३६ जिपिए पाएर पहिलो भएको हो । चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार नगरपालिका भित्र रहेका माध्यमिक तहका संस्थागत विद्यालयहरुले प्राप्त एसईईको नतिजा अनुसारको जिपिए यसप्रकार रहेको छ ।
गोल्डेन सुनगाभा इङलिस बोर्डिङ स्कुल, दुवाकोट जिपिए ३.३६, प्रज्ञा इंग्लिस स्कुल, दुवाकोट जिपिए ३.२९, फुलब्राइट स्कुल, दुवाकोट : जिपिए ३.२८, नवीन इंग्लिस स्कुल, दुवाकोट जिपिए ३.२०, मित्रश्री पाठशाला, दुवाकोट जिपिए ३.१९, युनाइटेड प्रिप्यारोटरी इं स्कुल, झौखेल जिपिए ३.१६, आरक्षण नेशनल एकेडेमी जिपिए ३.११, नर्थइष्ट इंग्लिस स्कुल जिपिए ३.१०, साइनिङ इंग्लिस स्कुल जिपिए ३.०, एसएस सदन सेकेण्डरी स्कुल जिपिए २.९९, क्वालिटी इंग्लिस स्कुल जिपिए २.९५, द कन्ट्रिसाइड इंग्लिस स्कुल जिपिए २.८५, दीप सरस्वती इंग्लिस स्कुल जिपिए २.६४ र गणेश बोर्डिङ स्कुल, झौखेल जिपिए २.५५ रहेका छन् ।
