नेशनल प्याब्सन भक्तपुरद्धारा १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे प्रशिक्षण प्रदान

भक्तपुर; १८ भदौ । नेशनल प्याब्सन भक्तपुरले १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे प्रशिक्षण दिएको छ ।
पाठ्यक्रम विकास केन्द्रकै सम्बन्धित विषय विज्ञद्वारा सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी पाँच विषयका कक्षा चारदेखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा शिक्षकहरुलाई प्रशिक्षण दिएको हो ।

नेशनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुका विषयगत शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे जानकारी दिने उदेश्यले आयोजना गरेको परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम–२०७९ मा शिक्षकहरु लाभान्वित भएको नेशनल प्याव्सन भक्तपुरका सचिव जयप्रकाश राईले जानकारी दिनु भयो ।

पाठ्यक्रम विकास केन्द्रकै सम्बन्धित विषय विज्ञद्वारा सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी पाँच विषयका कक्षा चारदेखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे प्रशिक्षण गरिएकाउहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा नेशनल प्याव्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले स्थानीय तहले नै यस्ता कार्यक्रम आयोजना गरी आफ्ना स्थानीय तहका शिक्षकहरुलाई नयाँ पाठ्यक्रमबारे प्रशिक्षण दिनु पर्ने औल्याउनु भयो । उहाँले स्थानीय तहले पाठ्यक्रम मार्फत सम्पूर्ण शिक्षकहरु माझ पुराउनु पर्नेमा त्यो जिम्मेवारी नेशनल प्याव्सन भक्तपुरले बहन गर्दै पाठ्यक्रम लागु हुदै गर्दा आयोजना गरेको कार्यक्रम निकै उपलब्धीमूलक हुने बताउनु भयो ।

नेशनल प्याब्सन भक्तपुरले निकै महत्वपूर्ण कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको चर्चा गर्दै उहाँले यस्ता कार्यक्रमको प्रशंसा गर्नु भयो । कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय महासचिव पारसमणि दाहाल लगाएतको बिभिन्न सरोकारवाला निकायका महत्वपूर्ण व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

त्यसअवसरमा सहभागी शिक्षकहरुले पनि पाठ्यक्रम सम्बन्धि प्रशिक्षण अन्य तालिम भन्दा पनि ज्यादै महत्वपूर्ण र उपलब्धी भएको भन्दै कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउनु भएको थियो । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ३ को एकिकृत पाठ्यक्रम ल्याई सकेको र कक्षा ४,६,७ र ९ को नयाँ पाठ्यक्रममा आधारित रहेर लागु गरिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “ पाठ्यक्रम विकास केन्द्रले एकिकृत पाठ्यक्रम ल्याई सकेको छ, साथै आगामि शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० को पनि नयाँ पाठ्यक्रम लागु हुने भएको छ । त्यसैले पाठ्यक्रम सम्बन्धि ज्ञान शिक्षकहरुले जान्नु र बुझ्नु पर्ने सबै भन्दा पहिलो ज्ञान भएकोले यो अभिमुखीकरण आयोजना गरेका हौँ ।”

परिवर्तित पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुमा पर्याप्त ज्ञान हुनुका साथै वार्षिक कार्य घण्टा, आन्तरिक एवं बाह्य मूल्याकंन, अन्तिम मूल्याकंन र विशिष्टिकरण तालिका सम्बन्धि बुझ्न पनि आजको यस प्रशिक्षणले टेवा पुग्ने अध्यक्ष खड्काले बताउनु भयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0