भाईकृष्ण श्रेष्ठको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिको नयाँ कार्यसमिति चयन

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर अधिवेशनबाट भाईकृष्ण श्रेष्ठ अध्यक्षमा सर्ववम्मत चयन हुनु भएको छ । सूर्यविनायकमा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नगर समितिको उपाध्यक्षमा राजु राउत उपसभापति, यशोदा बस्नेत खत्री सचिव, शुसिल ढुङ्गेल सहसचिवमा चयन हुनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा दिपेन्द्र परियार, उषा वन कार्की, कोपिला आचार्य, श्याम न्यौपाने, सन्तोषी नगरकोटी, श्यामकुमार महत, दिनेश राणाभाट, मनोहरि थापा र राजकुमार श्रेष्ठ चयन हुनु भएको छ ।

अधिवेशनले साजन विक र सन्ताष थापालाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको नवनिर्वाचिन अध्यक्ष भाईकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0