सिबर्डमा बधाई तथा शुभकामना कार्यक्रम

मध्यपुरथिमि, (भक्तपुर ) । ‘नेतृत्व र विकासका लागि शिक्षा’ नाराका साथ २०६१ सालदेखि भक्तपुरको शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सिबर्ड इन्टरनेशनल कलेज मध्यपुरथिमिले यहि भदौ १९ गते कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

कलेजका अध्यक्ष श्यामकृष्ण मानन्धरको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य एकेडेमिक डाइरेक्टर विजयचरण श्रेष्ठ, निमित्त प्राचार्य प्रेमकेशरी बज्रचार्य तथा कलेजका संयोजक प्रेमप्रसाद निरौलाले शुभकामना तथा बधाई मन्तब्य दिनुभएको थियो ।

कक्षा १२ उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित उक्त कार्यक्रममा एकेडेमिक डाइरेक्टर बिजयचरण श्रेष्ठले स्थापनाकालदेखि नै कलेजले शैक्षिक इतिहासमा आफ्नो छुट्टै पहिचान कायम गर्दै आएको र हरेक पटकका परीक्षामा उत्कृष्ट अंकका साथ १०० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउँदै आएको बताउनु भयो । उहाँले कलेजको उत्कृष्ठ पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु गराउनु भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्यामकृष्ण मानन्धरले भक्तपुरलाई शैक्षिक गन्तव्यको आकर्षक बनाउन मध्यपुर थिमिमै सक्षम नागरिक तयार गर्न कलेज प्रशासन, व्यवस्थापन र टिम हरपल लागिपरेको बताउनु भयो । उहाँले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

त्यस अवसरमा उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले अबका दिन अझै चुनौतीपूर्ण रहेकाले सोचविचार गरेर अझ अगाडि बढ्नु पर्ने औल्याउनु भयो ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान संकायमा ३.८२ जिपिएका साथ १०० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । सिबर्ड कलेजमा व्यवस्थापन कानुन र शिक्षा विषयमा समेत उत्कृष्ट नतिजाका साथ विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले

बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो ।

उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो । आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो ।

गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो । अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड््कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए ।

मृत बच्चा जन्माउनुभयो :

रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।” विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ । ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ ।

“धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।” ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो ।

चेपाङले मनाए ‘न्वागी’

भरतपुर, २३ भदौ : चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् । भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ ।

बुधबार रत्ननगर–१० स्थित गामबेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । पूजामा सरिक झाँक्री अमितलाल चेपाङले भन्नुभयो, “यो हाम्रो ठूलो चाड हो, हामीले पूजा नगरी नयाँ अन्न कसैले खानु हुँदैन ।” उहाँले नयाँ अन्नको पूजा नगरी खाँदा विभिन्न रोगव्याधी लाग्ने विश्वास रहिआएको बताउनुभयो । न्वागीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ । तर, पछिल्लो समय यो पर्व पनि लोप हुने खतरा बढेको छ ।

धर्म परिवर्तनले उनीहरूको मौलिक परम्परा नै धुमिल बन्दै गएको छ । यो पर्व मनाउने चेपाङ घट्ने क्रममा छन् । राप्ती नगरपालिका–१२, वाकराङका सञ्जीव चेपाङ पछिल्लो समय यो पर्व मनाउनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउनुहुन्छ । “पहिले धुमधामका साथ यो पर्व मनाइन्थ्यो, अहिले घट्दो अवस्थामा छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धर्म परिवर्तनले झाँक्री लगाएर पूजा गर्ने चलन हट्न थालेको छ ।” राप्ती नगरपालिकाकै कृष्णलाल चेपाङलाई पनि विगतभन्दा अहिले यो पर्व मनाउने अवस्था फेरिँदै गएको महसुस हुन्छ । “धर्म परिवर्तन गर्नेले मनाउन छोड्दै गएका छन्”, उहाँले भन्नुभयो ।

चेपाङ राप्ती नदी उत्तर र त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शङ्खला वरिपरिका रैथाने मानिन्छन् । मकवानपुर पश्चिम, चितवनको उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको बसोबास छ । चेपाङको आफ्नै भाषा, संस्कृति र वेषभूषा रहे पनि त्यसको संरक्षण चुनौती बनेको छ । विगतदेखि मान्दै आएको चाडपर्व कतै लोप हुने हो कि भन्ने उनीहरुमा चिन्ता छ । चेपाङको जीवन वनजङ्गल र जमिनसँग जोडिएको छ । उनीहरु वनजङ्गल नजिक, भिरालो परेको जमिन र खोला नजिक छरिएर रहेका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको सङ्ख्या ६८ हजारभन्दा बढी छ । चेपाङको पर्वमा पहिलो पटक बागमती प्रदेशले सार्वजनिक बिदा दिएर सम्मान गरेको छ । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ बुधबार रत्ननगरको गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ पर्व मनाइएको छ । चेपाङ बालबालिकालाई आवासीय रुपमा शिक्षा दिँदै आइरहेको संरक्षण केन्द्रले बालबालिकामा संस्कृति संरक्षणका लागि चेतना बढोस् भन्ने उद्देश्यले पर्व मनाइएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताउनुभयो ।

जुद्ध बारुण यन्त्र भक्तपुरले गर्यो पूर्व कर्मचारीहरुलाई सम्मान

भक्तपुर । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले आफ्नो ७९ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हरेक क्षेत्रमा अग्रजहरुको कदर हुनु पर्ने बताउदै जुद्ध बारुण यन्त्र भक्तपुरले अग्रजहरुलाई सम्मान गरेर त्यसको कदर गरेको बताउनु भयो ।

जुनसुकै निकायमा पनि आफूभन्दा अगाडिका अग्रजहरुको योगदानलाई बिर्सन नहुने भन्दै उहाँले अग्रजहरुको अनुभवलाई आत्मासात गर्न सकेन अझै उपलब्धीहरु हासिल गर्न सकिने बताउनु भयो । आफ्नो ज्यानको बाजी राखेर बारुण यन्त्रका कर्मचारीले जुनसुकै समयमा पनि आउन सक्ने विपत्तीको लागि तयारी रहदै अवस्थामा रहेर अरुको जिउँधनको सुरक्षा र उद्धारमा खट्दाको चुनौतीलाई पार गर्दै आफ्नो गरिमालाई कायम राख्न निर्देशन दिनु भयो ।

कर्मचारीले जागिरे मानसिकता राख्न हुदैन भन्दै उहाँले आगलागीको जोखिममा काम गर्नुपर्ने भएकाले दमकलका कर्मचारीले निकै चुनौती खेप्नु पर्ने बताउनु भयो । देश र समाजले विश्वास एवं गौरव गर्नसक्ने गरी कार्य गर्न प्रेरणा दिदै उहाँले समिति श्रोत र साधनकाबीच कर्मचारीको क्षमता तथा बृत्ति बिकास आवश्यक रहेको औल्याउनु भयो ।

कार्यक्रममा सम्मानित हुने पूर्वकर्मचारी हरिबहादुर श्रेष्ठले विगतमा आफूले संस्थाप्रति गरेको योगदानको कदर भएको स्मरण गर्दै उहाँले जागिर छाडेको दुई दशकपछि पनि कार्यालयले सम्झेर सम्मान गर्दा निकै खुसी लागेको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरेले दमकलको निरन्तरताको लागि स्थानीय सरकारको सहयोग महत्वपूर्ण हुने बताउनु भयो ।

कार्यालयका सभापति एवं कार्यालयका प्रमुख विजयप्रसाद धौभडेलले आगलागीजस्तो विपतमा अरु घर बाहिर निस्कने र दमकलका कर्मचारी आगोको राप छेल्दै घर भित्र छिरेर जनधनको सुरक्षामा खटिनु पर्ने बताउदै कर्मचारीले मानवीय सेवासमेत गरिरहेको चर्चा गर्नु भयो । कार्यालयले प्रगती विवरण सार्वजनिक गर्दै उहाँले आगामी वर्षका योजनाहरुको बारेमा बताउनु भयो ।

कार्यालयले आफ्नो स्थापना दिवसको अवसरमा कर्मचारी निराजन खत्री र सानुराम दाहाललाई नगदसहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सिद्धिस्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल र नुगल बैद्य, सेवा प्रदायक परशुराम शाह र ध्रुव श्रेष्ठ लगायतलाई जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई सहयोग गरेवापत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सरकार यातायात व्यवसायीको अघि लम्पसार गर्दा जनतालाई सास्ती

-रुषा थापा

भक्तपुर, : सरकार वा यातायात व्यवस्था विभागले नयाँ टयाक्सीको दर्ता नखोल्दा २० वर्ष पुगेका टयाक्सीहरुको स्क्राइप गरेको नम्बरप्लेट १२ लाखमा खरिदबिक्री हुने गर्छ । सरकारले नयाँ टयाक्सीको दर्ता खोल्दिएमा जनताले सित्तैमा नम्बरप्लेट पाउँछन् । साथै यता टयाक्सीको संख्या पनि बढ्ने, खुला प्रतिस्पर्धा हुने र टयाक्सीमा रहेका बेथितिहरु प्नि अन्त्य हुने छन् ।

सरकारले नयाँ टयाक्सीको दर्ता नखोल्दा २०४८ सालमा दुई लाखमा गाडी किनेर टयाक्सीमा दर्ता गराएर आफैँले चलाएर वा भाडामा लगाएर अहिलेसम्म करोड भन्दा बढी एउटै व्यक्तिले कमाइसकेका छन् । साथै ३२ वर्षसम्म आफैँले व्यवसाय गरिसकेका छन् । अब फेरि यो २० वर्ष पुरानो टयाक्सीको स्क्राइप गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गराएर व्यवसाय गर्ने छन् ।

अर्का २० वर्ष फेरिपनि उनीहरुले नै व्यवसाय गर्ने गर्छन् । एकै व्यक्तिले ५२ वर्षसम्म व्यवसाय गर्न पाउँछन् जसले गर्दा नयाँ व्यवसायीहरु आउन पाउदैँनन् । साथै ५२ वर्षसम्म जनसंख्या भने धेरै बढिसकेको हुन्छ तर टयाक्सीको संख्या भने बढ्न पाउँदैन । अब यातायात व्यवस्था विभाग वा सरकारले २० वर्ष पुराना गाडीको स्क्राइप गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिनुहुदैँन । साथै २० वर्ष पुगेका गाडीहरुको नम्बरप्लेट वा दर्ता खारेज गर्नुपर्छ ।

२० वर्ष पुगेका गाडीहरुको चल्ने अवधि थप गर्नुहुदैँन । यस्ता गाडीहरु कै कारण ट्राफिक जाम, प्रदूषण र दुर्घटना बढिरहेको पाइन्छ । साथै अब सरकारले भाडाका गाडीहरु १५ वर्ष पुगेपछि र संस्थान वा निजीप्लेटका गाडीहरु २० वर्ष पुगेपछि हटाउनुपर्छ । यातायात व्यवसायीहरु २० वर्ष गाडीको अवधि थप गर्न यातायात मन्त्री मोहम्मद इश्तियाक राई र सचिव गोपाल प्रसाद सिग्देललाई ७ करोड दिएर वा ठुलो आर्थिक चलखेल गरिरहेका छन् ।

अहिले यातायात व्यवसायीहरु खुल्ला रुपमा भन्छन् , हामीले मन्त्री र सचिवलाई पैसा दिएर २० वर्ष पुगेका गाडीको अवधि थप गर्दैछौँ । जनता मन्त्री र सचिवलाई सोध्छन् , अघिल्लो सरकारले गरेको निर्णयलाई के आर्थिक चलखेलमा उल्टाउन मिल्छ , तपाइँहरुलाई जनता ठुलो कि पैसा ठुलो ।

२०७० साल भन्दा अगाडिको सरकारले २० वर्ष गाडीहरुले दुर्घटना र प्रदुषण बढायो भनेर यीहरु ह्टाउने भनेर निर्णय गरेको थियो । त्यसबेलाको सरकारले २०७१ ÷५÷२६ गते यो निर्णय गरेको थियो । साथै २०७१÷११÷१८ गते राजपत्रमा निकालेको थियो । २०७२÷१२÷१ गतेको मन्त्री परिषद्को बैठकले २०७३÷११÷१७ गते बागमती प्रदेशबाट र २०७४÷१२÷१ ग्तेबाट दशैँभरिबाट २०वर्ष पुगेका गाडीहरु हटाउने भनेर निर्णय गरेको थियो ।

यस निर्णयबाट दुर्घटना, ट्राफिक जाम, प्रदूषणहरु सबै कम हुने भएकाले यस निर्णयलाई जनताले पनि स्वागत गरेका थिए । २०७१ सालदेखि २०७९ सालसम्म कति यातायात मन्त्री आए र गए तर यातायात व्यवसायीसँग पैसा खाएर २० वर्ष पुगेका गाडीको अवधि थप गर्ने र सरकारको निर्णय उल्टाउने आँट कसैले गरेनन् । तर अहिलेको यातायात मन्त्री र सचिव व्यवसायीसँग पैसामा बिकेर सरकारले गरेको निर्णय उल्टाउनतिर लागिरहेका छन् ।

यातायात मन्त्री र सचिव हरियो र कालोप्लेटको टयाक्सीको नयाँ दर्ता खोल्न भने चासो दिदैँन तर अघिल्लो सरकारले गरेको निर्णय उल्टाउनतिर भने खुब्रै चासो रहेको छ । यिनीहरुले राष्ट्र र जनताको हितमा काम नगरी व्यवसायीको हितमा काम गरिरहेका छन् ।

पछिल्लो समय टयाक्सी व्यवसायी र यातायात व्यवसायीहरु नयाँ टयाक्सीको दर्ता खोल्न नदिन दिनहुँ जस्तो विभाग र मन्त्रालय धाइरहेका हुन्छन् । यातायात व्यवसायीहरुले एउटा गाडी किनेर लगानी गरेको रकम ३ देखि ४ वर्षसम्म उठ्ने गर्छ । एउटा गाडीले २० वर्षसम्ममा ५ ओटा गाडी जोडिसकेको हुन्छ तर फेरिपनि त्यहँी २० वर्ष पुगेका गाडीमा नम्बरप्लेट किनेर दर्ता गर्न दिइन्छ ।

भाडाको गाडीको सिण्डिकेट पनि नहट्ने र संख्या पनि नबढ्ने, खुला प्रतिस्पर्धा पनि नहुने र बाटो कब्जा गरेर राज्यलाई आफ्नो मुठीमा लिएर जनता ठग्ने । अहिलेसम्मको विगत हेर्ने हो भने विक्रम टयाम्पो हटाएर माइक्रो बस आयो , जर्मनी मिनीबस हटाएर बस ल्यायो , मिटरवाला टु स्टक टयाम्पो हटाएर टयाक्सी ल्यायो , ग्याँस टयाम्पो हटाएर माइक्रो बस र २० वर्ष पुराना हरियो र कालो प्लेटको टयाक्सी हटाएर पुरानो नम्बरप्लेटमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गरियो ।

२०३२ सालदेखि २०७९ सालसम्म यहँी चलन चल्दै आइरहेको छ । भाडाको गाडीमा लगाएको सिण्डिकेट सरकारले हटाउन नसक्दा पछिल्लो समय निजीप्लेटका गाडीहरु किन्नेको सख्ंया बढिरहेको छ । जनताले पैसा तिरेर भनेको समयमा भाडाका गाडी पाउँदैनन् र पाएपछि उभिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

यातायात व्यवसायीहरुले गाडी हाल्ने धनीसँग २ लाखदेखि १५ लाखसम्म पैसा लिएर खान्छन् तर सरकारले रोडपर्मिेट दिनेबेला जम्मा ५ सय राजस्व पाउँछ । बाटो सरकारको भएपनि बाटो कब्जा गरेर व्यवसायीहरु जनता ठग्छन् ।

सरकारले तोकेको भाडारेट भन्दा बढी लिएर व्यवसायीहरुले दिनहुँ १८ करोड रकम जनतासँग ठग्छन् । साथै सार्वजनिक सवारीसाधनमा सरकारको लगानी छैन भनेर चूनौति दिन्छन् तर बाटो त सरकारको हो नि त । आयल निगमले पेट्रोल तथा डिजेलको मुल्य बढाउने बित्तिकै सरकारलाई भाडा बढाउन दबाब दिन्छन् । यातायात व्यवसायीहरुले जनतासँग लिनुपर्ने भाडा भने एक वर्षमा चार पटक बढाउँछन् तर यातायात व्यवसायीहरुले सरकारलाई तिनुपर्ने राजस्व भने ३१ वर्षदेखि बढ्न दिएका छैनन् ।

२०४९ सालदेखि २०७९ सालसम्म सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने १५ ओटा चिजहरुमा राजस्व वृद्धि भएको छैन तर जनताले व्यवसायीहरुलाई तिनुपर्ने भाडा भने अहिलेसम्म २० गुना बढिसकेको छ । सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने राजस्व वृद्धि नभएको चिजहरु ः जाँचपास, रोडपर्मिेट, पञ्जिकरण, नामसरी, बिलबुक नवीकरण, प्रदूषण चेकजाँच, पटके, अञ्चलीकरण, गाडीको रङ परिवर्तन , गाडीले सरकारले तोकेको भन्दा बढी लिएमा कारबाही गर्दा, जेब्रोक्रसमा गाडी नरोकेमो खण्डमा, टयाक्सीको मिटर जोडान गर्दा वा नवीकरण गर्दा र २० वर्ष गाडीको नामसरी गर्दा लिनुपर्ने राजस्वहरु अहिलेसम्म वृद्धि भएको छैन।

अहिले टयाक्सी ३० लाखमा किनबेच हुन्छ तर नामसरी गर्दा राज्यको ढुकुटीमा जम्मा ८ सय आउने गर्छ । भाडाका गाडीहरु ५ लाखदेखि ८० लाखसम्ममा किनबेच हुन्छ तर नामसरी गर्दा राज्यको ढुकुटीमा त्यहँी ८ सय मात्र आउने गर्छ । पहिला चारचार महिनामा रोडपर्मिेट तिरिने व्यवस्था थियो र चारमहिना १५ दिन कटेपछि रोडपर्मिेट नतिरेको खण्डमा दोब्बर रकम तिनुपथ्यो । तर अहिले ६÷६ महिनामा रोडपर्मिेट गर्ने व्यवस्थाले राज्यको ढुकुटीमा अर्बो राजस्व आउन बन्द भएको छ ।

अहिले यातायात व्यवसायीहरुले एउटा भाडाका गाडीमा १० लाखदेखि करोडसम्म लगानी गरेका छन् तर त्यो लगानी गरेको र दिनहुँ आम्दानीको पनि राज्यलाई कर तिर्दैनन् । अहिलेपनि यातायात व्यवसायीहरुले कम्पनी घाटामा गएको भनेर सरकारलाई कर छलिरहेको र सिण्डिकेट लगाएर नयाँ व्यवसायी आउन दिएका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले महासंघको सदस्य यातायात कम्पनीहरुलाई बनाएर वा सदस्य बनाएबापत २० हजारदेखि एक लाखसम्म लिइरहेका छन् । साथै महिनैपिछे लेभी भनेर एउटै कम्पनीबाट ५ हजारदेखि ३० हजारसम्म उठाइरहेका छन् । अहिलेपनि महासंघका नेताहरुले नयाँ गाडीको दर्ता खोल्न र संख्या बढ्न दिएका छैनन् ।

प्रदेश सरकार होस् या संघीय सरकारलाई यातायात व्यवसायीहरुले आफ्नो कब्जामा लिएका छन् । सरकारले २०७५÷१÷४ गतेको मन्त्री परिषदको बैठकमा संस्था ऐन ३४ अन्र्तगत सिडियो कार्यालयमा दर्ता गरिएको यातायात समिति र संस्था ऐन २०१८ ऐन अन्र्तगत दर्ता गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई खारेज गरेर कम्पनीमा लैजानेबारे निर्णय गरेको थियो । यातायात व्यवसायीहरुले ४५ वर्षदेखि राज्यलाई राजस्व छल्दै आएका थिए । यातायात व्यवसायीहरुले भाडाका गाडीमा १६ खर्ब ९८ अर्ब लगानी गरेका थिए । दुवानी वा यात्रु बोक्ने ११ लाख भाडाका गाडीमा यो लगानी गरेको थियो तर त्यो लगानी र आम्दानी बापत पनि राज्यलाई कर तिर्दैनन् थिए ।

सरकारले ३०७ ओटा यातायात समिति खारेज गरेपछि ती समितिको नाममा रहेको चल र अचल सम्पत्ति सरकारको नाममा रहनेबारे कानूनमा उल्लेख गरेको थियो । सरकारले २४५ ओटा समितिको खाता रोक्का गरेको थियो तर त्यो पनि पैसा खाएर फुक्का गप्यो । साथै ६२ ओटा समितिको खाता सहकारीमा रहेको थियो तर त्यो पनि रोक्का गरेन र समितिको नाममा भएको घरजगगा पनि फुका गरिदियो ।

खर्बको सम्पत्ति राष्ट्रियकरण गर्नुको साटोमा आर्थिक चलखेल गरेर केपी ओलीको सरकारले फुका गप्यो । सरकारले फुका गरेको सम्पत्ति न गाडी साहुले पाए न सरकारले नै । ती सबै सम्पत्तिहरु समिति र महासंघमा बस्ने नेताहरुले भाग लगाएर खाए । २०७५÷१ ÷२३ गते गृह मन्त्री वा मन्त्रालयलले यातायात समिति र महासंघमा बस्ने नेताहरुको व्यक्तिगत सम्पत्ति छानबिनका लागि शुद्धीकरण विभाग र अख्तियारलाई परिपत्र लेख्ने भनेको थियो तर त्यो पनि कता हरायो ।

यातायात क्षेत्र सरकारले चलाउनुपर्ने तर व्यवसायीहरुले चलाए । यातायात व्यवसायीको अगाडी सरकार लम्पसार पप्यो । यीनीहरुले राजनितिक पार्टीको झोला बोकेर वा पैसा दिएर जनता ठगे वा थोत्र्रा गाडी चलाएर जनता मारे । अहिलेसम्म पनि यातायात व्यवस्था विभाग र मन्त्रालयलले यातायात ऐन पनि परिवर्तन गरेको छैन र सरकारले यीनीहरुसँग लिनुपर्ने राजस्व पनि वृद्धि गरेको छैन । यातायात व्यवसायीहरुसँग यातायात मन्त्रालय र विभागले आर्थिक चलखेल गरेर नै यो राजस्व पनि नबढाएको र ऐन पनि परिवर्तन नगरेको अहिले बुझिन्छ । यसरी यातायात व्यवसायीसँग सरकारले लिनुपर्ने राजस्व यत्रो वर्षदेखि नबढ्दा राज्यको ढुकुटीमा आउनुपर्ने अर्ब रुपैँया राजस्व आउन पाइरहेको छैन ।

साथै यता यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्डेयलाई जनताले प्रश्न गर्छन् , किन ३५ वर्षदेखि नयाँ टयाक्सीको दर्ता नखोलेको । हरियो र कालो प्लेटको नयाँ टयाक्सीको दर्ता यति लामो समयावधिसम्म बन्द हुँदा , सरकारले सिण्डिकेट हटाएर खुला प्रतिस्पर्धा गर्न नदिँदा र टयाक्सी व्यवसायीको एकाधिकारलाई सरकारले तोड्न नसक्दा जनतालाई सास्ती भइरहेको छ । उपत्यकामा करोडौँ नागरिकहरु बस्छन् तर टयाक्सीको जम्मा संख्या ९ हजार मात्र रहेको छ ।

बागमती यातायात कार्यालयले २०६९ साल माघमा जनसंख्या वृद्धि भएको तर टयाक्सीको संख्या घटेको वा सञ्चालनमा रहेका पनि थोत्र्रा, पुराना, कबाडी र ७९६ सिसीको मरुती टयाक्सी रहेको भनेर नयाँ लक्जरी टयाक्सी ५ हजार मागगरेको थियो । साथै वर्षैपिछे नयाँ टयाक्सीको दर्ता खोल्ने भनेर पनि निर्णय गरिएको थियो ।

तर अहिलेसम्म यातायात व्यवस्था विभागले नयाँ टयाक्सीको दर्ता खुलाएको छैन । नयाँ टयाक्सीको दर्ता नखुलाउँदा राज्यलाई राजस्व आएन , यात्रुले भनेको समयमा टयाक्सी पाएनन् , पैसा महंगो तिरेर पनि राम्रो टयाक्सीमा सवार गर्न पाएका छैनन् । हालसम्म सञ्चालनमा रहेका पुराना टयाक्सीहरुले गर्दा दुर्घटना, ट्राफिक जाम र प्रदूषण बढाइरहेको पाइन्छ ।

सरकारले नयाँ टयाक्सीको दर्ता नखोल्दा टयाक्सी किनेर व्यवसायी गर्छु भन्नेले व्यवसायी गर्न पाएका छैनन् , एयरर्पोटमा २०५० सालमा हरियो प्लेटको टयाक्सीको दर्ता बन्द भएको थियो । त्यहाँ अहिले जम्मा २०७ ओटा टयाक्सी रहेका छन् र त्यहाँबाट बानेश्वर आएको ३ हजार लिइन्छ ।

कालोप्लेटको टयाक्सीको २०५७÷२÷१७ गते दर्ता बन्द गरिएको थियो र टयाक्सीको दर्ता बन्द हुने समयमा टयाक्सीको संख्या जम्मा ७ हजार ५सय थियो । त्यसमध्येमा ५६५० पेट्रोल र १८५० ओटा डिजेलबाट चल्ने दर्ता भएको थियो । डिजेलबाट चल्ने टयाक्सी एकडेढ वर्ष चल्यो र विस्थापन भयो भने पेट्रोलबाट चल्ने कबाडी भइसकेका छन् । २०५७ सालभन्दा पछि उपत्यकामा जनसंख्या २० गुना बढ्यो तर टयाक्सीको संखया घट्यो । टयाक्सीको रोडपर्मिेट उपत्यकाभित्र मात्र रहेको छ । उपत्यकाबाहिरका जनतालाई पनि अहिले टयाक्सीको आवश्यकता परिसकेको छ । २०७२ ÷२ ÷२८ गते सरकारले १८५० ओटा नयाँ टयाक्सीको दर्ता खोल्यो । २०७२ ÷४ ÷२० गते यातायात व्यवस्था विभागले नयाँ टयाक्सी किन्नका लागि सूचना जारी गप्यो र एक जनाले नयाँ टयाक्सी किन्नका लागि एकहजार दश रुपैँया तिनुपर्ने थियो ।

१५ दिनमा १५ हजार ७ सय ५१ जनाले फर्म बुझाए । १८५० जनाले गोलापथबाट टयाक्सी पाए भने अरुले पाएनन् । २०७२ ÷१२÷२१ गते सरकारले १५ सय नयाँ टयाक्सीको दर्ता भुकम्प पीडितका लागि खोलदिएको थियो । २०७३ साल श्रावण ५ गतेदेखि भर्दौ ५ गते सम्मका लागि यो सूचना जारी गरिएको थियो । टयाक्सी किन्नका लागि एक जनाले ११० रुपैँया राजस्व तिर्नुपथ्यो र १ लाख ४९ हजार ५सय ५८ जनाले टयाक्सी किन्न फर्म बुझाएका थिए तर १५ सयले गोलापथबाट टयाक्सी पाए अरुले पाएनन् ।

यी दुई ओटा तथ्ंयहरु हेर्ने हो भने टयाक्सी किनेर व्यवसाय गर्न इच्छा गर्नेहरु धेरै छन् तर सरकारले नयाँ टयाक्सीको दर्ता खोल्दैँन । टयाक्सी व्यवसायीहरु आफूपनि सस्तोमा जनतालाई सेवा दिदैँनन् र सरकारलाई पनि नयाँ टयाक्सीको दर्ता खोल्न दिदैँनन् । अहिले टयाक्सी चढ्नेबित्तिकै ५० आउँछ र प्रत्येक किलोमिटर ५० रहेको छ तर त्यसलाई घटाएर शून्यबाट चलाउँछु , २० रुपैँया किलोमिटरमा चलाउँछु र आफ्रनै देशमा बसेर रोजगारी गरेर सरकारलाई कर तिर्छु भन्दा पनि सरकार सिण्डिकेट हटाएर खुल्ला प्रतिस्पर्धा गर्न दिदैँन । सरकार टयाक्सी व्यवसायीको अघि लम्पसार पर्दा जनतालाई सास्ती ।

 

नयाँ दमकल आयो, अब दरबन्दी अनुसारको जनशक्तिको व्यबस्था गरिदिनुहोस : प्रमुख धौभडेल

भक्तपुर, । जुद्ध बारुण यन्त्र भक्तपुरलाई सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त लगानीमा खरिद गरेको दमकल हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादर थापाले जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेललाई दमकल हस्तान्तरण गर्नु भएको थियो ।

यसअघि ७० वर्ष पुरानो जर्मन दमकल र पाँच वर्ष अगाडि मध्यपुरथिमि नगरपालिकाले हस्तान्तरण गरेको दमकल पछि यो दमकल आएसँगै भक्तपुरमा तीन वटा दमकल सञ्चालनमा आएका छन् ।

जिसस भक्तपुरका प्रमुख थापाले अघिल्लो नेतृत्वले खरिद गरेको दमकल आफ्नो नेतृत्वमा आएर हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगोलागी नियन्त्रणमा यहाँका दमकलले विगतमा पनि प्रभावकारी भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि त्यस्तै सेवा गर्नु पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यहाँ काम गर्ने जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन आवश्यक पहल भएको बताउदै यसका लागि कार्यबिधि बनाएर भत्ताको व्यबस्था गरिने बताउनु भयो ।

चाँगुनारायणमा नगर प्रमुख जीवन खत्री दमकल सञ्चालनका लागि आवश्यक थप सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै दमकलले छिमेकी जिल्लालाई पनि सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले दमकल सञ्चालनका लागि आवश्यक पूर्वाधार लगायतका खर्चका लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले सूर्यविनायक नपाले रु.३५ लाख र चाँगुनारायण नपाले रु. ३५ लाख गरि कूल ७० लाख रुपैयाँ दमकल खरिदका लागि प्रदान गरेको बताउनु भयो ।

दुई नगरपालिकाले कूल ७० लाख बजेट दिए पनि दमकल खरिदमा रु. ५८ लाख रुपैयाँ मात्रै खर्च भएको र बाँकी रकम भ्याट, प्राबिधिकको अनुगमन तथा बैठक भत्तामा खर्च भएको जिससका कर्मचारीले जानकारी दिएको छ ।

जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख धौभडेलले एउटा नयाँ दमकल थपिए पछि आफ्नो सपना साकार भएको बताउदै भक्तपुरको दमकल पूर्वमा चीनसँगको नाका तातोपानीसम्म र उपत्यका भित्र आगोलागी नियन्त्रणमा परिचालन हुदै आएको बताउनु भयो ।

यहाँका दमकललाई अझै प्रभावकारी रुपमा सेवा प्रवाह गरिने बताउदै उहाँले नयाँ दमकलमा इन्धनजन्य आगोलागी नियन्त्रणका लागि आवश्यक फम नभएकाले त्यसको जडान गरिदिन आग्रह गर्नु भयो ।

उहाँले दुई वटा दमकल सञ्चालन रहदाँ हाल २३ जना जनशक्तिले सेवा दिइरहेकोमा अब तीन वटा दमकल सञ्चालन गर्दा जनशक्ति अभाव हुने भएकाले स्वीकृत २९ दरबन्दी सबै पूर्ती गरिदिन आग्रह गर्नु भयो ।

 

उम्मेदवार चयन गर्दै एमाले जिल्ला कमिटी बैठकमा जब महेश बस्नेतको नाममा गडगडाहट ताली बज्यो

गठबन्धनलाई पछार्नका लागि एमालेमा महेश बस्नेतको बिकल्प छैन भन्दै महेश बस्नेतलाई सर्वसम्मत सिफारिस गरेर जानु पर्ने धारणा राखे अन्ततः बैठकमै गडगडाहत ताली बजाएर सबैले बस्नेतको नाममा सर्वसम्मत नाम चयन गर्दै एमालेले  शसक्त उम्मेदवार अगाडि सार्यो

==========================================================

भक्तपुर, २० भदौ । आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नामावली चयन गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटी बैठक सोमबार बसेको थियो । संघीय र प्रदेशको उम्मेदवारको नामावली छनौट गर्ने सवालमा छलफल भइरहेको थियो । अधिकांशको ध्यान प्रतिनिधि सभाको क्षेत्र न. २ को उम्मेदवारको नामावली छनौट र सर्वसम्मत गर्ने सवालमा ध्यान केन्द्रीत बनेको थियो ।

भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि पार्टीमा पोलिटव्यूरो सदस्य महेश बस्नेत र केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले नाम दर्ता गराउनु भएको थियो । पार्टीमा उम्मेदवारीको नाम दर्ता गराए पछि नेता महेश बस्नेतलाई अनेकौ लान्छना लगाएर केही अनलाइनमा समाचार प्रकाशित गराएर भट्टराई आफैले सामाजिक सञ्जालमा शेयर गरिरहेका थिए । त्यहाँ पनि कार्यकर्तामाझबाट भट्टराईको निकै आलोचना भइरहेको थियो । त्यसैको परिणाम जिल्ला कमिटी बैठकमा पनि देखियो । बैठकमा सहभागि एक नेताले भने ।

बैठकमा नाम सर्वसम्मत सिफारिस गर्नेबारेमा पार्टी नेतृत्वले छलफल सुरु गरेपछि भट्टराईको पक्षमा कसैले बोलेन । बोल्ने जति सबैले अब पनि गठबन्धनलाई पछार्नका लागि एमालेमा महेश बस्नेतको बिकल्प छैन भन्दै महेश बस्नेतलाई सर्वसम्मत सिफारिस गरेर जानु पर्ने धारणा राखे अन्ततः बैठकमै गडगडाहत ताली बजाएर सबैले बस्नेतको नाममा सर्वसम्मत नाम चयन गर्दै एमालेले  शसक्त उम्मेदवार अगाडि सार्यो जिल्ला कमिटीका एक नेताले भने ।

संघीय तथा प्रदेश निर्वाचनको लागि नेता बस्नेत एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारका लागि पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद एमाले नेता महेश बस्नेत सर्वसम्मत सिफारिस हुनुभएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनु भयो ।

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गराएर विजयी हुनु भएको थियो । बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा ढुंगानाले १८ हजार ६८७ मात्रै पाएका थिए ।

अहिलेको चुनौती गठबन्धन हो, गठबन्धनलाई पराजित गराउन सक्ने एमालेको उम्मेदवार नेता बस्नेत मात्रै हो भन्ने निष्कर्षमा एमालेका नेताहरु पुगेका छन् । देशको राष्ट्रिय राजनीतिमा छलाङ पार्दै नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएका नेता बस्नेतले भक्तपुरको बिकासमा मुहार फेरे पछि जनजनको मनमनमा सांसद बस्नेत बस्न सफल हुनु भएको छ ।

निर्वाचन हारेको बेलामा पनि मन्त्री हुन सफल भएका बस्नेतले भक्तपुरमा २०७२ सालमा भूकम्पबाट मृत्यु भएका, घाइते भएकाहरुलाई गरेको सहयोग, बस्ने बास नहुनेहरुका लागि १५ सय वटा टहरा बनाइदिनेदेखि जस्ता, खाद्यान्न, लत्ताकपडा, पाल वितरण गर्दै बिरोधीको मनमा समेत बस्न सफल हुनु भएकाले यस अघिको निर्वाचनमा दोब्बर मत पाउन सफल भएको एमालेका नेता कार्यकर्ताको भनाइ छ ।
त्यसपछि पनि सांसद रहेकै अबस्थामा भक्तपुरमा अरबौको बजेट ल्याएर बिकासमा तिब्रता दिन सफल उहाँले भक्तपुरको बिकासमा फड्को मार्न सफल भए पछि एमालेको आवश्यकता थप चुलिएको हो ।

बिकासमा भक्तपुाई नमूना बनाउन, बिकास आवश्यकता पहिचानदेखि अनुमगनसम्म आफै गर्ने हरेक दिन गाउँ टोल र जनताको दैलो दैलोमा जाने, कसैलाई परेको समस्या फुकाइदिने र मर्दा पर्दाको साथीको रुपमा नेता बस्नेतले भक्तपुरमा छबि बनाउन सफल भएकाले यस पटकको निर्वाचनमा पनि फराकिलो मतान्तरणले गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै विजयी गराउने जिल्ला कमिटी बैठकमै नेताहरुले अठोट लिएका छन् ।

चुनावपछि सडकमा जान्छौँ : अध्यक्ष दाहाल

काठमाडौँ, १९ भदौ  : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि मङ्सिर ४ गतेको निर्वाचपछि सडकमा जाने उद्घोष गर्नुभएको छ । काठमाडौँमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।”

संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा गएर बयान दिँदै आफू सडकको घेराबन्दीमा परेँ भनेर भनेको उल्लेख गर्दै अध्यक्ष दाहालले थप्नुभयो, त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो भन्ने मलाई लागेको छ ।

उहाँले यदि लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने र नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तिर जान्थ्यो भन्नुभयो । यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले पनि आफू सडकमा जान लागेको उहाँले बताउनुभयो । उहाँले एक वर्षभित्रमै ठूलै आन्दोलन हुने पनि बताउनुभयो । उहाँले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएका बताउनुभयो ।

यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पूँजीपति वर्गलाई नै अगाडि ल्याउने उहाँले बताउनुभयो । यसले थाहै नपाई पार्टीका नेतालाई पनि भ्रष्टीकरणमा जान पनि बाध्य पार्ने उहाँले बताउनुभयो । उहाँले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले कृषिको क्षेत्रमा क्रान्ति नल्याइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सम्भव नभएको बताउनुभयो ।

उहाँले रुस युक्रेन यद्धका कारण संसारभर आर्थिक सङ्कटको स्थिति पैदा भएको र अझ ताइवानको विषयमा अमेरिका र चीन आमनेसामने भइसकेपछि नयाँ राजनीतिक धु्रवीकरणको स्थिति देखा परेको बताउनुभयो । यो अवस्थामा कतिपय मुलुक खाद्यान्न रोक लगाउने अवस्थामा रहेको र यसले सामान्य रुपमा हेर्दा तत्काल असर हुने देखिएला तर यसले भने कालान्तरमा आत्मनिर्भर अर्थतन्त्र बचाउनका निम्ति नकारात्मक रुपमा ठूलो भूमिका खेल्ने बताउनुभयो । यस्तो अवस्थामा राज्यले पनि कतिपय निर्यात रोक्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो । तर अहिले नेपाल त्यस्तो स्थितिमा नरहेको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो ।

अध्यक्ष दाहालले अहिलेको गणतन्त्र त्यत्तिकै नआएको र त्यसका लागि ठूलो त्याग र सङ्घर्ष रहेको बताउनुभयो । संविधानले समाजवादको परिकल्पना मात्रै गरेको भए पनि साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित जगैदेखि उत्पादन वृद्धि, श्रम र संस्कृति रुपान्तरण गर्ने योजना आफ्नो रहेको बताउनुभयो ।

त्यही योजनाका साथ आफ्नै पहलमा वाम गठबन्धन गरेको तर त्यो सफल नभएको उहाँले जानकारी दिनुभयो । यो सचेत रुपमा नै निरन्तरतामा क्रमभङ्गता गरेको तर सफल हुन नदिइएको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको चेतनास्तर परिवर्तन गर्न नसकेमा समाजवादको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले व्यक्तिवादी, भ्रष्ट प्रवृत्ति निमिट्यान्न नभएसम्म समाजवाद आउनै नसक्ने बताउनुभयो । ‘

उहाँले भन्नुभयो, “जनताको समस्या प्रति कति संवेदनशील छ भन्ने कुराले समावादको निर्धारण हुन्छ ।” अध्यक्ष नेपालले राजनीतिक दलमा गैर राजनीतिक प्रवृत्ति हावी हुँदै गएको बताउनुभयो । पार्टीका नेताहरु जनता र राष्ट्रप्रति जिम्मेवार नभएको र लोकतन्त्रप्रति गम्भीर नभएकाले यसप्रति गम्भीर रुपमा आत्मसमीक्षा गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले अन्य मुलुकका अभ्यासको विश्लेषणको आधारमा मुलुकको समाजवादको मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) का नेता घनश्याम भुसालले सरकारमा गएर मात्रै रुपान्तरण नहुने कुरा ३०/४० वर्ष कम्युनिष्ट पार्टी सरकारमा गएबाट स्पष्ट भएको बताउनुभयो । त्यसले रुपान्तरण गर्न सकेन भने कुनै पनि अर्थ नहुने भुसालको भनाइ थियो । उहाँले नेपालमा जनवादी क्रान्ति सकिएकाले अबको बाटो समाजवादी क्रान्ति नै भएको र त्यसका लागि पहिले कृषि क्रान्ति आवश्यक भएको बताउनुभयो ।

समाज र विज्ञानले पुष्टि गर्ने योजना नभएमा जस्तो सुकै अवधारणा पनि सफल नहुनेमा उहाँको जोड थियो । उहाँले कुनै पनि मुलुकमा समाजवाद एकैपटक नआउने र चरणचरणमा आउने भन्दै दलाल पूँजीपति परम्पराले समाजवादको बाटोलाई अवरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जुन दिन बाध्यताले विदेश पुगेका नेपालीहरू सबै फिर्ता हुन्छन्, त्यही दिनबाट समाजवादको चरण सुरु हुनेछ ।”

त्यसका लागि पहिले कृषि क्रान्ति हुनुपर्ने र त्यपछि उत्पादनमूलुक उद्योगको विकास जरुरी रहेको बताउनुभयो । त्यसपछि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुलभता हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोलाले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष ली झान्शुले भदौ २७ गतेदेखि नेपालको भ्रमण गर्नुहुने

काठमाडौँ, १९ भदौ  : सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३० गते) सम्म नेपाल भ्रमण गर्ने हुनुभएको छ ।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ । नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अप्टिमिष्ट ईन्टरनेशनल नेपालमा थापाको नेतृत्व

भक्तपुर, १९ भदौ : नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको प्रथम महाधिवेशनमा ४१ वटा क्लबका १३१ जना सदस्यहरुको सहभागीता हुदै २०७९ साल भदौ १७ र १८ गते भत्तपुरमा सम्पन्न भएको छ । राष्ट्रिय समाचार समितिका अध्यक्ष  धमेन्द्र झाले पत्रकारले जे देख्छ त्यही लेख्छ त्यो नै पत्रकारको धर्म हो । आशाहरुलेनै मान्छेलाई अगाडी बढन प्रेरित गर्दछ र सकारात्मक सोच बाटनै आशाबादी बन्न सकिन्छ भनेर भन्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्री बिपुल पोखरेल ज्यूले कन्सटरट्रिभ पत्रकारिकता (Constructive Journalism) सम्बन्धी जानकारी गराउनु भयो हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवालले हाम्रा बालबालिका (बिधार्थीहरु) १२ कक्षा पास हुने वित्तिकै बिदेशीने परिपाठीलाई कही नियन्त्रण गर्नु पर्ने यहाँ नै उच्चशिक्षा हासिल गर्नका लागी समयमानै परिक्षाफल प्रकाशित गरिदिन क्यालेन्डर अनुसार कार्य गरिदिने हो भन्ने र पढन चाहेका ब्यत्तिले डाक्टर, ईन्जिनियर, वकिल जस्तामा पढन ईन्टान्स परिक्षा दियो परिक्षाफल समयमा हुदैन उसको उमेर बढ्दै जान्छ र विदेश जाने मात्र हुन्छ ।

संस्थालाई सहयोग गर्ने बचन दिनु भयो । प्यावसनका केन्द्रिय अध्यक्ष डि.के.ढुङ्गनाज्यू संस्था संग आगमी दिनमा सहकार्य गरी अगाढी बढन्नका लागी सदैव तयार रहेको बताउनु भयो । एन प्यावसनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल ज्यूले पनि संस्था संग सहकार्य गरि अगाडि बढने घोषणा गर्नु भयो ।

एन प्यावसनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा ज्यूले सकारात्मक शिक्षा बारे प्रस्तुत गर्नु भएको थियो । किवानिज नेपाल डिस्ट्रकका ईलेट गभर्नर लक्ष्मण लम्साल ज्यूले हामी जस्ता संस्थाहरु एक आपसमा सदैव मिलेर अगाडि बढनु पर्छ, अमेरिकामा यस्ता संस्थाहरु मिलेर कार्यक्रमहरु गरिरहेका छन् भन्नु भयो । सन् २०२२–२०२३ का लागी सर्व–सम्मतिले नयाँ नेतृत्व चयन गरेका थिए। १ अक्टोबर २०२२ देखी सेप्टेम्बर ३० तारिक २०२३ सम्मको कार्यकल रहने छ ।

अप्टिमिष्ट ईन्टरनेशनलका गभर्नर : पृथ्वी राज थापा , डिपुटी गभर्नर : केशव काफ्ले, लेफ्टिनेट गभर्नर हरु : सुनिता देवी गौडेल , ऋषीश्वर थपलिया , रिना श्रेष्ठ ,डा.भबिष्य कुमार मिश्रा र सुरेन्द्र थापा, सर्जेन्ट एट आर्मस : प्रताव बहादुर थापा पार्लियामेन्ट्रियन : अनिल बहादुर शाही, को–ओडिनेटरहरु : अन्जना आर्चाय, विक्रम राज पाण्डे, देबराज राजवंशी, जनार्दन अर्याल, प्रदिप कुमार मण्डल, राम प्रसाद मैनाली, सागर तामाङ्ग, राजाराम परियार, कुमार मान ब. बस्नेत र राधा देवी बोहोरा चयन हुनु भएको छ।।

गभर्नर थापाले महासचिवमा प्रकाश घिमीरे, कोषाध्यक्षमा शरद चन्द्र भट्टराई र कानुनी सल्लाहाकारमा निरज ढुङ्गेल ज्यूलाई मनोनित गर्नु भएको थियो । उक्त २ दिने महाधिवेशन संस्थाका गभर्नर उदय कुमार निरौला ज्यूको सभापत्तित्वमा सु–सम्मपन्न भएको थियो ।