राजनीतिमा त्यागले नै अगाडिको बाटो खुल्छ  : उपाध्यक्ष एवं मन्त्री किरण थापा मगर

काठमाडौं, १३ मंसिर । नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले राजनीतिमा त्याग गर्न सके आफ्ना लागि अर्को १० वटा बाटो खेुल्न सक्ने बताउनु भएको छ ।

भक्तपुरमा २४ घण्टादेखि एमालेको महाधिवेशन प्रतिनिधि छनौटलाई सर्वसम्मत बनाउन निरन्तर लाग्नु भएका पार्टी जिल्ला उपाध्यक्षसमेत रहेका थापाले सहिमतिको बाटोलाई पार्टीलाई थप बलियो बनाउने बताउनु भयो ।

आज पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा सर्वसम्मत भएपछि आफ्नो उम्मदवारीसमेत छाडर उहाँले भन्नुभयो, राजनीतिमा सधैँ अगाडि बढ्ने मात्र नभई पछि सर्न पनि सक्नु पर्छ । राजनीतिमा एक कदम पछाडि सर्दा १० कदम अगाडिको बाटो खुल्छ । ”, उहाँको भनाइ छ ।

भक्तपुर क्षेत्र नं..२ बाट पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्नको लागि एक कदम पछि हटेर त्याग र योगदान गर्ने नेताहरू प्रति उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ । उहाँले पनि आफ्नो उम्मेदवारी सहमतिकै लागि त्याग गर्नु भएको थियो । त्यसको लागि पहल गर्नुहुने अग्रज नेता प्रति उहाँले आभार पनि व्यक्त गर्नु भयो ।

सर्वसहमतिका लागि पार्टीका नेताहरु महेश बस्नेत, बचन देउजा, किरण थापा र बासुदेव थापालगायतको नेताहरु निरन्तर रुपमा वार्ता र छलफलमा लाग्नु भएको थियो । थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई बधाई दिनुभएको छ । भक्तपुर २ बाट महाधिवेशन प्रतिनिधिको लागि आकांक्षी धेरै भए पनि सर्वसम्मतिबाट नै प्रतिनिधि चुनिएका छन् ।

मिड भ्याली कलेजले आजबाट सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२
भक्तपुर, ११ मङ्सिर : मिड भ्याली कलेजले आजबाट सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२ को आज एकैदिन पाँच हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् ।
मध्यपुरठिमीस्थित कलेज प्राङ्गणमा आयोजना भएको प्रदर्शनीमा भक्तपुरका ६० भन्दा बढी र काठमाडौं, ललितपुर एवं काभ्रेपलाञ्चोकका गरि कूल ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रबिधि सम्बन्धी ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् ।
दुई दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा उपत्यकाका बिभिन्न विद्यालयका १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिनुभयो ।  प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य उर्जा, स्वास्थ्य, भवन निर्माण लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको छ ।
विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले आयोजना गरेको प्रर्दशनीमा अवलोकनमा लागि उपत्यकका विभिन्न विद्यालयका विद्यार्थीहरुको भिड बढेको बताउनुभयो । उहाँले प्रर्दशनीमा सहभागि बिभिन्न विद्यालयका विद्यार्थीले कल्पनै नगरेका नव अन्वेषणमुलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको बताउनु भयो ।
कार्यक्रमका उद्घाटन गर्दै प्रा.डा रामेश्वर अधिकारीले यस प्रकारको प्रर्दशनीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्धत पुग्ने बताउनु भयो ।
प्रर्दशनी अवलोकनमा सहभागि नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कूलका प्रिन्सिपल सञ्जय खड्काले यस प्रकारका प्रर्दशनीले विद्यार्थीलाई खोज तथा अनुसन्धानका लागि अभिप्रेरित गर्ने बताउदै वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने भएको छ । सहभागि प्रत्येक टिमलाई रु. ६ हजार प्रदान गरेको कलेजले प्रदर्शनीमा प्रथम हुनेलाई टिमलाई ३० हजार, दोस्रोलाई रु. २० हजार र तेस्रोलाई रु. १० हजार पुरस्कार, शिल्ड तथा प्रमाणपत्र निर्देशक र्आलले जानकारी दिनुभयो ।
१ औं सैनिक आवासीय महाविद्यालय, अन्तर स्कुल रनिङ्ग फुटबल प्रतियोगिता–२०८२,नेपाल पुलिस स्कूलको टिम बिजेता
भक्तपुर, ११ मङ्सिर : २१ औं सैनिक आवासीय महाविद्यालय, अन्तर स्कुल रनिङ्ग फुटबल प्रतियोगिता–२०८२ को नेपाल पुलिस स्कूल विजेता भएको छ । भक्तपुरको सल्लाघारीस्थित श्री सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा महाविद्यालयको टिम ’रेड’लाई शून्यका बिरुद्ध दुई गोल गर्दै  नेपाल पुलिस स्कूलको टिम बिजेता बनेको हो ।
यही मङ्सिर २ गते महाविद्यालयका प्राचार्य दलप्रसाद पुन र प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरि सरु भएको प्रतियोगितामा आयोजक सैनिक आवासीय महाविद्यालयले यसवर्ष उपविजेतामै चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा महाविद्यालयको दुई टिम सहित उपत्यका भित्रका बिभिन्न सैनिक तथा प्रहरी विद्यालयहरुको १० टिम गरी कूल १२ वटा टिमको प्रतियोगितामा प्रतिस्पर्धात्मक खेल भएको थियो ।  लिग तथा नकआउट चरणमा खेलाईएको प्रतियोगितामा कूल १९ वटा खेलहरु सञ्चालन भएको महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आज समापन प्रतियोगितामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतियोगिताका विजेता टिम नेपाल पुलिस स्कूललाई नगद पुरस्कार रु. ५० हजार, रनिङ्गशिल्ड, ट्रफी, प्रमाणपत्र र उपविजेता सैनिक आवासीय महाविद्यालय ’रेड’ टिमलाई नगद पुरस्कार रु.३० हजार, रनरअप ट्रफी तथा प्रमाण पत्रहरु प्रदान गर्नुभयो ।
कार्यक्रममा सैनिक कल्याणकारी निर्देशनालयका सह–निर्देशक म.से.उत्तम सापकोटा, नेपाली सैनिक प्रतिष्ठानका म.से.श्री सुरज बैदवार, उपत्यका भित्र तैनाथ सैनिक महाविद्यालय एवं खेलमा सहभागी विद्यालयहरुका प्राचार्य तथा व्यवस्थापक अधिकृतहरुले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु, टिम, कोच तथा रेफ्रिहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियोे ।
बालबालिकाका समाचारलाई प्राथमिकता दिन सरोकारवालाको माग
काठमाडौं, ७ मङ्सिर : देशको भोलीको भविश्य बोकेका बालवालिकाको विषयका समाचारलाई राष्ट्रियस्तरका सञ्चार माध्यमले प्रथामिकतामा राख्नु पर्ने बिभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी एवं सरोकारवालाहरुले माग गरेका छन् ,
आज बालबालिका र सञ्चार समूहले आयोजना गरेको बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बालबालिका सम्बन्धी महत्वपूर्ण सर्यौ विषय बस्तु भएपनि त्यसलाई उठान गर्न नसक्दा बालबालिका पीडित बन्दै गएको बताईएको छ ।
पछिल्लो समय सरकारी निकायले सार्वजनिक गरेको तथ्यांक अनुसार पनि बालबालिकामा सहजै सामाजिक सञ्जालको पहुँचले ल्याएको बिकृतिले धेरैको भविश्य ओझेलमा परेको तथ्य एवं तथ्यांकमाथि छलफल गर्दै सामाजिक सञ्जालको दुरुपयोगले बालकहरु कुलत र गेममा फस्दै जाने, बालिकाहरु दुव्र्यबहारमा फस्दै जाने गरेकाले यसबारे बालबालका र अभिभावकलाई सचेतना जगाउनु पर्ने आवश्यकता रहेको बताईउको छ ।
कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिकामा बिभिन्न नयाँ समस्याहरु थपिदै आएको बताउदै सामाजिक सञ्जालको दुरुपयोगले बालबालिकाको शारीरिक र मानसिक समस्या थपिदै गएको बताउनुभयो ।
उहाँले बालबालिकाका महत्वपूर्ण सयौ विषयबस्तु समाचार माध्यममा उठान नहुँदा बालबालिकाको भविश्य मात्रै नभई देशकै भविश्य आझेलमा पर्न सक्ने बताउदै सामाजिक क्षेत्रका बालबालिकाका विषयलाई समाचार माध्यमले प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी रमेश गिरीले बालश्रम, बाल यौन दुव्र्यबहारको भयावह अबस्था र बालबालिकाको सहभागिताका सवालमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उहाँले समाचार संस्थाहरुले बालबालिकाको जोखिमका अनगिन्ती विषयहरुलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके यसले ठूलो सचेतनाको काम गर्ने र बालबालिकालाइई जोखिमबाट बाहिर ल्याउन ठूलो भूमिका निर्वाह हुने बताउनुभयो ।
कार्यक्रममा बालबालिका र सञ्चार समूहका संयोजक गोविन्द खड्काले नेपालका बालबालिकाका प्रमुख सवालका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको बालबालिकाको अबस्था, सरकारी तथ्यांक र बालबालिकाको भविश्य निर्धारणमा मिडियाको भूमिकाकाबारेमा चर्चा गर्नभयो ।
राजनीतिक दलको कार्यक्रमदेखि जेनजी आन्दोलनसम्म बालबालिकाको प्रयोगले ल्याएको मानसिक र शारीरिक समस्याकासाथै शिक्षा, स्वास्थ्य, बाल अधिकारका क्षेत्रमा सहभागि बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले समाचारमा उठाउनु पर्ने विषयहरु माथि चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा सिविसका परियोजना संयोजक उमंग मैनालीले बालश्रम, जोखिममा रहेका बालबालिका, उनीहरुको शिक्षा, स्वास्थ्यको सवाल, उद्धार गरिएका बालबालिका, यौन दुव्र्यबहारमा परेका बालबालिकाका लागि गरिएका कानूनी सहायता, अभिभावक जिविका पार्जन परियोजना लगायतकाबारेमा चर्चा गर्दै सञ्चार माध्यमले बालबालिकाको विषयलाई उठान गर्न सके समास्या समाधानमा राज्यर्ला समेत दबाब पुग्ने बताउनुभयो ।
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर, ४ मङ्सिरः भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।

प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिनुभयो ।

मन्त्रालयकी सचिव डा गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि रिफरल सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालाई नमुनाका रुपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनु भएको थियो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि पुनःउत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

एक सय अङ्कमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ । त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अङ्क प्राप्त गरी तेस्रो भएको उहाँले जानकारी दिनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अङ्क प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताउनुभयो । कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उहाँले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ ।

अख्तियारद्धारा छ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर

काठमाडौँ, ४ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

निर्मित संरचना हाल प्रयोगविहीन भई भग्नावशेषमा परिणत भएको र यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग भएको आयोगले आयोगले जनाएको छ । आयोगले प्रतिवादीहरूमाथि जनही रु १५ लाख आठ हजार ५५७ बिगो कायम गरेको छ ।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी गरेको छ।

मंसिर २७–२९ गते हुने महाधिवेशनका तयारीसँगै विभागले प्रतिनिधि चयनका सबै चरणमा कडाइका साथ विधि पालन गर्न सम्बन्धित संरचनाहरूलाई निर्देशन दिएको हो। विभागको बैठकले पारित गरेको निर्णयअनुसार प्रतिनिधि छनोट कार्य मंसिर १३ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने छ। यसका लागि केन्द्रीय कमिटीको अपानि–१३ को निर्देशनलाई आधार मानेर निर्धारित सङ्ख्यामा प्रतिनिधि चयन गर्न प्रदेश, जिल्ला, पालिका र सबै तहका पार्टी कमिटीहरूलाई भनिएको छ।

सदस्यता आधारमा प्रतिनिधि निर्धारण
प्रतिनिधि छनोट गर्दा २०८२ चैतसम्म नवीकरण प्रमाणित सदस्यताको सङ्ख्या मुख्य आधार हुनेछ। त्यस्तै भूगोल, दलित र मजदुर क्षेत्रका लागि तोकिएका निर्वाचन क्षेत्रमा भाग लिन पाउने सदस्यहरूको सूची मंसिर ७ गतेभित्र यकिन गर्नुपर्ने छ।

भूगोलअन्तर्गतका निर्वाचन क्षेत्रमा केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले मंसिर ६ गतेभित्र आफू कुन क्षेत्रमा सहभागी हुने हो भन्ने जानकारी जिल्लालाई लिखित रूपमा दिनुपर्नेछ।

युवा प्रतिनिधिका लागि नयाँ मापदण्ड
यसपटक विशेष आरक्षण गरिएको ४० वर्षमुनिका युवा प्रतिनिधिका लागि मापदण्ड तोकिएको छ। युवा प्रतिनिधि बन्न २०८२ मंसिर १३ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ । पार्टी सदस्यता कम्तीमा ७ वर्ष पुगिसकेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

पार्टी विधानको धारा ६३(१) मा उल्लेखित न्यूनतम योग्यताहरू अनिवार्य रूपमा लागू हुने निर्णयमा स्पष्ट गरिएको छ।

सूचना नपुग्दा नेतृत्व जिम्मेवार
प्रतिनिधि छनोटसम्बन्धी सूचना मंसिर १० गतेभित्र सबै सदस्यसम्म पुगिसकेको हुनुपर्ने छ। कुनै सदस्यले समयमा सूचना नपाएको दाबी गरेमा सम्बन्धित कमिटीको नेतृत्व नै जबाफदेही हुने विभागको निर्णयमा उल्लेख छ।

फोटोसहितको विवरण अनिवार्य
छनोट भएका प्रतिनिधिहरूको नाम, सदस्यता नम्बर, फोन, फोटोसहितको विवरण मंसिर १५ गतेभित्र सम्बन्धित कमिटी प्रमुखले आधिकारिक रूपमा पठाउनु पर्नेछ। सबै विवरण अनलाइन प्रणालीबाट व्यवस्थित रूपमा केन्द्रीय संगठन विभागमा अनिवार्य रूपमा पठाउनुपर्ने निर्णय गरिएको छ।

सहमतिमा छनोट, नभए स्वस्थ प्रतिस्पर्धा
प्रतिनिधि छनोट यथासम्भव सहमतिका आधारमा गर्न निर्देशन दिइएको छ। सहमति सम्भव नभएमा स्वस्थ प्रतिस्पर्धा गराएर प्रतिनिधि चयन गर्न संगठन विभागले भनिएको छ।

विभाग सदस्यहरूको जिम्मेवारी स्पष्ट
निर्णयले विभागका सदस्यहरूलाई आफ्ना-आफ्ना जिम्मेवारीका क्षेत्रमा समन्वय, सहजीकरण, अस्पष्टता हटाउने, समस्या समाधान गर्ने र समयमै विवरण पठाउन ताकेता गर्ने जिम्मेवारी दिएको छ।

त्यसअन्तर्गत संगठन विभागका नेताहरूलाई प्रदेश र जिल्ला अनुसार विशिष्ट जिम्मेवारी तोकिएको छ। उहाँहरूले निर्वाचन क्षेत्रअनुसार प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रियामा नजिकबाट नेतृत्व र अनुगमन गर्ने हुने छ ।

यस्ता छन् संगठन विभागका निर्णयहरू :

क.२०८२ मंसिर २७ –२९ मा आयोजना हुन गइरहेको पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्य सुव्यवस्थित बनाउनका लागि निम्न विषयहरूमा ध्यान दिनुपर्दछ :

१. केन्द्रीय कमिटीको अपानि–१३ ले गरेको निर्देशनबमोजिम आगामी महाधिवेशनका लागि तोकिए बमोजिमका प्रतिनिधिहरूको मङ्सिर १३ गते विधिसम्मत ढङ्गले छनोट गर्ने ।

२. प्रतिनिधि छनोट केन्द्रीय संगठन विभागबाट २०८२ चैतसम्मका लागि पार्टी सदस्यता नवीकरण प्रमाणित भएका पार्टी सदस्य सङ्ख्याका आधारमा गर्नुपर्ने ।

३. अपानि–१३ ले तोकेका भूगोल/दलित/मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोटको प्रक्रियामा सहभागी हुनसक्ने पार्टी सदस्यहरूको सङ्ख्या मङ्सिर ७ गतेभित्र यकिन गरिसक्ने । भूगोलको निर्वाचन क्षेत्रमा पार्टी सदस्य रहेका केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले आफू कुन क्षेत्रमा सहभागी हुने हो, मङ्सिर ६ गतेभित्र सम्बन्धित जिल्लालाई लिखित जानकारी गराउनुपर्नेछ । त्यसको बोधार्थ संगठन विभागलाई दिनुपर्ने ।

४. प्रतिनिधि छनोटको व्यवस्थापकीय कामको गृहकार्य अपानिले निर्देश गरेका कमिटीका ईञ्चार्ज र पदाधिकारीहरूले बेलैमा गर्नुपर्नेछ । कुनै पनि हालतमा प्रतिनिधि छनोटको काम मङ्सिर १३ गते सम्पन्न भएकै हुनुपर्नेछ । यथासम्भव सहमतिका आधारमा चयन गर्ने, सहमति नभएमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट गर्ने ।

५.प्रतिनिधि हुन चाहिने न्यूनतम आवश्यक योग्यताका सम्बन्धमा पार्टी विधानको धारा ६३(१) मा उल्लेख भएबमोजिम गर्ने । यसपटक विशेष आरक्षण गरिएको चालीस वर्ष मुनिका युवा प्रतिनिधि हुनका लागि सदस्यता प्राप्त गरेको कमसेकम ७ वर्ष पुगेको हुनुपर्ने । उमेरका सन्दर्भमा २०८२ मङ्सिर १३ गतेको मितिसम्ममा ४० वर्ष नकटेको हुनुपर्नेछ ।

६.प्रतिनिधि छनोटसम्बन्धी सूचना मङ्सिर १० गतेभित्र भरपर्दो माध्यमबाट सबै सम्बन्धित पार्टी सदस्यहरूलाई पुगिसकेको हुनुपर्ने । कुनै सदस्यले समयमा जानकारी नपाएमा सम्बन्धित कमिटीको नेतृत्व जबाफदेही हुनुपर्नेछ ।

७. चयन भएका प्रतिनिधिहरूको फोटोसहितको विवरण सम्बन्धित कमिटी प्रमुखले मङ्सिर १५ गतेभित्र आधिकारिक रूपमा पठाउनुपर्ने ।

८.प्रतिनिधिको समग्र विवरण– (नाम/निर्वाचन क्षेत्र/सदस्यता नम्बर/फोन/फोटो) पठाउनुपर्ने ।

९. तोकिएको विवरणसहित अनिवार्य रूपमा अनलाइनमा व्यवस्थित गरी केन्द्रीय संगठन विभागमा पठाउने ।

ख.विभागका सदस्यहरूको जिम्मेवारी

१.तोकिएको कार्यक्षेत्रभित्र प्रतिनिधि छनोटको समग्र प्रक्रियामा समन्वय र सहजीकरण गर्ने ।

२.अपानि–१३ र संगठन विभागका निर्णयहरूको कार्यान्वयनमा ताकेता गर्ने । स्वच्छ तथा कमरेडली वातावरणमा विधिसम्मत ढङ्गले छनोट कार्य सम्पन्न गराउन नजिकबाट सहयोग गर्ने ।

३. प्रतिनिधि छनोटका विषयमा आउन सक्ने अस्पष्टताहरूलाई स्पष्ट पार्ने ।

४.छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने ।

५.तोकिएको समयभित्र विवरणसहितको प्रतिनिधिहरूको नाम केन्द्रीय संगठन विभागमा पठाउन सम्बन्धित जिम्मेवार कमरेडहरूलाई ताकेता गर्ने ।

ग.संगठन विभागका सदस्यहरूका लागि तोकिएको जिम्मेवारीको क्षेत्र

१. भानुभक्त ढकाल– जनसंगठन र सम्पर्क समन्वय कमिटीअन्तर्गतका निर्वाचन क्षेत्रहरू

२. शेरधन राई– भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ¨, सङ्खुवासभा, सुनसरी, मोरङ र झापा

३. विशाल भट्टराई– खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा

४. सुमनराज प्याकुरेल– सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही

५. ज्वाला साहा– रौतहट, बारा र पर्सा

६. आनन्द पोख्रेल– काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन

७. गणेश पहाडी– सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर

८. सुजिता शाक्य– उपत्यका विशेष प्रदेशअन्तर्गतका जिल्लाहरू

९. सम्झना देवकोटा– गोरखा, लमजुङ, तनहुँ, मनाङ र नवलपुर

१०. गोविन्द नेपाली– बागलुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी

११. लीला गिरी– रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम), गुल्मी

१२. जीवन गौतम– दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम र रोल्पा

१३. लक्ष्मी पोख्रेल– कर्णाली प्रदेशका सबै जिल्ला

१४. लालबहादुर थापा– दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम

१५. लीला भण्डारी– कैलाली र कञ्चनपुर

१६. माधव ढुङ्गेल– केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरू ।

१७. काशीनाथ अधिकारी– अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवास

विरोधको सामना प्रतिरोध मार्फत गर्नुपर्छ : महेश बस्नेत

काठमाडाैँ, ४ मंसिर । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधकाे सामना प्रतिरोधमार्फत गर्नुपर्ने धारणा राख्नुभएकाे छ ।

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै बस्नतेले एमाले आलाेचना सहने भए पनि अवराेध भने नसहने बताउनुभयाे । एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उहाँले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको उहाँले स्पष्ट पार्नुभयाे । ‘जहाँ अवरोध, त्यहाँ प्रतिरोध भन्ने सिद्धान्तसहित हामी अगाडि बढ्छौँ’, उहाँले भन्नुभयाे ।

जेन–जी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएका घटनाले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै बस्नेतले माइतिघरदेखि एभरेष्ट होटलसम्मकाे जेन–जी आन्दोलनप्रति एमालेले निरन्तर ध्यान दिँदै आएको र ती मागलाई जिम्मेवार रूपमा सम्बोधन गर्दै जाने बताउनुभयो। तर त्यस पछिका गतिविधि अपराधिक भएकाे उहाँकाे धारणा छ ।

उहाँले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको टिप्पणी गर्नुभयो। ‘निर्दोषले न्याय पाओस्, दोषी नछुटोस्, त्यसैले निष्पक्ष छानबिन होस्,’ उहाँले आग्रह गर्नुभयो।

बस्नेतका अनुसार अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको छ । अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेका उहाँकाे बुझाइ छ ।

उहाँका अनुसार स्थिर र जनपक्षीय सरकार बन्न नसक्दा देशमा शिक्षा, पूर्वाधार र समग्र विकासका धेरै योजनाहरू प्रभावित बनेका छन्। उहाँले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्र र भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएको उल्लेख गर्दै अहिले भने ‘जलाउने र ध्वस्त पार्ने’ गतिविधि बढी भएको बताउनुभयाे ।  ‘ठूला निर्माणका काम ओलीजीको कार्यकालमै भएका थिए,’ उहाँले स्मरण गराउनुभयो।