बालबालिकामा बढ्दै आँखा क्यान्सर

काठमाण्डौं । नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुने गरेको एक सर्वेक्षणले देखाएको छ। हालै विभिन्न अस्पतालमा उपचारमा पुगेका बिरामीलाई लिएर गरिएको सर्वेक्षणले नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको नयाँ क्यान्सर हुने अनुमान गरेको हो। बुधबार तिलगंगा आँखा अस्पतालले विश्व बाल क्यान्सर दिवस मनाउने क्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

तिलगंगा आँखा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजू भने सर्वेक्षणले अनुमान गरेभन्दा बढी बालबालिकामा आँखाको क्यान्सर हुन सक्ने बताउँछन्। ‘प्रतिवर्ष ५० जना अनुमानित तथ्यांक मात्र हो, योभन्दा बढी हुन सक्छ,’ उनले भने। तीमध्ये तिलगंगा आँखा प्रतिष्ठानमा मात्र ३५ देखि ४५ जना आँखामा क्यान्सर भएका बालबालिकाको उपचार हुने गरेको छ। उपचारमा पुगेकामध्ये १५ जनामा दुवै आँखामा क्यान्सर भएको फेला परेको छ। विश्वभरि बालबालिकामा हुने क्यान्सरमध्ये आँखाको क्यान्सरले ३ प्रतिशत ओगटेको छ। विश्वव्यापी रूपमा हेर्दा प्रति १५ देखि २० हजार जीवित जन्मेका शिशुमध्ये एउटामा आँखाको क्यान्सर हुन्छ।

पाँच वर्षमुनिका बालबालिकामा हुने आँखाको क्यान्सर समयमै उपचार नगरे मृत्युसमेत हुने हुनाले सुरुमै पहिचान भए उपचार हुन सक्ने डा. सैजूको भनाइ छ। बेलैमा उपचार गरी बालबालिकामा हुने आँखाको क्यान्सरबाट बचाउन सकिने उनी बताउँछन्। नेपालमा पछिल्लो समय आँखाको क्यान्सरबारे केही जनचेतना बढ्दै गएकाले उपचारमा आउनेको संख्या पनि बढ्दै गएको प्रतिष्ठानकी अकुलोप्लास्टिक एवं अकुलोअन्कोलोजिस्ट डा. पूर्णिमा स्थापितले बताइन्। तर थप जनचेतनाको आवश्यकता भने रहेको उनको भनाइ छ।

आँखाको क्यान्सर पाँच वर्ष मुनिका बालबालिकालाई हुने गर्छ। सात वर्षसम्मका केही बालबालिकामा पनि यो रोग देखिन सक्छ। यो रोगको संक्रमण आँखाको भित्री भागबाट मासु पलाएर पुरै आँखामा फैलिन्छ र अन्धोपनको अवस्थामा पुर्‍याउँछ। यो रोगको समयमै पत्ता लागेन र पत्ता लागे पनि सही उपचार हुन सकेन भने शरीरको अन्य भागमा पनि फैलिएर बालबालिकाको ज्यानै जान सक्छ। आँखाको नानीको भाग सेतो तथा रातो हुने लक्षण देखिएर रोग छिप्पिँदै गए आँखा डेढो हुने, आँखाको डल्लो बाहिर निस्कने, हेराइमा सन्तुलन नहुँदा बच्चा पटकपटक ठोक्किनेजस्ता लक्षण देखिन्छन्।

यो पनि पढ्नुहोस  हिमेश पन्तको जाहेरीको आधारमा जनआस्थाका सम्पादक पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ, प्रहरीले पुर्यायो साईबर ब्यूरो

पाँच वर्षभित्रका बालबालिकाले टेढो हेरे, आँखाभित्र कुनै डल्लो देखा परे, आँखा रातो भए, बालबालिका लड्न थाले आँखाको क्यान्सर हुन सक्ने भएकले चाँडो उपचारमा पुगे निको हुने सक्भावना उच्च हुने डा. सैजूले बताए। शिशु जन्मेपछि एकपटक अनिवार्य आँखा जाँच गराए त्यस्तो क्यान्सरबाट छ कि छैन पत्ता लाग्ने र छ भने मृत्युको सम्भावनाबाट टार्न सकिने चिकित्सकहरू बताउँछन्। नेपालका विभिन्न आँखा अस्पतालमा बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान भए पनि पूर्ण रूपमा उपचार हुने गरी तिलगंगा आँखा प्रतिष्ठानले छुट्टै एकाइ नै स्थापना गरी उपचार गर्दे आएको छ।

तिलगंगामा निःशुल्क उपचार  

तिलगंगा आँखा प्रतिष्ठानमा अबदेखि आँखा क्यान्सरको उपचार निःशुल्क हुने भएको छ। अस्पतालसँग सहकार्य गर्दै आएको ओपन आई नेपालले अस्टे«ेलियाको क्याथोलिक युनिभर्सिटीसँगको सहकार्यमा आगामी चार वर्षसम्म निःशुल्क सेवा दिने घोषणा गरेको हो। यो सेवाको उद्घाटन क्यान्सरपीडित कर्ण शाक्यले गरे। उनले आँखा उपचारका लागि ५ लाख ५० हजार रूपैयाँ दिने भनी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो उपचारअन्तर्गत क्यान्सरका कारण आँखा गुमाएका बालबालिकाको कृत्रिम आँखा पुनःस्थापना हुने अस्पतालकी अकुलोप्लास्टो तथा आँखा क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिइन्।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  जठामंगल पर्व टोलटोलमा घुमाएर मारियो, राक्षसको प्रतिक घण्टाकर्ण