गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउँछ : मुख्यमन्त्री किरण थापा
भक्तपुर, २७ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ऐतिहासिक एवं धार्मिक महत्व रहेको एक महिने गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउने बताउनु भएको छ ।

आज मध्यपुरथिमि नगरपालिका–७, नगदेश पुखुसीस्थित नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः मध्यपुरथिमिले आयोजना गरेको गुँला पर्वको समापन कार्यक्रममा बोल्दै उहाँले धार्मिक र सामाजिक एकताको बसलयो आधार गुँला पर्व रहेको बताउनु भएको हो ।

उहाँले नेवाः समुदायको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण एवं पुस्तान्तरणमा यस्ता सांस्कृतिक पर्वहरूको महत्वपूर्ण योगदान रहँदै आएको बताउदै यस्ता धार्मिक पर्वले आन्तरिक तथा बाह्य पयटनको विकासमा टेवा पुर्याउने बताउनुभयो ।
प्रदेश सरकारल धार्मिक पर्यटनको विकासका लागि बजेट विनियोजन गरेको बताउदै धर्मिक, ऐतिहासिक एव मूत तथा अमूर्त कला संस्कृतिको संरक्षणमा प्रदेश सरकारले अग्रस्थानमा रहेर कार्य गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा एक महिने गुँला पर्व सफल पार्न भूमिका निर्वाह गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद मदनकृष्ण श्रेष्ठ, वागमती प्रदेश सदस्य सकुन्तला श्रेष्ठ, मध्यपुरपथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपपमुख विजय श्रेष्ठलायतले गुँला पर्वले नेवाः हरुको कला, संस्कृति र परम्परालाई जिवन्त राख्दै संस्कृतिको संरक्षणमा टेवा पुर्याएको बताउनुभयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
