जीबी राईको अडियो सार्वजनिक अडियो सार्वजनिकः सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो, रवि र छविलाई नजोड्न आग्रह

काठमाडौ । सहकारीको बचत रकम अपचलनसम्बन्धी कसुरमा फरार रहेका जीबी राईको अडियो र सन्देश र प्रेस विज्ञप्ति सार्वजनिक भएको छ । राईले आफू स्वदेश फर्किन इच्छुक रहेको जनाउँदै बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्ने बताएका छन्। उनले ग्यालेक्सी टेलिभिजनमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने बताएका हुन्।

राईले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकम व्यवस्थापनमा तत्कालीन सञ्चालक रवि लामिछाने र छविलाल जोशीलाई जोड्नु उचित नहुने दाबी पनि गरेका छन्। उनले आवश्यक परे साथीभाइ, आफन्त तथा शुभेच्छुकबाट व्यवस्थापन गरिएको जग्गाजमिन वा अन्य विकल्प प्रयोग गरेर बचतकर्ताको रकम फिर्ता गर्न प्रयास गर्ने बताएका छन्।

आफ्नो पक्राउले मात्रै बचतकर्ताको समस्या समाधान नहुने उल्लेख गर्दै राईले निश्चित समयभित्र रकम व्यवस्थापन गर्न सक्ने दाबी गरेका छन्। उनले कोभिड–१९ पछिको आर्थिक मन्दी, ऋण असुलीमा देखिएको समस्या र निजी कम्पनीमा गरिएको लगानीले सहकारी संकट गहिरिएको समेत बताएका छन ।

तर, रकम फिर्ता गर्ने समयसीमा, व्यवस्थापन गरिएको सम्पत्तिको विवरण र बचतकर्ताले कति रकम कसरी फिर्ता पाउने भन्नेबारे उनको विज्ञप्तिमा स्पष्ट योजना खुलाइएको छैन।

राईविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंको स्वर्णलक्ष्मीलगायत सहकारीको रकम हिनामिना गरेको अभियोग छ। उनीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ। राईको भनिएको अडियोको सत्यता पुष्टि गर्न प्रहरीले परीक्षण गर्ने जनाएको छ।

राईका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  १५ परिवारको ९२ जनाको उद्धार, भत्तःपुर काठमाडौं जोड्नु मनोहरा पुल भासिएसंगै यातायात बन्द,  ताथली सडक पहिरो पन्छाएपछि सूचारु

यो पनि पढ्नुहोस  भक्तपुर अस्पताल देशभरकै उत्कष्ठ अस्पताल घोषणा