रास्वपा केन्द्रीय बैठकको निष्कर्ष : न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढाउने
 काठमाडौँ, १४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले न्यायालयको पुनःसंरचनाका लागि संसदीय दललाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
“न्यायालयमा देखिएका व्यथिति र विसङ्गति तथा केही न्यायाधीशलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा जति सन्दर्भ आइरहेका छन्, यो विषयलाई अब निरुपण गर्नुपर्छ”, बैठकको निष्कर्ष सुनाउँदै उहाँले भन्नुभयो, “न्यायलयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता महसुस भएको अवस्थामा अब संसद्बाट यसको निरुपण खोज्नुपर्छ ।”
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने स्पष्ट पारे । महाअभियोगबारे सोधिएको प्रश्नमा उनले प्रक्रिया संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए।
यो पनि पढ्नुहोस  दशैं तिहार लक्ष्ति गर्दै आईरा इन्टरप्राईजेजले भक्तपुरको जगातीमा खोल्यो होण्डाको नयाँ शोरुम
प्रकाशित मितिः