भारतीय सेनामा गोर्खा भर्ती पुनः खुलाउन माग गर्दै माइतीघरमा पूर्वसैनिकको प्रदर्शन

काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया फेरि सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले भारत सरकारले अग्निपथ योजना लागू गरेपछि रोकिएको गोर्खा भर्ती प्रक्रिया तत्काल खुलाउन माग गरेका छन्। उनीहरूले नेपाली बेरोजगार युवाका लागि भरपर्दो रोजगारीको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।

यसअघि गत १२ अगस्टमा पोखरामा पनि पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती प्रक्रिया खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए। त्यस्तै, १९ अगस्टमा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेला पूर्वगोर्खा सैनिकहरूले भर्ती पुनः सुरु गर्न पहल गर्न आग्रह गरेका थिए। तर, उक्त भ्रमणका क्रममा पनि यसबारे कुनै ठोस सहमति हुन सकेको थिएन।

प्रदर्शनकारीहरूले सचिवस्तरीय निर्णय खारेज गरी पूर्वगोर्खा सैनिकका संस्था तथा संगठन दर्ता र नवीकरणको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस  आधा शरीर जलेको अबस्थामा घरभित्रै मृत भेटियो
प्रकाशित मितिः