मकवानपुरमा ईभी गाडी ७०० मिटर तल खस्यो, १० जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला गाडीमा १५ जना सवार थिए। तीमध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली घटनास्थलमा खटिएको छ। नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको छ।

दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस  प्रत्येक नेपालीको टाउकोमा अब एक लाखभन्दा बढी राज्यको ऋण
प्रकाशित मितिः