उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न

भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको १९ औं साधारणसभा सम्पन्न भएको छ । सिरु बौद्धिक समाजको सिरुटारमा सम्पन्न सभामा सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित जनप्रतिनिधि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य शशीजंग थापाले सामाजिक सेवाको कार्यमा सिरु बौद्धिक समाज र वडाका जनप्रतिनिधिले सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिन भयो । उहाँले स्थानीय विकासमा प्रदेश सभा सदस्यको हैसियतमा सूर्यविनायक नगरपालिका वडा नं.१ को विकास निर्माणमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नवनिर्वाचित वडा अध्यक्ष सानुकाजी कायस्थले जनमतबाट आफू पुनः निर्वाचित भएकोमा स्थानीय मतदाता सबैलाई धन्यवाद दिँदै वडाको विकासको कार्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।

कार्यक्रममा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा वागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, महालक्ष्मी नगरपालिका, ललितपुरका शिक्षा विभाग प्रमुख चिरञ्जीवि पौडेल र स्थानीय सिमबिरुवा खानेपानी उपभोक्ता समितिका सचिव मधुकर थापा, ले साधारण सभाको सफलता र नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई शुभकामना व्यक्त गर्नु भयो ।

स्थानीय निर्वाचन २०७९ बाट सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा सदस्यहरु कुमारप्रसाद चौलागाई, सुवास न्यौपाने, महिला वडा सदस्य मञ्जु कार्की, दलित महिला वडा सदस्य कल्पना नेपालीलाई वागमती प्रदेश सभा सदस्य थापाले सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भयो । समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति ध्रुवराज विष्टले आफ्नो कार्यकाल सफल पुर्याउन सहयोग पुराउनु हुने कार्यसमिति लगायत सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

यो पनि पढ्नुहोस  विरोधको सामना प्रतिरोध मार्फत गर्नुपर्छ : महेश बस्नेत

त्यसैगरि सभाले समाजको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकको छ । नेपाल सरकार, न्याय सेवाका पूर्व सहसचिव एवम् अधिवक्ता विष्णुकाजी थापाको अध्यक्षतामा राजेन्द्रकुमार श्रेष्ठ उपाध्यक्ष, सनोदकुमार थापा सचिव, नातिकाजी बस्नेत कोषाध्यक्ष र सदस्यहरुमा गीताप्रसाद पोखरेल नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, सुश्री भगवती थापा, जनार्दन न्यौपाने, मिलन थापा, अमर के.सी. र नवराज गिरी सहितको १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । सिरु बौद्धिक समाजको विधानमा सूर्यविनायक नगरपालिका वडा नं.१ को अध्यक्ष कार्य समितिको पदेन सदस्य रहने प्रावधान अनुरुप वडा अध्यक्ष सानुकाजी कायस्थ समेत कार्य समिति सदस्य रहनु हुने छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा गर्ने चरण भोलिदेखि