उपप्रमुख बुढाथोकीद्धारा नगर अस्पताललाई सुबिधाको गाडी हस्तान्तरण, कुनै सुबिधा नलिने घोषणा

भक्तपुर, २७ जेठ :चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुबिधाको गाडी नगर अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।

आज चाँगुनारायण नगर अस्पतालमा पुगेर उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले चुनाव अगाडि मतदातासँग नगरपालिकाबाट पाउने गाडी नगर अस्पताललाई हस्तान्तरण गरेको छु, मेरो सुबिधाको गाडी नगर क्षेत्र भित्र रहेका बृद्दबृद्दा, शारीरिक अशक्त, दिर्घ रोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुबिधा म लिन्न ।”

उहाँले नगरपालिकाबाट पाउने गाडी, पेट्रोल, तलब, भत्तालगायतका अतिरिक्त कुनै पनि सुबिधा नलिने घोषणा गगर्नु भयो । सफल व्यवसायीसमेत रहनु भएका उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले पाउने तलब, भत्ता पनि छुट्टै कोष खडा गरेर नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरुको बृद्दि विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवं स्वरोजगारको क्षेत्रमा खर्च गर्नेछु ।”

नगरपालिकाको समग्र बिकासमा अबको पाँच वर्ष सक्रिय भएर लाग्ने बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकारसंग इन्सेकको माग

यो पनि पढ्नुहोस  नक्कली भुटानी शरणार्थी काण्डमा फरार टोपबहादुर पक्राउ