चुनावको तिक्ततालाई छोड्दै अब भक्तपुरको विकासमा सबै मिलेर हातेमालो गर्दै अगाडि बढौँ : महेश बस्नेत : नगद रु. १० हजार पुरस्कार सहित उत्कृष्ट गैसससहित बिभिन्न व्यक्तिलाई सम्मान

भक्तपुर, ३१ जेठ : गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुरले २०७८ सालमा जिल्ला भरिका गैसस मध्ये उत्कृष्ट काम गर्न सफल सामुदायिक स्वास्थ्य केन्द्र सूर्यविनायकलाई नगद रु. १० हजार सहित पुरस्कार प्रदान गरेको छ ।

गैसस नेपाल भक्तपुरको आज सम्पन्न १८ र्औ वार्षिक साधारण सभा, शुसासन स्मासिका बिमोचन, उत्कृष्ट संस्था पुरस्कार तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा उत्कृष्ट संस्थाका अध्यक्ष न्हुच्छेकुमार त्वायनालाई दोसल्ला ओढाएर, सम्मान प्रत्र प्रदान गरि नगद रु. १० हजारसहित पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा संघीय सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले त्वयनालाई सम्मान पत्र प्रदान गर्नु भयो । उहाँले गैसस भक्तपुरले प्रकाशन गरेको शुसासन स्मारिका बिमोचन गर्नु भयो । उहाँले जिल्ला समन्वय समिति भक्तपुरका नवनिर्वाचित प्रमुख इश्वरबहादुर थापा र उपप्रमुख सुजाता वादेलाई सम्मान गर्नु भयो । त्यसैगरि कार्यक्रममा गैसस महासंघ केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र महासचिव अर्जुन भट्टराई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद बस्नेतले गैससले सामाजिक बिकासको क्षेत्रमा हमत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा जिल्ला समन्वय समिति र स्थानीय सरकारसँग सहकार्य गर्दै समग्र बिकासमा लाग्न सक्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले दुई महिनासम्म चलेको राजनीतिक प्रतिस्पर्धालाई अब यहीँ थाती राखेर दलहरुको तिता क्षणहरुलाई बिर्सेर भक्तपुरको बिकासमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एक साथ लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख थापाले गैससहरुसँग समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्ने बताउनु भयो ।

त्यस्तै गैसस महासंघका केन्द्रीय अध्यक्ष सुवेदीले सरकारले नाफामूलक निजी व्यापारिक क्षेत्रलाई जस्तै गैससले दाताहरुबाट सामाजिक काम गर्न ल्याएको बजेटमा पनि भ्याट लगाउने नीति ल्याएर सामाजिक क्षेत्र र संस्थालाई अंकुश लाउन लागेको भन्दै यसलाई नसच्याए गैससले देशव्यापी आन्दोलन सुरु गर्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस  प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन : अध्यक्ष दाहाल

गैसस महासंघ केन्द्रीय महासचिव भट्टराईले स्थानीय तहले कतिपय अबस्थामा गैससलाई निषेध गर्ने, आफ्नो ऐन कानूनमा गैससको भूमिका नसमेट्ने कार्य गरिरहेको प्रति आपत्ति जनाउदै गैससले वाग्मति प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरेको निर्देशिका पालिकाहरुले कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधान, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिब शुभचिन्तक, गैसस महासंघ भक्तपुरका सल्लाहकारद्धय दुर्गामोहन श्रेष्ठ, जुना बस्नेत, गैसस महासंघ भक्तपुरकी उपाध्यक्ष अनिता पाण्डेलगायतले गैससको भूमिका सरकारको सहयोगीको रुपमा रहेपनि गैससमाथिको विभेद भने अन्त्य नभएको चर्चा गर्नु भयो ।

गैसस महासंघ भक्तपुरका सचिव रमेश गिरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष पहलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भयो । गैसस महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपानेले गैससले सामाजिक बिकासको क्षेत्रमा गरेको कामको चर्चा गर्दै कोरोनाले ल्याएको विपदलाई मध्यनगर गर्दै गैससले विपद व्यबस्थापन कोष स्थापना गरेको बताउनु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  पार्टीको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्दै सफल पारे किरण थापाले वडाध्यक्षदेखि स्वास्थ्यमन्त्रीसम्मको सफल यात्रा