झंककुमारी स्मृति प्रतिष्ठानले सुरु गर्यो निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

भक्तपुर, ४ साउन : झंककुमारी स्मृति प्रतिष्ठान भक्तपुरले आजबाट चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनरायण नगरपालिका वडा नं. ५ र ६ को सिमाना खरिपाटी १८ महिना अगाडि सञ्चालन हुदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई बिस्तार गरि आजबाट दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरण सहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो ।

गरिव तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनु परेका देखेपछि स्थानीइ बासिन्दाका लागि सहज रुपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उदेश्यले समाजसेवी, व्यवसायी एवम् नेपाली काँग्रेसका नेता राजाराम खड्काले दिवंगत आमा झंककुमारी खड्काको स्मृतिमा स्थापना गर्नु भएको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो ।

सेवाको आज नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गर्नुभयो । उहाँले राज्यले गर्नु पर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आमनागरिक लाभान्वित हुने बताउनु भयो । उहाँले चाँगुनारायण नगरपालिकाले विगतमा एमालेबाट निर्वाचित नगर प्रमुखले करारमा राखेका कर्मचारी निस्कासन गरेर राम्रो गरेको भन्दै भ्रष्टाचारको अन्त्य गर्न नगर प्रमुखलाई कार्यक्रमस्थलबाटै निर्देशन दिनु भयो ।

कार्यक्रममा वाग्मति प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएको भन्दै यहाँ को काँग्रेस, को एमाले वा को अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताउनु भयो । उहाँले यस प्रतिष्ठानलाई जग्गा उपलब्ध गराएर भवन निर्माण गरि आवश्यक पूर्वाधार, प्राबिधिक सामग्रीको उपलब्ध गराई मिनि अस्पतालको रुपमा बिकास गर्न म वाग्मति प्रदेश सरकारसँग पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजाराम खड्काले भन्नुभयो, “सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस, ज्यान गुमाउन नपरोस भनेर आमाको स्मृतिमा झंककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरि विगत डेढ वर्षदेखि चाँगुनारायण नगरपालिकाका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य सेवा र औषधिको व्यबस्था गरेका छौँ ।”

यो पनि पढ्नुहोस  श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न, मध्यराती १२ बजेसम्म मेला

उहाँले आजदेखि दैनिक निःशुल्क रुपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने बताउदै यसलाई अझै बिभिन्न स्वास्थ्य उपकरणहरु जडान गरि सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनु भयो । हुनेले नहुनेका लागि सहयोग गर्न आव्हान गर्दै उहाँले आजै सन्तोष भट्टराईले एक लाख ५० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको बताउनु भयो ।

अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाको रुपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाको रुपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाको रुपमा हेरेर सेवा लिईदिन सबैमा आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, वाग्मति प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पुर्याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । प्रतिष्ठानले दैनिक डाक्टर अनिल त्यातमार्फत विरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने, औषधि वितरण गर्ने व्यबस्था गरेको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  दीर्घकालिन योजना एवं भूउपयोग नीति ल्याउन नगर प्रमुख खत्रीलाई बिज्ञहरुको आग्रह