भक्तपुरका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न राजधानी जानै पर्दैन, अब भक्तपुरमै राजधानी कलेज

भक्तपुर, । मानविकी, व्यवस्थापन, शिक्षा र कानून संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि भक्तपुरमा राजधानीँ कलेज सञ्चालनमा आएको छ । काठमाडौंको वानेश्वरमा सञ्चालन हुदै आएको उक्त राजधानी कलेज अब भक्तपुरका विद्यार्थीका लागि लक्ष्ति गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउने भएको छ ।

भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्यका साथ शैक्षिक क्षेत्रका बिद्धत व्यक्तिहरुले गरिरहेको प्रयासलाई साकार पार्ने लक्ष्यका साथ भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेन्डरी स्कूलको व्यवस्थापनमासञ्चालनमा आउन लागेको कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले जानकारी दिनु भयो ।

कलेज चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागेश्वरी र भक्तपुर नगरपालिका वडा नम्बर १० को सिमानामा रहेको कमलविनायक क्षेत्रमा सञ्चालन आउने बताउदै उहाँले कलेजले आफ्नो छुट्टै भवन समेत निर्माण गरिरहेको बताउनु भयो ।

विद्यालय शिक्षाको क्षेत्रमा निकै छिटो फड्को मार्न र दुई दशकदेखि शैक्षिक क्षेत्रको अनुभव संगाल्दै आउनु भएका डा. कोजूको मुख्य व्यबस्थापनमा सञ्चालनमा आउन लागेको उक्त कलेजलाई विद्यार्थीको पहिलो रोजाइको कलेज बनाउने गरि अगाडि बढेको बताउनु भयो ।

शिक्षा र पर्यटनका लागि भक्तपुर भन्ने नाराका साथ अध्यापन सुरु गर्न लागेको कलेजले विद्यार्थीहरुलाई सरल, सहज शुल्कमा अध्ययन गराउने र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताउदै प्राचार्य डा. कोजूले सरल शुल्कमा गुणस्तरीय शिक्षा अर्को लक्ष्य रहेको बताउनु भयो ।
यस वर्ष कक्षा ११ मा नयाँ भर्ना खुल्ला गरेर विद्यार्थी आव्हान गरेको बताउदै उहाँले विद्यार्थी भर्नाका लागि साउन ७ गतेसम्म फाराम भर्न आव्हान गरेको जानकारी दिनु भयो ।

गरिब, जेहेन्दार र अनुशासित विद्याथीृका लागि पहिलो परीक्षा साउन ७ गते सञ्चालन गर्ने जानकारी दिदै प्राचार्य डा. कोजूले कलेजको कार्यक्षेत्र रहेका पालिकाहरूसँग समन्वय गरि पढ्दै कमाउँदै भन्ने अवधारणालाई आत्मासात गर्दै शैक्षिक कायृक्रम अगाडि बढाउने बताउनु भयो ।

यो पनि पढ्नुहोस  चाँगुनारायण नगरपालिकाका उपप्रमुख बुढाथोकीलाई मातृशोक

विद्यार्थीहरुलाई आकर्षित गर्न कलेजले शैक्षिक पदयात्रा समेत सञ्चालन गरेको छ । त्यसैगरि विद्यार्थीहरुलाई कुन विषय पढ्दा उपयुक्त हुन्छ भनेर परामर्शसमेत सञ्चालन गरेको छ ।

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्ने बेलासम्म सीप र शिक्षा दुबै लिएर जाने बताउदै उहाँले विद्याथीृका लागि पाँचवटा बस र तत्कालका लागि कक्षा ११ का लागि चार वटा भवन तयार पारेको बताउनु भयो । भक्तपुर नगरपालिका १० कमलविनायकमा रहेको रोम्बस स्कुलमा भने स्थापनाको छोटो समयमै ५५० विद्यार्थी अध्ययनरत रहेको उहाँको भनाइ छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ