नेपाली कांग्रेसका वडा सभापतिसहित सिंगो वडा समिति एमाले प्रवेश : यो चार वर्षको अबधीमा भक्तपुरको बिकासले यहाँको मुहार फेरिएको छ : एमाले नेता महेश बस्नेत

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ६ का सभापति राजेन्द्र त्वातीको नेतृत्वमा, वडा समितिका सचिव अनिल बके, सहसचिव राजेश शिलाकार, वडासमितिका सदस्यहरु निराजन सुवाल, सरोज बके, कांग्रेस क्रियासिल सदस्यहरु प्रकाश घिसिङ, सुजन बके, सुजन सुकुभुटु, ई.कुसल सुवाल, शिव श्रेष्ठ, दिपक श्रेष्ठ, सागर सुवाल, बावुराम श्रेष्ठ नेकपा एमाले प्रवेश गर्नु भएको हो । त्यसैगरि आजै विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य विवेक पौडेल र नेकपा माले भक्तपुर जिल्ला सचिव हिमान्चल कार्की पनि आफ्नो पार्टीं परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नु भएको हो ।

======================================================

भक्तपुर, ८ साउन : नेपाली कांग्रेस लगायत बिभिन्न पार्टीमा नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ता आज नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको कार्यालय सूर्यविनायकमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, विवेकशिल पार्टी र नेकपा मालेको जिम्मेवार तहमा रहेका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट अब देश विकास हुन नसक्ने र देशनै फुटको संघारमा पुर्याउन लागेको भन्दै नेपाली काँग्रेसका वडासभापति सहित सिंगो वडा समितिले काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ६ का सभापति राजेन्द्र त्वातीको नेतृत्वमा, वडा समितिका सचिव अनिल बके, सहसचिव राजेश शिलाकार, वडासमितिका सदस्यहरु निराजन सुवाल, सरोज बके, कांग्रेस क्रियासिल सदस्यहरु प्रकाश घिसिङ, सुजन बके, सुजन सुकुभुटु, ई.कुसल सुवाल, शिव श्रेष्ठ, दिपक श्रेष्ठ, सागर सुवाल, बावुराम श्रेष्ठ नेकपा एमाले प्रवेश गर्नु भएको हो ।

त्यसैगरि आजै विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य विवेक पौडेल र नेकपा माले भक्तपुर जिल्ला सचिव हिमान्चल कार्की पनि आफ्नो पार्टीं परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नु भएको हो । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका पोलिव्यूरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत, नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले टीका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

कार्यक्रममा एमालेका युवा नेता एवं सांसद महेश बस्नेले यो पार्टी प्रवेशले नेकपा एमालेको प्रभावलाई सूर्यविनायकलाई अझ बलियो बनाएको भन्दै सूर्यविनायक वडा नं. ६ मा पनि एमालेको प्रभाव निणर्ायक र बहुमत बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको चुनाब अगाडि यो निणर्य गरेको भए आज निर्वाचित वडा अध्यक्ष बन्नु हुने थियो, यद्यपी त्यस वडामा परिणामको हिसाब यो कार्यकाल एमालेको नभए पनि एमालेको उम्मेदवार र त्वातीजीले पाउनु भएको मत परिणामलाइै जोड्दा अब जनमतको हिसाबले पनि ६ नं. वडामा एमालेका धेरै अगाडि छ ।”

एमालेले जत्तिको लोकतान्त्रिक, प्रजातन्त्रवादी पार्टी अहिले अरु छैन भन्दै उहाँले अहिले कांग्रेसले पनि डेमोक्रेटिक हुने कुरा एमालेबाट सिकिरहेको बताउनु भयो । एमालेले कम्युनिष्ट आन्दोलनको मात्रै नभई प्रजातान्त्रिक आन्दोलनको पनि नेतृत्व गरिरहेको उहाँको भनाइ थियो ।
एमाले प्रवेश गर्नेहरुले एमालेमै अरु पार्टी भन्दा उत्कृष्ट डेमोक्रेटिक पार्टी हो भन्ने गरेको चर्चा गर्दै नेता बस्नेतले आज एमाले प्रवेश गर्नेहरुलाई केही समय पछाडि नै पार्टीले दिने जिम्मेवारीलाई गहन र महत्वपूणर् ढ.गले निर्वाह गर्ने विश्वास लिएको बताउनु भयो ।

यो पनि पढ्नुहोस  काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

सामाजिक न्यायको सन्दर्भमा समेत एमालेले अहिलेसम्म काम गर्दै आएको बताउदै उहाँले जेष्ठ नागरिकदेखि, एकल महिला, गरिब, जनजाती, दलित, पछाडि पारिएका वर्ग, युवा, विद्यार्थी सबैको सामाजिक न्यायका लागि एमालेले निकै महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नु भयो । जेष्ठ नागरिक सबै एमाले भए भनेर कांग्रेस माओवादीले बृद्ध भत्ता दिने उमेर घटाएर ६८ वर्षमा झारे पनि त्यो एमालेकै दबाबमा भएको उहाँको भनाइ छ ।

हरेक पहेलो धातु सुन हुदैन भने झै सबै पार्टीले बोलेका कुरा सच्चा नै हुन्छ भन्ने छैन भन्दै उहाँले नेताले बोलेका कुरा उनले उनको पार्टीले व्यबहारमा कतिको कार्यान्वयनमा ल्याएर भनेर जनताले मूल्यांकन गर्ने बताउनु भयो ।

उहाँले चार वर्षको अन्तरालमा भक्तपुरको विकासले यहाँको मुहार परिवर्तन गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “एमालेले ४० महिना संघीय, प्रदेश र स्थानीय सरकार चलाउँदा यो अन्तरालमा भक्तपुरवासीले के महसुस गरे, प्रत्येक कुना कुना, टोल टोलमा गएर त्यहाँका जनतालाई सोध्यो भने भक्तपुरका ९९ प्रतिशत मानिसले यो चार वर्षमा धेरै बिकास भएको छ, परिवर्तन भएको छ भन्ने छन् ।”

एमालेले तीन तअकै बजेट ल्याएरु बिकासका काम गरिहदाँ कुनै राजनीतिक आग्रह पूर्वाग्र्रह नराखी काम गरिरहेको बताउदै उहाँले भन्नुभयो, “हामीले बजेट ल्याएर काम गर्दा यो एमालेले जितेको वडा, यो काँग्रेसले जितेको वडा भनेर विभेद गरेनौ, हामीले बिकासमा कुनै विभेद गरेनौ, कांग्रेसले जितेका ठाउँमा पनि एमालेले बजेट ल्याएर बिकासमा गरेको भक्तपुरमा धेरै उदाहरण छन्, सडक, पुल, सामुदायिक भवन, मेलम्चीको पानी, खानेपानी धारा वितरणलगायत सबै कुरामा एमालेले समान भूमिका निर्वाह गर्यो ।”

उहाँले भक्तपुरलाई पहिलो चरणमा छुटाएको मेलम्चीको पानी आफ्नो पहलमा ल्याउन सफल भएको भन्दै केपी ओली नेतृत्व सरकारमा ४ करोड डिपिआर गरेर भक्तपुरमा पानी ट्यांकी निर्माण गरेर, मेलम्चीका पानी पहिशलो चरणमै ल्याउन सफल भएका हौ, भक्तपुरमा सुरुमा मध्यपुरथिमिको टिगनीमा र दोश्रोमा पाण्डु बजारमा मेलम्चीको पानी झारेर सफल परीक्षण समेत गरेका छौ, भन्नुभयो ।

उज्यालो भक्तपुर बनाउने अभियानका क्रममा अरनिको राजमार्गदेखि सूर्यविनायक नगरपालिकाको वडा वडामा सडक बत्ति जडान गर्न सफल भएको भन्दै उहाँले सूर्यविनायकको पाण्डु बजारदेखि ट्राफिक कार्यालयसम्मको क्षेत्रलाई नयाँ ठमेल बनाएर रात्रीकालिन पर्यटकीय गन्तव्य बनाउने कामको बजेट वर्तमान् सरकारले काटेको बताउनु भयो ।

उहाँले सूर्यविनायकको पाण्डुबजार, मध्यपुथिमिको नीलबाराही, साँगादेखि घ्याम्पेडाँडासम्म पर्यटनको नयाँ गन्तव्य बनाउने उदेश्यले चार वर्षदेखि सरकारले छुट्याउदै आएको बजेट वर्तमान् सरकारले काटेर योनाज अपूरो बनाएको बताउनु भयो ।

यो पनि पढ्नुहोस  खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प

एमाले नेता एवं सांसद बस्नेतले भन्नुभयो, “सूर्यविनायकको पाण्डु बजारदेखि ट्राफिक कार्यालयसम्मको क्षेत्रलाई भक्तपुरको ठमेल बनाएर रात्रीकालिन पर्यटन प्रबद्र्धन गर्ने विगत चार वर्षदेखि निरन्तर बजेट आउने काम भइरहेको थियो, तर यो सरकारले यस वर्ष बजेट काट्यो, काठमार्डौमा ठमेल, ललितपुरमा झम्सिखेलभने जस्तै भक्तपुरमा यो क्षेत्रलाई बनाउने गरि नगरपालिकाले समेत डिपिआर बनाउन बजेट विनियोजन गरेको थियो, तर अहिले बजेटनै काटियो ।”

विगतमा यस क्षेत्रमा नेमकिपा, कांग्रेस र अहिले एमालेले जित्दा भक्तपुरको २ नं. क्षेत्रमा कति फरक भएको छ त्यो जनताले मनन गरिरहेको उहाँको भनाइ थियो ।

एमालेले गुमेको भूमि नक्सामा राखेर जमिन फिर्ता ल्याउने खोज्दा भारतसँग सम्बन्ध बिग्रियो भनेर भ्रम फैलाउनेहरु अहिले भारतसँग लम्पसारवाद बनेको टिप्पणी गर्नु भयो । एमालेले भारत र चीनलगायतका अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रहितमा राखेर मजबुद बनाइ रहदाँ बिरोध गर्नेहरु अहिले भारतसँगको सम्बन्ध आत्मसमर्पण र चाकरीवादमा परिणत गरेको बताउनु भयो ।

एमसीसीको सन्दर्भ कोट्याउदै उहाँले एमसीसी पास नगरौ भन्दा पनि सडकमा ढुङ्गा पनि आफै हान्ने, सदनमा पास पनि आफै गर्ने र प्रचण्ड, गगन जस्ताले जनतलाई भ्रममा राख्दै व्याख्यात्मक टिप्पणी पनि उनीहरु आफै भन्नेले देश बिगारेको भन्दै उहाँले एमसीसीबारे जनताले जान्न चाहेको कुरा समेत जानकारी नगराई षडयन्त्र पूणर् ढंगले पारित गराएको बताउनु भयो ।

अहिले नेपालमा अमेरिकी राज्य साझेदार कार्यृक्रम (एसएसपी) कार्यक्रमका नाममा अमिरिकन सैन्य गतिबिधि खुल्लम खुल्ला गरेकोमा आपत्ति जनाउदै उहाँले देवा नेतृत्व गठबन्धन सरकारले अझै पनि यो चाहिदैन भन्न नसकेको र यसको नामै फेरेर भए पनि पास गर्ने रणनीतिमा लागेको बताउनु भयो ।

आत्मसमर्पाणवाद, चाकरीवादमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाग्दा देश गम्भिर संकटमा धकेलिदै गएको भन्दै नेता बस्नेतले चार वर्ष सदनमा रोकेर बृहत छलफल गरेर राष्ट्रघात नहुने गरि पारित गर्नु पर्छ भन्दा भन्दै प्रचण्ड भारत गएर आए लगत्तै नागरिकता विधेयकको पारित गरेको टिप्पणी गर्नु भयो ।

बैदेशिक बुहारीलाई सात वर्ष अगाडि नागरिकता नदिने सहमति दलहरु बीच यसअघि नै भएको भए पनि अहिले सरकारले रातारात नागरिकता विधेयक पारित गराएर लम्पसारवादको नमूना प्रस्तुत गरेको भन्दै सत्ता गठबन्धनले पारित गरेको नागरिकता बिधेयकमा गडबढी रहेको औल्याउनु भयो ।

नेपाल जस्तो संवेदनशिल मुलुकले नागरिकता जस्तो गहन बिषयलाई हल्का रुपमा लिनु भनेको देशलाई खतरा हनु हो भन्दै उहाँले सरकार जनताको ढाड सेक्ने गरि भएको मंहगी, पेट्रोलीयम पदार्थको मूल्य बृद्धि र मल ल्याउन नसक्नुले सरकार जनता प्रति कत्तिको उत्तरदायी छ भन्ने पुष्टी भएको बताउनु भयो ।

केपी ओलीले बंगलादेशसँग मल ल्याए पनि अहिलेका सरकारले पैसा दिएर पनि भारतबाट मल ल्याउन नसकेर किसानलाई पिडा दिएको भनाई उहाँले राख्नु भयो । मंहगीको नाममा सरकार आयल निगमलाई निजीकरण गर्न उन्मुख भएको भन्दै हतियार खरिदमा अरबौ कसिमसन खान पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीको मिलिभगत रहेको समेत दाबी गर्नु भयो ।

यो पनि पढ्नुहोस  वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिइँदै

जनतालाई राहत दिने कार्यक्रम, एद्योगी व्यवसायीलाई टिकाउने कार्यक्रम ल्याउनु पर्ने सरकार कच्चा पदार्थको भन्सार बृद्धि अत्याधिक गरेर नेपाली उद्योगलाई बन्द गराउने षडयन्त्रमा लागेको भन्दै यसको नमूना प्रधानमन्त्रीका छोराले आयात गर्ने स्यानेटरी प्याडमा ८५ प्रतिशत भन्सार छुट दिनुले पनि पुष्टी गरेको बताउनु भयो ।

नेपालमै उत्पादन हुने सामानको कच्चा पदार्थलाई धेरै भन्सार लगाउने र यहाँको उद्योग बन्द गराउने ठूलो चलखेल भइरहको भन्दै उहाँले अर्थमन्त्रीको मात्रै हात होइन यहाँ प्रधानमन्त्रीदेखि धेरेको संलग्नता रहेको बताउनु भयो ।

अर्थ मन्त्रालयको सिसि टिभिको फुटेज हराउनु लज्जास्पद विषय होइन र ? भन्दै उहाँले सरकार गठबन्धन निर्माण गर्ने, आगामी निर्वाचन पछि प्रचण्ड र आरजूलाई आलोपालो प्रधानमन्त्री बनाउने र भारतसँग लम्पसारवाद गर्दै परिवारवादमा देश चलाउने षडयन्त्र भइरहेको सांसद बस्नेतले जिकिर गर्नु भयो ।

आउँदो संसदीय चुनाव र प्रदेश चुनावमा यसको क्षतिपूर्ति दिने गरि जनताले फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, एमाले जिल्ला अध्यक्ष बचन देउजालगायतले एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा काँग्रेस वडा सभापति परित्याग गरि एमाले प्रवेश गर्नु भएका राजेन्द्र त्वातीले अब आउने संघीय र प्रदेश चुनाबमा एमालेलाई जिताउन महत्वपूणर् भूमिका निर्वाह गर्ने बताउनु भयो । अब पाँच वर्षमा हुने स्थानीयको तहको निर्वाचनमा वडा नं. ६ लाई एमालेमय बनाउने बताउदै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई गहन रुपमा बहन गर्दै इमान्दातिार्पूक लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

“काँग्रेसमा निकै लामो समय मिहेनत र दुःख गरेर पार्टी बनायौं, तर काँग्रेस पार्टीले सहि मानेमा मूल्यांकन गरेन । काँग्रेस कार्यकर्ताको मूल्यांकन गर्ने पार्टी होइन रहेछ भन्ने प्रमाणित भयो ।” उहाँले भन्नुभयो, “गत चुनाबमा कांग्रेसले मेरै दाजुभाईबीच फाटो ल्याएर घर फुटाउने प्रयास गर्यो, कांग्रेस बिकास गर्ने पार्टी होइन, घर फुटाउने, टोल फुटाउन, समाज फुटाउने र मौका मिले देशै फटाउने पार्टी देखेँ त्यसैले हामी एमालेका प्रवेश गर्यौ ।”

कार्यक्रममा सूर्यविनायक नगरका प्रमुख एवं एमाले जिल्ला उपाध्यक्ष वासुदेव थापा, एमाले भक्तपुर जिल्ला सचिव मोहनबिर श्रेष्ठ, एमाले भक्तपुर जल्ला सहसचिव मिलन श्रेष्ठ, एमाले सूर्यविनाक नगर अध्यक्ष रविन्द्र सपाकोटा, एमाले चागुनारायण नगर अध्यक्ष रामप्रसाद तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  सूर्यविनायकका मेयर थापालाई शेरबहादुरको सम्मान