गर्मी छल्दै समुद्री छालमा रमाउन काठमाडौं फन भ्याली जाऔँ पानीको मज्जा लिर्औँ

भक्तपुर, ९ साउन । समुद्री छालमा रमाउने चाहना सबैको हुन्छ नै । तर नेपालमै बसेर वास्तविक समुदी छालमा रमाउन भने सकिदैन । यद्यपी भक्तपुरमा युवा पर्यटन व्यवसायीले समुद्री छालमा रमाउन चाहनेहरुका लागि कृत्रिम समुद्री छालको निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।

बढ्दो गर्मी छल्न र पानीमा रमाउन चाहनेहरुका लागि युवा व्यवसायीको नयाँ समूहले भक्तपुरको पलाँसेमा सञ्चालनमा ल्याएको ‘काठमाडौं फन पार्क’ को कृत्रिम सुमद्री छालमा रमाउनेहरुको अचेल दैनिक भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवायुवती, परिवारदेखि विद्यार्थीसम्मको भीड कृत्रिम समुद्री छाललाई रमाउन आउने गरेका छन् ।

काठमाडौं फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटनको विकास, काठमाडौँ उपत्यकाका बासिन्दालाई कृत्रिम समुद्री छालसहित पानीको बिभिन्न खेलको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा सञ्चालनमा पार्क सञ्चालनमा ल्याएको बताउनुभयो । दुई वर्षदेखि बन्द रहेको देशकै पहिलो फन भ्यालीलाई नयाँ व्यबस्थापनले सञ्चालनमा ल्याएर स्थानीय ३० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनु भयो ।

“मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा तीन हजार जना रमाउन सक्ने गरी काठमाडौं फन भ्याली सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यहाँ जल र स्थल गरी ११ वटा भन्दा विभिन्न खेल खेल्न पाइन्छ, उमेरअनुसारको तीनवटा पौडी पोखरीको व्यवस्था गरिएको छ, सबभन्दा आकर्षण त यहाँको कृत्रिम समुद्री छाल र स्लाइडिङ हो जहाँ मन खोलेर मज्जाले रमाउन पाइन्छ ।”

यहाँ १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, । बालबालिकाका लागि पौडी पोखरीसँगै रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ ।

यो पनि पढ्नुहोस  श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

काठमाडौँ उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित र व्यवस्थित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बनेको उहाँले बताउनु भयो । यहाँ हरेक दिन पानी परिवर्तन गरि पानीको शुद्धतालाई प्राथमिकतामा राखिएको बताउदै उहाँले आन्तरिक पर्यटक भित्रर्याई जिल्लामा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्य पनि यसको. रहेको बताउनु भयो ।

कर्णाली म्युजियम (सग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो । कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, सयौ वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनु भयो ।

फन भ्यालीमा स्कुलका विद्यार्थी लिएर आउनु भएको मोर्डन इङ्लिस स्कुलका प्रिन्सिपल राजन कसपालले पारिवारिक मनोरञ्जन मात्रै नभई विद्यार्थीहरुका लागि पनि फन भ्याली प्रमुख गन्तव्य बनेको बताउनु हुन्छ । आफ्ना विद्यार्थीहरुलाई यहाँ ल्याएर पौडी खेल्न मात्र नभई यहाँ रहेका अन्य बाल मनोरञ्जनका खेलहरु खेल्नुका साथै यहाँको कर्णाली म्युजियमको अवलोकनले विद्यार्थीहरुलाई मनोरञ्जनका साथै ज्ञान आर्जन गर्ने थलोको रुपमा पनि आफूले लिएको बताउनु भयो ।

फन भ्याली प्रवेश गरे पछि एकै थलोमा पौडीको मजासँगै बिभिन्न खेलहरुको मज्जा लिन, कर्णाली म्युजियमको अवलोकन गर्न र खाजा वा खाना खानका लागि समेत बाहिर जान नपर्ने गरि व्यबस्एथापन गरिएको प्रबन्ध निर्देशक थापा बताउनु हुन्छ ।

काठमाडौँको कोटेश्वर–सूर्यविनायक छ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै पलासेमा सञ्चालित फन भ्यालीमा ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने व्यबस्था छ । यहाँ पाँच सय वटा सवारी साधन पार्किङ गर्न सकिने सुबिधा रहेको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  विपददेखि दुर्घटनासम्मका घट्नामा घट्नास्थलमा उद्धारदेखि अस्पतालको उपचारसम्मको अभ्यासमा दुर्घटनाको झल्को...................