उपप्रमुख भट्टराईको नेतृत्वमा सूर्यबिनायक क्षेत्रमा बजार अनुगमन

भक्तपुर, १० साउन । बजारमा महँगी र कालोबजारी अनियन्त्रित रुपमा बढेको गुनासो बढेपछि सूर्यविनायक नगरपालिकाले बजार अनुगमन अभियान सुरु गरेको छ । नगरपालिकाले सोमबार र मंगलबार नगरपालिकाको उपप्रमुख सरिता भट्टराईको नेतृत्वमा नगर भित्रको बिभिन्न बजारमा खाद्यान्न, किराना तथा ग्यास पसलको अनुगमन गरेको छ ।

नगरपालिकाको बजार अनुगमन टोलीले बालकोट र सूर्यबिनायक लगायतका क्षेत्रका बिभिन्न पसलको अनुगमन गरेको छ । उहाँले बजार निकै अनियन्त्रित भएको, जथाभावी आफूखुसी मूल्य निर्धारण गर्दै मंहगी अचाक्ली बढाएको, म्याद गुज्रेका अखाद्य बस्तुहरु बिक्रीमा राखेको, अनियमित रुपमा बजार सञ्चालन गरिरहेको पाईएको उहाँले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, ढक तराजु गुणस्तर तथा नाप तौल बिभागबाट प्रमाणीकरण नगराएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडलले जानकारी दिनुभयो ।

टोलीले म्याद गुज्रेका सामानहरु बरामद गरि नष्ट गरेको उहाँले जानकारी दिनु भयो । नगरपालिकाको टोलीले नियमपुर्वक ब्यबसाय संचालन गर्न निर्देशन दिदै पुनः यस्ता गल्ती दोहरिए पसल शिलबन्दी गर्ने चेतावनी दिईएको उहाँको जानकारी दिनु भयो । टोलीले त्यस्ता पसलबाट अखाद्य सामान बरामद गर्दै पसल नवीकरण गर्न, मूल्य सूची राख्न र नियमानुसार पसल सञ्चालन गर्न निर्देशन दिएको अधिकृत पौडेलले जानकारी दिनु भयो ।

टोलीले सुनपा २ बालकोटका लक्ष्मी खाद्यान्न स्टोर, सापकोटा ग्रोसरी, एस टु एस मार्ट, बंगलामुखी बि.के.स्टोर तथा वडा नं. ६ का कृष्ण कन्हैया डिपार्टमण्टल स्टोर, उज्यालो मल्टी स्टोर, साख मार्ट, पञ्च किराना एण्ड ग्याँस पसललगायतका स्टोर तथा पसलमा अनुगमन गरेको छ ।

अनुगमनको टोली पुगेपछि सुनपा २ बालकोटको सीता खाद्य स्टोर सञ्चालकले पसलनै बन्द गरी हिंडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तालिका बनाएर नगरपालिकाभित्र निरन्तर बजार अनुगमन गरिने उपप्रमुख भट्टराईले बताउनुभयो ।

यो पनि पढ्नुहोस  एमाले अध्यक्ष केपी ओलीका पिताको अस्पतादेखि आर्यघाटसम्म पुगे नेता तथा कार्यकर्ता

टोलीमा घरेलु कार्यालयका उमेश कुमार दाहाल, जिल्ला प्रशासन कार्यालयका यादबराज मिश्र, राष्ट्रिय उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण बिभाग, गुणस्तर तथा नाप तौल कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग संघका प्रतिनिधि तथा प्रहरीलगायतका टोलीले बजार अनुगमन गरेको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  चाँगुनारायणको मञ्जुश्री गुम्बा नजिक ट्रयाक्टर दुर्घटना दुई जनाको मृत्यु, नौ घाईते