भक्तपुरका मतदान केन्द्र एवं स्थल परिमार्जन, ७७ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्र निर्धारण

भक्तपुर, १९ साउन : भक्तपुरको मतदान केन्द्रहरु परिमार्जन गरिएको छ । यसअघिका निर्वाचनमा कतिपय मतदान केन्द्रहरु अनावश्यक ठाउँमा रहेको, कतिपय संवेदनशील क्षेत्रमा रहेको, कतिपय सडकमै र कतिपय कम्पाण्ड नभएको स्कुलमा मतदान केन्द्र रहदाँ समस्या परेको गुनासो आए पछि मतदान केन्द्रहरु परिवर्तन गरेको हो ।

मतदान स्थल तथा मतदान केन्द निर्धारण कार्यविधि¸२०७७ बमोजिम भक्तपुर जिल्लामा रहेका ७७ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्रहरुमध्ये जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको यहीँ साउन १२ गते तथा मतदान केन्द्र सिफारिस कार्यदलको यहीँ साउन १६ गते बसेको बैठकको निर्णयानुसार गरिएको सिफारिस अनुसार मतदान केन्द्र तथा स्थलहरु परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

विगतमा रहेको ३३ वटा मतदान स्थलको त्रुटीहरु सच्याउने क्रममा भक्तपुर नगरपालिकाकोः एक, चाँगुनारायण नगरपालिकाको ६, सूर्यविनायक नगरपालिकाकोः २२, मध्यपुरथिमि नगरपालिकाको चार मतदान स्थलहरुको त्रुटी सच्याईएको उहाँले जानकारी दिनु भयो ।

त्यसै गरि भक्तपुर नगरपालिकामा तीन, मध्यपुरथिमि नगरपालिकामा तीन, चाँगुनारायण नगरपालिकामा दुई गरि कूल आठ वटा मतदान स्थलहरु नयाँ कायम गरिएको उहाँले जानकारी दिनु भयो । त्यसैगरि आठ वटा मतदान स्थलहरु हटाइएको र एक वटा मतदान केन्द्र गाभिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनु भयो । मध्यपुर थिमि नगरपालिका(४ को दथुटोल परिवार नियोजन क्लिनिक सोही वडाको अर्को मतदान स्थल आदर्श मा.वि. लायकुटोलमा गाभिएको उहाँले जानकारी दिनु भयो ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिमबहादुर बिसीले निर्वाचन केन्द्र तथा स्थल परिमार्जन गरे पछि अब भक्तपुर जिल्लामा अब ७६ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनु भयो ।

यस अघिको स्थानीय तहको निर्वाचनमा भक्तपुरमा ७७ वटा मतदान स्थल केन्द्र रहेकोमा एक वटा भने मर्ज गरेसँगै घटेको उहाँले जानकारी दिनु भयो । सूचना अधिकारी बिसीले विगतमा केही मतदान केन्द्रमा निकै समस्या परेकाले अबको निर्वाचनमा मतदानमा सहज हुने बताउनु भयो

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  प्रदेश एवं संघीय निर्वाचनमा गठबन्धनको दुई तिहाई, कांग्रेस ठूलो दलः कांग्रेस उपसभापति खड्का

यो पनि पढ्नुहोस  जनताको सेवक बन्नका लागि जनतामाझ आएँ, अधूरा काम अब पुरा गर्छु : एमाले नेता महेश बस्नेत