नेपालमै पहिलो पटक सूर्यविनायकको गुण्डुमा निर्माण हुन लागेको द्धारका धामको शिलान्यास आउँदो २५ गते सांसद एवं पूर्व मन्त्री बस्नेतद्धारा हुने

-रमेश गिरी
भक्तपुर, १९ साउन : सूर्यविनायक नगरपालिका(७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुने भएको छ । श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्धारका धाम बन्ने बताएको हो । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्धारका धाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुसिथ्त पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर यहाँको धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्धारका धाम निर्माण गर्न लागेका छौँ, यसले धार्मिक पर्यटनको समेत बिकासमा टेवा दिनेछ ।”

यहीँ साउन २५ गते शिलान्यास हुने द्धारका धाम यहाँका करिब आठ रोपनी क्षेत्रफलमा करिब १० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाका साथ कार्य अगाडि बढाएको उहाँले बताउनु भयो ।

द्धारका धाम मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनु भयो । उहाँले तीन वटै सरकार र दाताहरुबाट संकलन हुने रकमबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखेको बताउनु भयो । द्धारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताउनु भयो ।

उहाँले माननीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अथक प्रयास र सहयोग तथा यहाँका स्थानीय तह, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा पाथिभरा मन्दिर निर्माण सम्पन्न भए जस्तै फेरी पनि सबैको सहयोगमा द्धारकाधाम निर्माण सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउदै द्धारका धामको निर्माणले यहाँको क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्धारका धामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनु भयो । उहाँले द्धारका धाम निर्माणका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस   प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन

कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ति बालेर नेपालकै ठूलो त्रिशुल जगाएर ल्याएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेको बताउनु भयो ।

उहाँले पाथिभरा जस्तै द्धारका धाम निर्माण गर्ने, गौ अर्थात गाईहरुको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरेको बताउनु भयो । जग्गा दाता अर्जन बस्नेतलगायत धन्यवादको पात्र भएको भन्दै उहाँले द्धारका धाम निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरेर पूण्य कार्यमा मेरो पनि लगानी छ भन्ने आधार तय गर्दै दाताहरुलाई सहयोग गर्न आव्हान गर्नु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.