डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते

भक्तपुर, २३ साउन : साउनको चौथो सोमबार आजे सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीय सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा. ३ ख. ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफै अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिदै उहाँले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिदाँ सामान्य क्षति भएको उहाँले जानकारी दिनु भयो । बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरि अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

साँझ ६ बजे घाइतेको अबस्था बुझ्न डा. इवामुरा मेमोरियल अस्पताल पुग्नु भएका सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना, वडाध्यक्ष बस्नेतले घाइतेको अबस्थाकाबारेमा जानकारी लिनु भएको थियो । घाइते १४ जना मध्ये एक जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा, चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो ।

उहाँले घाइते मध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचार पछि घर पठाइएको जानकारी दिनु भयो । उपचाररत घाइतेहरुको अबस्था गम्भिर भने नरहेको चिकित्सकले जानकारी दिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  बागमती प्रदेश सरकारले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणको प्रारम्भिक खाका स्वीकृत, प्रदेशमातहतका कार्यालयको संख्या १८०, चार हजार ६८० बनाइयो