आस्थाको धरोहर बन्दै संगमेश्वर महादेव

-रमेश गिरी

भक्तपुर, २ भदौ :मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी, कमेरोटार, वडा नं. ९ मा पर्ने राधेराधे, निकोसेरा लगायतका बस्तीको बासिन्दाका लागि संगमेश्वर महादेव मन्दिर आस्थाको धरोहर बनेको छ ।

नेपालका ७७ वटै जिल्लाका मानिसको बसोबास रहदै आएको यस क्षेत्रका बासिन्दालाई महाशिवरात्री, तीज, एकादशी, अक्षय तृतिया, साउनको सोमबारमा मात्रै होइन हिन्दू धर्मावलम्बीहरुका लागि दैनिक महादेवको पूजा एवं दर्शन गर्नु पर्दा टाढा शिव मन्दिर धाउनु पर्ने अबस्थाको अन्त्य भएको छ ।

केही वर्ष अगाडिसम्म पातलो बस्ती, मानिसको चहलपहल निकै कम हुँदा यहीँ मन्दिर पनि थिएन । यहाँका बासिन्दाले शिवको पूजा गर्नु परे भीड छिचोल्दै पशुपति नै जाने गर्दथे । तर अहिले समय बदलिएको छ । राधे राधे, भाटभटेनी क्षेत्रले दोश्रो ठमेलको पहिचान बनाउदै बाक्लो घना बस्ती बिकास भएसँगै संगमेश्वर महादेव मन्दिर यहाँका सबैको धार्मिक गन्तव्य बन्न थालेको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना भित्रै सडकमै जोडिएको खाली सार्वजनिक जग्गामा महादेव मन्दिर निर्माण गर्न २०६० पछाडी यहाँको पुरानो बस्ती एडम्स थिमिले पहल गरेपछि मन्दिर निर्माण कार्य अगाडि बढ्यो । एडम्स थिमिका नारायण घिमिरेको नेतृत्वमा मन्दिर स्थापना कार्य अगाडि बढेको संगमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनबीर सिंह प्रधान बताउनु हुन्छ ।

अध्यक्ष प्रधान भन्नुहुन्छ, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ मा महायज्ञ लगायौँ, २ नं. क्षेत्रका सांसद महेश बस्नेतले सांसद कोषबाट रु. पाँच लाख हालिदिनु भयो, मध्यपुरथिमि नगरपालिकाले दुई पटक गरेर रु. १८ लाख दियो, महायज्ञबाट करिब रु. ४१ लाख रुपैया जोगायौँ, स्थानीय दाताहरुबाट धेरै रकम संकलन भयो, यसपछि मन्दिर सत्तललगायतका संरचना निर्माणलाई पूर्णता दिने कार्य सुरु भयो ।”

पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल बनाईयो, सुरुमा एक तलाको बनाउने भनिए पनि आवश्यकता अनुसार अहिले तीन तला बनेको छ । शिवको आकर्षक मन्दिर निर्माण भएको छ । अध्यक्ष प्रधानले भन्नुभयो, “कुन महादेवको मन्दिर बनाउने भन्ने छलफलमा मैले नै संगम कोलोनीमा संगमेश्वर महादेव मन्दिर बनाउने प्रस्ताव गरेँ, सबैको समर्थन भयो, त्यसपछि नवराज कसपालको संयोजकत्वमा तीन सदस्यीय मन्दिर निर्माण कमिटी गठन गरियो, मन्दिर निर्माणको क्रममा रु. एक करोड ५० लाख भन्दा बढी खर्च भएको छ ।”

यो पनि पढ्नुहोस  ओलीको आरोप : नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन

मन्दिरमा तामा र पित्तलको छानो हालियो, परम्परागत शैलीमा निर्माण भएको सत्तलमा काठको आकर्षक झ्याल हालियो । मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिर भित्र अन्य साना संरचनाहरु निर्माण गरियो । मन्दिर निर्माणका अझै केही योजनाहरु सम्पन्न गर्न बाँकी छ । स्थानीय दाताहरु, निर्माण समिति, संस्थाका सदस्यहरुलगायत स्थानीयबाट संकलन भएको रकमबाट मन्दिर निर्माण काम अगाडि बढाउदै मन्दिर निर्माणको अधिकांश संरचनालाई पूर्णता दिएको उहाँ बताउनु हुन्छ ।

गरे के हुदैन र ? भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेको बताउनु हुन्छ, संगम कोलोनीका स्थानीयवासी परशुराम कार्की । यो मन्दिर निर्माण भएसँगै अहिले यहाँका बासिन्दालाई धार्मिक कार्य गर्न निकै सहज भएको बताउनु हुन्छ । कार्की भन्नुहुन्छ, “तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिसहरु यहाँ बस्ने भएपछि बस्ती पनि निकै बाक्लो भएको छ । यहाँ सबैको धार्मिक कार्यहरु गर्ने, साउनको सोमबार, महाशिवरात्री, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशी लगायतका विभिन्न तिथि एवं पर्वहरुमा अचेल मेलानै लाग्ने गरेको छ ।”

यस मन्दिरमा संगम कोलोनीका मात्रै हैन सडक पारी, राधे राधेका बस्ती, निकोसेरा, चाँगुनारायण नपा दुवाकोटसम्मका बासिन्दाहरु यहाँ पूजा, दर्शन तथा धार्मिक कार्य गर्न आउने भएपछि सबैको आस्थाको धरोहर बनेको उहाँ बताउनु हुन्छ । संस्थाले मन्दिरमा मूल गुरु लोकप्रसाद भण्डारीलाई राखेको छ भने मन्दिरको रेखदेख गर्ने, सरसफाई गर्ने र दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पूजारी टीकाराम घिमिरेलाई राखेको छ ।

संस्थाका अध्यक्ष प्रधानले संगमेश्वर महादेव मन्दिरमा अचेल हरेक सोमबार साँझ ६ बजेबाट भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको बताउनु हुन्छ । सोमबारको बिशेष आरतीको चाहना राख्ने धेरै भएपछि आरतीका लागि पालो कुर्नु पर्ने उहाँको भनाइ छ । मन्दिरको आयोजनामा सामुहिक ब्रतबन्ध, सामुहिक गुन्यू चोलो, ईही (बेलबिवाह) को आयोजना गर्ने, मन्दिरका बाँकी संरचनाहरु पुरा गर्ने तयारीमा संस्था लागेको उहाँ बताउनु हुन्छ ।

यो पनि पढ्नुहोस  डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति

मन्दिरमा मात्रै होईन देशका बिभिन्न जिल्लाबाट बसाई सरेर आएका संगम कोलोनीका बासिन्दाबीच एकता र ममता पनि उत्तिकै छ । तराई, पहाड र हिमाली भेगबाट आएका सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता छ । यहाँका बासिन्दाहरुबीचको एकताले एकलाई केही पर्दा सबै कोलोनीका बासिन्दाले सहयोग गर्छन् । एकको जातलाई अर्कोले, एकको धर्म, संस्कृतिलाई अर्कोले सम्मान गर्दै एकताको पहिचानलाई उचो रुपमा कायम राख्न संगम कोलोनी सफल भएको छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने

यो पनि पढ्नुहोस  नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित