बिकसित ठाउँको कुनै सुन्दर टुक्रा ल्याएर राखिदिएको जस्तो छ यहाँको सुन्दर नमूना हेर्न भक्तपुर आए हुन्छ : एमाले नेता एवं सांसद महेश बस्नेत

भक्तपुर, ११ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले ध्वंसले बिकास नभई निर्माणबाट मात्रै बिकास हुने बताउनु भएको छ ।

नेपाल सोतोकान कराते संघ भक्तपुर जिल्ला समितिद्धारा आज सञ्चालित बहुउध्देशीय न्हाकाटी डोजो प्रथम इन्टर डो च्याम्पियनशिप प्रतियोगिता -२०७९  को उद्घाटन गर्दै उहाँले ध्वंस नगरी निर्माणबाटै आफ्नो निर्वाचन क्षेत्रको विकास गरि सुन्दर बस्ती भएको उदाहरण दिनु भयो ।

उहाँले कुनै सामान किन्न होस् कि, खाना खाजा खान होस, पार्टी प्यालेसदेखि होटल अहिले भक्तपुरमै सञ्चालनमा आएको चर्चा गर्दै भन्नु भयो, “यहाँको समग्र विकास देख्दा कुनै बिकसित ठाउँको कुनै सुन्दर टुक्रा यहाँ ल्याएर राखिदिएको जस्तो देखिएको छ । यसबाट के पुष्टी हुन्छ भने एउटा असल जनप्रतिनिधि चुन्नु भयो भने चार पाँच वर्षमै नाटकीय र अमूल परिवर्तन हुन्छ भन्ने प्रमाणित यहीँबाट भएको उहाँले बताउनु भयो ।”

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “काठमाडौँका मेयरहरूले नक्सा पास नभएका संरचनाहरूमा डोजर चलाएर आतंक मच्चाइरहे उपत्यका बस्न लायकको रहदैन, डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने अबस्था आउन सक्छ, ध्वंसको क्षेत्र बन्ने निश्चित हुन्छ, केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दुःख दिने काम गर्नु हुदैन ।”

निर्माणलेनै सुन्दरता ल्याउछ भन्दै उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक पटक भक्तपुर क्षेत्र नं. २ को अवलोकन गरि ध्वंस नगरी निर्माणबाटै गरेको बिकासको सुन्दर नमूना हेर्न आउन आग्रह गर्नु भयो ।

संविधानमा दुई पटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग नेता बस्नेतले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक दोहरिने भन्ने नीति नै निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

समानुपातिक तर्फ अनिश्चितकालसम्मका लागि अवसर दिने व्यबस्था गलत भएको उहाँको भनाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडक मैत्री बनाउन खोजिएको आरोप लगाउदै उहाँले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले र निर्वाचनमा प्रत्यक्षतर्फ ७० भन्दा बढी सिट जित्ने दाबी प्रस्तुत गर्नु भयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  छुटेको भक्तपुरलाई समेट्दै सांसद बस्नेतको पहलमा आयो भक्तपुरमा मेलम्चीको पानी, अझै छुटेको ठाउँमा पानी पुर्याउने प्रतिबद्धता

यो पनि पढ्नुहोस  एसईईमा चाँगुनारायणको गोल्डेन सुनगाभा बन्यो पहिलो