फरार प्रजापति पक्राउ
भक्तपुर, १४ भदौ : भक्तपुर जिल्ला अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेको मध्यपुरथिमि नगरपालिका, ५ बस्ने ५४ का वर्षीय हरिकृष्ण प्रजापतिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरले २०७८ साल असोज ४ गते ‘दुषित लिखत दर्ता बदर, हक कायम समेत’ कसुरमा नौ लाख २४ हजार ८७० रुपैयाँ जरिवाना फैसला गरेपछि फरार प्रजापतिलाई आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।
पक्राउ परेका प्रजापतिलाई फैसला कार्यान्वयनका लागि आजै भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो ।