मध्यपुरमा मौलिकता संरक्षण अभियान सुरू

मध्यपुर थिमि, १४ भदौ  : मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जीवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समितिसमेत गठन गरेको छ ।

नगरपालिका क्षेत्रभित्र तीव्र गतिमा बढेको सहरीकरण तथा बस्ती विस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरुको नामकरण गर्ने प्रवृत्ति बढेको र त्यसले स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको भन्दै नगरपालिकाले मौलिक नामलाई पुनर्जीवित गर्ने अभियान थालेको हो । सो सम्बन्धमा आज नगपालिकामा आयोजित सरोकारवालाहरुसँगको छलफलले एक समिति गठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलले स्थानीय अभियन्ता राजेन्द्र तुबन्जा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनुअघि तत्कालीन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई÷दुई जना सदस्य चयन गरिएको छ । समितिको सदस्यमा तत्कालीन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्रबहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साछें श्रेष्ठ र कृष्णकाजी (केके) मानन्धर, चपाचोबाट धर्मसुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सीभक्त घजु र विनोद कोजु तथा बोडेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य हुनुहन्छ ।

समितिमा आवश्यकतानुसार १० जना थप गरिने संयोजक श्रेष्ठले बताउनुभयो । समितिले वडाध्यक्षहरुसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरी मध्यपुर थिमि नगरभित्रका परम्परागत एवं ऐतिहासिक मौलिक नामहरुको सङ्कलन, सङ्कलित नामहरुको अध्ययन अनुसन्धान गरी प्रतिस्थापनका लागि नगरपालिका समक्ष सिफारिस गर्नेछ ।

समितिको सिफारिसका आधारमा नगरपालिकाले स्थानीय मौलिक नामहरुको प्रतिस्थापन गर्दै जाने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । समितिले नगरपालिकाले निर्माण गर्ने कार्यविधिको अधीनमा रहेर कार्य गर्नेछ । त्यसका लागि कार्यविधिको मस्यौदा तयारी भइरहेको समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यविधि निर्माण भएपछि नगरपालिकाले समितिलाई कार्यादेश दिने र सोहीअनुसार समितिले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  भक्तपुरमा आज इन्द्र जात्रा  इन्द्रायणीलाई द्यो छेँ बाट देवराज इन्द्रको खट जात्रा गरि देश घुमाइदै

यो पनि पढ्नुहोस  भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन