नगर प्रमुख खत्रीको अध्यक्षतामा चाँगुनारायण अस्पताल सञ्चालन समिति गठन : गुणस्तरीय सेवा बिस्तार उच्च प्राथमिकतामा

भक्तपुर, १७ भदौ : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा चाँगुनारायण नगर अस्पताल सञ्चालन तथा व्यबस्थापन समिति गठन गरेको छ । चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा सञ्चालन कार्यबिधी अनुसार समिति गठन भएको हो । आज नगर प्रमुख खत्री, उपप्रमुख रमेश बुढाथोकीसहित कार्यपालिका सदस्य एवं अस्पतालका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो ।

समितिको वरिष्ट उपाध्यक्षमा उपप्रमुख बुढाथोकी, उपाध्यक्षमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापा, जनप्रतिनिधि र कर्मचारी रहेको १६ सदस्यीय समिति गठन भएको छ । समिति सदस्यहरुमा नपाका प्रमुख प्रशासकीइ अधिकृत हरिप्रसाद चापागाई, १, ४ र ५ का वडाध्यक्षहरु सिजन कार्की, रोजबहादुर तामाङ र जयन्द्र  खड्का, सामाजिक विकास समिति संयोजक जनक खत्री, वडा तथा कार्यपालिका सदस्य कमला भारती, सीता मिजार रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा संगीता फुँयाल, सुरेन्द्र लामिछाने, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, दुर्गा कुईकेल, चाँगुनारायण अस्पतालका डा. शैलेस त्वायनावासु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार सदस्य रहको समिति गठन गरेको छ ।

समितिले आजै अस्पतालका वर्तमान अबस्था, कमि कमजोरी, सेवा प्रवाहका सहज बनाउन आवश्यक सामग्रीको अबस्थासहितको बस्तुगत विवरण संकलन गरि आगामी एकसाता भित्र नगरपालिकालाई बुझाउनु पर्ने, अस्पतालसम्म पुग्ने सडक तत्काल पक्कि गर्ने, अस्पतालको आफ्नै खाता सञ्चालन गर्ने लगायतको निर्णय गरेको नगर प्रमुख एवं समितिका अध्यक्ष खत्रीले जानकारी दिनु भयो । समितिका उपाध्यक्ष थापाको अध्यक्षतामा दैनिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ ।

चाँगुनारायणको ग्रामिण क्षेत्रका बासिन्दालाई पहिलो उपचारका लागि सहज बनाउने उदेश्यले नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्ने उदेश्यले नगरपालिकाले बजेटको विनियोजन गर्दै थप बजेट प्रदेश तथा संघीय सरकारसँग माग गर्ने गरि अस्पतालाई बिस्तार गर्ने योजना बनाएको उहाँले बताउनु भयो ।

हाल १५ शैय्यामा सञ्चालित चाँगुनारायण अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, २४ सै घण्टा प्रसुती सेवा, ल्याब, ओपिडी, सामान्य शल्यक्रिया, बिमा फार्मेसी, खोप सेवा, परिवार नियोजन सेवा, एक्सरे सेवा, नाक, कान, घाँटी सेवा, किशोर किशोरी मैत्री सेवा, आठ हप्तासम्मको गर्भपतन सेवा, निःशुल्क औषधि वितरण, एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस  बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउछौं : मुख्यमन्त्री किरण थापा मगर

आफ्नै अक्सिजन उत्पादन सुरु गरेको अस्पतालमा प्राबिधिक सामाग्रीहरुको विस्तार गर्दै भेन्टिलेटरसहितको आइसियू, सिसियू, आधुनिक ल्याब लगायतको व्यबस्था गर्दै विशेषत्र सेवा विस्तार गर्ने योजना रहेको नगर प्रमुख खत्रीले बताउनु भयो ।

नगरपालिकाले आपतकालिन सेवा पूर्व तयारी, गाउँघर क्लिनिक, जेष्ठ नागरिक स्वास्थ्य सेवासञ्चालन गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । अस्पतालमा एक चिकित्सक, चार जना प्रशासन र अन्य नर्स गरि कूल २३ जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् ।

नेपाली कांग्रेसका तत्कालिन युवा नेता रोशन पौडेलले २०६८ सालमा शिलन्यास गरि सरकारको रु. तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै कोरोना भाइरस संक्रमणको महामारीका बेलामा तत्कालिन शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले २०६६ मंसीर २८ गते उद्घाटन गर्नु भएको थियो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिन्छ : मुख्यमन्त्री किरण थापा मगर