चेपाङले मनाए ‘न्वागी’

भरतपुर, २३ भदौ : चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् । भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ ।

बुधबार रत्ननगर–१० स्थित गामबेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । पूजामा सरिक झाँक्री अमितलाल चेपाङले भन्नुभयो, “यो हाम्रो ठूलो चाड हो, हामीले पूजा नगरी नयाँ अन्न कसैले खानु हुँदैन ।” उहाँले नयाँ अन्नको पूजा नगरी खाँदा विभिन्न रोगव्याधी लाग्ने विश्वास रहिआएको बताउनुभयो । न्वागीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ । तर, पछिल्लो समय यो पर्व पनि लोप हुने खतरा बढेको छ ।

धर्म परिवर्तनले उनीहरूको मौलिक परम्परा नै धुमिल बन्दै गएको छ । यो पर्व मनाउने चेपाङ घट्ने क्रममा छन् । राप्ती नगरपालिका–१२, वाकराङका सञ्जीव चेपाङ पछिल्लो समय यो पर्व मनाउनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउनुहुन्छ । “पहिले धुमधामका साथ यो पर्व मनाइन्थ्यो, अहिले घट्दो अवस्थामा छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धर्म परिवर्तनले झाँक्री लगाएर पूजा गर्ने चलन हट्न थालेको छ ।” राप्ती नगरपालिकाकै कृष्णलाल चेपाङलाई पनि विगतभन्दा अहिले यो पर्व मनाउने अवस्था फेरिँदै गएको महसुस हुन्छ । “धर्म परिवर्तन गर्नेले मनाउन छोड्दै गएका छन्”, उहाँले भन्नुभयो ।

चेपाङ राप्ती नदी उत्तर र त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शङ्खला वरिपरिका रैथाने मानिन्छन् । मकवानपुर पश्चिम, चितवनको उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको बसोबास छ । चेपाङको आफ्नै भाषा, संस्कृति र वेषभूषा रहे पनि त्यसको संरक्षण चुनौती बनेको छ । विगतदेखि मान्दै आएको चाडपर्व कतै लोप हुने हो कि भन्ने उनीहरुमा चिन्ता छ । चेपाङको जीवन वनजङ्गल र जमिनसँग जोडिएको छ । उनीहरु वनजङ्गल नजिक, भिरालो परेको जमिन र खोला नजिक छरिएर रहेका छन् ।

यो पनि पढ्नुहोस  चाँगुनारायणको काखमा एमालेको महाधिवेशन, साँस्कृतिक नाचदेखि जंकुसमेत प्रर्दशन

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको सङ्ख्या ६८ हजारभन्दा बढी छ । चेपाङको पर्वमा पहिलो पटक बागमती प्रदेशले सार्वजनिक बिदा दिएर सम्मान गरेको छ । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ बुधबार रत्ननगरको गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ पर्व मनाइएको छ । चेपाङ बालबालिकालाई आवासीय रुपमा शिक्षा दिँदै आइरहेको संरक्षण केन्द्रले बालबालिकामा संस्कृति संरक्षणका लागि चेतना बढोस् भन्ने उद्देश्यले पर्व मनाइएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताउनुभयो ।

External comments notice: You may need to sign in to the external service to view or post comments.

यो पनि पढ्नुहोस  शको शव बनाएर पशुपति आर्यघाटमा बेपत्ता पत्रकार टेकराज थामीको अन्त्येष्टि