अरुको नाममा ट्रायल परीक्षा दिन जाने पाँच जना पक्राउ 

भक्तपुर, २३ भदौ : सवारी चालक अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परीक्षा दिन आएका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्यपुरथिमि नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिदै आएका पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो ।

नक्कली परीक्षार्थीहरु सिन्धुली दुधौली नगरपालिका–११ टाँडी घरभई काठमाडौंको चाबहिल बस्दै आएका २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली न.पा.–४ घरभई काठमाडौंको तीनकुने बस्दै आएका २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँ पालिका–१ कालिकोट घरभई हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्दै आएका २४ वर्षीय ईन्द्रबहादुर शाही, घरभई सिन्धुली दुधौली न.पा.–१४ का २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गा.पा.–१ का २२ वर्षीय राजकुमार श्रीमललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका निजहरुको साथबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिएको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । पक्राउ परेको पाँच जनालाई ‘लिखत सम्बन्धि कसुर’ मा आज मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनु भयो ।

दुई तथा चार पाङ्ग्रे सवारी साधनको अनुमति पत्र लिनका लागि नक्कली परीक्षार्थीको गिरोह र फेल भएकालाई पनि पास गराइदिन्छु भन्दै रकम असुल्ने गिरोह यातायात कार्यालय र ट्रायल सेन्टरको आसपासका क्षेत्रमा सक्रिय भएको गुनासो बढीरहेको छ । यसअघि पनि पक्राउ परेका कितपयलाई ड्राइभिङ सेन्टर मार्फत नै त्यस्ता गिरोहसम्म सेवाग्राही पुग्ने गरेको पाईएको अनुसन्धानको रुपमा खुलेको प्रहरीको भनाइ छ ।

External comments notice: You may need to sign in to the external service to view or post comments.
यो पनि पढ्नुहोस  नेकपा (एस)द्धारा भक्तपुरमा एक नगर प्रमुख, दुई उपप्रमुख र ३३ प्रतिशत वडाध्यक्षको माग, एमाले र नेमकिपालाई शून्य बनाउने दाबी

यो पनि पढ्नुहोस  जिल्ला जनस्वास्थ्य कार्यालयद्धारा खरिपाटीस्थित सुकुम्वासी सेल्टरमा स्वास्थ्य शिविर सञ्चालन